Subject: Nepali
पाठ १८
कविता
आह्वान
जीवननाथ धमला
उत्तर – मनहरुले अझै जाग्नुपर्छ |
उत्तर – देश माटो र मुटु हो |
उत्तर – अस्तित्वको ज्वाला भक्ति वा बलभद्रका नसाहरुमा अकासिन्छ |
उत्तर – पैतालाहरुले सम्भावनाका भिरहरुमा जानु हुदैन |
उत्तर – रामबहादुर दुधमुखे छोराको पेट भर्न र जाडो छोप्न विदेश जानु हुदैन् |
हातहरु.............. अझै
माटो................. मुठीहरुमा
मनहरु.............. अझै
विश्वास............ आखाहरुमा
माटो................ हो |
उत्तर: हातहरु चल्दै छन्, चल्नुपर्छ अझै
माटो बोकेर मुठीहरुमा
मानिसहरु जाग्दैछन्, जग्नुपर्छ अझै
विश्वास भिरेर आँखाहरुमा
माटो देश हो
उत्तर – आह्वान कवितामा विकास निर्माण र जागरणको भावनालाई प्रस्तुत गरिएको छ | जतिसुकै विषयमा परिस्थितिमा पनि देशभक्त नागरिकले चुप लगेर बस्नु हुन्न | आआफ्ना कर्म हातहरु चलुन्जेल चलाईरहनुपर्छ | मुठीमा आफ्नो प्यारो देशको माटो बोकेर अघि बढ्नु पर्छ | आफ्नो देश नै देशवासीका लागि मुटु भएकाले देशको समुन्नतिमा लाग्नु आवश्यक छ | लोकतन्त्रको प्राप्तिपछि देशले काँचुली फेरिनसकेको अवस्थामा देशवासीले जागृत भइ अघि बढ्नु पार्ने भएकोले ‘आहवान’ कवितामा मनहरु अझै जाग्नुपर्छ भनिएको हो |
उत्तर – देशमा जागरण ल्याउन र विकासको गतिलाई तीव्र पार्न देशभक्त नगारिकले ठुलो मूल्य चुकाएका थिए | भन्ज्याङ, चौतारी, मैदान, जताततै जागरणले छोएको भए पनि वर्तमान समयमा त्यो जागरण केहि सुस्ताएको हो कि भन्ने कविलाई लागेको छ | जताततै जागरणका भावनाहरु अभिव्यक्ति भइरहेको बेला देशभक्त नागरिकले सचेत हुनु जरुरि छ | देशले विकास चाहेको छ | त्यसको सम्भावना केहि मात्रामा रहेको भए पनि भैगोलिक विकटता, अशिक्षा, गरिवी आदिले गर्दा विकासका गतिविधिहरु राम्रोसंग हुन् सकेको छैन | त्यसैले जागरण र विकासबाट मात्रै देशको उन्नति हुने र जनताको घर घरमा खुसीयाली छाउने हुनाले पाइताहरुले सम्भावनाका भिरहरुमा टेक्नुपर्छ |
उत्तर – ‘आह्वान’ कवितामा नेपालको गरिवीलाई अनि नै मार्मिक रुपमा प्रस्तुत गरिएको छ | गरिवीका मारमा परेका नेपाली युवाहरु हजाराँैको सङ्ख्यामा विदेश पलायन हुन बाध्य भएका छन् | आफ्नो परिवार पाल्न, छोराछोरी पढाउन र शरीर ढाक्नका लागि अहिले युवाहरु विदेश जान बाध्य छन् | कविले रामबहादुर जस्ता प्रतिनिधि पात्रका माध्यमबाट नेपालको गरिवीलाई छोटोरुपमा प्रस्तुत गरेका छन् | रामबहादुर जस्ता पाखुरीमा बल अनि मनमा जोस र जाँगर भएको मानिसले स्वदेशमै बसी काम र नाम पाउने वातावारण श्रजना हुनुपर्छ भन्ने कविको ठहर छ | गरिवीको कारण वर्षायाममा जुठेबिर्खे र सानीहरुले नांगैभुतुङगै भई भिज्नु पर्ने बाध्यताको पनि अन्त्य हुनुपर्छ भन्ने कविको भनाइ रहेको छ | मेची महाकालीमा पिडा र व्यथा समाप्त हुनुपर्छ भन्दै कविले नेपालमा गरिवी रहेको र त्यसको निदान आवश्यक रहेको कुरालाई यस कवितामा प्रस्तुत गरेका छन् |
उत्तर – युवाकवि जीवननाथ धमलाद्रारा रचित ‘ आह्वान’ कवितामा नेपाल र नेपालीको वास्विकता अवस्थाको चित्रण गरिएको छ | प्रजातन्त्र वा लोकतन्त्रको लडाईंबाट प्राप्तिका अधिकारलाई जोगाई राख्न र नेपालबाट गरिवी हटाउंदै अघि बढ्न सबैलाई आह्वान गरिएको छ |
सचेत देशभक्त नेपालीले आफ्ना बाहुबलका माध्यमबाट जन्मभूमिको माटोको कसम खाएर अघि बढ्नु आवश्यक छ | अघि बढ्ने क्रममा आखाँमा विश्वास र मनमा द्रूढतालाई आत्मसात गरी स्वच्छ र स्वार्थबिना देशको सेवामा लाग्नु जरुरि छ | पहाड, तराई सबैतिर सबै जाग्नुपर्ने र थकाई नमारी अघि बढ्नुपर्ने विचारलाई पनि कविले व्यक्त गरेका छन् | गीतका भाषाले नंया युग आह्वान गरिएको कुरा उल्लेख गर्दै र प्रगति गर्न सजिलो नभए पनि सम्भावनाका ढोकाहरु खोलिएकोले अघि बढ्न उनी आह्वान गर्छन |
कविका अनुसार देशमा गरिवी तथा पछैटेपन ब्याप्त रहेका छ | यसका मारमा गरिव,निमुखा जनता परेका छन् | रामबहादुर जस्ता पाखुरीमा बल अनि मनमा जोस र जाँगर भएका व्यक्तिहरु गरिबकै कारण दुधमुखे छोराको पेट भर्न र जाडो छोप्न विदेशजानुपरेको छ | झैपनि कतिपय ठाउँमा बालबालिकाहरु खाना र लगाउन नपाएर भोकै बस्नु पर्ने अवस्था छ |
कविले यस कवितामा जागरणको भावनालाई प्रस्तुत गरेका छन् | सबै नेपालमा जागरणको भाव जागृत भएमा देशले काँचुलीफेर्ने कुरामा कुनै शंका छैन | अत :
यस कविताको मुख्य भाव नै जागरण हो |
ब्याख्या गर :
मेची महाकाली कतै पनि अलिकति देश दुख्नु हुदैन
कसैका पनि आँखाहरुबाट पिडा थोपाहरु खस्नु हुदैन
उत्तर – देशमा गरिवी छ, पछौटेपन छ अनि अनेकै समस्याहरुले देश घेरिएको छ | देशमा असमानता रहुन्जेल सबैको मन शान्त हुदैन, सुखी हुदैंन | अत : सबैतिर परिवर्तन, समृद्धि र शान्तिको आवश्यकतालाई कविले प्रस्तुत पङ्क्तिमा उल्लेख गरेको पाइन्छ |
मेची देखी महाकालीमा फैलिएको हाम्रो देश नेपाल सबैलाई प्यारो लाग्छ | प्राकृतिक एवम् सांकृतिक सबैतिर एकैनासको छैन | यस्तै भारत र चिनजस्ता विशाल देशका बिच अवस्थित नेपालले कहिलेकहीं छिमेकिहरुको थिचोमिचो पनि सहनुपर्ने अवस्था श्रजना हुन्छ | त्यस्तो बेला देशको कुनै भागमा जनताले गरिवी होस् वा छिमेकी देशले गरेको थिचोमिचोका विरुद्ध एक भई लाग्नुपर्छ भन्ने कविको आह्वान छ | देश हरेक दृष्टिले समृद्ध बन्नुपर्छ | कुनै पनि हिसाबले कसैका आँखाबाट पिडाका थोपाहरु खस्नु हुदैन र सबैले सुखी र समृद्ध जीवनयापन गर्ने वातावारण श्रजना हुनुपर्छ |
कविले देशको गरिवीको अन्त्य र समृद्धका लागि सबैले जागरुक भएर लाग्नुपर्ने अनि मात्र देशका समस्याहरु समाधान हुने विश्वास यस पङ्क्तिमा व्यक्त गरेको पाइन्छ |
उत्तर – युवाकवि जीवनाथ धमलाद्रारा लिखित ‘आह्वन’ कवितामा विकास र जागरणको भाषा, क्षेत्र, लिङ्गका आधारमा विभाजित हुनुको सट्टा देशमा विद्यमान सम्र्य समाधानमा लाग्नुपर्ने विचारलाई मुख्य रुपमा यस कवितामा प्रस्तुत गरिएको छ |
कविका विचारमा देशको भोलिको भविष्य सुन्दर छ | देशमा विद्यमान गरिवीको अन्त्य र विकासका सम्भावनाहरुलाई हामीले हामीले, हिमाल पहाड एवम् तराईसबैतिर फैलाउन सक्छौ भने देशको सुन्दर भविष्य रोक्न कसैले सक्ने छैन | देशविकास गर्न एकजुट भई लागेका खण्डमा गरिवी रामहादुर जस्ता यक्तिहरुले आफ्ना दुधमुखे छोराको पेट भर्न र जाडो छोप्नका लागि विदेश गएर पसिना चुहाउनु पर्दैन | आज जताततै नंया युगको गति लिरहेको बेलामा सबै सचेत भई जाग्नुपर्ने बेला आएको छ | मेची देखि महाकाली एकजुट भएका अवस्थामा सबै समस्या समाधान हुने र देश काँचुली फेर्ने कुरामा कुनै शंका छैन् |
अत : कविले हामी सबै एकजुट भई गरिवी, पछैटेपन र विद्यमान समस्याहरुको समाधानमा लाग्न सके भोलिको देशको अवस्था सुन्दर बन्ने परिकल्पना गरेका छन् | अवश्य पनि हामी सबै एकजुट भई लागिपरे सुन्दर र समुर्द्ध नेपाल निर्माण गर्न सकिन्छ |
विश्वास जाडो वर्षा मैदान फैलिन्छा
टापु खुम्चिन्छा रित्याउन गर्मी अविश्वास हिऊँद
उत्तर: विश्वास = अविश्वास
जाडो = गर्मि
वर्षा = हिउदं
मैदान = टापु
फैलिन्छ = खुम्चिन्छ
चोखो वर्गत आखाँ पीडा आकाश शक्ति दु:ख पवित्र नेत्र जाडो गगन
उत्तर –
चोखो = पवित्र
बर्गत = शक्ति
आँखा = नेत्र
पीडा = दु:ख
आकाश = गगन
मुटु, चौतारी स्पर्श पसिना ज्वाला पेट भर्नु जाडो छोप्नु
उत्तर –
मुटु = स्वच्छ खानपिन र आहार विहारबाट मुटुलाई बचाउन सकिन्छ |
चौतारी = सुनिताले चौतारीमा बसेर मिठो गीत गाइन् |
स्पर्श = आमाको मायामा सधै स्पर्श पाइन्छ |
पसिना = देश बनाउनका लागि हामीले रगत र पसिना बगाउन पछिपर्नु हुदैंन
ज्वाला = गरिब नेपालीहरु ज्वाला मजदुर गरेर आफ्नो पेट पालिरहेका छन् |
पेट भर्नु = रात दिन गरेर हरिले काम गर्दा पनि पेट पाल्नु धौधौ पर्छ |
जाडो छोप्नु = गरिब परिवारका मानिसहरु जाडो
उत्तर –
माया = निर् + माया = निर्माया
दोष = निर् + दोष = निर्दोष
धन = निर् + धन = निर्धन
विकल्प = निर् + विकल्प = निर्विकल्प
जन = निर् + जन = निर्जन
पिडा भिर सम्भावना वर्गत कैलाश
उत्तर – पीडा = वेदना, कष्ट
भिर = ठाडो र एकदमै बडा चट्टानले बनेको डरलाग्दो पहरो
बर्गत = तागत, शक्ति, सामर्थ्य
कैलाश = हिमालय पर्वतमा मानसरोवर किनारमा रहेको प्रसिद्ध शिखर, पवित्र तिर्थ स्थल
© 2019-20 Kullabs. All Rights Reserved.