Subject: Nepali
वर्णभन्दा माथिल्लो भाषिक एकाइलाई अक्षर भनिन्छ अर्थात श्वासप्रवाहको खास गति वा झट्कामा उच्चारित हुने ध्वनी समूहलाई अक्षर भन्निन्छ। यस नोट भित्र अक्षर संरचनाको बारेमा व्याख्या गरिएको छ। साथै अक्षर संरचना देखाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा पनि उल्लेख गरिएको छ।
वर्णभन्दा माथिल्लो भाषिक एकाइलाई अक्षर भनिन्छ अर्थात श्वासप्रवाहको खास गति वा झट्कामा उच्चारित हुने ध्वनी समूहलाई अक्षर भन्निन्छ। त्यसैगरी फोक्सो, मुख र नाक हुँदै बाहिर निस्कने सासको एक झोल्कामा उच्चारण हुने वर्ण वा वर्णहरुको समूहलाई अक्षर भनिन्छ।
अक्षरको बनोट नै अक्षर संरचना हो। कुन कुन वर्ण मिलेर अक्षर बन्छ भन्ने कुरा थाहा पाउनु अक्षर संरचनाको ज्ञान हो। शब्दमा अक्षरको संङ्ख्या पत्ता लगाउन र त्यस अक्षरको उच्चारण कसरी हुन्छ भनेर स्पस्ट पार्नु उच्चारित शब्दको अक्षर संरचना देखाउनु हो। शब्दको अक्षर संरचना देखाएर अक्षर संख्या निर्धारण गर्नुलाई अक्षर सङ्ख्याको पहिचान भनिन्छ।
अक्षर संरचना देखाउँदा ध्यान दिनु पर्ने कुराहरु
शब्दलाई अक्षरीकरण गरी अक्षर सीमा र अक्षर संङ्ख्या देखाउँदा ध्यान दिनु पर्ने प्रमुख केही कुराहरु यश प्रकार छन्:
© 2019-20 Kullabs. All Rights Reserved.