Subject: Nepali
वाच्य :- वाक्यमा कर्ता, कर्म र भावका आधारमा क्रियापदको रूप परिवर्तन गर्ने प्रक्रियालाई वाच्य भनिन्छ | कर्ता, कर्म र भावसँग क्रियापदको सम्बन्ध फेर्दा वाक्यको अर्थमा भने कुनै परिवर्तन हुँदैन | वाच्यको अभिव्यक्ति क्रियापदले गर्दछ,
जस्तै :-
शीला स्याउहरू खान्छे |
यहाँ,
कर्ता = शीला (स्त्रीलिङ्ग, एकवचन, अनादर)
क्रियापद = खान्छे (स्त्रीलिङ्ग, एकवचन, अनादर)
यसमा कर्ताको सम्बन्ध क्रियापदसँग छ त्यसैले 'शीला' वाक्यको उद्देश्य हो |
शीलाद्वारा स्याउहरू खाइन्छन् |
यहाँ,
कर्ता = शीला (स्त्रीलिङ्ग, एकवचन, अनादर)
कर्म = स्याउहरू (बहुवचन)
क्रियापद = खाइन्छन् (बहुवचन)
यसमा कर्मको सम्बन्ध क्रियापदसँग छ त्यसैले 'स्याउहरू' वाक्यको उद्देश्य भएको छ |
आज त नाचिन्छ |
यस वाक्यमा कर्ता तथा कर्म छैनन् तर क्रियापदले आफ्नै धातुको भाव (अर्थ)लाई उद्देश्य बनाएको छ |
कर्तृवाच्य कर्मवाच्य भाववाच्य
कर्ता मुख्य हुने अथवा कर्म मुख्य हुने अथवा क्रियापद नै मुख्य हुने |
कर्ताअनुसार क्रियापद हुने | कर्मअनुसार क्रियापद हुने |
कर्तृवाच्य
कर्ता मुख्य भई कर्ताकै लिङ्ग, वचन, पुरुष र आदरअनुसार रहेको क्रियापदको रूपलाई कर्तृवाच्य भनिन्छ | कर्तृवाच्यको क्रियापद सकर्मक वा अकर्मक दुवै हुनसक्छ,
जस्तै :-
हरि कथाहरू पढ्छ | पढ्छ = सकर्मक कर्तृवाच्य
तँ लेख लेख्तैनस् | लेख्तैनस् = सकर्मक कर्तृवाच्य
बहिनी रोई | रोई = अकर्मक कर्तृवाच्य
तिमी हाँस्दैनौ | हाँस्दैनौ = सकर्मक कर्तृवाच्य
कर्मवाच्य
कर्म मुख्य भई कर्मकै लिङ्ग, वचन, पुरुष र आदरअनुसार रहेको क्रियापदको रूपलाई कर्मवाच्य भनिन्छ | कर्मवाच्यको क्रियापद सकर्मक मात्र हुन्छ | कर्मवाच्यको कर्तामा 'बाट' वा 'द्वारा' विभक्ति जोडिएको हुन्छ र क्रियापदको धातुपछि 'इ' थपिएको हुन्छ, जस्तै :-
तिमीहरूद्वारा खाना खाइयो | खाइयो = कर्मवाच्य
तँद्वारा लेख लेखिँदैन | लेखिँदैन = कर्मवाच्य
तिनीहरूबाट गोली हानिंदै थियो | हानिंदै थियो = कर्मवाच्य
त्यस्तै कर्मवाच्य्मा कर्तालाई गौण बनाउन यसमा 'बाट', 'द्वारा' जस्ता विभक्ति थपिने हुनाले कर्ता नराख्दा पनि फरक पर्दैन किनभने यसमा कर्म नै वाक्यको उद्देश्य बनेको हुन्छ,
जस्तै :-
मद्वारा भाइ कुटिएला | भाइ कुटिएला = कर्ता लोप
हामीबाट रूखहरू ढालिन्छन् | रूखहरू ढालिन्छन् = कर्ता लोप
सरकारद्वारा हत्यारा पक्रियो | हत्यारा पक्रियो = कर्ता लोप
भाववाच्य
धातुको भाव वा सम्पन्न हुने काम मुख्य भई बन्ने क्रियापदको रूपलाई भाववाच्य भनिन्छ | भाववाच्यमा उद्देश्य वा लक्ष्य नै धातुको अर्थ हुन्छ | भाववाच्यको क्रियापद अकर्मक मात्र हुन्छ र तृतीय पुरुष, एकवचन, पुलिङ्ग तथा अनादरमा रहेको हुन्छ | भाववाच्यको कर्तामा 'बाट' वा 'द्वारा' विभक्ति जोडिन्छ र त्यो गौण बन्दछ, जसले गर्दा यो लोप पनि हुन्छ | यसमा धातु पछि 'इ' जोडिएको हुन्छ,
जस्तै :-
मद्वारा हाँसियो | = हाँसियो | (कर्ताको लोप)
दिदीद्वारा घर गइयोस् | = घर गइयोस् | (कर्ताको लोप)
हामीद्वारा सुर्खेत बजार घुमियो | = सुर्खेत बजार घुमियो | (कर्ताको लोप)
आफू आज त पढिन्छ = आज त पढिन्छ | (कर्ताको लोप)
कोष्ठकमा दिइएको निर्देशनका आधारमा वाच्य परिवर्तन गर्नुहोस् :
पुलिसले चोरलाई लखेट्यो | (कर्मवाच्य)
पुलिसद्वारा चोर लखेटियो |
आकाशमा जुन र तारा देखिए | (कर्तृवाच्य)
मैले आकाशमा जुन र तारा देखें |
म त पढ्दापढ्दै निदाएँछु | (भाववाच्य)
पढ्दापढ्दै निदाइएछ |
हामी परिश्रम गर्छौँ | (कर्मवाच्य)
हामीबाट परिश्रम गरिन्छ |
तपाईंले यो किताब पढ्नुभयो त ? (कर्मवाच्य)
तपाईंबाट यो किताब पढियो त ?
छोरीले आरू, मेवा, केरा र कागती किनी | (कर्मवाच्य)
छोरीद्वारा आरू, मेवा, केरा र कागती किनियो |
आमाले मलाई बोलाउनु हुनेछ | (कर्मवाच्य)
आमाबाट म बोलाइनेछु |
सपनामा म खुब रोएँछु | (भाववाच्य)
सपनामा खुब रोइएछ |
तिमी रुवाउँछौ पनि | (भाववाच्य)
तिमीबाट रोइन्छ पनि |
मैले कन्याममा साथीहरू भेटेँ | (कर्मवाच्य)
मबाट कन्याममा साथीहरू भेटिए |
प्रहरीद्वारा आज थुप्रै मानिसहरू समातिए | (कर्तृवाच्य)
प्रहरीले आज थुप्रै मानिसहरू समात्यो |
कमजोर रूखहरू भाँचिए | (कर्तृवाच्य)
जीवनले कमजोर रूखहरू भाँच्यो |
रेडियबाट सूचना प्रसारण गरियो | (कर्तृवाच्य)
रेडियोले सूचना प्रसारण गर्यो |
हामीले नेपालीको परीक्षा दियौँ | (कर्मवाच्य)
हामीद्वारा नेपालीको परीक्षा दिइयो |
म त यतै बस्छु | (भाववाच्य)
आफू त यतै बसिन्छ |
अब हिँडिन्छ | (कर्तृवाच्य)
म अब हिँड्छु |
यो काम आजै गरियोस् | (कर्तृवाच्य)
तपाईं यो काम आजै गर्नुहोस् |
मेरा दाजु नेपालटार जानुहुने छ | (भाववाच्य)
नेपालटार गइनेछ |
मबाट नेपाली र अङ्ग्रेजीका किताब पढिए | (कर्तृवाच्य)
मैले नेपाली र अङ्ग्रेजीका किताब पढें |
मबाट नेपाली र अङ्ग्रेजीका किताब पढिए | (कर्तृवाच्य)
मैले नेपाली र अङ्ग्रेजीका किताब पढें |
कविद्वारा कविताहरू लेखियून् | (कर्तृवाच्य)
कविले कविताहरू लेखून् |
तिमी किताबहरू पढ | (कर्मवाच्य)
तिमीबाट किताबहरू पढियून् |
उनीहरू वर्षायाममा तिब्बत जान्छन् | (भाववाच्य)
वर्षायाममा तिब्बत गइन्छ |
कर्मवाच्यको प्रयोग गर्दै पाँच वाक्यमा तपाईंले हिजो गरेको कामको वर्णन गर्नुहोस्
उदाहरणसहित कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य बीचको अन्तर केलाउनुहोस्
कर्ता प्रमुख भएको वाक्यलाई कर्तृवाच्य, कर्म प्रमुख भएकोलाई कर्मवाच्य र भाव प्रमुख भएकोलाई भाववाच्य भनिन्छ | जस्तै :-
कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य बीचको अन्तर निम्नानुसार छ :
कर्तृवाच्य
कर्मवाच्य –
भाववाच्य –
© 2019-20 Kullabs. All Rights Reserved.