Subject: Nepali
एउटा पदमा अर्को पद गाँसिने वा जोडिने प्रक्रियालाई पदयोग भनिन्छ | अर्थात् पद वा शब्दहरूलाई जोडेर लेख्नु पदयोग हो | पदयोग हुँदा ती पदमा जोडिएर आउने चिन्ह वा पदलाई एउटै डिकमा लेख्नु पर्दछ |
विभक्ति, उपसर्ग, प्रत्यय, नामयोगी शब्दहरू जोडिएर लेखिन्छन्,
जस्तै :- राहुलले, तिमीलाई, स्कूलबाट, सहकुलपति, अनुसार, लेखहरू, यहाँभित्र, चौरसँग, बिनाकाम किनुन्जेल, दायाँपट्टि आदि |
समस भएर बनेका शब्दहरू जोडिएर लेखिन्छन्,
जस्तै :- पूजासामग्री, आमाछोरी, माछापुच्छ्रे, घण्टाघर, चरिनङ्ग्रे आदि |
द्वित्व भएर बनेका शब्दहरू जोडिएर लेखिन्छन्,
जस्तै :- घरघर, गर्ल्यामगुर्लुम, बल्लबल्ल, सरसर, झैझगडा, आलोपालो, आदि |
संयुक्त क्रियाहरू जोडिएर लेखिन्छन्,
जस्तै :- खानुपर्थ्यो, गइसक्नुभएछ, पढिसकेपछि, लेखिदिउँला, हिँडिसक्नुभयो आदि |
अकरण बुझाउने 'न' जोडिएर लेखिन्छन्,
जस्तै :- नहर, जाँदिनँ, हेर्दैनथ्यो, गएन, नखालान्, गइनछिन् आदि |
केही अव्ययहरू जोडिएर लेखिन्छन्,
जस्तै :- किनभने, किनकि, तापनि, यसकारण,हुनत आदि |
एउटा पदमा अर्को पद नगाँसिने वा नजोडिने प्रक्रियालाई पदवियोग भनिन्छ | अर्थात् पद वा शब्दहरूलाई नजोडि लेख्नु पदयोग हो | पदवियोग हुँदा ती पदमा जोडिन आउने चिन्ह वा पदकौ छुटाछुट्टै डिकोमा लेख्नुपर्दछ |
वाक्यमा प्रत्येक शब्दहरू छुट्टाछुट्टै लेखिन्छन्,
जस्तै :- हामी बजार गएर लुगा किनी छिटै फर्क्यौ |
विभक्तिभन्दा पछि आएको विभक्ति वा नामयोगी नजोडिई लेखिन्छन्,
जस्तै :- राजेन्द्रका लागि, सुष्माका निम्ति, त्यसदेखि पर, उसले भन्दा, घरका पछिल्तिर आदि |
निपातहरू छुट्टै लेखिन्छन्,
जस्तै :- हिजो त, बहिनी पो, आउने रे, तिमी नै, गाए है आदि |
विभाजक न आएमा छुट्टै लेखिन्छन्,
जस्तै :- न यता न उता, न आयो न खबर गयो, न गीता न सीता, न स्कूल न घर आदि |
संयुक्त क्रियाक बीचमा निपात आएमा क्रिया छुट्टै लेखिन्छन्,
जस्तै :- जानु नै पर्छ, भन्नु त पर्ने नै हो, काट्नु त भएन, पढ्नु त धेरै छ आदि |
क्रियापदले पूर्ण र अपूर्ण पक्ष जनाउँदा छुट्टै लेखिन्छन्,
जस्तै :- जाँदै छ, भनेको हुनेछ, लेख्दै छन्, पढेकी थिइन्, पर्दै छ आदि |
भाइ हरू पाठ पढ्छन् |
भाइहरू पाठ पढ्छन् |
छाना माथि नचड |
छानामाथि नचड |
रिस उठ्दो कुरा न गर |
रिसउठ्दो कुरा नगर |
न राम्रो नगर |
नराम्रो नगर |
गाई गोठ बनाऊ |
गाईगोठ बनाऊ |
हामीमाथि जान्छौँ |
हामी माथि जान्छौँ |
रामरश्याम दाजु भाइ हुन् |
राम र श्याम दाजु भाइ हुन् |
आमा मलाई माया गर्नु हुन्छ |
आमा मलाई माया गर्नुहुन्छ |
मोनिका ले खाजा खा ई |
मोनिकाले खाजा खाई |
तलका अनुच्छेदमा भएका गल्तीहरू सच्याउनुहोस् :
भूपी सर्चन लोक् प्रीय कवी हुन् ? ऊनका कविता मा जनता का दुख लाई शरल भासामा बेक्तगरेको पाइन्छ | उनी येक बिद्रोही पनी मानिन्छन् |
भूपी शेरचन लोकप्रिय कवी हुन् | उनका कवितामा जनताका दु:खलाई सरल भाषामा व्यक्त गरेको पाइन्छ | उनी एक बिद्रोही कवी पनी मानिन्छन् |
एस सन्सारका बारेमा गम्भिर अध्ययन खोज एवम् अनुसन्धान गरी वैग्यानिक निष्कर्शमा काम तेती सजिलो छैन |
यस संसारका बारेमा गम्भीर अध्ययन, खोज एवम् अनुसन्धान गरी वैज्ञानिक निष्कर्षमा पुग्ने काम त्यति सजिलो छैन |
विकाशको सिदान्तअनुसार कुनै जाती ओह्रालो लागीरहेछन्, कोही उकालो लागीरहेछन् |
विकासको सिद्धान्तअनुसार कुनै जाति ओह्रालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् |
हठात् उसको दृष्टी आफ्ना बाबुको पाखुराका लामा दागमा पर्योर सोद्यो 'वा यहा केभयो ह' कृष्णबहादुरले भने, लडाइमा गोलि लाग् एको वाबू |
हठात् यसको दृष्टि आफ्ना बाबुको पाखुराका लामा दागमा पर्यो र सोध्यो – 'बा यहाँ के भयो हँ ?' कृष्णबहादुरले भने, 'लडा लडाइंमा गोली लागेको बाबु |'
तलका लेख्यचिह्न प्रयोग गरी नेपाली भाषाको विषयमा एक अनुच्छेद लेख्नुहोस् :
अल्पविराम , अर्धविराम ; पूर्णविराम |
प्रश्न ? उद्गार ! उद्धरण " "
निर्देशक : योजक - कोष्ठक ( )
उषा, निशा र मनिषाले नेपाली भाषाका बारेमा छलफल गरे; र उनीहरूले नेपाली भाषाको उद्गम संस्कृत भाषा हो भन्ने निष्कर्ष पनि निकाले | छलफलकै क्रममा उषाले भनी – "होइन ए निशा, नेपाली भाषालाई किन राष्ट्रभाषा भनिएको हो ?" निशाले हाँस्दै जवाफ दिई "ओहो ! तिमीलाई यति कुरा पनि थाहा रहेनछ | हाम्रो मातृभाषा नेपाली, बोलचालको (सम्पर्क) भाषा, सरकारी कामकाजको भाषा तथा नेपालीहरू सबैले बुझ्ने र बोल्ने भाषा भएकोले राष्ट्रभाषा भनिएको हो |" यसका निम्नलिखित विशेषताहरू रहेका छन् :
तलका शब्दमा भएको अशुद्धलाई शुद्ध गरी ती शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस् :
नाती, पडाइ, पण्डित्याइ, माथी, केराऊ, वहीनि, तीमि, कमिलो, इस्वर, अतित, आत्मिय, आसिर्बाद, परिछ्या
नाती - नाति : हाम्रो नाति बेलायतमा बस्छ |
पडाइ - पढाइ : सलिनाको पढाइ धेरै राम्रो छ |
पण्डित्याइ - पण्डित्याइँ : गोपालका हजुरबुबा पण्डित्याइँ गर्नुहुन्छ |
माथी - माथि : सविनाको घरको छानामाथि परेवाहरू बसेका छन् |
केराऊ - केराउ : गंगालालले बजारबाट एक के.जी केराउ लिएर आए|
वहीनि - बहिनी : दिपाकी बहिनी मामाघर गएकी छे |
तीमि - तिमी : आज तिमी किन विद्यालय नगएको ?
कमिलो - कमीलो : सानी नानीलाई रोटे कमीलोले चिल्यो |
इस्वर - ईश्वर : ईश्वरले हामी सबैको रक्षा गरून् |
अतित - अतीत : अतीतका कुराले मलाई निकै पिरोल्छ |
आत्मिय - आत्मीय : उनी मेरी आत्मीय साथी हुन् |
आसिर्बाद - आशीर्वाद : दशैंमा ठूलाबढाले सानालाई आशीवार्द दिन्छन् |
परिछ्या - परीक्षा : मैले यसपाली एस.एल.सी. परीक्षा लेखेको छु |
तलका शब्दमा शिराबिन्दु र चन्द्रबिन्दु लगाई शुद्ध गर्नुहोस् :
ससार, सस्कृति, भनुला, अध्यारो, जाच, नाउ, अश, साराश, अजुली, कस, हस, अखोरा, सतोश, दुख, अत, वस्तुत, क्रमश, नि, सन्देह
कुनै घटनाको वर्णन गर्दै तलका क्रियायोगी शब्द प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :
उहिले, असाध्यै, केवल, गरी, टुप्लुक्क, त्यसरी, बिहान, भित्र, माथि, मुसुक्क
बुबाले भन्नुभएको एउटा ज्ञानबर्दक कथा आज पनि मलाई राम्रैसँग याद छ | त्यो कथा यस्तो थियो | उहिले एउटा रानीटार भन्ने गाउँ थियो | त्यहाँ एउटा निमन नाम गरेको असाध्यै चालख केटो बस्थ्यो | ऊ केवल मेलापात मात्र गर्दथ्यो | ऊ सानै भएकोले होला मानिसले परिश्रम गरेर खानुपर्छ, ठग्ने बानी गर्नुहुँदैन भन्ने ज्ञान उसमा आएको थिएन | एकदिन उसका घरमा साँझमा एकजना योगी टुप्लुक्क आइपुगे | ती योगी र उसका बीचमा बेलुका निकै राम्रा गफगाफ भएछन् | त्यसरी योगीका कुराले निमनका आँखा खुल्यो | भोलिपल्ट बिहान सबेरै योगी आफ्नो बाटो लागेछन् | ऊ हिँडेको केही बेरपछि निमन बिउँझियो र भित्रबाट बाहिर आएर हेर्दा उसले योगीलाई देखेन | त्यसपछि ऊ घरको दलानमा भएको खाटमाथि बसेर हिजो बेलुका योगीसँग भएका गफहरू सम्झेर मुसुक्क मुस्कुरायो | निमनलाई योगीका कुराले चित्तबुझ्यो र आफू पनि अबदेखि समाजसेवी बनेर समाजको सेवा गर्ने अठोट गर्यो |
'सहिदहरूको सम्झनामा' कवितामा प्रयोग भएका क्रियायोगी शब्द टिपी तिनलाई वर्णानुक्रमअनुसार मिलाएर भन्नुहोस्
गरेर, गाँसी, छरेर, झरेर, ढोगी, विहान, मिर्मिर |
© 2019-20 Kullabs. All Rights Reserved.