Subject: Nepali
कुनै वस्तु, व्यक्ति, ठाउँ वा पदार्थ बुझाउने शब्दलाई नाम भनिन्छ। यस नोटमा नामको र त्यसको प्रकारको बारेमा उल्लेख गरिएको छ।
कुनै वस्तु, व्यक्ति, ठाउँ वा पदार्थ बुझाउने शब्दलाई नाम भनिन्छ। यसलाई अर्को शब्दमा संज्ञा व विशेष्य पनि भनिन्छ। नामलाई पाँच भागमा विभाजन गरिएको छ।
व्यक्तिवाचक नाम
कुनै व्यक्ति, स्थान, नदी, पर्व, प्राणी आदिलाई बुझाउने नामलाई व्यक्तिवाचक नाम भनिन्छ। यसले कुनै वस्तु, व्यक्ती, स्थान आदिलाई तोकेर जनाउने हुँदा यसलाई व्यक्तिवाचक नाम भनिएको हो। उदाहरण: राम, पोखरा, मुना मदन, कोसी, इद, होली आदि।
जातिवाचक नाम
एउटै जातका प्राणी वा वस्तुलाई जनाउने साझा नामलाई जातिवाचक नाम भनिन्छ। उदाहरण: पहाड, फुल, अन्न, सहर, देश आदि।
भाववाचक नाम
छुन र देख्न नसक्ने तर अनुभव वा महसुस गर्न सकिने नामलाई भाववाचक नाम भनिन्छ। उदाहरण: दया, माया, प्रेम, स्नेह, मानवता, मोटाइ आदि।
द्रव्यवाचक नाम
नापेर र तौलेर छुट्ट्याउन सकिने वस्तु वा पदार्थका नामलाई द्रव्यवाचक नाम भनिन्छ। उदाहरण: फलाम, माटो, पिठो, दूध, घिउ आदि।
समुहवाचक नाम
कुनै वस्तु, व्यक्ति, प्राणी वा पदार्थको समूहलाई बुझाउने नामलाई समूहवाचक नाम भनिन्छ। उदाहरण: भिड, बथान, झुन्ड, दोभान आदि।
© 2019-20 Kullabs. All Rights Reserved.