Subject: Nepali
वाक्यमा प्रयोग भएका शब्दहरु पद हुन्| वाक्यमा पदहरुको उचित स्थान पदक्रमा हो| वाक्यमा पदहरुलाई उचित क्रममा राखेर प्रयोग गर्नु पदक्रमको प्रयोग हो| यस नोटमा पदक्रमको बारेमा लेखिएको छ|
वाक्यमा प्रयोग भएका शब्दहरु पद हुन्| वाक्यमा पदहरुको उचित स्थान पदक्रमा हो| वाक्यमा पदहरुलाई उचित क्रममा राखेर प्रयोग गर्नु पदक्रमको प्रयोग हो| वाक्यमा कर्ता र क्रिया/ कर्ता, कर्म र क्रिया/ कर्ता, कर्म, पूरक र क्रिया/ कर्ता, कर्म, क्रियायोगी र क्रिया, विशेषण र विशेष्य/ भेदक र भेध्य आदिको क्रम नै वास्तविक पदक्रम हो|
व्याकरणका नियम अनुसार प्रयोग हुने पदहरुको क्रम व्याकारात्मक पदक्रम हो भने भाषिक सौन्दर्यको निर्माण गर्न प्रयोग गरिने साहित्यिक प्रकारको पदक्रमा विशिष्ट पदक्रमा हो| एस्तो पदक्रमलाई आलंकारिक पदक्रम पनि भनिन्छ| यस आधारमा पदक्रमा दुई प्रकारका छन्:
वाक्यमा नाम, सर्वनाम, विशेषण, क्रिया र नामयोगी आदि हुन्छन्| वाक्यमा प्रयुक्त पद ठिकठिक ठाउँमा राख्ने काम व्याकारात्मक पदक्रम हो|
व्याकारात्मक पदक्रम मुख रूपमा निम्नानुसार हुन्:
कर्ता र क्रिया को पदक्रम
कर्ता र क्रिया मात्र भएको वाक्य छ भने पहिले कर्ता र पछि क्रियाको पदक्रम हुन्छ|
उदाहरण: मेरो भाइ घरमा बस्छ|
उदेश्य विस्तार |
उदेश्य |
विधेय विस्तार |
विधेय |
मेरो |
भाइ |
घरमा |
बस्छ |
कर्ता, कर्म र क्रियाको पदक्रम
कर्ता, कर्म र क्रिया भएको वाक्यमा अगाडी कर्ता, त्यसपछि कर्म र अन्त्यमा क्रियाको पदक्रमा हुन्छ|
उदाहरण: दाजु खाना खानु हुन्छ|
कर्ता |
कर्म |
क्रिया |
दाजु |
खाना |
खानु हुन्छ |
कर्ता, अप्रत्यक्ष कर्म, प्रत्यक्ष कर्म र क्रियाको पदक्रम
द्विकर्मक क्रिया भएको वाक्यमा दुईओटा कर्म हुन्छन्| तीमध्ये एउटा प्रत्यक्ष कर्म हुन्छ भने अर्को अप्रत्यक्ष कर्म हुन्छ| यस्तो वाक्यमा सुरुमा कर्ता अनि अप्रत्यक्ष कर्म, त्यसपछि प्रत्यक्ष कर्म र अन्त्यमा क्रियापदको पदक्रम हुन्छ|
उदाहरण: म भाइलाई कलम दिन्छु|
कर्ता |
अप्रत्यक्ष कर्म |
प्रत्यक्ष कर्म |
क्रिया |
म |
भाइ |
कलम |
दिन्छु |
कर्ता, कर्म, पूरक र क्रियाको पदक्रम
पूरकापेक्षी क्रिया भएको वाक्यमा कर्ता, पूरक र क्रिया वा कर्ता, कर्म, पूरक र क्रियाको पदक्रम हन्छ|
उदाहरण: राम असल छ|
कर्ता |
पूरक |
क्रिया |
राम |
असल |
छ |
कर्ता, कर्म, क्रियायोगी र क्रियाको पदक्रम
क्रियाको बयान गर्ने क्रियायोगी समेत प्रयोग भएको वाक्यमा कर्ता, कर्म, क्रियायोगी र क्रियाको पदक्रमा हुन्छ|
उदाहरण: उसले खाना फटाफट खायो|
कर्ता |
कर्म |
क्रियायोगी |
क्रिया |
ऊ |
खाना |
फटाफट |
खायो |
विशेषण र विशेष्य पदक्रम
वाक्यमा विशेषण विशेषण विशेष्यको ठिक अगाडी प्रयोग हुन्छ|
उदाहरण: म सानो घरमा बस्छु|
विशेषण |
विशेष्य |
सानो |
घर |
भेदक र भेध्यको पदक्रम
नेपाली वाक्यमा षष्ठी विभक्ति लागेका भेदक शब्द अगाडी र भेध्य शब्द पछाडी क्रमश प्रयोग हुन्छन्|
उदाहरण: मेरी सानी बहिनी नाच्दै छे|
भेदक |
विशेषण |
भेध्य |
मेरी |
सानी |
बहिनी |
व्याकरणात्मक नियम अनुसार नभई भाषिक सौन्दर्यको निर्माण गर्न प्रयोग गरिने विशेष पदक्रमलाई विशिष्ट पदक्रमा भनिन्छ| विशिष्ट पदक्रमलाई आलंकारिक पदक्रम पनि भनिन्छ| यस्तो पदक्रममा विशिष्ट अभिव्यक्तिका लागी व्याकरणद्वारा निर्धारित पदक्रमलाई भङ्ग गरिएको हुन्छ| खास गरि कवितात्मक तथा गीतिमय अभिव्यक्ति प्रस्तुत गर्दा भनाइलाई लयात्मक र सौन्दर्यपूर्ण पार्नु पर्ने हुन्छ| यसरि भनाइलाई कलात्मक नियम अनुसार नभई विशिष्ट प्रकारको हुने भएको हुने भएकाले यस्तो पदक्रमलाई विशिष्ट पदक्रम वा आलंकारिक पदक्रमा भनिन्छ|
उदाहरण: समाजले बनायो मलाई विद्रोही, समाजले बनायो मलाई क्रान्तिकारी|
© 2019-20 Kullabs. All Rights Reserved.