लेख्य चिन्ह र तिनको प्रयोग

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

यस नोटमा लेख्य चिन्ह र तिनको प्रयोगको बारेमा व्याख्या गरिएको छ|

लेख्य चिन्ह र तिनको प्रयोग

लेख्य चिन्ह र तिनको प्रयोग

पूर्णविराम चिन्ह (।)
सामान्य भनाई पूरा भएपछि दिइने चिन्हलाई पूर्णविराम भनिन्छ।
उदाहरण: राम घर गयो।
तिमी पढ।

अल्पविराम चिन्ह (,)
कुनै पनि वाक्य भित्र क्रमैले आएको तिन वा तीनभन्दा बढि पदहरुको अडानलाई अल्पविराम चिन्ह भनिन्छ।
उदाहरण: राजु, हरि दुवै आए।
राम, श्याम, रमा, सीता र सुरज पोखरा गए।

कोष्ठक चिन्ह { } [ ] ( )
वाक्यका वीचमा कुनै शब्दको अर्थ स्पष्ट पार्नु परेमा प्रयोग गरिने चिन्हलाई कोष्ठक चिन्ह भनिन्छ।
उदाहरण: संसद (प्रतिनिधि सभा, राष्ट्रिय सभा) बाट विधयेक पारित भयो।

Scholarships after +2 Abroad Studies Opportunities

अर्ध विराम (;)
कुनै वाक्यको सहयोगी भएर आउने उपवाक्यका वीचमा प्रयोग गरिने चिन्हलाई अर्धविराम चिन्ह भनिन्छ।
उदाहरण: राम्ररी पढुं; धन कमाऊँ; सुखी बनूँ; सबैका साझा इच्छा हुन्।

विकल्पबोधक चिन्ह (/)
वाक्यमा विकल्प बुझाउने शब्दको प्रयोग गर्दा वैकल्पिक शब्द हो भनि बुझाउन विकल्पबोधक चिन्हको प्रयोग हुन्छ।
उदाहरण: हाम्रो देश/ मुलुक अझै गरिब छ।
गुरु/ शिक्षकमा गुरुत्व हुनु पर्छ।

प्रश्नवाचक चिन्ह (?)
कसैसंगा कुनै कुरा सोध्दा वा कुनै कुराको जिज्ञासा राखी प्रश्न गर्दा प्रयोग हुने चिन्हलाई प्रश्नवाचक चिन्ह भनिन्छ।
उदाहरण: तिम्रो नाम के हो?
तिमी कहाँ बस्छौ?

उद्वरण चिन्ह (“ ”/ ‘ ’)
कसैको भनाईलाई जस्ताको तस्तै प्रस्तुत गर्दा प्रयोग गरिने चिन्हलाई उद्वरण चिन्ह भनिन्छ।
उदाहरण: ‘मदन पुरस्कार’, ‘दिव्योपदेश’
देवकोटाले भने, “मेरो मुना मदन नजलाउनु”।

निर्देशन चिन्ह (: : -)
कुनै विषयको निश्चीत सूचना दिँदा सूचक चिन्हको प्रयोग गरिन्छ। यसलाई निर्देशक चिन्ह व सापेक्ष विराम पनि भनिन्छ।
उदाहरण: नेपालका प्रमुख नदीहरु: - कोसी, गण्डकी. कर्णाली आदि।

विस्मयादिबोधक चिन्ह (!)
घृणा, हर्ष, दु:ख, प्रशंसा, आश्चर्य, विस्मात आदि मनको भाव व्यक्त गर्दा प्रयोग गरिने चिन्हलाई विस्मयादिबोधक चिन्ह भनिन्छ।
उदाहरण: आहा! कति राम्रो फूल।

योजक चिन्ह (-)
कुनै दुई शब्दलाई जोड्न र पक्तिका अन्त्यमा शब्द नअटेर टुक्राउनु पर्दा योजक चिन्हको प्रयोग गरिन्छ।
उदाहरण: आमा-बाबु, हिजो-आज, केटा-केटी

Things to remember
  • कुनै दुई शब्दलाई जोड्न र पक्तिका अन्त्यमा शब्द नअटेर टुक्राउनु पर्दा योजक चिन्हको प्रयोग गरिन्छ।
  • घृणा, हर्ष, दु:ख, प्रशंसा, आश्चर्य, विस्मात आदि मनको भाव व्यक्त गर्दा प्रयोग गरिने चिन्हलाई विस्मयादिबोधक चिन्ह भनिन्छ।
  • कसैको भनाईलाई जस्ताको तस्तै प्रस्तुत गर्दा प्रयोग गरिने चिन्हलाई उद्वरण चिन्ह भनिन्छ।
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.