Subject: Nepali
क्रियापदले देखाउने कामको समयलाई काल भनिन्छ। यस नोटमा काल र तिनका पक्षहरुको बारेमा लेखिएको छ।
क्रियापदले देखाउने कामको समयलाई काल भनिन्छ। व्यक्त गर्दा सुरु भएको त्यसभन्दा अगाडि भइसकेको वा त्यसभन्दा पछाडी सुरु हुने कामका आधारमा काल छुट्टयाउने चलन रहेको छ।
काललाई तिन भागमा विभाजन गरिएको छ।
भइसकेको वा बितिसकेको कुनै घटना वा कुराको निर्देशन गर्ने क्रियापदलाई भूत काल भनिन्छ। यसले बितेको समयको काम वा अवस्थालाई बुझाउँछ।
भूतकाललाई निम्न पाँच भागमा विभाजन गरिएको छ।
सामान्य भूत
कुनै काम पहिले वा विगतको समयमा भएको सामान्य अवस्था बुझाउने क्रियापदको पक्षलाई सामान्य भूतकाल भनिन्छ। सामान्य भूत पक्ष जनाउने क्रियापदका धातुमा रँ, यौ, इस्, ई, ए, इन् आदि रुपहरु जोडिन्छन्।
उदाहरण: रामले पढ्यो।
अपूर्ण भूत
अपूर्ण भूतकालले बितेको समयमा कुनै काम भइसकेको थियो भन्ने बुझाउँछ। अपूर्ण भूत पक्ष जनाउनको लागी धातुमा तै/ दै थिए, तै/ दै थियौ, तै/ दै थियो आदि जोडिएर क्रियापदहरु बनेका हुन्छन्।
उदाहरण: राम पढ्दै थियो।
पूर्ण भूत
पूर्ण भूत पक्षले कुनै पनि काम बितेको समयमा पूरा भइसकेको थियो भन्ने जनाउँदछ र त्यसको असरसमेत बाँकी नरहेको अवस्था बुझाउने क्रियापदको पक्ष हो। यसलाई जनाउनको लागी एको थिए, एका थियौ, एको थिइस् आदि जोडिन्छन्।
उदाहरण: रामले पढेको थियो।
अभ्यस्त भूत
कुनै काम बिगतको समयमा नियमित रुपमा भएको तर अहिले त्यो नभएको अवस्था जनाउने क्रियापदलाई अभ्यस्त भूतकाल भनिन्छ। अभ्यस्त भूत जनाउनका लागी धातुमा थे, थ्यौ, थिस्, थि आदि जोडिएर क्रियापद बनेका हुन्छन्।
उदाहरण: राम पढ्थ्यो।
अज्ञात भूत
कुनै काम बिगतको समयमा भइसकेको तर अहिले आएर मात्र थाहा पाइएको अवस्था बुझाउने क्रियापदको पक्षलाई अज्ञात भूतकाल भनिन्छ। अज्ञात भूत जनाउनका लागी धातुमा एछु, एछौ, एछस्, एछन्, एछ आदि जोडिएर अज्ञात क्रियापद बनेका हुन्छन्।
उदाहरण: रामले पढेछ।
कुनै पनि काम अहिले वर्तमान अवस्थालाई वर्तमान कालले बुझाउँदछ। वर्तमान काललाई निम्न तिन भागमा विभाजन गरिएको छ।
सामान्य वर्तमान
कुनै काम अहिलेको वर्तमान अवस्थामा हुने वा भइरहेको अवस्था जनाउने पूरा हुनु वा नहुनुका बारेमा केही नबताउने क्रियापद पक्षलाई सामान्य वर्तमान भनिन्छ। सामान्य वर्तमान पक्ष जनाउन धातुमा छु, छौ, छस् आदि प्रत्ययहरु जोडिन्छन्।
उदाहरण: राम पढ्छ।
अपूर्ण वर्तमान
वर्तमान समयमा कार्य भइरहेको अवस्थालाई अपूर्ण वर्तमान कालले जनाउँदछ। अपूर्ण वर्तमान पक्ष जनाउनको लागी धातुमा तै/ दै छु, तै/ दै छौ, तै/ दै छस् आदि प्रत्ययहरु जोडिन्छन्।
उदाहरण: राम पढ्दै छ।
पूर्ण वर्तमान
कुनै काम अहिलेको समयमा पूरा भएको तर त्यसको असर अहिले पनि बाँकी रहेको अवस्था बुझाउने क्रियापदलाई पूर्ण वर्तमान काल भनिन्छ। यस जनाउने क्रियापदको धातुमा एको छु, एका छौ आदि जोडिएको हुन्छ।
उदाहरण: रामले पढेको छ।
कुनै पनि आउने समय वा पछिको समयमा काम हुने कुरा बुझाउने वा निर्देशन गर्ने क्रियापदलाई भविष्यत् काल भनिन्छ।
भविष्यत् काललाई निम्न तिन भागमा विभाजन गरिएको छ।
सामान्य भविष्यत्
सामान्य भविष्यत् कालले कुनै पनि कार्य पछि हुने कुरा बुझाउने वा निर्देशन गर्दछ। अर्थात कुनै पनि काम आउने समयमा हुने सामान्य अवस्थालाई बुझाउँदछ। यसको धातुको पछाडी नेछु, नेछौ, नेछस् आदि रुपहरु जोडिन्छन्।
उदाहरण: राम पढ्ने छ।
अपूर्ण भविष्यत्
कुनै पनि काम पछि वा आउने समयमा भइरहेको अवस्थालाई अपूर्ण भविष्यत् कालले बुझाउँदछ। यसलाई जनाउनको लागी धातुमा तै/ दै हुनेछु, तै/दै हुनेछौ, तै/ दै हुनेछ का रुपहरु जोडिन्छन्।
उदाहरण: राम पढ्दै हुनेछ।
पूर्ण भविष्यत्
कुनै पनि काम बितेको समयमा पूरा भएको बुझाउँदछ भने त्यसलाई पूर्ण भविष्यत् काल भनिन्छ। यसलाई जनाउनको लागी धातुमा एको हुनेछु, एका हुनेछौ,एको हुनेछन् रुपहरु जोदिन्छन्।
उदाहरण: रामले पढेको हुनेछ।
© 2019-20 Kullabs. All Rights Reserved.