न्यायको पक्ष

Subject: Nepali

Find Your Query
Sunway Business School

Overview

- न्यायको पक्षमा' कथा महाभारतको वनपर्वको बारेमा उल्लेख गरेको छ |इतिहास, पुरण, वेदलाई कथाको भिन्नाभिन्नै क्षेत्र बनाएर उनले विगतका यथार्थभित्रका अमूल्य र रोचक तथ्यमाथि प्रकाश पारेका छन् |
न्यायको पक्ष

 

न्यायको पक्ष

source:www.flickr.com तस्वीर भदरीनाथ भट्टराई
source:www.flickr.com
तस्वीर: भदरीनाथ भट्टराई

 

बदरीनाथ भट्टराई

जन्म       - वि.सं. १९६५ काठमाडौँ

सेवा         - नेपाली साहित्यमा

विधा       - कथा

पुरस्कार   - वेदनिधि र गुणराज पुरस्कार

मृत्यु         - वि.सं. २०५२

मूल भाब

      नेपाली कथा जगतमा आफ्नै छुट्टै पहिचान बनाउन सफल कथाकार बदरीनाथ भट्टराईले सामाजिक विषयवस्तुलाई आफ्ना कथाको विषय बनाउने गरेका छन् | इतिहास, पुरण, वेदलाई कथाको भिन्नाभिन्नै क्षेत्र बनाएर उनले विगतका यथार्थभित्रका अमूल्य र रोचक तथ्यमाथि प्रकाश पारेका छन् | विगतका घटना, चरित्र र प्रवृत्तिलाई टिपेर पनि समसामयिक समाजका निमित्त ती कुरालाई प्रेरणादायी बनाउन सक्नु उनको साहित्यिक प्रतिभाको खुबी हुन् | सामाजिक, नितिचेताना सच्चरित्रता, देशप्रेम, मानवतावाद, तिब्र कर्तव्यबोध वा दयित्वबोध सामाजिक सङ्गति आदि नै उनका ऐतिहासि, पौराणिक र वैदिक कथाहरूका विषयगत क्षेत्रहरू हुन् | 'न्यायको पक्षमा' कथा महाभारतको वनपर्वमा आधारित छ | पाण्डवहरू वनवास गइसकेपछि राजा धृतराष्ट्रले विदुरलाई सल्लाको निम्ति दरबारमा बोलाउँदछन् | उसले राजासँग पाण्डवहररूलाई फिर्ता बोलाउनुपर्ने प्रस्ताव राख्दछन्, तर उनको यो प्रस्ताव स्वीकार्य हुँदैन | यसबाट अपमानित बनेका विदुर पाण्डवको आश्रम खोज्दै जान्छन् र बाटामा धौम्य ऋषिसँग भेट हुन्छ | यसपछिको प्रसङ्गलाई कथा बनाएर कथाकारले सत्यका पक्षधर विदुरप्रति झुकाव राख्दै "सत्य नै न्याय हो" भन्ने विचार व्यक्त गरेका छन् |

 

 

Things to remember
  • न्यायको पक्षमा' कथा महाभारतको वनपर्वमा आधारित छ |
  • पाण्डवहरू वनवास गइसकेपछि राजा धृतराष्ट्रले विदुरलाई सल्लाको निम्ति दरबारमा बोलाउँदछन् |
  • राजासँग पाण्डवहररूलाई फिर्ता बोलाउनुपर्ने प्रस्ताव राख्दछन्, तर उनको यो प्रस्ताव स्वीकार्य हुँदैन |
  • अपमानित बनेका विदुर पाण्डवको आश्रम खोज्दै जान्छन् र बाटामा धौम्य ऋषिसँग भेट हुन्छ | 
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.
Questions and Answers

दुर्योधनलाई विदुरले "निकै नै अपमानजनक ढङ्गका शब्दहरूको प्रयोगद्वारा गाली गरे - " के कुरा गर्छस् कुलाङ्गार ! तँ आफ्नो आङको भैंसी नदेख्ने, अर्काको अङमा भने नभएको जुम्रा पनि छ कि भनेर शङ्का गर्ने ! हेर् यदि तँ नजन्मेको भए अथवा जन्मनासाथ मरेको भए ज्यादै बेस हुन्थ्यो किनकि तँ अहिलेसम्म बाँचिरहेको हुनाले नै यो सबै कुकार्यहरू भइरहेका छन् | हेर्, तँ कस्तो कस्तो कुकर्ममा पनि पछि हटिनस् आफैँ सम्झी | निर्दोस भीमसेनलाई विष खुवाएर खोलामा बगाइदिएको कुरा तैँले बिर्सिस् होला | लाहाको घरमा आगो लगाइदिएर पाण्डवहरूलाई स्वाहा पार्न आँटेको याद छ ? यस्ता अपराध त तैँले हजारौं गरेको छस् | साँच्चिकै भनौं भने प्रयाश्चितका निम्ति बाह्र वर्षसम्म वनवास त तँलाई पो पठाउनुपर्ने" आदि जस्ता उक्तिद्वारा गाली गरे |

सत्य र न्यायका पक्षमा सधैँ लागिपर्ने विदुर कहिल्यै पनि कौरवको पक्षम लिएनन् | उनले पाण्डवहरूको पक्ष लिएका हुनाले दाजु धृतराष्ट्र र भतिजो दुर्योधनसँग प्रायः उनको झगडा भइरहन्थ्यो | यही क्रममा एक दिन विदुरले पाण्डवहरूका तर्फबाट राजा धृतराष्ट्र र युवराज दुर्योधनसँग विवाद पर्दा राजाले उनलाई राज्यबाट निकालिदिएका करणले पाण्डवहरूसँग भेट गर्न विदुर धौम्य ऋषिको आश्रममा गएका थिए |

यस कथाका प्रमुख पात्र विदुर अत्यन्त सरल प्रकृतिका देखिन्छन् | उनी कथाभित्र न्यायप्रेमी पात्रका रूपमा स्थापित भएका छन् | राज्यको शासनप्रणाली संचालन गर्दा राजाले सबैमा समान व्यवहार गर्नुपर्दछ, कसैलाई काखा कसैलाई पाखा गर्नुहुँदैन | यदि त्यसो गरियो भने त्यो व्यवहारलाई न्यायसङ्गत भन्न मिल्दैन | सत्य र धर्म छाड्नुहुँदैन, मानिसले न्यायको पक्ष लिनु   पर्दछ, अन्यायको होइन, ठूलो र सानो नछुट्याउने, न्यायप्रति सदैव आस्था र विश्वास राख्ने, आफ्नो कूल र वंशको इज्जत, मानमर्यादा एवम् प्रतिष्ठालाई सदा जीवन्त बनाई उच्च राख्नुपर्छ भन्ने विदुर सरल प्रवृति, स्वच्छ भावना, सदाचार, सद्व्यवहार एवम् सद्गुणका प्रतीकका रूपमा स्थापित पात्र हुन् |

कौरवहरूको जालबाट वनवास जान बाध्य भएका पाण्डवहरू एक समयमा धौम्य ऋषिका आश्रममा आश्रय लिएर बसेका थिए | धौम्य ऋषि पनि पाण्डवहरूकै पक्षम थिए | उता हस्तिनापुरबाट निकालिएका विदुर पनि पाण्डवहरूलाई खोज्दै जाँदा धौम्य ऋषिसँग भेट हुन्छ | त्यहीं दुवैजना कुरा गर्न थाल्छन् | उनीहरू त्यहाँ धेरै विषयमा कुराहरू पनि गर्दछन् | विशेष गरी विदुर त्यहाँ आएको, विदुर र धृतराष्ट्रका बीचमा विवाद भएको, विदुरलाई देश निकाला गरेको, सत्य र न्यायका विषयमा धौम्य ऋषि र विदुरका बीच कुराकानीमा  संवाद भयो |

विदुर र धृतराष्ट्र एकै परिवारका दाजुभाइ भए पनि उनीहरू बीचको स्वाभाव भने विल्कुलै फरक थियो | धृतराष्ट्र दुष्ट तथा स्वार्थी थिए भने विदुर सरल, सुशील तथा सत्यवादी थिए | धृतराष्ट्र जे जसरी भएता पनि आफ्नै छोरालाई हस्तिनापुरको उत्तराधिकारी बनाउन चाहन्थे भने विदुरचाहिँ न्यायुक ढङ्गले पाण्डवहरूलाई राज्य दिलाउन चाहन्थे | धृतराष्ट्र पाण्डवहरूलाई राज्य दिने पक्षमा थिएनन् | यसप्रकार धृतराष्ट्रले आफू राजा भएर पनि राजाले राज्यभरि संचालन गर्नुपर्ने काम र कर्तव्यहरू गर्न सकिरहेका थिएनन् | उनी पूर्ण रूपमा पक्षपती थिए | उनी पाण्डवहरू वनमा दु:ख पाइरहून र आफ्ना छोराहरू राज्य संचालन गरिरहून् भन्ने चाहन्थे | यो कुरा विदुरलाई मन परेको थिएन यसकारण उनी धृतराष्ट्रका विचारहरूसँग सहमत हुन सकेनन् |

 

न्यायको पक्ष कथा महाभारतको पौराणिक ग्रन्थबाट झिकिएको हो | यो कथामा महाभारतको विषयवस्तुमा आधारित भएपनि यसलाई एक नीतिमूलक, शिक्षामूलक, सन्देशमूलक कथा मानिन्छ | यस कथामा सत्य र असत्य, न्याय र अन्यायका घटनाहरूलाई देखाइएको छ | यस कथाले गरेको संकेतअनुसार यस धर्तीमा जन्मिएका सबै मानिसहरू एउटै स्वभावका हुँदैनन्, कोही असल हुन्छन् भने कोही खराब बानीका पनि हुन्छन् | कोही सत्यको पक्ष लिन्छन् भने कोहीले असत्यको पक्ष लिएका हुन्छन् | सत्यको मार्ग त्यागेर असत्यलाई रोज्नेले जीवनमा कहिल्यै सफलता पाउँदैनन् | उनीहरूलाई क्षणिक सुख भएपनि त्यसले भविष्यमा हानी गर्न पनि सक्छ | तर कोहीले भने सत्य वा न्यायको पक्षलाई अँगालेर सत्मार्गमा लागेका हुन्छन् | त्यसैले कसैले पनि असत्य र अन्यायको पक्ष लिनु हुँदैन सधैँ न्यायको पक्षमा लागिपर्नु उत्तम हुन्छ  भन्ने सन्देश यस कथाले दिएको छ | 

            माथि प्रस्तुत वाक्य कक्षा दशको नेपाली पाठ्यपुस्तकमा सङ्कलित न्यायको पक्ष शीर्षक कथाबाट झिकिएको हो | यस कथाका लेखक कथाकार बदरीनाथ भट्टराई (वि.सं. १९६५ – २०५२) हुन् | नेपाली साहित्यको भण्डारमा अनेकौ नाटक तथा कथाहरू प्रदान गरेर नेपाली साहित्यमा विशेष योगदान दिएका छन् | कथाकार भट्टराईद्वारा लिखित यस कथा पौराणिक ग्रन्थ महाभारतको कथावस्तुमा आधारित छ | कौरव र पाण्डवका बीचको पारिवारिक कलह र षडयन्त्रले भरिपूर्ण भएको नैतिक, धार्मिक, राजनीतिक, कुटनीतिक आदि विभिन्न विषय वा क्षेत्रहरूको शिक्षा प्रदान गर्ने महाकाव्य हो | यसै काव्य अन्तर्गतको एक सानो अंश वा घटना नै यस कथामा प्रस्तुत गरिएको छ | यस कथाले सत्य र न्यायका पक्षमा लाग्न सबैलाई आव्हान गरेको छ |

            यहाँ प्रस्तुत गरिएको वाक्यले राजाहरूमा हुनुपर्ने विशेषप्रकारको गुणको व्याख्या गर्न खोजिएको छ | साथै यस मर्त्यलोकमा जन्म लिएका सबैको मृत्यु अपरिर्हार्य भएको कुरा पनि यस वाक्यमा व्यक्त भएको पाइन्छ | अर्को तर्फ मानव जीवनमा राजनीतिले महत्वपूर्ण स्थान राखेको सन्देश पनि यस वाक्यमा पाइन्छ | यस वाक्यको पहिलो अंशलाई हेर्दा के पाइन्छ भने यस धर्तीमा जन्मिएका सबैले एक दिन त मर्नु पर्छनै, कोही अमर हुँदैनन् केवल उसको  किर्ति र नाम मात्र रहिरहन्छ | यसैक्रममा राजाहरूको पनि एकदिन मृत्यु अवश्य हुन्छ, मृत्यु हुन्छ भन्दैमा राजा र अरू मानिसहरूले पनि आफ्नो मूल कर्तव्यलाई कहिल्यै छोड्नु हुँदैन | बाँचुन्जेल प्रत्येक व्यक्तिले आ-आफ्नो प्रमुख कर्तव्य र धर्मको पालना गरिरहनुपर्दछ | यसैबाट राजाले आफ्नो राजनीतिलाई नियमित राख्न सक्छन् |

            राजा भएर जीवन जान्छ, आफू मरिन्छ, राज्य छुट्छ भन्दैम कुनैपनि राजाले आफूलाई राजनीतिबाट अलग राख्नु हुँदैन | सधैँ राजनीतिलाई साथमा लिएर त्यसको सही प्रयोग गार्दै मुलुकलाई शान्ति राख्नु राजाको धर्म हो भन्ने तथ्यलाई माथिको वाक्यांशले प्रष्ट पारेको छ |

माथि प्रस्तुत वाक्य कक्षा दशको नेपाली पाठ्यपुस्तकमा सङ्कलित न्यायको पक्ष शीर्षक कथाबाट झिकिएको हो | यस कथाका लेखक कथाकार बदरीनाथ भट्टराई (वि.सं. १९६५ – २०५) हुन् | उनले नेपाली साहित्यको भण्डारमा अनेकौ नाटक तथा कथाहरू प्रदान गरेर नेपाली साहित्यमा विशेष योगदान दिएका छन् | कथाकार भट्टराईद्वारा लिखित यस कथा पौराणिक ग्रन्थ महाभारतको कथावस्तुमा आधारित छ | यसै काव्य अन्तर्गतको एक सानो अंश वा घटना नै यस कथामा प्रस्तुत गरिएको छ | यस कथाले सत्य र न्यायका पक्षमा लाग्न सबैलाई आव्हान गरेको छ |

      प्रस्तुत वाक्यमा सत्य र न्यायको पक्षमा सदैव लागिपर्ने विदुरले न्याय र अन्यायका बीचमा भएका कुराकानीका क्रममा आएको वाक्यांश हो | यस वाक्यले स्वाभाविक रूपमा मानिसहरू सवल र दुर्बल प्रकृतिका हुन्छन्, उनीहरूका बीचमा शारीरिक र मानसिक दुवै किसिमका प्रतियोगिता भइरहन्छन्, सुरूती समयमा असत्यको जित जस्तो देखिए पनि आखिरी समयमा सत्य अर्थात् न्यायको पक्षमा लाग्नेको नै जित भएको देखिन्छ भन्ने कुरा उल्लेख गर्न खोजेको छ | साथै विजयलाई आफ्नो बनाउन चाहनेले असत्यको नभएर सत्यको आड लिनुपर्ने कुरा पनि यस वाक्यमा पाइन्छ | सत्य कहिल्यै नमर्ने वा नडग्ने हुनाले नै महाभारतको युद्धमा पाण्डवहरूको विजय भएको, रामायणमा रामको विजय भएको आदि पौराणिक कथाहरू सुन्न पाइन्छ | त्यस्तै यस कथामा पनि कौरवहरूका सामु पाण्डवहरूको हार जस्तो देखिएर वनवास गएता पनि आखिरी समयमा सम्पूर्ण कौरवहरूको सर्वनास भएर पाण्डवहरूकै जित भएको देखिन्छ | सुरुमा उनीहरू कमजोर देखिए पनि अन्यमा गएर सत्य वा न्यायकै जित भएको कुरा तथा पहिलेका बलिया पछि कमजोर र पहिलेका कमजोर पछि बलिया देखिन्छ भन्ने कुरा यस वाक्यांश पाइन्छ |

      माथिका यी वाक्यांशलाई राम्ररी अध्ययन गर्दा यो निष्कर्ष आउछ कि मानिसहरूको स्तिथि सधैँ एउटै रहिरहँदैन | समयअनुसार उनीहरूमा परिवर्तन, सुधार वा विकास भइरहेको हुन्छ | पहिले दुर्वल देखिएको व्यक्ति पछि सवल पनि बन्न सक्छ साथै पहिले सबल भएको पछि दुर्वल पनि बन्न सक्छ |

      प्रस्तुत वाक्यले मानिसहरू सबै एकै स्वभावका हुँदैनन् | हरेक मानिसहरूमा केही न केही गुण फरक भएकै हुन्छ | मानिसका विशेषता वा स्वभाव अनुसार कतिपय मानिसहरू आफूले गरेका गल्तीहरूलाई लुकाउन अरूका गल्तीहरूलाई अघि सार्ने काम गर्दछन् | आफूलाई निर्दोष सावित गर्न उनीहरू अरूलाई जस्तोसुकै आरोप लगाउन पनि पछि पर्दैनन् | यति मात्र नभएर मानिसहरूको प्रवृति ज्यादै शङ्कालु पनि हुन्छ | "वनको बाघले खाओस् को नखाओस् मनको बाघले खाइरहेको हुन्छ" भनेझैँ मानिसहरू अरूले आफूलाई केही नगरेता पनि गर्छ कि भन्ने शङ्कामा अल्झिरहेका हुन्छन् | त्यसैका आधारमा उनीहरू अरूलाई अनेकौँ सजाय दिइरहेका हुन्छन् |

      यस न्यायको पक्षका कौरवहरू लगायत राजा धृतराष्ट्र पनि पाण्डवहरूसँग सधैँ सशङ्कित रहन्थे | वनमा गएका पाण्डवहरू फर्केर आई आफूलाई केही गर्छन् कि भन्ने डरले उनीहरू भयभीत भइरहन्थे |

सत्य तथा न्यायको सदैव जित सुनिश्चीत हुन्छ | न्यायको पक्षधर जतिसुकै प्रलिभनमा परे पनि आफ्नो दृढता कहिल्यै भंग गर्दैनन् भन्ने उदाहरणका रूपमा यस कथाका प्रमुख पात्र विदुरलाई लिन सकिन्छ | उनी न कौरवको पक्षमा लागे न त पाण्डवको नै उनी केवल सत्य तथा न्यायको पक्षमा लागेको देखिन्छ |

      प्रस्तुत वाक्यले बरू ज्यान गए जाओस् तर अन्यायको पनि अन्यायको पक्षमा साथ दिनु हुँदैन भन्ने आशय व्यक्त गरेको छ | पौराणिक कालदेखि अहिलेसम्मका मानिसहरूमा पाइने गुणहरूमध्ये एउटा प्रमुख गुण लोभ पनि हो | लोभका कारणले गर्दा पनि मानिसहरूले ठीक बेठीकका बीचको भिन्नता बिर्सीरहेका हुन्छन् | लाभ हुने अवस्था देखिएमा अन्य सारा कुराहरू त्याग्न र गलत बाटो लिन पनि तयार हुन्छन् | यस वाक्यले जस्तोसुकै परिस्थिति पेरिस या ज्यान जाओस् न्यायलाई त्यागेर अन्यायलाई साथ दिनु हुँदैन भन्ने सन्देश दिएको छ |

      प्रस्तुत वाक्यमा चाहिँ महाभारतका एक पात्र विदुर सत्यवादी भएकाले उनले आफ्नो ज्यानको माया मार्ने तर अन्यायतिर नलाग्ने आफ्नो इच्छा प्रकट गरेका छन् |   

नेपाली साहित्य क्षेत्रको कथा र नाटक मार्फत आफ्नो नाम स्थपित गर्न सफल कथाकार बदरीनाथ भट्टराई वि.सं. १९६५ सालमा काठमाडौँमा जन्मिएका हुन् | कथाकार भट्टराईले नेपाली साहित्यलाई अनेकौँ नाटकहरू र कथाहरू लेखेर विशेष योगदान दिएका छन् | उनले नेपाली साहित्यको क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गरी वि.सं. २०५२ सालमा उनी यस धर्तीबाट अस्ताए |

   बदरीनाथ भट्टराईद्वारा लिखित प्रस्तुत 'न्यायको पक्ष' शीर्षक कथा पौराणिक ग्रन्थ महाभारतको कथावस्तुमा आधारित छ | यस कथामा कौरव र पाण्डवहरूको पारिवारिक कलह र षडयन्त्रले भरिपूर्ण भएको नैतिक, धार्मिक, राजनैतिक, कुटनैतिक आदि विभिन्न विषय वा क्षेत्रहरूको शिक्षा प्रदान गर्ने महाकाव्य हो | यसै अन्तर्गतको एक सानो अंश वा घटना यस कथामा प्रस्तुत गरिएको छ | प्रस्तुत कथाले सत्य र न्यायको पक्षमा लाग्न सबैलाई आग्रह गरेको छ |

   यस कथाका प्रमुख पात्र विदुर कौरव र पाण्डवहरूका काका हुन् | अर्को तर्फबाट भन्नुपर्दा उनी हस्तिनापुर राज्यका मन्त्री हुन् | उनको व्यक्तिगत जीवन भन्नुपर्दा उनी न्यायको पक्ष लिने एक कुशल राजनीतिज्ञ हुन् | विदुर ज्ञान र नैतिक शिक्षाका एक विशाल भण्डार हुन् | उनको य्शी नैतिक शिक्षाका कारणले उनी राजा धृतराष्ट्रका मन्त्री बनेका देखिन्छन् | विदुरमा चातुर्य पनि उतिकै थियो, राज्य संचालनका सन्दर्भमा देखिएका जस्तोसुकै समस्यालाई पनि उनी चित्तबुझ्दो तरीकाले समाधान गर्न सक्थे | राज्यभित्रका समस्याहरूदेखि लिएर राज्यबहिरका, छिमेकी तथा मित्र राज्य र राजाहरूसम्मका सबै किसिमका विषयहरूलाई अगाडि बढाउन विदुर निपुण थिए | हस्तिनापुर राज्यका राजा धृतराष्ट्र र युवराज दुर्योधन लगायतका सम्पूर्ण व्यक्तिहरू वाध्य भएर असत्य र अन्यायका पक्षमा थिए भने विदुर र पाण्डवहरू सत्य, नित्य र न्यायका पक्षमा देखिन्छन् | आफू हस्तिनापुर राज्य र राजा धृतराष्ट्रका मन्त्री भएर पनि विदुर पाण्डवहरूप्रति सहानुभूति राख्थे |

   यदि विदुर न्यायको पक्ष लिने कुशल राजनीतिज्ञ नभएका भए अरूहरूले जस्तै उनले पनि अन्यायको पक्षमा लागेर कौरवहरूलाई नै सहयोग गर्ने थिए | उनले दाजु धृतराष्ट्र र भतिजो दुर्योधनबाट गाली र बेइज्जती पनि पाउने थिएनन् र उनले देशनिकालाको सजाय पनि पाउने थिएनन् | साथै आफ्नो राज्यबाट निकालिएपछि उनी सरासर पाण्डवहरूलाई भेट्न पनि जाने थिएनन् | त्यसैले विदुरका यी सबै कार्यहरूबाट के देखिन्छ भने विदुर न्यायको पक्ष लिने एक कुशल राजनीतिज्ञ थिए |

 

नेपाली साहित्य क्षेत्रको कथा र नाटक मार्फत आफ्नो नाम स्थपित गर्न सफल कथाकार बदरीनाथ भट्टराई वि.सं. १९६५ सालमा काठमाडौँमा जन्मिएका हुन् | कथाकार भट्टराईले नेपाली साहित्यलाई अनेकौँ नाटकहरू र कथाहरू लेखेर विशेष योगदान दिएका छन् | उनले नेपाली साहित्यको क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गरी वि.सं. २०५२ सालमा उनी यस धर्तीबाट अस्ताए |

   बदरीनाथ भट्टराईद्वारा लिखित प्रस्तुत 'न्यायको पक्ष' शीर्षक कथा पौराणिक ग्रन्थ महाभारतको कथावस्तुमा आधारित छ | यस कथामा कौरव र पाण्डवहरूको पारिवारिक कलह र षडयन्त्रले भरिपूर्ण भएको नैतिक, धार्मिक, राजनैतिक, कुटनैतिक आदि विभिन्न विषय वा क्षेत्रहरूको शिक्षा प्रदान गर्ने महाकाव्य हो | यसै अन्तर्गतको एक सानो अंश वा घटना यस कथामा प्रस्तुत गरिएको छ | प्रस्तुत कथाले सत्य र न्यायको पक्षमा लाग्न सबैलाई आग्रह गरेको छ |

   नेपाली साहित्यका पौराणिक कथाकार भट्टराईद्वारा लेखिएको न्यायको पक्ष शीर्षक कथाले पौराणिक ग्रन्थ महाकाव्य महाभारतका दुई पत्रहरू धृतराष्ट्र र विदुरका चरित्रहरूका बारेमा केही भिन्नता पाइन्छ | धृतराष्ट्र र विदुर एउटै घरपरिवारमा जन्मिएका दाजुभाइ थिए | कार्य वा कर्मका हिसाबमा भन्ने हो भने धृतराष्ट्र राजा र विदुर मन्त्री हुन् | यति हुँदाहुँदै पनि यी दाजुभाइका चारित्रमा धेरै भिन्नता देखिन्छ | धृतराष्ट्र राजा भएर पनि अन्यायका पक्षमा लागेका देखिन्छन् भने विदुर मन्त्री भएर न्यायका पक्षमा लागेका देखिन्छन् | राजा बनेका धृतराष्ट्र जे जस्तो नीति लिएर भएपनि आफ्ना छोरा दुर्योधनलाई युवराज साथै राजा बनाउन इच्छुक देखिन्छन् | धृतराष्ट्र आफ्ना छोरा दुर्योधनको महत्वकांक्षका सामुन्ने झुकेका देखिन्छन् | उनी आफ्नो उक्त इच्छा पूरा गर्न आफूलाई र दरबार – भित्रका अन्य सम्पूर्ण व्याक्तिहरूलाई पनि अधर्मको मार्गमा लगाउन उत्साहित देखिन्छन् | यसका अतिरिक्त उक्त कार्यका लागि धृतराष्ट्र जसलाई त्याग्न पनि तयार देखिएका छन् | यसप्रकार धृतराष्ट्र अनैतिक, असत्य, अन्यायी र पुत्रका मोहमा चुर्लुम्म डुबेका देखिन्छन् |

   विदुर हस्तिनापुर राज्यका मन्त्री मात्र नभएर एक कुशल राजनीतिज्ञ पनि भएकाले उनी धृतराष्ट्रको विचारसँग सहमत थिएनन् | विदुर दुर्योधनका सट्टामा युधिष्ठिरलाई हस्तिनापुरका उत्तराधिकारी बनाउन चाहन्थे | कौरवहरूका तुलनामा पाण्डवहरू बढी नै न्यायप्रेमी, कुशल र योग्य छन् भन्ने विचार विदुरको थियो | यसबाट पनि यो प्रष्ट हुन्छ कि प्रस्तुत कथाका पात्र विदुर कुशल राजनीतिज्ञ, न्यायप्रेमी, सत्यवादी आदि अनेकौँ चरित्रका देखिन्छन् |

© 2019-20 Kullabs. All Rights Reserved.