Subject: Nepali
जन्म : वि.सं. १९९२ पुस १२ गते मुस्ताङ, थाक टुकुचे
मृत्यु : २०४६ जेठ १, काठमाडौँ
शिक्षा : बि.ए. सम्म
पेशा : कवि
राष्ट्रियता : नेपाली
विधा : कविता (गद्य)
सम्मान/पुरस्कार : साझा पुरस्कार(२०२६), गोरखा दक्षिणबाहु दोस्रो(२०४२)
भूपी शेरचनको (वास्तविक नाम: भुपेन्द्रमान शेरचन) जन्म वि.सं. १९९२ साल पुस (१४ मे १९३७) महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी ६ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन भूपी अत्यन्त सवेदनशील थिए ।
१.परिवर्तन (नाटक, २०१० साल)
२. नयाँ झ्याउरे (कविता,२०१० साल)
३. निर्झर (कविता, २०१५ साल)
४. घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५ साल)
कवितामा कवि शेरचनले सहिदहरूको परिचय दिँदै हाम्रो मुलुकमा अहिलेको अवस्था ल्याउन सहिदहरूले निर्वाह गरेको भूमिकाका बारेमा चर्चा गरेका छन् | साथै सहिदहरूको इच्छा र सपनाअनुसर पछिल्ला पुस्ताका मानिसहरूले पनि आ-आफ्नो कर्तव्य पूरा गर्नुपर्ने आशय पनि यस कवितामा पाइन्छ | हाम्रो देशमा एक सय चार वर्षसम्म शासन गर्ने राणाहरूले शासन हटाइ मुलुकमा प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले भएको जनक्रान्ति हाम्रा केही पूर्वजहरूको अकालमै ज्यान गएको छ | हाम्रा सहिदहरूले आफ्नो जीवनको अन्तिम अवस्थामा पुग्दासम्म पनि अनेकौँ चाहनाहरू मनमा लिएका थिए जसलाई पूरा गर्न बाँकी नै थियो | अब पछिका हामीहरूले उनीहरूका ती चाहनाहरूलाई यथाशक्य, यथाशीघ्र पूरा गराउनुपर्दछ | यदि हामीले आफ्नो काम गर्न सकेनौ, आफ्नो कर्तव्य पूरा गर्न सकेनौ भने हामीलाई हाम्रो मातृभूमि, इतिहास र हाम्रा सहिदहरूले धिक्कार्नेछन् किनभने उनीहरूको प्रयासबाट प्राप्त भएको स्तिथिलाई उपभोग गर्दै आज हामी बाँचेका छौँ भन्ने मूल भाव यस कवितामा पाइन्छ |
'दुईचार सपूत नमरी मुलुक बन्दैन' भन्नाको तात्पर्य के हो ?
संसारमा भएका विभिन्न मुलुकहरूमा आ-आफूलाई सुहाउँदो किसिमको संविधान, कानुन, नीति, नियम, व्यवस्था पद्धति तर्जुमा र कार्यान्वयन गरेको पाइन्छ | उपर्युक्त कुराहरू कुनै राम्रा पनि हुन सक्छन् भने कुनै नराम्रा पनि हुन सक्छ्न् | राम्रा जतिलाई यथावत राखेर नराम्रा जतिलाई चाहिँ समयनुसार फेर्दै, सुधार्दै लैजानुपर्ने हुन्छ | कसैलाई अनुपयोगी ठहरिएको नीतिनियम अर्को कसैलाई उपयोगी भइरहेको पनि हुन्छ | यस्तो अवस्थामा स्वीकार गर्ने र स्वीकार नगर्ने दुई पक्षको निर्माण हुन जान्छ | यी दुई पक्षक बीचमा क्रान्ति पनि हुन्छ | मुलुकको हितलाई ध्यानमा राखेर अघि बढ्ने क्रममा मुलुकका केही व्यक्तिहरूको मृत्यु पनि हुनसक्छ | यसबाट यो प्रष्ट हुन्छ कि कुनै मुलुकमा परिवर्तन गर्नु छ, सुधार गर्नु छ भने देशका केही वीर नागरिकहरूले आफूलाई बलिदान गर्न सक्नुपर्छ अन्यथा मुलुक बन्दैन |
सहिदहरूप्रति हाम्रो कर्तव्य के हो ?
कुनैपनि देश र जनताको भलाइका लागि सङ्घर्ष गर्दा गर्दै प्राण त्याग गर्ने मानिस त्यस देशको सहिद बन्छ | प्रत्येक देशका सहिदहरूले आफू मरेर गएपनि आफ्नो देश र जनताको सधैँ उन्नति, प्रगति भइरहोस् भन्ने इच्छा राखेका हुन्छन् | उनीहरूको उक्त इच्छा पुरा गराउने जिम्मेवारी बाँकी रहेका अरू नागरिकहरूको हुन्छ | बाँकी रहेका नागरिकहरू आफ्नो र देशको दिनानुदिन प्रगति गर्दै गाए भने सहिदहरूको इच्छा पूरा हुन्छ | यो नै सहिदहरूप्रतिको कर्तव्य हो | हाम्रा पनि सहिदहरूले सङ्घर्ष गरेर आफूलाई गुमाउँदा आफ्नो राष्ट्र र जनताहरूको भलाइका लागि आफ्नो बलिदान गर्दछन् | अब अहिले यस देशमा बसोबास गर्ने हामी नेपाली नागरिकहरूले आफ्नोराष्ट्र र जनताको उन्नति गर्न सकेमा हाम्रो सहिदहरू हामीसँग प्रसन्न रहन्छन् | हाम्रो कर्तव्य भनेको नै सहिदहरूलाई खुशी तुल्याउनु हो |
'सहिदहरूको सम्झना' कवितामा कविले सहिदहरूप्रति कस्तो श्रद्धा व्यक्त गरेका छन् ?
प्रस्तुत कविताका लेखक कवि शेरचनले सहिदहरूप्रति गहिरो श्रद्धाभाव व्यक्त गरेका छन् | आज हामी नेपालीले खाने प्रत्येक गाँस र फेर्ने प्रत्येक सासमा सहिदको रगत मिसिएको छ | हाम्रो मुटुको प्रत्येक चालमा सहिदको हृदयको धड्कन पाइन्छ | हाम्रा जीवनका खुशीका प्रत्येक क्षणहरूमा सहिदको जीवन देख्न सकिन्छ | अर्थात् सहिदहरूले हाम्रो खुशी र सुखी जीवनका लागि उनीहरूले आफ्नो जीवन उत्सर्ग नगरेका भए आज हामी खुशी र सुखी बन्ने थिएनौं | त्यसकारण हाम्रो सुन्दर जीवन निर्माण गर्न सहिदहरूले आफ्नो जीवन उत्सर्ग गरेका हुँदा हामीले उनीहरूको सुन्दर सपना साकार पर्नेतर्फ इतिहासलाई नबिर्सीकन नि:स्वार्थ भावले राष्ट्रोन्नतिका कार्यमा सरिक हुनु नै सहिदहरूप्रति गहिरो श्रद्धाभाव व्यक्त हुन सक्दछ भनी कविले 'सहिदहरूको सम्झना' कवितामा सहिदहरूप्रति श्रद्धा व्यक्त गरेका छन् |
'सहिदहरूको सम्झनामा' कविताको मूल भाव के हो ?
'सहिदहरूको सम्झनामा' शीर्षक कविता कवि भूपी शेरचनद्वारा लेखिएको हो | यस कवितामा कवि शेरचनले सहिदहरूको परिचय दिँदै हाम्रो मुलुकमा अहिलेको अवस्था ल्याउन सहिदहरूले निर्वाह गरेको भूमिकाका बारेमा चर्चा गरेका छन् | साथै सहिदहरूको इच्छा र सपनाअनुसर पछिल्ला पुस्ताका मानिसहरूले पनि आ-आफ्नो कर्तव्य पूरा गर्नुपर्ने आशय पनि यस कवितामा पाइन्छ | हाम्रो देशमा एक सय चार वर्षसम्म शासन गर्ने राणाहरूले शासन हटाइ मुलुकमा प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले भएको जनक्रान्ति हाम्रा केही पूर्वजहरूको अकालमै ज्यान गएको छ | हाम्रा सहिदहरूले आफ्नो जीवनको अन्तिम अवस्थामा पुग्दासम्म पनि अनेकौँ चाहनाहरू मनमा लिएका थिए जसलाई पूरा गर्न बाँकी नै थियो | अब पछिका हामीहरूले उनीहरूका ती चाहनाहरूलाई यथाशक्य, यथाशीघ्र पूरा गराउनुपर्दछ | यदि हामीले आफ्नो काम गर्न सकेनौ, आफ्नो कर्तव्य पूरा गर्न सकेनौ भने हामीलाई हाम्रो मातृभूमि, इतिहास र हाम्रा सहिदहरूले धिक्कार्नेछन् किनभने उनीहरूको प्रयासबाट प्राप्त भएको स्तिथिलाई उपभोग गर्दै आज हामी बाँचेका छौँ भन्ने मूल भाव यस कवितामा पाइन्छ |
हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन सहिदको
हाम्रो खुशीको प्रत्येक पलमा छ जीवन सहिदको |
प्रस्तुत पद्यांश कक्षा दशको नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'सहिदहरूको सम्झनामा' शीर्षक कविताबाट झिकिएको हो | यस कविताका रचयिता नेपाली साहित्यका क्षेत्रका बहुचर्चित, लोकप्रिय राष्ट्रवादी तथा व्यङ्ग्य कवि भूपी शेरचन हुन् | देशको स्वतन्त्रता र प्रजातन्त्रको स्थापनाका लागि सहिदहरूको बलिदान आवश्यक हुन्छ, जसले गर्दा नै देशको उन्नति, जनताको समृद्धि र विकास हुन्छ भन्ने कुरालाई यस कविताले विश्लेषण गरेको हुन्छ | सहिदहरूको त्याग र योगदानलाई औँल्याउँदै र उनीहरूले हाम्रा खुशीका लागि गरेका हरेक कार्यको सम्झना गर्दै, साथै उनीहरूप्रति सम्मान गर्दै कवि शेरचनले माथिका पद्यांशहरू अभिव्यक्तगरेका हुन् |
यस पद्यांशमा हाम्रा सहिदहरूको महत्व बढाउँदै सहिदहरूको बलिदानले हामीले केही प्राप्त गर्न सकेकोतार्फ हाम्रो ध्यानाकर्षण गरेको छ | वास्तवमा मुलुकका वीर सपूतहरू ठीक अवसरमा, समयमा सचेत भएनन् र मुलुकमा हलचल भने मुलुकले र जनताहरूले सजिलोको महसुस गर्न पाउँदैनन् | लेखपढ गर्ने, काम गर्ने, खाने, लगाउने मनमा लागेका कुरा व्यक्त गर्ने, चित्त नबुझेको कुराको विरोध गर्ने जस्ता हक र अधिकारहरू जनताले सहिदहरूको योगदानबाट नै प्राप्त गरेका छौँ | यदि उनीहरूले उक्त नगरेका भए हाम्रो अहिलेको जीवन यस ढङ्गले चल्न सक्न थियन |
हाम्रा सहिदहरूले हाम्रा लागि गरेको बलिदानलाई हामीले कहिल्यै भुल्नु हुँदैन | उनीहरूकै परिश्रमले र त्यागले हामीले आजको सुन्दर जीवन जिउन पाएका छौँ | साँच्चै भन्ने हो भने हाम्रो प्रत्येक चालमा सहिदहरूकै धड्कन पाइन्छ, हाम्रा प्रत्येक खुशीमा सहिदहरूकै खुशी पाइन्छ |
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका सहिदको प्यारो लासले धिक्कार्ला |
प्रस्तुत पद्यांश कक्षा दशको नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'सहिदहरूको सम्झनामा' शीर्षक कविताबाट झिकिएको हो | यस कविताका रचयिता नेपाली साहित्यका क्षेत्रका बहुचर्चित, लोकप्रिय राष्ट्रवादी तथा व्यङ्ग्य कवि भूपी शेरचन हुन् | देशको स्वतन्त्रता र प्रजातन्त्रको स्थापनाका लागि बलिदानी दिने सहिदहरू, जसले गर्दा नै देशको उन्नति, जनताको समृद्धि र विकास हुन्छ भन्ने कुरालाई यस कविताले विश्लेषण गरिएको छ |
कवि शेरचनले सहिदहरूको सम्झना गर्दै, साथै उनीहरूप्रति सम्मान गर्दै सहिदहरूले गरेर गएका कामहरू उनीहरूले दिएका योगदानहरू सम्झेर आफूले पनि सहिदहरूको आत्मा खुशी प्राप्त गर्ने, यस मुलुकको इतिहासले उचित सम्मान पाउन सक्ने कामहरू गर्न हामी सबैलाई आव्हान गर्दै कवि शेरचनले माथिका पद्यांशहरू अभिव्यक्त गरेका हुन् |
प्रस्तुत पद्यांशले हामीलाई देशका नागरिकका हैसियतले पूरा गर्नुपर्ने कर्तव्य समयमै पूरा गरी इतिहासमा आफूलाई अमर राख्नुपर्ने विचार व्यक्त गरेको छ | त्यस्तै हामीले हाम्रा कर्तव्य पूरा गर्न नसकेमा यस देशको इतिहास र बलिदान गरेका सहिदहरूले पनि धिक्कार्न सक्ने सम्भावना पनि उक्त पङ्क्तिमा व्यक्त भएको छ | कुनैपनि देशको इतिहासमा सहिदको रूपमा प्रसिद्धि पाएका व्यक्तिहरू त्यसै नभएर देश र जनताको हितका लागि महत्वपूर्ण योगदान दिई सहिद बनेका हुन्छन् | आफू मरेर गएपनि रहेका नागरिकहरूले आफ्ना लक्ष्य वा इच्छाहरू पूरा गर्नेछन् भन्ने विश्वास उनीहरूले लिएका हुन्छन् | अझ राष्ट्रले त त्योभन्दा पनि बढी आशा गरेको हुन्छ | हामीले समयअनुसार आवश्यकीय, उल्लेखनीय लोककल्याणकारी कार्यहरू गरेको देखेर हाम्रा सहिदहरू पनि हामीसँग खुशी हुनेछन् | अन्यथा वीर, पारिश्रमी, मिहिनेती, लगनशील, साहासी, कर्मयोगी आदि विभिन्न नामले चिनिएको हाम्रै देशको इतिहासले र हाम्रै लागि गोली खाएर सहिद बनेका हाम्रा पुर्खाहरूका लासले समेत धिक्कार्ने सम्भावना देखिन्छ |
आफ्नो देशको इतिहासलाई अरू बढी विश्वसनीय बनाउन हामीले नै आफ्नो कर्तव्यप्रति संवेदनशील भएर लाग्नुपर्ने भएको छ | सहिदहरूप्रति पनि विश्वासिलो बन्नका लागि हामीले त्यतिकै जिम्मेवारी हुनुपरेको कुरा कविताको यस पङ्क्तिमा पाइन्छ |
'उम्रन्न बोट कसैले बिउ छरेर नगए |'
यस वाक्यले एउटा प्राकृतिक सत्यताप्रति सचेत गराउँदै कुनैपनि देशका नागरिकले केही पाउने इच्छा पूरा गर्न केही न केही आफूले पनि आफ्नो साधनको लगानी गर्नुपर्ने सत्य तथ्यप्रति ध्यानाकर्षण गराएको छ | प्राकृतिक नियमानुसार कुनै पनि बोटबिरूवाको विकास गराउनु छ भने त्यसको बिउ अवश्य पनि रोपिएको हुनुपर्छ | बिउ नारोपीकन एकैचोटि ठूलो बोटको प्राप्तिसम्बन्धी हाम्रो इच्छा पूरा हुन सक्दैन | त्यस्तै व्यक्तिले पनि आफ्ना इच्छा पूरा गर्न अलिकति भए पनि मेहनत गरेकै हुनुपर्छ | राष्ट्रले पनि केही विकास गर्न, केही प्राप्त गर्न आफ्ना वीर सन्तानलाई बलिदान गर्नुपर्दछ |
सहिदहरूको रगत र पसिनाले गर्दा नै आज हाम्रो देशले यो स्थिति प्राप्त गर्न सकेको हो | सहिद भएर गएका हाम्रा पूर्वजहरूले उक्त समयमा त्यतिको परिश्रम नगरेका भए आज हामीले पाएको स्वतन्त्रता, खान, लाउन, काम गर्ने अवसर, हाँसो वा खुशी पबी कहाँ पाउँथ्यौं र ? त्यसैले "उम्रन्न बोट कसैले बिउ छरेर नगए" भनेझैँ कसैले पनि केही नगरिकन त केही नौलो स्वाद पाउन सकिदैन |
सहिदहरूको सम्झनामा कवितामा कविले सहिदहरूको बलिदान र मुलुकप्रति हाम्रो कर्तव्यलाई कुन रूपमा प्रस्तुत गरेका छन् ?
नेपली साहित्यका लोकप्रिय एवम् सशक्त कवि भूपी शेरचनको जन्म वि.सं. १९९३ सालमा मुस्ताङ जिल्लाको भएको हो | "घुम्ने मेचमाथि अन्धो मान्छे" कविता सङ्ग्रहमार्फत नेपाली साहित्यमा प्रसिद्ध भएका भूपी शेरचनका 'निर्झर', 'नयाँ झ्याउरे', कविता सङ्ग्रह प्रकाशित छन् | ती सङ्ग्रहका कविताहरूमध्ये 'घुम्ने मेचमाथि अन्धो मान्छे', 'हामी', 'घण्टाघर', 'मेरो देश', 'मैनबत्तीको शिखा' आदि उत्कृष्ट कविता हुन् | प्रस्तुत 'सहिदहरूको सम्झनामा' झ्याउरे लयमारचिएको शेरचन एउटा उत्कृष्ट छन् | उनले यस कवितामा सहिदहरूका त्याग र बलिदानलाई राष्ट्रिय सन्दर्भमा मूल्याङ्कन गरेका छन् | उनी एक विद्रोही कवि हुन् | राष्ट्रभक्ति तथा देशप्रेमलाई आफ्ना रचनामा उतारेर आफ्ना अमूल्य कृतिहरू नेपाली साहित्यका क्षेत्रमा दिई आफ्नो नाम अमर बनाएर वि.सं. २०४६ सालमा स्वर्गीय भए |
प्रस्तुत कवितामा सहिदहरूको बलिदानप्रति कविको आफ्नो धारणा प्रस्तुत भएको छ | कुनैपनि देशका त्यस्ता नागरिकलाई मात्र सहिद भन्न सकिन्छ जसले देश र जनताको भलाइका लागि आफ्नो ज्यान बलिदान गरेको हुन्छ | कविले सहिदहरू आफ्नो स्वार्थ पूरा गर्न मात्र सहिद नभएको कुरा स्पष्ट पार्दै हामी जीवित रहेका नागरिकले आफ्ना कर्तव्य के हो भनी बुझ्नुपर्ने धारणा पनि प्रस्तुत गरेका छन् | कविको अर्को धारणाअनुसार देशमा बसोबास गर्दै आएका सम्पूर्ण मानिसहरूमध्येबाट त्यस्ता मानिस मात्रै सहिद बन्दछन् जसले आफूलाई देशका लागि बलिदान गर्न सक्छन् | यसपछिको जिम्मा त्यहाँ बसोबासगर्ने मानिसहरूमा रहन्छ | अहिले हामीलाई पनि त्यस्तै जिम्मेवारी आएको छ | सहिदहरूले देखाएको बाटो र दिएको निर्देशनअनुसार अघि बढ्न सकेमा नै प्रयासले सार्थकता पाउन सक्छ |
देशमा परिवर्तन ल्याउने नाममा, सुधार गर्ने नाममा, जनताका हक र अधिकार सुरक्षित राख्ने नाममा देशका केही व्यक्तिहरूको असामयिक निधन हुँदैमा देश र जनताको विकास भएको मानिदैन यसका लागि त अन्य नागरिकहरूमा सहिदहरूले हाम्रै लागि आफ्नो ज्यान गुमाएका हुन् भन्ने भावना भएमा मात्र सहिदहरूको सपना साकार भएको तथा देश र जनताको पनि विकास भएको मान्न सकन्छ |
© 2019-20 Kullabs. All Rights Reserved.