Subject: Nepali
पदयोग – एउटा पदमा अर्को पद गसिने वा जोडिने पदयोग भनिन्छ | पदयोग हुदा ती पदमा जोडिन आउने चिन्ह वा पदलाई एउटा डिकमा लेखिन्छ | समस्त शब्द, दृत्व भई वनेका शब्द, अकरणको ‘न’ सयुत्त क्रियापदहरु अनुकरणात्मक शब्द सामान्य पक्षका कालसूचक प्रत्ययहरु आदिको पदयोग हुन्छ |
उदाहरण = हिजोदेखि, कालीमाटी, आत्मपरक
पदवियोग = एक पदमा अर्को पद नगांसिने वा नजोडिने प्रक्रियालाई पदवियोग भनिन्छ | पदयोग हुदा ती चिन्ह वा पदलाई एउटा डीकोमा नलेखी अलग – अलग डीकोमा लेखिन्छ |
उदाहरण – देखा पर्छ, शुभ कामना, गर्न सक्छ
तलका वाक्यहरु पढी करण भए अकरण र अकरण भए करणमा बदल;
१) मानिसले प्रकृतिलाई जोगाउन सक्छ |
उत्तर -मानिसले प्रकृतिलाई जोगाउन सक्दैन |
२) पृथ्वीमा प्राप्त सम्पदा सबैका लागि आवश्यक पर्छ |
उत्तर -पृथ्वीमा प्राप्त सम्पदा सबैका लागि आवश्यक पर्दैन |
३) मानिसले प्रकृतीलाई बिगारेको छ |
उत्तर - मानिसले प्रकृतीलाई बिगारेको छैन |
४) मानवीय उन्नतिभित्र प्रकृतीको विनाश समेटीएको छैन |
उत्तर - मानवीय उन्नतिभित्र प्रकृतीको विनाश समेटीएको छ |
५) मस्तिष्कले सुन्दर प्रकृतिको कल्पना गर्नुपर्छ |
उत्तर - मस्तिष्कले सुन्दर प्रकृतिको कल्पना गर्नुहुदैन |
६) मानिसले बुद्धिले बाँच्छ |
उत्तर - मानिसले बुद्धिले बाँच्दैन |
७) खाने कुरामा अखाद्य रसायन मिसिदैंन |
उत्तर - खाने कुरामा अखाद्य रसायन मिसिन्छ |
८) स्रोत र साधनको समानुपातिक प्रयोग गर्नुपर्छ |
उत्तर - स्रोत र साधनको समानुपातिक प्रयोग गर्नुपर्दैन |
९) घर र विद्यालय वरिपरी बिरुवा रोपीएको छैन |
उत्तर - घर र विद्यालय वरिपरी बिरुवा रोपीएको छ |
१०) मानिसले वातावारणको सुरक्षा गरेको छ |
उत्तर - मानिसले वातावारणको सुरक्षा गरेको छैन |
पदयोग र पदवियोग भएका १० /१० ओटा शब्द खोजेर लेख :
पदयोग
सृष्टिक्रमसंगै, प्रणालीभित्र, संरक्षणको, परिणामस्वरूप, क्रियाकलाप, फलस्वरूप, अध्ययनशील,आमासंग, घरमा, नाटककार, तिमीलाई, तलतिर
पदवियोग
पृथ्वी वरिपरीको, गर्न सक्छ, देखा पर्छ, उदेश्य पूर्ति, शुभ कामना, न तल न माथि, नेपाल सरकार, जानेछ, मानव धर्म, रामका लागि
© 2019-20 Kullabs. All Rights Reserved.