सर्वनाम

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

सर्वनाम

सर्वनाम

 नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ | अर्थात नाम वा नामको पदावलीको पुनरुक्ति रोक्न तिनका सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ |

 उदाहरण

ऊ, यो, हामी, हामीहरु, उनि, तिनी, तिनीहरु

 सर्वनामलाई निम्न पाच प्रकारका हुन्छन् |   

पुरुषवाचक सर्वनाम-

पुरुष वा ब्यक्तिका सट्टामा आउने सर्वनाम पुरुषवाचक सर्वनाम हो |

Scholarships after +2 Abroad Studies Opportunities

यो तिन प्रकारका छ |

 क) प्रथम पुरुषवाचक सर्वनाम

म र हामी प्रथम पुरुषवाचक सर्वनाम हुन् अर्थात वक्त्ताको सन्दर्भमा आउने  सर्वनामलाई बुझाउदछ |

ख), दृतीय पुरुषवाचक सर्वनाम

त, तिमि, तिमीहरु जस्ता शब्द  दृतीय पुरुषवाचक सर्वनाम हुन् | वक्ताको सन्दर्भमा आउने सर्वनामलाई दृतीय पुरुषवाचक सर्वनाम भनिन्छ |

 ग),तृतीय  पुरुषवाचक सर्वनाम

यो, त्यो, यिनी, तिनी, तिनीहरु, उनि आदि सर्वनाम तृतीय पुरुषवाचक सर्वनाम हुन् | अन्य व्यक्तिको सन्दर्भमा आउने सर्वनामलाई तृतीयपुरुषवाचक सर्वनाम भनिन्छ |

 २),आत्मवाचक सर्वनाम

प्रथम, दृतीय, र तृतीय पुरुषका नाम वा सर्वनामसंग संदर्भित भएर आउने र आफु जनाउने सर्वनामलाई आत्मवाचक सर्वनाम भनिन्छ|जस्तै

आफु, आफै, स्वयम्

 ३) दर्शन वाचक सर्वनाम

 नजिक वा टाढाको बस्तुलाई तोकेर देखाउने सर्वनामलाई दर्शकवाचक सर्वनाम भनिन्छ |जस्तै –

यो, यी, यिनीहरु, त्यो, ति, तिनीहरु

 ४), सम्बन्धवाचक सर्वनाम–

उपवाक्यहरुका विचमा सम्बन्ध गास्ने सर्वनामलाई सम्बन्धवाचक सर्वनाम भनिन्छ |जस्तै-

जो, जो जो, जोसुकै, जे, जे जे, जेसुकै, जुन, जुनसुकै आदि |

५),प्रश्नवाचक सर्वनाम

कुनै प्रश्न व्यक्त  गरिने सर्वनामलाई प्रश्नवाचक सर्वनाम भनिन्छ |जस्तै

को, को को, के, के के, कुन, कोहि, केहि, आदि |                 

अभ्यास

प्रत्येक सर्वनामको प्रयोग गरि एक एक ओटा  वाक्य लेख |

पुरुषवाचक सर्वनाम

उतर – म कक्षा आठमा पढ्छु |

 उनिहरु सधै गुह्रकार्य गरेर सरलाई बुझउछन् |

 आत्मवाचक सर्वनाम

 उतर – म आफै स्कुल जान सक्छु |

 आफ्नो काम आफुले गर्नु पर्छ |

 दर्शनवाचक सर्वनाम

 उतर – तिनीहरु आफ्नो काममा कति मेहेनेत गर्छन् |

  उहाँले मेरो हजुरआमा हेर्नुहुन्छ| |

 सम्वन्धवाचक सर्वनाम

उतर -  जो  मानिस धेरै पद्छ उसले पास गर्छ|

 प्रश्नवाचक सर्वनाम

 उतर – तिमीलाई कुन पुस्तक मन पर्छ ?

  के तिमि सधै मन्दिर जान्छौ ?

 पाठबाट निपात शब्द प्रयोग भएका पाच ओट वाक्य खोजेर लेख |

उतर- के टुलुटुलु हेरेर बसेको हो  ?

साहुको घरको कुकुर हुनु पो जाति रहेछ ?

 तलाई किन यत्रो चासो नी ?

छैटौँ भनेको मानिसको भाग्य लेखिने दिन अरे

आफ्नो भाग्य आफैले लेख्ने मानिसलाई दु; ख चाहिँ अलि बढी हुन्छ |

 तलका वाक्यमा भएका निपात शब्द चिन र कापीमा सर :

 आमा, म त आफ्नो भाग्य आफै लेख्ने भए नि |

उतर – त, नि

 त, पो, क्यारे, नि, चाहिँ, लौ, ल आदिनिपातको प्रयोग गरी एक एक ओटा बनाऊ |

 उतर – त, ओहो त कति पातलो भएछस |

 पो – हिजो भकुण्डो खेल्दा यसलाई पो लागेछ |

क्यारे –राम त यस पालिको छुटीमा कतै गएन  क्यारे |

नि – बुबा, मत एस्.एल.सी  पास भए नि  |

चाहिँ – तिमि चाहिँ यही बसमा  चाडै घर जाऊ है ?

लौ – लौ बादरले सबै मकै खाई दिएछ |

ल – मैले भनेको कुरा सबैले मान्नु पर्छ नि |

 

 

 

 

 २.उतर  भन :

(क) पुन्टे किन छक्क परेर हेरिरहेको थियो ?

 उतर  - पुन्टे आफ्नो साहुले थालमा अलिकति भात अनि वरिपरी कचौरा र प्लेटमा थुप्रै खानेकुरा राखेको देखेर र छक्क परेर हेरेको थियो |

(ख )दिउसोको छुट्टीमा केटाहरु के गर्थे?

उतर – दिउसोको छुट्टीमा केटाहरु भकुण्डो खेल्थे |

 (ग )हजुरआमाको बिचारमा भाग्य के हो ?

उतर – हजुरआमाको विचारमा भाग्य देउताको  छैटौँ दिनमा  लेखेको कुरो हो |

(घ )कर्मको कलम भनेको के हो ?

उतर – कर्मको कलम भनेको काम हो |

 (ङ)मान्छेको भाग्य कसरी बलियो र राम्रो हुन्छ ?

उतर – मान्छेको भाग्य श्रम र जमिनको सम्बन्ध भाग्यसग जोडे बलियो हुने र आफ्नो भाग्य आफैले लेखे राम्रो हुन्छ | 

कसले कसलाई भनेको हो लेख :

भाग्य भनेको देवताले हाम्रो निदारमा लेखेको कुरा हो |

उतर – यो हजुरआमाले पुन्टेलाई उसले भाग्यको बारेमा गरेको प्रश्नको उतर दिने क्रममा भनेकी हुन् |

हामीले तेरो देवतालाई तेरो छैटौँ भाग्यमा लेक्न दिएनौ नी |

उतर – यो पुन्टेका बुवाले पुन्टेलाई उसको आफ्नो भाग्य लेख्न किन नदिएको भन्ने प्रश्नको जिज्ञासाका क्रममा भनेको हो |

 कर्मको कलमले भाग्य लेख्नु पर्छ |

 उतर – यो बुवाले पुन्टेलाई कर्मको कलमले कसरी भाग्य लेख्नुपर्छ भन्ने प्रश्नको उतरमा भनेको छ |

 यो त काम गर्ने कालु खाने भालु भने झैँ भएन र ?

उतर – यो पुन्टेले बुवालाई उसका बुवाले श्रमको  मूल्य थाहा पाउन प्रश्न गर्ने क्रममा भनेको हो |

 अब श्रम  र जमिनको संबन्ध हाम्रो भाग्य संग जोड्ने कुरा गर्नुपर्छ ?

 उतर – यो बुवाले पुन्टेलाई भाग्य बलियो बनाउने भन्ने जिज्ञासा समाधान गर्नका लागि भनिएको हो ?

 उतर लेख

पुन्टेले किन घुटूक्क थुक निल्यो ?

उतर – पुन्टे गरिब परिवारमा जन्मेको बालक हो | उसका बुवाले धने साहुको खेतवारी रेखदेख गर्ने काम गर्थे| एकसरो लुगा लगाउन र मिठो खान पुन्टेका बावुलाई धौधौ हुन्थो | मिठो खान र लगाउलाई पुन्टे लाई सपना जस्तै थियो | धने साहुले खाना खाएको बेला थालमा अलिकति भात अनि वरिपरी कचौरा र प्लेटमा थुप्रै खानेकुराहरु थिए | त्यति खाने कुराहरु मध्ये कुन चाहिँ पहिला खाने होला भनेर पुन्टेले सोच्यो | भोकै र त्यति धेरै खानेकुराहरु खाई रहेको साहुको गतिविधि हेरिरहेको पुन्टेले धनेले खाना खाईसकेर हातमा ल्याएको ढुधभात जुल्ठेलनामा राखिदियो | भोको पेटमा बसेको रआफ्ना अगाडी ढुध र भात कपाकापी खाएको देखेर पुन्टेन घुटुक थुक निल्यो |

 ख) पुन्टेले किन छैटौँ  दिनको  प्रतिक्षा गरिरहेको थियो ?

 उतर – पुन्टे एक उत्सुकता भएको बालक थियो | दिनरात दुख गर्दा पनि आफ्ना बुवाले मिठो खाने कुरा र राम्रो लगाउने पाएको थिएन|विधालयको साथीहरुले पनि आफु गरिब भएको कारण हेप्प्ने गरेको कुराले उसको मनमा पिरलीरहेको थियो| गरिब हुनुको पिडा मनमनै खोज्ने कोसिस गरे पनि ऊ त्यसको वास्तविक अर्थ पता लगाउन सक्दैन थियो | गरिब हुनुको कारण के हो भन्ने जिज्ञासा शान्त पार्न एक दिन उसले हजुरआमालाई सोध्यो | हजुरआमाले भाग्यको खेलले गरिब भएको जबाफ दिईन| उसले भाग्यको अर्थ जान्न खोज्दा हजुरआमाले भाग्य भनेको देउताले  छैटौँका दिन लेखेको कुरा हो र हामीले लेखे जति मात्र पाउछौ भनि बाताइन | उनको भाग्यको बारमा जिज्ञासा झनै बढ्दै गयो | त्यसैले भरखरै जन्मीएकी बहिनीको छैटौँको दिनको कस्तो भाग्य लेखिदो रहेछ भनि छैटौँको दिनको प्रतिक्षा गरिरहेको छ|

ग पुन्टेले  किन असन्तुष्टि जनायो ?

 उतर – भाग्यवादमा विश्वास गर्ने हजुरआमाको छैटौँको दिन लेखीएको भाग्य अनुसार नै मानिसले फल पाउने कुरा पुन्टेले थाहा पायो |यसबारे सम्पूण कुरा आफ्नी आमालाई भन्यो | आमाछोराको संवाद भैरहेको बेला पुन्टेका बुवापनि आइपुगे  | उनले पुन्टेका निधारमा छैटिका दिनभाग्य लेखन नदिएको कुरा बारे बताए | हजुरआमाको कुरामा पुंर्ण विश्वासमा रहेको पुन्टेले अचम्म मान्दै त्यसो भए आफ्नो निधारमा खाली नै छ त भनेर सोधियो | उसको बुवाले तेरो निदार खाली छ भनेर छैटौँको जानकारी गराए | उसले आफु र आफुहरु संग पढ़ने साथीहरुका बीच आफ्नो भाग्य छैटौँको दिन नलेखीएकै कारण फरक रहेको महसुस गर्यो | त्यसैले उसले दिन आफ्नोभाग्य लेख्नन नदिने बुवाआमा प्रति असन्तुष्टि जनाइयो |

 घ) पुन्टेका बुवा किन गरिब बन्न पुगे ?

उतर – पुन्टेका बुवा धने साहुको खेतीवारी रेखदेख गर्ने काम गर्थे | उनि मेहनिती भए पनि गरिब थिए | उनि सग जग्गा जमिन केहि थिएन | साहुकै काम गरेर परिवार पाल्नु पर्ने उसको बाद्यता थियो | साहुको भन्दा धेरै काम गरे पनि  मिठो र राम्रो लगाउन पाउदैन थियो |उनले धेरै काम मात्र जानेको थियो | उनले गरेको कामलाई भाग्यमा जोड्न जानेका थिएन् |उसले काम गरे पछिआफ्नो भाग्य पनि बदलिनु पर्छ भन्ने कुरा बुजेको थिएन | आफुले धेरै काम गरे पनि साहुले दुधभात खाने गरेको थियो | यसको कारण बल्ल बुझ्न थालेका छन् | जसले श्रम गर्छ उसंग प्रशस्त जमिन छैन र जमिन हुनेहरुसंग श्रमको मुल्य बुझ्ने मन छैन | त्यसैले पुन्टेका बुवा मिहिनेती, इमान्दार भए पनि साहुको शोषणमा परेको कारण गरिब हुन पुगेका हुन् |

 ङ) हामीले कसरी आफ्नो भाग्य आफै लेखन सक्छौ ?

 उतर – मानिस आफ्नो परीश्रम रमेहनेतले आफ्नो भाग्य आफै निर्मार्ण गर्न सक्छ | श्रम र जमिनको सम्बन्ध हाम्रो भाग्यसित जोड्न सकेको खण्डमा हाम्रो भाग्य आफै निर्माण गर्न सकिन्छ | श्रमिकहरु साहुको शोषणमा परेर शोषित हुदै आएका छन | यस कथामाआएका पुन्टेका बवा साहुको शोषणमा परेका एक पात्र मात्र हुन् | उनले साहुको भन्दा धेरै काम गरेर पनि मिठो खान र लगाउन नपाएको कुरा ढीलोबुझे | समय मै आफु साहुको शोषणमा परेको कुरा बुझेका भए उनको भाग्यको निर्माण भइसकेको हुन्थो |त्यसैले हामीले अन्धविस्वास र भाग्यको पछाडी नलागी मेहेनेत गरे आफ्नो भाग्य आफै बनाउन सकिन्छ |

 च) भाग्य कथाको के शिक्षा पाइन्छ ?

 उतर – कथाकार सुधा त्रिपाठीद्ररा लिखित ‘भाग्य’ कथाबाट कर्म गरेर मात्र मानिसले आफ्नो भाग्य आफु निर्माण गर्न सक्छ भने मुख्य शिक्षा पाइन्छ | नेपाली समाजमा अहिले पनि भाग्यवादको पछि लागेको पाइन्छ | यहाँ जति शोषित भए पनि शोषणको कुरा नबुझीकन भाग्यको दोष दिने चलन अझै पनि पाइन्छ | भाग्यवादको जालो फिजाएर दोष दिएर पन्छिने चलन व्यापक रहीआएको छ | अशिक्षित जनताको  शोषण गर्न पल्केको धने साहुको जस्ता ब्यक्तिहरुको ठालुकपन  र शोषणलाई बुझ्न नसक्दा गरिबहरु शोषित र अपहेलीत हुनुपरेको छ | अत : शोषणकाबिरुद्ध  सचेत हुने र भाग्यको भर नपरी आफ्नो भाग्य आफै निर्माण गर्ने काममा जुट्नु पर्छ भन्ने शिक्षा प्रस्तुत कथाले दिएको पाइन्छ |

 भाव स्पष्ट गर :

 अब श्रम र जमिनको सम्बन्ध हाम्रो भाग्यसित जोड्ने कुरा गर्नुपर्छ र आफ्नो भाग्य आफै लेखनु पर्छ |

 उतर -  नेपाली समाजमा गरिब, शोषण र अशिक्षा छ | यहा अन्धविस्वासको जरो गाडेको छ | यिनैकुराहरु प्रति सचेत नहुदा अझै पनि श्रमिकहरु साहुको शोषणमा परेका छन् | असमान सामाजिक अवस्थाबाट मुक्त हुन श्रमिक वर्गले सचेत हुन् जरुरि छ| आफुले जमिनमा परिश्रम गरिन्छ भने त्यसको फल पनि आफुले पाउनु पर्छ | श्रमिकले मेहेनेत गर्दा पनि मिठो खान पाएन् भने त्यसको कारण पता लगाउनु पर्छ | साहुले अनेकौ जाल बुनेर श्रमिकलाई शोषणगरिरहेका छन् | सचेत भएर श्रम र जमिनको सम्बन्ध हाम्रो भाग्यसंग जोड्न सकेको खण्डमा मात्र गरिब जनताको भविष्य सुनिश्चित हुन्छ | अत : शोसक र सामन्तबाट जालझेलमा पारी गरिने शोसकप्रति सचेत हुदै आफ्नो भाग्य आफैले बनाउनु पर्छ भन्ने सन्देश यस पाठबाट सिकाएको छ |

 शब्द भण्डार

 अर्थ छानेर जोडा मिलाऊ

 

 छक्क – अचम्म

 अर्थ – तात्पर्य

देउता – भगवान

निधार – ललाट

आमा – माता

श्रम – मेहेनेत

 उल्टो अर्थ दिने शब्दसंग जोडा मिलाई कापीमा गर

 

 धनि – गरिब

धेरै – थोरै

देउता – दानव

बलियो – कमजोर

नयाँ – पुरानो

असन्तुष्टि – सन्तुष्ट

 तलका उखानलाई अर्थ स्पष्ट हुने गरि वाक्यमा प्रयोग गर :

 गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु -   (काम गर्ने एउटा जस पाउने अर्को)

उतर –हामी सबैको श्रमदान बाट विधालय बन्यो, तर पुरस्कार त बिधालय समितिका संचालक अध्यक्षले पो पाए | हो त, गर्ने हनुमान पगेरी गुत्ने ढेडु भनेको यही हो |

 इन्द्रको अगाडी स्वर्गको बयान – (जान्नेको अगाडी नजान्नेको फुर्ति लगाउनु)

दश वर्षसम्म बलराम कलकतामा बसेर  आएको अगाडी एक दिन मात्र घुमेर आएको हरिले खुब फुर्ति लगाएर कुरा काटेको देख्दा मलाई इन्द्रको अगाडी स्वर्गको बयान गरेको झै लाग्यो |

 आए आप गए झटारो –( भए राम्रै नभए पनि केहि छैन )

आए आप गए झटारो भन्दै पचास रुपियामा एक लाख पर्ने चिट्ठा किने साच्चै पनि हो, गए जम्मा पचास रुपिया जान्छ आए एक लाख आउछ |

 हात्तिको मुखमा जिरा–(आवस्यकताभन्दा सारै थोरै वस्तु पाउनु )

हिजोदेखी खान नपाएको रामलाई एउटा रोटि त हात्तिको मुखमा जिरा जस्तै भयो |

 नाच्न नजान्ने आगंन टेढो-( नजान्ने मान्छेलाई अरुलाई दोष दिन्छ )

तिमीलाई राम्रो संग हिसाब गर्न आउदो रहेनछ | उल्टै बिग्रेको छ भन्छौ ? नाच्न नजान्ने आगंन डेढो भनेको यही हो |

बादरको हातमा नरिवल – (अयोग्य व्यक्तिको हातमा बहुमुल्य वस्तु )

दिनेशका बुवाले दिनेशलाई कय्म्पूटर सिकाउन नयाँ कय्म्पुयटर किनेर ल्याइदिए, तर उसले दुई दिनमै बिगार्यो | हुन पनि हो , बादरको हातमा नरिवल के को बाकीं रहन दिन्थ्यो|

 तल दिइएका शब्दहरु सच्याउ

उतर

जिग्यासु – जिज्ञासु

म्वाइ – म्वाई

घूतुक्क– घुटूक्क

बचइन–बेचैन

परिशर्मी –परिश्रमी

 पाठबाट पुन्टे, घुटुक्क, थुक जस्ता ह्स्व उकार हुने दस ओटा शब्दहरु खोजेर लेख |

 उतर – टुलुटुलु, पुन्टे, ढुध, कुकुर जुत्त्ता, कुरा, तुलना, उत्सुक, सुटुक्क, सुन्दर

 

 

 

 

 

 

 

 

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.