Subject: Nepali
शब्दका अगाडी जोडिने व्युत्पादक भाषिक एकाइलाई उपसर्ग भनिन्छ| एउटै शब्दलाई दोहोर्याएर नयाँ शब्द बनाउने पढ़दतिलाई द्वित्व भनिन्छ| यस नोटमा उपसर्ग र द्वित्वको बारेमा व्याख्या गरिएको छ|
शब्दका अगाडी जोडिने व्युत्पादक भाषिक एकाइलाई उपसर्ग भनिन्छ| उपसर्गको आफ्नै स्वतन्त्र अर्थ नभए तापनि यो आधारपदमा जोडिएपछि यसले केही अर्थमा परिवर्तन ल्याउँछ, केही विशेषता घट्छ र केही पूर्व अर्थलाई नै राख्दछ|
उदाहरण: उप+हार= उपहार, आ+देश= आदेश, प्रति+एक= प्रत्येक
उपसर्गद्वारा शब्द निर्माण गर्नुहोस्:
एउटै शब्दलाई दोहोर्याएर नयाँ शब्द बनाउने पढ़दतिलाई द्वित्व भनिन्छ| द्वित्व शब्दको निर्माण गर्दा कतै पूरै शब्द दोहोरिने, कतै अंश र कतै शब्दको ध्वनि परिवर्तन हुने गर्दछ|
उदाहरण: सानो+सानो= स-सानो, काट+काट= काटकुट
द्वित्वलाई निम्न तिन भागमा वर्गीकरण गरिएको छ|
१. पूर्ण द्वित्व
२. आंशिक द्वित्व
३. अपरिवर्तित द्वित्व
पूर्ण द्वित्व
जस्ताको तस्तै दोहोरिने कतै केही अंश पनि परिवर्तन नहुने प्रकियालाई पूर्ण द्वित्व भनिन्छ|
उदाहरण: घरघर, वनवन, मनमन आदि|
आंशिक द्वित्व
कुनै अंशमात्र दोहोरिएर नयाँ शब्द बन्ने प्रक्रियालाई आंशिक द्वित्व भनिन्छ|
उदाहरण: जजसको, आआफ्नो, ससानो आदि|
अपरिवर्तित द्वित्व
शब्दको पुनरावृति हुँदा ध्वनि वा अक्षर परिवर्तन भइ शब्दको हेरफेर भएर द्वित्व हुने प्रक्रियालाई अपरिवर्तित द्वित्व भनिन्छ|
उदाहरण: फटाफट, भनाभन, कुटाकुट आदि|
© 2019-20 Kullabs. All Rights Reserved.