Subject: Nepali
विज्ञानले मानिसका लागि सहायक हुने अनेकौँ साधन, वस्तु तथा प्रविधिको आविष्कार र विकास गरेको कुरातर्फ हामी सबैको ध्यानाकर्षणगरेको छ | हुन पनि विज्ञानले सामान्यभन्दा सामान्य कुरा र क्षेत्रदेखि असामान्य र असम्भव मानिएका क्षेत्रहरूसम्म आफ्नो कार्य विस्तार गरी यस संसारका समस्त मानिसहरूलाई प्रसस्त सहयोग पदान गरेको छ | विज्ञानले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सन्चार, विद्युतको क्षेत्र, खानेपानी आदि सम्पूर्ण क्षेत्रका कार्यहरूसँग सम्बन्धित अनेकौँ साधनहरूको निर्माण गरेर झन् बढी सहयोगको विस्तार गरेको छ | यन्त्रमानवको आविष्कार, विकास र प्रयोग नहुँदा मानव जति सभ्य थियो यसको प्रयोगले मानवसभ्यतामा झन् अभिवृद्धि गरेको छ | यस यन्त्रमानवबाट मानिसले व्यक्तिगत, पारिवारिक, सामाजिक, औद्योगिक, कृषि आदि जस्ता क्षेत्रदेखि लिएर अति जटिल क्षेत्रहरूसम्मका कार्यबाट फाइदा लिन सकेको छ | त्यसैले यसको प्रयोगलाई बढाउन सकेमा यसले मानवलाई अझ सभ्य बन्न महत्वपूर्ण सहयोग दिन सक्छ | मानिस र विज्ञानले दिनानुदिन नयाँ- नयाँ आविष्कार र विकासका कार्यहरू गरिरहेको वर्तमान परिप्रेक्ष्यमा यन्त्रमानवको निर्माणले सुनमा सुगन्धको काम गरेको छ |
यन्त्रमानवको आविष्कारमा मानिसले कसरी सफलता हासिल गर्यो ?
समय गतिशील छ, यस्तो समयको गतिसँगै मानव मस्तिष्कमा पनि नवीन सोंच र ज्ञानको सिर्जना हुँदै गयो | खहरेमा बढी आउँदा डिलमा बसेर खोला तर्न नसकी हेरिरहने, आकाशमा उडेको चरा र नदीमा पौदिएको माछाको गतिलाई देरेर आफू पनि त्यस्तै स्वच्छन्द रूपमा गतिशील बनी अघि बढ्ने परिकल्पना गरी हिडेको मान्छेको आफ्नो कडा परिश्रम र बौद्धिक ज्ञानका करण रेल, मोटर, पानीजहाज र हवाईजहाजजस्ता यातायातका साधनको एकातर्फ विकास गर्यो भने अर्कातर्फ रेडियो, टेलीभिजन, टेलीफोन, इन्टरनेट, इमेल, फ्याक्स आदिको पनि संचारका क्षेत्रमा विकास गर्यो | यसरी निरन्तर कडा बौद्धिक एवम् शारीरिक परिश्रम मानिसले विज्ञानका क्षेत्रमा गर्दै आयो र वैज्ञानिक क्षेत्रमा भएको आशातित प्रगतिले गर्दा घरायसी, कृषि, उद्योग, वाणिज्य आदि क्षेत्रमा मानवीय जीवन पद्धति सुख सम्पन्न र सुविधायुक्त बन्न पुग्यो | दिनदिनै नयाँ कुराको खोज र अनुसन्धान गर्दै आर्जन गरेको अभूतपूर्व ज्ञान, निरन्तर कडा मिहिनेत र अन्वेषणको परिणमस्वरूप 'यन्त्रमानव' आविष्कार गर्ने महत्वपूर्ण कार्यमा समेत सफलता प्राप्त भएको छ |
यन्त्रमानवले मानिसलाई कुनकुन काममा सहयोग पुर्याउने गरेको छ ?
यन्त्रमानवले मानिसलाई विकासनिर्माण र सुरक्षाका कामदेखि लिएर बिरामीको शल्यक्रिया गर्ने जस्ता संवेदनशील कार्यमा समेत सहयोग पुर्याएको पाइन्छ | यसले भने बम राखेको ठाउँ पत्ता लगाएर मानिसलाई ठूला दुर्घटनाहरूबाट बच्न सहयोग गर्दछ | यसले विकिरणयुक्त स्थानमा काम गर्ने र वातावरणीय सन्तुलन कायम गर्न पनि सहयोग पुर्याउने गरेको छ |
यन्त्रमानव विविध क्षेत्रमा लोकप्रिय बन्दै जानुका कारणहरू केके हुन् ?
औद्योगिक तथा अन्य क्षेत्रमा कहिल्यै नथाक्ने, विना विरोध खुरूखुरू आफ्नो कर्तव्य पालन गर्ने, चौबीसै घण्टा काममा लगेर उद्योगलाई प्रगतिपथमा निरन्तर अग्रसर गराउने, दिएको काम ठीक समयमा अलिकति पनि गल्ती नगरी सम्पन्न गर्ने जस्ता विशेषता हुनाले नै यसको लोकप्रियता बढिरहेको छ | यसमा यो काम गर्ने कि नगार्ने, किन गर्ने, यो कामबाट मेरो भविष्य के होला भन्ने जस्ता द्विधात्मक मनस्थिति नहुने हुँदा दिएको आदेश झर्को नमानी सम्पन्न गर्ने गर्दछ | मानिसले सम्पन्न गर्न नसकेका कठिन काम, चर्को घाम र दनदनी आगो बलेको क्षेत्र, धुँवा-धुलाले उकुसमुकुस वातावरण, गहिरो खानी, विषाक्त इलाका, हुरीबतास र हिमपात भएको ठाउँ, समुद्री सतह र अन्तरिक्षमा समेत यसले काम गर्न सक्ने हुनाले यन्त्रमानव विविध क्षेत्रमा लोकप्रिय बन्दै गएको छ |
यन्त्रमानव र मानवका काम गराइमा केकस्ता भिन्नता हुन्छन् ?
मानव निरन्तर रूपमा काम गरिरहँदा छिट्टै थाक्ने डर हुन्छ | यन्त्रमानव निरन्तर रूपमा काम गरिरहँदा पनि थाक्दैन | मानव कामका सिलसिलामा कहिले काहीँ कामप्रति विरोध व्यत गर्दछ भने यन्त्रमानव विना विरोध खुरूखुरू काम गरिरहन्छ | मानिसको काम गराइबाट औद्योगिक उन्नतिमा खासै योगदान पुग्न सक्दैन | यन्त्रमानवको काम गराइबाट उद्योगले निरन्तर प्रगति गरिरहन सक्छ | मानवले काम गर्दै जाँदा बीच-बीचमा गति गल्ती गर्छ यन्त्रमानवले विना गल्ती काम गर्न सक्दछ | मानवले आफ्नो कामद्वारा फाइदा, बेफाइदा र भविष्यका बारेमा जुन सोचाइ राख्दछ यन्त्रमानवले त्यस्तो सोचाइ कहिल्यै राख्दैन | मानिसहरूले विभिन्न किसिमका आर्थिक सुविधाका समस्याहरू अगाडि सार्दछ भने यन्त्रमानवले आर्थिक सुविधासम्बन्धी कुनैपनि समस्या अघि सर्दैन | मानिसले काम गर्दा ढिलो, नराम्रो हुन्छ तर यन्त्रमानवले काम गर्दा छिटो र राम्रो पनि हुन्छ |
मानिसले किन यन्त्रमानवझैँ काम गर्न सक्तैन ?
मानिसले कुनैपनि कार्य लगातार लामो समयसम्म गर्न सक्तैन | प्रकृतिमा उसको जन्म भएकोले प्रकृतिले जता डोर्यायो त्यतै ऊ हिडिरहेको हुन्छ | अर्थात् मानव शरीर प्रकृतिका नियमभित्र बाँधिएको हुन्छ | बाँच्नका लागि श्रम मानिसको लागि अनिवार्य आवश्यक मानिन्छ | श्रम गर्दा थकाइ, भोक, प्यास, निन्द्रा तथा आराम आदि जस्ता कुराहरू पूरा नभएसम्म मानिसले काम गर्न सक्तैन | निरन्तर चौबीसै घण्टा मानिसले कहिल्यै काम गर्न सक्तैन | यन्त्रमानव भने एक कृत्रिम यान्त्रिक उपकरण हो | यसले निरन्तर कार्यसम्पादन गर्न सक्छ, मानिसलाई जस्तो छिनछिनमा आराम गर्नुपर्ने आवश्यकता यसलाई पर्दैन, भोक, थकाइ र निन्द्रा यसलाई लाग्दैन | अत: यन्त्रमानव र मानव शरीरका बीच यी माथि प्रस्तुत भएका जस्ता भिन्नता भएकाले मानिसले यन्त्रमानवलेझैँ काम गर्न सक्तैन |
वर्तमान युगमा यन्त्रमानवको महत्व र उपयोगिता केकस्तो देखिन्छ ?
आजको युग वैज्ञानिक युग हो | विज्ञानले गरेका उन्नति र उपलब्धिलाई हामीले आत्मसात गर्नुपर्छ | प्राचीनकालदेखि वर्तमान युगसम्म आइपुग्दा विज्ञानले शिक्षा, सन्चार, स्वास्थ्य, यातायात, कृषि, उद्योग आदिजस्ता क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको छ | यन्त्रमानवको निर्माण त मानवजीवनमा ठूलो हलचल मच्चायो | हाम्रा जीवनका सामान्य व्यावहारिक कार्यहरूदेखि लिएर अन्तरिक्षको तथा समिद्रभित्रको अध्ययन गर्ने, अनुसन्धान गर्ने महत्वपूर्ण एवम् कठिन कार्यमा यसको अहम् भूमिका सिद्ध भएको छ | मानिसलाई हरेक कार्यमा सहयोग पुर्याउने हुँदा यो मानिसको अभिन्न मित्र बनेको छ | यसको प्रयोगले मानिसलाई आफ्नो समय, सीप र साधनको वचत गर्न मद्दत पुगेको कुरालाई नकार्न मिल्दैन र स्वीकार्नै पर्छ | यसरी हेर्दा हरेक क्षेत्रमा यसको महत्व र उपयोगिता वर्तमान युगमा दिनप्रतिदिन बढ्दै गएको छ |
यसले मानवको सहायक भएर सभ्यतालाई विकसित तुल्याउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ |
माथि प्रस्तुत वाक्यांश कक्षा दशको नेपाली पाठ्यपुस्तक अन्तर्गतको यन्त्रमानव शीर्षक निबन्धबाट झिकिएको हो | यस निबन्धका लेखक यसै पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरू हुन् | उनीहरूले यस निबन्धमा आधुनिक विज्ञानको प्रगतिले मानवजातिका लागि सहायक हुने विभिन्न साधनहरूको निर्माण गर्ने क्रममा यन्त्रमानवको समेत निर्माण र प्रयोग भइसकेको कुरा उल्लेख गरेका छन् | साथै उनीहरूले यस निबन्धमा यन्त्रमानवको निर्माण र प्रयोगले मानिसलाई घरायसी काम कामकाजदेखि, कृषि व्यवसाय, उद्योग व्यवसाय, वातावरणीय सन्तुलनको क्षेत्र, अन्तरिक्ष सम्बन्धी अनुसन्धानका कार्यमा यथेष्ट सहयोग मिलेको कुरा पनि उल्लेख गरेका छन् |
प्रस्तुत वाक्यले पनि विज्ञानले मानिसका लागि सहायक हुने अनेकौँ साधन, वस्तु तथा प्रविधिको आविष्कार र विकास गरेको कुरातर्फ हामी सबैको ध्यानाकर्षण गरेको छ | हुन पनि विज्ञानले सामान्यभन्दा सामान्य कुरा र क्षेत्रदेखि असामान्य र असम्भव मानिएका क्षेत्रहरूसम्म आफ्नो कार्य विस्तार गरी यस संसारका समस्त मानिसहरूलाई प्रसस्त सहयोग पदान गरेको छ | विज्ञानले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सन्चार, विद्युतको क्षेत्र, खानेपानी आदि सम्पूर्ण क्षेत्रका कार्यहरूसँग सम्बन्धित अनेकौँ साधनहरूको निर्माण गरेर झन् बढी सहयोगको विस्तार गरेको छ | यन्त्रमानवको आविष्कार, विकास र प्रयोग नहुँदा मानव जति सभ्य थियो यसको प्रयोगले मानवसभ्यतामा झन् अभिवृद्धि गरेको छ | यस यन्त्रमानवबाट मानिसले व्यक्तिगत, पारिवारिक, सामाजिक, औद्योगिक, कृषि आदि जस्ता क्षेत्रदेखि लिएर अति जटिल क्षेत्रहरूसम्मका कार्यबाट फाइदा लिन सकेको छ | त्यसैले यसको प्रयोगलाई बढाउन सकेमा यसले मानवलाई अझ सभ्य बन्न महत्वपूर्ण सहयोग दिन सक्छ |
मानिस र विज्ञानले दिनानुदिन नयाँ- नयाँ आविष्कार र विकासका कार्यहरू गरिरहेको वर्तमान परिप्रेक्ष्यमा यन्त्रमानवको निर्माणले सुनमा सुगन्धको काम गरेको छ | यदि यस अवस्थामा यन्त्रमानवको निर्माण नभएको भए मानिसका प्रत्येक कार्यमा सफलता र तिब्रता आउने थिएन र मानिसले सजिलैसँग बाँच्न पनि पाउने थिएन |
समय, श्रम र सम्पत्तिको बचत गरी ठूलाठूला काम सम्पन्न गर्न यसको सहयोग उल्लेखनीय रहेको छ |
माथि प्रस्तुत वाक्यांश कक्षा दशको नेपाली पाठ्यपुस्तक अन्तर्गतको यन्त्रमानव शीर्षक निबन्धबाट झिकिएको हो | यस निबन्धका लेखक यसै पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरू हुन् | उनीहरूले यस निबन्धमा आधुनिक विज्ञानको प्रगतिले मानवजातिका लागि सहायक हुने विभिन्न साधनहरूको निर्माण गर्ने क्रममा यन्त्रमानवको समेत निर्माण र प्रयोग भइसकेको कुरा उल्लेख गरेका छन् | उनीहरूले यस निबन्धमा यन्त्रमानवको परिचय, आविष्कार, विकास र प्रयोगसम्बन्धी विभिन्न जानकारी दिएका छन् |
प्रस्तुत वाक्यमा यन्त्रमानवको प्रयोग र महत्वको चर्चा गरिएको छ | साँच्चै भन्ने हो भने यस संसारमा यन्त्रमानवको प्रयोग हुन थाले पछि विभिन्न क्षेत्रमा सहयोग पुग्न गएको छ | सर्वप्रथम यसको प्रयोगले समयको बचतमा ठूलो सहयोग पुगेको छ | कतिपय कार्यहरू यस्ता हुन्छन् जसलाई मानिसले सम्पन्न फर्न धेरै समय लाग्ने हुन्छ तर यन्त्रमानवको सहयोगले त्यस्ता कामहरू छोटो समयमा सम्पन्न गर्न सकिन्छ | अर्को प्रयोगबाट मानिसहरूको सीपको पनि बचत हुन थालेको छ | अब कुनैपनि वस्तुको निर्माणमा मानिसले आफ्नो सम्पूर्ण सीप खर्च गर्नुपर्दैन | तेस्रो कुरा यन्त्रमानवको प्रयोग हुन शुरू भएदेखि सम्पत्तिको बचत हुन थालेको छ | वर्तमान समयका कयौं यस्ता कार्यहरू छन् जसका लागि यथेष्ट पूँजीको जरुरत पर्दछ | तर यन्त्रमानवले यस क्षेत्रमा पनि मानिसलाई सहयोग पुर्याएको छ |
यन्त्रमानवले मानिसहरूलाई समय, सीप र सम्पत्तिको बचतमा मात्र सहयोग गपुर्याई मानवको बल, शक्ति र सामर्थ्य अपुग भएका क्षेत्रमा पनि यसले उल्लेखनीय सहयोग दिने गरेको छ | त्यसैले यन्त्रमानव एउटा यन्त्र मात्र नभएर मानवको अभिन्न मित्र बन्न पुगेको छ |
वर्तमान युगमा यन्त्रमानवको महत्व र उपयोगिता केकस्तो देखिन्छ ?
यन्त्रमानव' शिर्षक निबन्ध नेपाली पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूद्वारा तयार पारिएको हो | उनीहरूले यस निबन्धमा आधुनिक विज्ञानको प्रगतिले मानवजातिका लागि सहायक हुने विभिन्न साधनहरूको निर्माण गर्ने क्रममा यन्त्रमानवको समेत निर्माण र प्रयोग भइसकेको कुरा उल्लेख गरेका छन् | उनीहरूले यस निबन्धमा यन्त्रमानवको परिचय, आविष्कार, विकास र प्रयोगसम्बन्धी विभिन्न जानकारी दिएका छन् |
प्रस्तुत निबन्धमा विज्ञानले विभिन्न चरणमा गर्दै आएको उन्नतिप्रगतिका बारेमा चर्चा गरिएको छ | त्यस्तै आधुनिक विज्ञानको प्रगतिले मानवजातिका लागि सहायक हुने विभिन्न साधनहरूको निर्माण र प्रयोग समेत भइसकेको कुरा यहाँ उल्लेख छ | उनीहरूले यस निबन्धमा यन्त्रमानवबाट आजको मानिसलाई अनेकौँ क्षेत्र र विषयहरूमा सहयोग मिलेको कुरा पनि उल्लेख गरेका छन् |
विज्ञानले हजारौं वर्ष पहिलेदेखि मानिसका लागि व्यवहारोपयोगी साधनहरूको निर्माण गर्दै आइरहेको छ | वर्तमान समयसम्म आइपुग्दा यसले मानवजीवनमा कृषि, उद्योग, खानी, शिक्षा, स्वास्थ्य, यातायात, सन्चार, विद्युत, खानेपानी जस्ता उत्पादनका सबै क्षेत्रमा निकै नै सहयोग उपलब्ध गराइरहेको छ | विज्ञानले आफ्नो क्षेत्रलाई विस्तार गर्दै मानिसका व्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय र अन्तराष्ट्रियस्तरसम्म पुर्याएको छ | झन् यन्त्रमानवको निर्माणले त मानवजीवनमा यति ठूलो महत्व राखेको छ कि त्यसको बयानै गरी साध्य छैन | गीत, संगीत, स्वागत सत्कार, मनोरञ्जन जस्ता अति सामान्य कार्यदेखि लिएर अन्तरिक्षको अनुसन्धान गर्न जस्तो अति कठिन कार्यमा समेत यन्त्रमानव नै महत्वपूर्ण मानिएको छ | यन्त्रमानवले मानिसको साथी भएर काम गर्न थालेपछि यसको उपयोगिता पनि उतिकै बढेको छ | यसले मानिसलाई काममा मात्र सहयोग गर्ने नभएर समयको बचत गर्नमा, सीपको बचत गर्नमा र सम्पत्तिको बचत गर्नमा अति ठूलो सहयोग दिँदै आएको छ | अमेरिका, जापान, बेलायत, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, पोल्यान्ड, इटाली, रुस आदि देशले यन्त्रमानवको सहयोगबाट काम लिन थालिसकेका छन् | यो विस्तारै बढ्दै गएको भविष्यमा यो यन्त्रमानव विश्वभरि नै उपयोगी बन्न सक्दछ |
जब यस संसारका विभिन्न समयका विद्वान् वैज्ञानिकहरूले आफ्नो दिमाग खर्च गरी विभिन्न साधनहरू आविष्कार र विकास गर्न थाले तब ती साधनहरूको महत्व र उपयोगिता बढ्न थालेको हो | यसै सिलसिलामा यन्त्रमानवको आविष्कार, विकास र प्रयोग हुन थालेपछि यसको पनि वर्तमान युगमा महत्व र उपयोगिता अत्याधिक बढेको छ |
© 2019-20 Kullabs. All Rights Reserved.