Subject: Nepali
कुनै उद्देश्य र विधेय मिलेर रचना भएको स्वतन्त्र भाषिक एकईलाई वाक्य भनिन्छ | वाक्यमा जसका बारेमा केही कुरा भनिन्छ, त्यो शब्द वा शब्दसमूहलाई उद्देश्य र जे कुरा भनिन्छ, त्यो शब्द वा शब्दसमूहलाई विधेय भनिन्छ | वाक्य स्वतन्त्र भाषिक एकाइ भएकाले यसबाट पूरा अर्थ अभिव्यक्त हुन्छ |
सरल वाक्य :- एउटा उद्देश्य र एउटा विधेय भएको वाक्यलाई सरल वाक्य भनिन्छ | अर्थात् एउटा मात्र स्वतन्त्र उपवाक्य भएको संरचनालाई सरल वाक्य भनिन्छ | सरल वाक्यमा एउटा मात्र कर्ता र एउटै मात्र क्रियापद हुन्छ तर एकभन्दा बढी असमापक क्रिया रहन सक्तछन् | जस्तै :-
सरल वाक्य = उद्देश्य + विधेय
रमा दगुर्छे | = रमा + दगुर्छे
त्यस्तै सरल वाक्यका केही उदाहरणहरू –
मिश्र वाक्य :- एउटा मुख्य उपवाक्य र एक वा एकभन्दा बढी अधीन उपवाक्य मिलेर बनेको वाक्यलाई मिश्र वाक्य भनिन्छ | मुख्य उपवाक्य भन्नाले वाक्यमा प्रधान र स्वतन्त्र रूपले पयोग भएको भन्ने बुझिन्छ भने अधीन उपवाक्य भन्नाले वाक्यमा मुख्य उपवाक्य्मा आश्रीत वा मुख्य उपवाक्यको अङ्ग बनेर प्रयोग भएको भन्ने बुझिन्छ | जस्तै :-
मिश्र वाक्य = मुख्य उपवाक्य + अधीन उपवाक्य
तिमी त्यहाँ जाऊ, जहाँ पानी छ | = तिमी त्यहाँ जाऊ + जहाँ पानी छ
त्यस्तै मिश्र वाक्यका केही उदाहरणहरू –
संयुक्त वाक्य :- दुई वा दुईभन्दा बढी स्वतन्त्र उपवाक्यहरूलाई निरपेक्ष संयोजकले जोडेमा त्यसलाई संयुक्त वाक्य भनिन्छ | यसमा जोडिने उपवाक्यहरू स्वतन्त्र वाक्य हुन्छन् | जस्तै :-
मुख्य उपवाक्य निरपेक्ष संयोजक मुख्य उपवाक्य
शीला गोरी छे तर सरू काली छे
संयुक्त वाक्य = मुख्य उपवाक्य + निरपेक्ष संयोजक + मुख्य उपवाक्य
दुईभन्दा बढी मुख्य उपवाक्यहरू जोडिएर पानी संयुक्त वाक्य बन्छ, जस्तै :-
यहाँ,
मुख्य उपवाक्य (१) = म खान खान्छु
मुख्य उपवाक्य (२) = (म) लुगा लगाउँछु
मुख्य उपवाक्य (३) = (म) विद्यालय जान्छु
निरपेक्ष संयोजकहरू = अल्पविराम (,), 'र'
त्यस्तै संयुक्त वाक्यका केही उदाहरणहरू –
तलका वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् :
मैले धृतराष्ट्रलाई जवाफ दिएँ भनी विदुर चुप लागे |
मैले धृतराष्ट्रलाई जवाफ दिएँ | विदुर चुप लागे |
जब उनी राजनीतिमा लागे तब उनको उन्नति भयो |
उनी रजनीतिमा लागे | उनको उन्नति भयो |
ऊ प्रथम हुन्छ किनभने मिहिनेत गर्छ |
ऊ प्रथम हुन्छ | ऊ मिहिनेत गर्छ |
ऊ आउँछ र गइहाल्छ |
ऊ आएर गइहाल्छ | ऊ आउँछ | ऊ गइहाल्छ |
कैलाश पहिले पान खान्थ्यो तर अहिले खाँदैन |
कैलाश पहिले पान खान्थ्यो | ऊ अहिले खाँदैन |
जहाँसम्म आकाश छ, त्यहाँसम्म माया छ |
आकाश भएसम्म माया छ |
वर्षा लाग्यो र बाटो हिलो भयो |
वर्षा लागेर बाटो हिलो भयो |
जहिले म पोखरा जान्छु, तब गोर्खा जान्छु |
म पोखरा गएको बेला गोर्खा जान्छु |
मोहन धनी छ भनी सबै मान्दछन् |
मोहनलाई सबै धनी मान्दछन् |
औषधी तितो छ तर हितकारी छ |
तितो औषधी हितकारी छ |
तलका वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् :
भाइले झोलाबाट कापी झिकेर खुरुखुरु लेख्न थाल्यो |
भाइले झोलाबाट कापी झिक्यो र खुरुखुरु लेख्न थाल्यो |
आमाले बजारबाट तरकारी किनेर झोलामा हाली ल्याउनुभयो |
आमाले बजारमा तरकारी किन्नुभयो अनि झोलामा हाली ल्याउनुभयो |
जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुग्छन् |
रवि नपुग्ने ठाउँमा कवि पुग्छन् |
जहिले यो पाखो हरियो हुन्छ, तहिले म गाउँ फर्कन्छु |
यो पाखो हरियो हुन्छ अनि म गाउँ फर्कन्छु |
मजदुरहरूले परिश्रम गरेर यो घर यति राम्रो बनाए |
मजदुरहरूले परिश्रम गरे त्यसैले यो घर यति राम्रो बन्यो |
म टोपी बुन्छु, जुन ऊनको हो |
म टोपी बुन्छु तर यो ऊनको हो |
तिमी जसरी गयौ, त्यसरी आयौ |
तिमी गयौ र आयौ |
हिंसा गर्नुहुँदैन भन्ने शास्त्रमा लेखिएको छ |
हिंसा गर्नुहुँदैन र यो कुरा शास्त्रमा लेखिएको छ |
उसले मकै र भटमास ल्यायो |
उसले मकै पनि ल्यायो र भटमास पनि ल्यायो |
विष्णुकी दिदी गायिका हुन् |
ती गायिका पनि हुन् र विष्णुकी दिदी पनि हुन् |
तलका वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् :
धमिलो पानीमा माछा बस्दैनन् |
जहाँ धमिलो पानी हुन्छ, त्यहाँ माछा बस्दैनन् |
पढ्न नसके घरै बसौँला |
जहिले पढ्न सकिदैन तहिले घरै बसौँला |
भुक्ने कुकुरले टोक्दैन |
जुन कुकुर भुक्छ, त्यसले टोक्दैन |
उसले स्वेटर किन्यो किनभने जाडो थियो |
जुन बेला उसले स्वेटर किन्यो त्यसबेला जाडो थियो |
अपराधीका मनमा पाप हुन्छ |
जो अपराधी छ, उसका मनमा पाप हुन्छ |
उपकारी मानिस पुज्य छ |
जो मानिस उपकारी छ, त्यो पुज्य छ |
फल पाकेको ठाउँमा चरी नाच्छ |
जहाँ फल पाक्छ, त्यहाँ चरी नाच्छ |
हान्नेले जान्यो |
जसले हान्यो, उसले जान्यो |
नपढ्ने विद्यार्थी अनुत्तीर्ण हुन्छ |
जो विद्यार्थी पढ्दैन, ऊ अनुत्तीर्ण हुन्छ |
पानी पर्नाले बाटो हिलो भयो |
जब पानी पर्छ, तब बाटो हिलो हुन्छ |
पाठमा प्रयोग भएका पाँचओटा सरल वाक्य कपीमा टिपेर तिनलाई संयुक्त तथा मिश्र वाक्यमा बदल्नुहोस् :
सरल वाक्य :
१) विधिमुताविक नुहाएर धोती फेर्न लाग्दा उनले खूब लम्कँदै आएका विदुरलाई देखे |
२) तपाईंजस्तो धीर मानिस आज यसरी आत्तिएको देख्दा अचम्म लाग्यो |
३) "दाजुको प्रचण्ड आकार देखी तपाईं जागेर आउनुभा'को हो कि कसो ?"
४) धौम्यले लामो सुस्केरा हालेर भने |
५) मनको वह धौम्यसँग पोखेपछि विदुरको आवेश अलिअलि शान्त भयो |
मिश्र वाक्य :
१) विधिमुताविक नुहाएर जब धोती फेर्न लाग्दा तब उनले खूब लम्कँदै आएका विदुरलाई देखे |
२) जब तपाईंजस्तो धीर मानिस आज यसरी आत्तिएको देखें तब अचम्म लाग्यो |
३) "दाजुको प्रचण्ड आकार जब देख्नुभयो तब तपाईं जागेर आउनुभा'को हो कि कसो ?"
४) जब लामो सुस्केरा हाले, तब धौम्यले भने |
५) जब मनको वह धौम्यसँग पोखे तब विदुरको आवेश अलिअलि शान्त भयो |
संयुक्त वाक्य :
१) विधिमुताविक नुहाएर धोती फेर्न लागे अनि उनले खूब लम्कँदै आएका विदुरलाई देखे |
२) तपाईंजस्तो धीर मानिस पनि आज यसरी आत्तिएको देखें त्यसैले अचम्म लाग्यो |
३) "दाजुको प्रचण्ड आकार देख्नुभयो अनि जागेर आउनुभा'को हो कि कसो ?"
४) धौम्यले लामो सुस्केरा हाले अनि भने |
५) विदुरले मनको वह धौम्यसँग पोखे त्यसैले उनको आवेश अलिअलि शान्त भयो |
© 2019-20 Kullabs. All Rights Reserved.