एउटा घटना

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

एउटा घटना

उत्तर भन –

सुरेशको चाख कतातिर थियो ?

उत्तर – सुरेशको चाख खेल र खेल्ने क्रम प्रकियामा थियो |

२) सुरेशलाई कुन कुन कुरा गर्न डर लाग्छ ?

उत्तर – सुरेशलाई तालिका अनुसार उही कुरा रटीरहन उराठ लाग्छ |

३) विजय कसरी खेन्छ ?

उत्तर – विजय तन, मन लगाएर खेल्छ |

४) विद्यार्थीले खेलको साथमा के कुरामा ध्यान दिनुपर्छ ?

Scholarships after +2 Abroad Studies Opportunities

उत्तर - विद्यार्थीले खेलको साथमा पढाइमा ध्यान दिनुपर्छ |

ठिक उत्तरमा ठिक चिन्ह लगाऊ :

१) सुरेश कस्तो खेलाडी हो ?

अराजक आ) अनुशासित इ) उत्त्तेजक

उत्तर – इ) उत्त्तेजक

२) फुटेको गमलाको मुल्य कति पर्दो रहेछ ?

अ) दुई सय आ) तिनसय इ) पाँच सय

उत्तर –आ) तिन सय

३) सुरेशलाई बल हाल्न लगाउने को थियो ?

अ)विजय आ) चेतन इ) विमल

उत्तर –  इ) विमल

४) खेलमा संलग्न सबै केटाहरु किन अलप भए ?

अ) गमला फुटेकाले आ) झयाल खसेकोले इ) कक्षा सुरु भएकोले

उत्तर –गमला फुटेकोले

तलका भनाइ कसले कसलाई किन भनेको हो, लेख:

१) विद्यार्थीले पढाईको साथमा खेल्नु पनि पर्छ |

उत्तर – गुरुले विद्यार्थीलाई गमला फुटाएर पनि अनिशासित भई खेल खेलेकाले प्रोत्साहित गर्न भनेको हो |

२) हिजोको खेलमा विजय ले खेलेको खेल सारै राम्रो थियो |

उत्तर – सुरेशले आफ्नो साथीहरुलाई खेलाडीले खेलेको कुशलता कसरी प्रदशर्न गरेका थिए भन्ने जानकारी गराउने क्रममा भनेको हो |

३) हाम्रो फुटबल टिमको त ऊ गर्व हो, गर्व |

उत्तर – सुरेशले सुमनसंग विजयको खेलको उत्कृष्टताबारे  भनेको हो |

तलका प्रश्नहरुको उत्तर लेख :

१) सुरेशलाई खेलमा जस्तै पढाईमा रुचि नलाग्नुको कारण के हो ?

उत्तर –सुरेश अनुशासित र प्रतिभाशाली विद्यार्थी हो | उसको रुचि पढाईमा भन्दा खेलर खेल्ने क्रियामा बढ्ता थियो | पढाईमा सधै एकै नाशको हुने भएकाले उसलाई उराठ लाग्थ्यो | सधै झोला बोक, तिनै किताब अनि किताबभित्रका मात्र कुरा सुनेर उसलाई दिक्क लाग्ने गर्थ्यो | खेल जस्तै पढाईमा पनि रमाइलो हुने भए धरै पढ्न सकिन्थ्यो भन्ने उसलाई लाग्थ्यो | पढाईमा निरास र खेलमा सधै रमाइलो नहुनु नै सुरेशलाई पढाईमा रुचि नलाग्नुको मुख्य कारण हो |

२) विजयलाई किन फुटबल टिमको गर्वभनिएको हो ?

उत्तर –विजय निकै राम्रो खेलाडी थियो | उसले हिजो सम्पन्न खेलमा निकै राम्रो खेलेको थियो | उसका प्रहारहरु र करामतले गर्दा नै सुरेशको विद्यालयले जितहात पार्न सकेको थियो | उसले टाढाबाट हानेर पनि सुन्दर गोल गर्न सकेको थियो | उसले हानेको गोलको सबैले प्रसंशा गरेका थिए | ऊ खेल्दा आफ्नो तन,मन सबै लगाएर खेल्थियो | खेल्दा अनुशासित भएर खेल्ने अनि विजय हात पार्ने भएकाले विजयलाई फुटबल टिमको गर्व मानिएको हो |

३) सुरेशले खेल सिद्धिएको भोलिपल्ट विद्यालय के के कुराका बारेमा वर्णन गर्थ्यो ?

उत्तर – सुरेशले खेल सिद्धिएको भोलिपल्ट कुनै कक्षा खाली रह्यो भने रोचक तरिकाले खेलकै कुरा गरेर बिताउथ्यो | साथीहरुका माझ रहेर खेलमा कसले कसरी राम्रो संग खेल्थियो को चाहिँ चुक्न पुग्यो सबै कुरा बताउथ्यो | उसले खेलका बारेमा सुनाउदा सबै साथीहरु दंग परेर सुन्थे | यसरी खेल सिद्धिएको  भोलिपल्ट अरु बेला जस्तै प्रत्येक खेलाडी र उनीहरुले पर्दशन गरेको खेलका बारेमा सुरेश वर्णन गर्थ्यो |

४) सुरेशको कुन कुरामा सबै विद्यार्थीहरुको सहमति हुन्छ |

उत्तर – सुरेश खेलप्रति निकै चासो राख्ने विद्यार्थी थियो | उसले आफ्नो सहपाठीहरुलाई  खेल  खेल्ने प्रक्रिया तथा खेलाडीहरुका बारेमा रोचक ढंगले बयान गरेर खेलप्रति आकर्षित गरेको थियो | ऊ खेलको बारेमा राम्रो संग बुझिन्थ्यो  | उसले आफ्नो साथी विजय कसरी तन,मन सबै लगाएर खेल्छ र सफलता हासिल गर्छ भन्ने राम्ररी बुझेको थियो | त्यसैले ऊ आफ्नो सहपाठीहरुलाई तन,मन लगाएर ध्यान केन्द्रित गर्न सकेको खण्डमा खेल र पढाइ दुवैमा प्रगति गर्न सकिन्छ भन्थ्यो | यसरी सुरेशको तन, मन लगाएर सबै ध्यान केन्द्रित गर्न सफलता हासिल गर्न सकिन्छ भन्ने कुरामा सबै विद्यार्थीहरुको सहमति हुन्छ |

५) सुरेशको अनुसार शिक्षक र आफ्ना साथीहरुप्रति किन कृतज्ञता  भाव झल्किरहेको थियो ?

उत्तर – सुरेशले साथीहरुको उक्साहमा उत्तेजक भएर गोल हान्दा तिन पर्ने गमला फुटाएको थियो | गमला फुटाउने अरु साथीहरु गौण भूमिका भए पनि उसको मुख्य  हात रहेको थियो | गमला फुटेपछि  गुरुले कक्षामा कसले फुटाएको हो भनी सोद्धा कसैले जवाफ दिएनन् | उसका साथी नराम्रो  भएका भए सुरेशलाई दोषारोपण अवश्य गर्थे | गुरुको जवाफ विद्यार्थीले नदीएपछि गुरुले  गमलाको मूल्य सबैले दामासाही तिर्न भने | गुरुको प्रस्तावलाई सबैले स्वीकार गरे | विद्यार्थीलेसहजै गमलाको पैसा तिर्न स्वीकार गरेको देखेर गुरुले अनुशासित विद्यार्थीकोकदर गर्दै आधा पैसा आफुले पनि बेहोर्ने घोषणा गरे | आफुले गल्ति गरेर गमला फुटेको भए पनि आफ्नो खेल प्रगति लगाब देखेर सबैले सहयोग गरेकोले सुरेशको अनुहारमा शिक्षक र आफ्ना साथीसरुप्रति कृतज्ञताको भाव झल्किरहेको थियो |

६) ‘एउटा घटना’ कथाले कस्तो शिक्षा दिन खोजेको छ ?

उत्तर –शान्तदास मानन्धरद्रारा  लिखित ‘एउटा घटना’ कथाले : विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मिहिनेती, अनुशासित र अरुको योग्यता र क्षमताको कदर गर्न जान्नुपर्ने शिक्षा दिएको छ | यस कथाको मुख्य पात्र सुरेश एक अनुशासित र मिहिनेती छ | उसको पढाईका साथै खेलखेल्ने प्रक्रियातिर विशेष रुचि थियो | उसले तन, मन लगाएर पढाई र खेल दुबैलाई सफलता हासिल गर्ने कुरामा बिश्वास गर्थ्यो | उसले अनुशासित भएर पढाई र खेलाईमा सफलता हासिल गर्न तन, मन लगाएर निरन्तर अघि बढीरहने शिक्षा यस कथाले दिएको छ |

 

 

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.