Subject: Nepali
कुनै दुई वा दुईभन्दा बढी स्वतन्त्र रूपमा प्रयोग भएका सरल वाक्यहरूलाई जोडेर एउटै वाक्य बनाउने प्रक्रियालाई वाक्यसंश्लेषण भनिन्छ | वाक्यसंश्लेषणले वाक्यहरूलाई गाँस्ने, जोड्ने वा एकबद्ध पार्ने काम गर्दछ | वाक्यसंश्लेषण गर्दा सामान्यतया अर्थमा कुनै फरक पार्नुहुँदैन तर शब्दको थपघट भने हुन्छ | वाक्यसंश्लेषण गरेर सरल, मिश्र तथा संयुक्त जुन वाक्य पनि बनाउन सकिन्छ | जस्तै :-
माथिका दुई स्वतन्त्र सरल वाक्यहरूलाई यसरी वाक्य संश्लेषण गर्न सकिन्छ :
तलका वाक्यलाई संश्लेषण गर्नुहोस् :
काजी शिखरमा पुग्छ | काजी शिखरबाट फर्कन्छ |
काजी शिखरमा पुगेर फर्कन्छ |
किसानले धान फलाउँछ | किसानले भकारी भर्छ |
किसानले धान फलाएर भकारी भर्छ |
हामीले वृद्धवृद्धाको सेवा गर्नुपर्छ | हामीले पुण्य कमाउन सक्नुपर्छ|
हामीले वृद्धवृद्धाको सेवा गरेर पुण्य कमाउन सक्नुपर्छ |
हामीले सभ्यताको धज्जी उडाउनुहुन्न | हामीले मानवता गुमाउनुहुन्न |
हामीले सभ्यताको धज्जी उडाएर मानवता गुमाउनुहुन्न |
उनीहरू पाथीभारा जान्छन् | उनीहरू देवीको दर्शन गर्छन् | उनीहरू हाँस पोखरी झर्छन् | उनीहरू वनभोज खान्छन् | उनीहरू बुधबारे फर्कन्छन् |
उनीहरू पाथीभरा गएर देवीको दर्शन गरी हाँसपोखरी झरेपछि वनभोज खान्छन् र बुधबारे फर्कन्छन् |
देवकोटाले महाकाव्य लेखे | देवकोटा महाकवि हुन् | देवकोटाले निबन्ध लेखे | देवकोटाले कथा लेखे | देवकोटाले उपन्यास लेखे |
महाकवि देवकोटाले महाकाव्य, निबन्ध, कथा र उपन्यास लेखे |
भीमसेन थापाले धरहरा बनाए | धरहरा १९९० को भूकम्पले भत्क्यो | काठमाडौँको आकर्षण धरहरा बनेको छ | धरहरा काठमाडौँको सुनधारामा छ |
भीमसेन थापाले सुनधारामा बनाएको धरहरा १९९० को भूकम्पले भत्किएपछि काठमाडौँको आकर्षण बनेको छ |
सरल, मिश्र र संयुक्त तीनै किसिमका वाक्य प्रयोग गरी देवकोटा जयन्तीका बारेमा एक अनुच्छेद लेख्नुहोस् |
आज कार्तिक २७ गते देवकोटा जयन्तीको दिन हो | विगतका वर्षहरूमाझैँ यो वर्ष पनि हाम्रो विद्यालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीमा कविगोष्ठीको आयोजना गरी मनायो | गोष्ठीमा थुप्रै कविहरूले भाग लिए पनि उत्कृष्ट रचना भने त्यति आएनन् तथापी नवोदित कविहरूको सहभागिता भने सन्तोषजनक नै रहेको थियो | जेहोस् कार्यक्रममा जति कविहरू उपस्थित थिए ती सबैले देवकोटाकै बारेमा रचना सुनाए | जसरी हाम्रो विद्यालय सधैँ भव्यरूपमा देवकोटा जयन्ती मनाउँछ त्यसरी अहिलेसम्म अरू कुनै पनि विद्यालयले मनाएको देखिदैन |
© 2019-20 Kullabs. All Rights Reserved.