कारक र विभक्ति

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

क्रियापदसँगप्रत्यक्ष सम्बन्ध भएका नाम तथा सर्वनामलाई कारक भनिन्छ भने कारकसँग जोडिएर अन्य पदसँग अन्तर्गत सम्बन्ध स्थापित गर्ने तत्त्वलाई विभक्ति भनिन्छ। यस नोटमा कारक, विभक्ति र कारकको बारेमा व्याख्या गरिएको छ|

कारक र विभक्ति

कारक र विभक्ति

एउटा वाक्यमा एक वा एकभन्दा बढि नामिक पदहरुको प्रयोग भएको हुन्छ। ती नामिक पदको कार्य र वाक्यको क्रियापदको विचमा अहेको सम्बन्ध फरक फरक किसिमको हुन्छ। क्रियासँग सम्बन्ध राख्ने तिनै नामिक पदलाई कारक भनिन्छ। वास्तवमा क्रियापदसँग प्रत्यक्ष सम्बन्ध भएका नाम तथा सर्वनामलाई कारक भनिन्छ भने कारकसँग जोडिएर अन्य पदसँग अन्तर्गत सम्बन्ध स्थापित गर्ने तत्त्वलाई विभक्ति भनिन्छ।
उदाहारण: रुखबाट पात भुइँमा खस्यो। (कारक= रुख, पात, भुइँ/ विभक्ति= बाट, मा)

Scholarships after +2 Abroad Studies Opportunities

सरल र तिर्यक कारक

सरल कारक

वाक्यमा प्रयोग हुँदा कारक पदको मूल रुपमा कुनै परिवर्तन नभएको कारक सरल कारक हो। सरल कारक एकवचन, शुन्य आदर वाची, विभक्ति चिह्न रहित तथा नामयोगी रहित हुन्छ।
उदाहरण: राजु पाठ पढ्छ।

तिर्यक कारक

वाक्यमा प्रयोग हुँदा कारकको मूल रुपमा कुनै न कुनै प्रकारको विकार आएको कारकको तिर्यक कारक भनिन्छ। मूल कारकमा विभक्ति चिह्न लागेर, बहुवचन बोधक प्रत्यय लागेर, आदरार्थी प्रत्यय लागेर र नामयोगी जोडिएर कारकको रुपमा बदलिन्छ र तिर्यक कारक हुन्छ।
जस्तै: मैले खाना खाएँ।

अर्थ र कार्यका आधारमा कारकका प्रकार

कारकाले वाक्यमा गर्ने कार्य वा निर्वाह गर्ने भूमिकाका आधारमा निम्न ६ प्रकारमा विभाजन गर्न सकिन्छ।

  • कर्ता कारक
  • कर्म कारक
  • कारण कारक
  • सम्प्रदान कारक
  • सम्प्रदान कारक
  • अपदान कारक
  • अधिकरण कारक

 

कर्ता कारक
कुनै पनि कार्य सम्पादन गर्ने नामिक पदलाई कर्ता कारक भनिन्छ। अर्थात वाक्यमा आम गर्ने नामिक पदलाई कर्ता कारक भनिन्छ। यो ‘के र कसलाई’ भन्ने प्रश्नको उत्तरमा आउँछ र सामान्यतया ले/ बाट जस्ता प्रथम विभक्तिका चिन्हहरु लाग्दछन्।
उदाहरण: राम पुस्तक किन्छ।

कर्म कारक
कर्म कारक भन्नाले वाक्यमा कामको परिणाम भोग्ने वा असर पर्ने नामिक शब्दलाई जनाउदछ। यो ‘के र कसलाई’ भन्ने प्रश्नको उत्तरमा आउँछ। यसमा सामान्यतया द्वितीय विभक्ति चिन्ह लाग्दछ।
उदाहरण: राम पुस्तक किन्छ।

कारण कारक
कारण कारक भन्नाले वाक्यमा कार्यव्यापरको साधन कारक वा प्रयोजन बुझाउन आउने नामिक पदलाई बुझाउँदछ। यसमा सामान्यतया के ले के बाट भन्ने प्रश्नको उत्तरमा आउँछ र यसमा ले/ बाट/ द्वारा जस्ता तृतीय विभक्तिका चिन्हहरु लाग्दछन्।
उदाहरण: ऊ हँसियाले घाँस काट्छ।

सम्प्रदान कारक
सम्प्रदान कारक भन्नाले वाक्यमा क्रियाले गर्ने कामको लक्ष्य वा काम गराईको प्रयोजन बुझाउन आउने नामिक पदलाई बुझाउदछ। अर्थात कार्यव्यापारको लक्षित उदेश्य बनि आउने नामिक पदलाई सम्प्रदान कारक भनिन्छ। यो सामान्यतया कसलाई प्रश्नको उत्तरमा आउछ र यसका लागी/ निम्ती/ लाई जस्ता चतुर्थी विभक्तिका चिन्हहरु लाग्दछन्।
उदाहरण: दाजुले भाइलाई कलम दिनुभयो।

अपदान कारक
अपदान कारक भन्नाले वाक्यमा आउने पदसँग क्रियापदले जाहेर गरेको कार्यव्यापार हुँदा कुनै कुरा अलग्गिने वा छुट्टिने कार्यलाई बुझाउदछ। यो सामान्यतया कहाँदेखि/ बाट प्रश्नको उत्तरमा आउँछ।
उदाहरण: रुखबाट पात भुइँमा खस्यो।

अधिकरण कारक
अधिकरण कारक भन्नाले वाक्यमा हुने कामको ठाउँ समय वा विषयको आधार देखाउने नामिक शब्दलाई जनाउँदछ। यो सामान्यतया कहाँ र कहिले भन्ने प्रश्नको उत्तरमा आउँछ।
उदाहरण: भाइ चउरमा खेल्दै छ।

 

कारकीय अर्थ र विभक्ति चिन्ह तालिका

कारक

कारकीय अर्थ

विभक्ति

विभक्ति चिन्ह

कर्ता

जसले कार्य गर्छ

प्रथम

ले/ बाट

कर्म

काम हे वा जसमाथि सम्पन्न हुन्छ

द्वितीय

लाई

करण

काम जसको सहयोगले गरिन्छ

तृतीय

ले/ बाट/ द्वारा

सम्प्रदान

कामको फल जसले पाउँछ वा जे प्रयोजनका निम्ती काम गरिन्छ

चतुर्थी

लाई

अपादान

जुन समय, स्थान, अवस्था बाट अलग हुन्छ

 पञ्चमी

बाट/ देखि

 

विशेष्यको भेदकका रुपमा सम्बन्ध स्थापित गर्छ

षष्ठी

को, का, की/ रो, रा, री/ नो, ना, नी

अधिकरण

आश्रय वा अवस्थिति बुझाउँछ

सप्तमी

मा

Things to remember
  • क्रियापदसँगप्रत्यक्ष सम्बन्ध भएका नाम तथा सर्वनामलाई कारक भनिन्छ।
  • कारकसँग जोडिएर अन्य पदसँग अन्तर्गत सम्बन्ध स्थापित गर्ने तत्त्वलाई विभक्ति भनिन्छ।
  • कुनै पनि कार्य सम्पादन गर्ने नामिक पदलाई कर्ता कारक भनिन्छ।
  • कर्म कारक भन्नाले वाक्यमा कामको परिणाम भोग्ने वा असर पर्ने नामिक शब्दलाई जनाउदछ।
  • कारण कारक भन्नाले वाक्यमा कार्यव्यापाको साधन कारक वा प्रयोजन बुझाउन आउने नामिक पदलाई बुझाउँदछ।
  • अपदान कारक भन्नाले वाक्यमा आउने पदसँग क्रियापदले जाहेर गरेको कार्यव्यापार हुँदा कुनै कुरा अलग्गिने वा छुट्टिने कार्यलाई बुझाउदछ।
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.