Subject: Nepali
वाक्यमा कर्ताको लिङ्ग, वचन, पुरुष र आधार अनुसार क्रियाको लिङ्ग, वचन, आदर मिलाउनुलाई पदसंगति भनिन्छ |
स्त्री वा पुरुष जाति बुझाउने वा छुट्याउने व्याकरणको चिन्हलाई लिङ्ग भनिन्छ | त्यस्तै लिङ्गको अभिव्यक्ति नाम, विशेषण र क्रियापदमा हुन्छ | नेपालीमा स्त्रीलिङ्ग र पुलिङ्ग गरी दुई किसिमका लिङ्गहरू छन् |
स्त्रीलिङ्ग - नेपालीमा पोथी वा स्त्रीजातिलाई जनाउने चिन्हलाई स्त्रीलिङ्ग भनिन्छ |
उदाहरण – क) काली केटी आउदै छे |
ख) ममता राम्री छिन् |
माथिको (क) र (ख) वाक्यमा स्त्रीलिङ्ग जनाउन 'केटी, ममता' (नाम), 'काली, राम्री' (विशेषण), र 'छे, छिन्' (क्रियापद) प्रयोग गरिएका छन् |
पुलिङ्ग - नेपालीमा भाले वा पुरुषजातिलाई जनाउने चिन्हलाई पुलिङ्ग भनिन्छ |
उदाहरण – क) मोटो केटो आउदै छ |
ख) आलोक र अनुप मिहिनेत छन् |
माथिको (क) र (ख) वाक्यमा पुलिङ्ग जनाउनको लागि 'केटो, आलोक, अनुप' (नाम), मोटो, मिहिनेत, (विशेषण), र 'छ, छन्' (क्रियापद), आएका छन् |
त्यसैगरी नेपालीमा सर्वनाम र अव्यय शब्दले लिङ्गको अभिव्यक्ति गर्दैनन् साथै मानवबाहेक अन्य सजीव नाममा लिङ्गको परिवर्तन भएपनि विशेषण र क्रियापदमा कुनै परिर्वतन हुदैन |
उदाहरण – क) कालो गोरु चर्दैछ |
ख) कालो गाई चर्दैछ |
लिङ्ग परिर्वतन गर्ने तरिका
कुमार - कुमारी पाठो - पाठी
बाहुन - बाहुनी तिम्रो - तिम्री
नाति - नातिनी साहू - साहुनी
लिम्बू - लिम्बुनी पण्डित - पण्डित्नी
सुब्बा - सुब्बेनी काजी - कजिनी
लामा - लमिनी मुखिया - मुखिनी
गायक - गायिका चालक - चालिका
बालक - बालिका सम्पादक - सम्पादिका
छात्र - छात्रा कवि - कवयित्री
श्रीमान - श्रीमती भगवान - भगवती
बाबुसाहेब - मैयाँसाहेब भालेगिद्ध - पोथीगिद्ध
हजुरबा - हजुरआमा
बाख्रो - बाख्री फूपू - फुपाजू
वर - बधू वीर - विराङ्गना
कुनै सङ्ख्या बुझाउने व्याकरणको चिन्हलाई वचन भनिन्छ | वचनको अभिव्यक्ति नाम, सर्वनाम, विशेषण र क्रियापदमा हुन्छ | वचन दुई किसिमका हुन्छन् |
एकवचन - एउटा वस्तुलाई बुझाउनको लागी एकवचन प्रयोग गरिन्छ |
नाम – राजु, दिदी, बाघ
सर्वनाम – म, त, ऊ, तिमी
विशेषण – कालो, पिरो, अग्लो, बाठो
क्रियापद – छ, थियो, थिइन्, गर्यो
बहुवचन – एक वा एकभन्दा बढी वस्तुलाई बुझाउनको लागी बहुवचनको प्रयोग गरिन्छ |
नाम – राजुहरू, दिदीहरू, बाघहरू
सर्वनाम – हामी, उनीहरू, तिमीहरू
विशेषण – मेरा, काला, अग्ला, ठुला
क्रियापद – छन्, थिए, थियौं
नेपालीमा आदरार्थी भएका क्रियापदको प्रयोग गर्दा वचनमा कुनै भेद हुदैन |
उदाहरण –
तिमी गयौ तिमीहरू गयौ
आमा जानुभो आमाहरू जानुभो
वचनको परिवर्तन गर्ने तरिका
मान्छे - मान्छेहरू फूल - फूलहरु
केटी - केटीहरू लेख - लेखहरू
केटो - केटा / केटाहरू काली - काला
ठूलो - ठूला छानु - छाना
म - हामी / हामीहरू ती / त्यो - तिनीहरू
ऊ - उनीहरू यो / यी - यिनीहरू
को - कोको दिन - दिनदिनै
जो - जोजो फूल - फूलैफूल
महिला - महिलावर्ग सज्जन ` - सज्जनवृन्द
भक्त - भक्तजन देव - देवगण
व्यक्तिलाई बुझाउने व्याकरणको शब्दलाई पुरुष भनिन्छ | पुरुषले बोल्ने (वक्ता) व्यक्तिलाई प्रथम पुरुष, सुन्ने (श्रोता) व्यक्तिलाई द्वीतीय पुरुष र कुरा गरिने व्यक्ति (विषय) लाई जनाउने तृतीय पुरुषलाई जनाउदछ | यसले क्रियाका आधारमा कर्ता र क्रियाका बीचमा सम्बन्ध स्थापना गरी व्यक्ति वा कर्ताको भेद देखाउने पदहरूलाई पुरुष भनिन्छ | पुरुषलाई निम्न तीन प्रकारमा विभाजन गरी अध्ययन गर्न सकिन्छ |
प्रथम पुरुष - यसले बोल्ने वा लेख्ने अर्थात आफैलाई जनाउदछ | जस्तै - म, हामी/हामीहरू |
उदाहरण - म खाना खान्छु |
हामी बजार जन्छौ |
द्वीतीय पुरुष - यसले सुन्ने व्यक्ति वा श्रोतालाई जनाउदछ | जस्तै - तँ, तिमी, तपाईं, यहाँ, हजुर, यहाँहरू आदि |
उदाहरण - तिमी कविता लेख्छौ |
तपाईं पोखरा जानुहुन्छ |
तृतीय पुरुष - यो कुरा गरिने व्यक्ति वा विषयलाई जनाउन प्रयोग गरिन्छ | जस्तै - ऊ, त्यो, उनी, उनीहरु, तिनीहरु, उहाँ,उहाँहरू आदि |
उदाहरण - ऊ रोटी खान्छ |
उहाँ नेपाली पढाउनुहुन्छ |
वाक्यमा पुरुष परिवर्तन गरिएका कही उदाहरणहरू
प्रथम पुरुष द्वीतीय पुरुष तृतीय पुरुष
म रुन्छु तँ रुन्छस् / तिमी रुन्छौ ऊ रुन्छ / उनी रुन्छन् |
हामी लेख्छौँ तिमीहरू लेख्छौ उनीहरू लेख्छन् |
पाठबाट बहुवचन प्रयोग भएका वाक्य टिप्नुहोस र तिनलाई पुनः एकवचन बनाएर लेख्नुहोस् |
बहुवचन
१) गङ्गाधारका दुई छोरा थिए |
२) उमेर पुगेका बुढापाकाले मुरलीधरको पक्ष लिए |
३) मर्ने बेलामा दुवै छोराले आधाआधा बाँडेर खानु भनी बूढाले भेनेको हामीले प्रत्यक्ष देखे सुनेका हौँ |
४) अतीतका अनेक स्मृतिहरू उनका सामुन्ने साकार भएर आए |
५) यी ठिटाहरू चुरोट फुक्न र पुङ्नपुच्छरको उट्पटाङ गफ चुट्नबाहेक अर्थोक जान्दैनन् |
एकवचन
उदाहरणका आधारमा वाक्यको वचन र लिङ्ग परिर्वतन गर्नुहोस् |
आफ्ना पिताका झैँ उनी पनि अरूलाई सताउनु महापाप सम्झन्थे |
आफ्नै माताका झैँ उनी पनि अरूलाई सताउनु महापाप सम्झनथिन् | (लिङ्ग)
आफ्ना पिताका झैँ उनीहरू पनि अरूलाई सताउनु महापाप सम्झन्थे| (वचन)
म त मरे पनि जान दिन्नँ |
हामी त मरे पनि जान दिन्नौँ | (वचन)
सासूले बुहारीलाई आशीर्वाद दिइन् |
ससुराले बुहारीलाई आशीर्वाद दिए | (लिङ्ग)
सासूहरूले बुहारीलाई आशीर्वाद दिए | (वचन)
केटीहरूले गाईको कथा सुनाए |
केटाहरूले गाईको कथा सुनाए | (लिङ्ग)
केटीले गाईको कथा सुनाई | (वचन)
बाले भाउजूलाई लुगा किनिदिनुभयो |
आमाले भाउजूलाई लुगा किनिदिनुभयो | (लिङ्ग)
बाहरूले भाउजूलाई लुगा किनिदिनुभयो | (वचन)
केटा पढ्दै छन् | (वचन र लिङ्ग एकैपटक)
केटी पढ्दै छे |
आज महिलाकों भेला छ |
आज महिलावर्गको भेला छ | (वचन)
आज पुरुषको भेला छ | (लिङ्ग)
नेपाली गायकहरूले राम्राराम्रा गीत गाएका छन् | (वचन र लिङ्ग एकैपटक)
नेपाली गायिकाले राम्राराम्रा गीत गाएकी छिन् |
मेरा छोरीहरू आए | ((वचन र लिङ्ग एकैपटक)
मेरो छोरो आयो |
मेरो दाजु घर जानुभो | (वचन र लिङ्ग एकैपटक)
मेरा भाउजुहरू घर जानुभो |
तलका वाक्यको पुरुष परिर्वतन गर्नुहोस् |
म जुम्ला गएर डाँफे लेक हेर्छु |
ऊ जुम्ला गएर डाँफे लेक हेर्छु |
तँ अलैँची टिप्छस् |
म अलैँची टिप्छु |
ऊ अकबरे खुर्सानी बेच्न फिक्कल जान्छ |
तिमी अकबरे खुर्सानी बेच्न फिक्कल जान्छौ |
म पढ्न गएकी थिएँ |
ऊ पढ्न गएकी थिई |
हामी काठमाडौँ पुग्यौं |
तपाईंहरू काठमाडौँ पुग्नुभो |
तैँले 'राधा' पढेको छस् |
उसले 'राधा' पढेको छ |
म जाँदै छु |
तिमी जाँदै छौ |
म खाजा खान्छु |
तँ खाजा खान्छस् |
दिनेश बिहान उठ्छ |
तँ बिहान उठ्छस् |
हामीहरु खेल्न गएका थियौँ |
उनीहरु खेल्न गएका थिए |
कोष्ठमा दिइएका निर्देशनका आधारमा वाक्य परिर्वतन गर्नुहोस् |
तिमी देवकोटाका कविता पढ्छौ | (प्रथम पुरुष)
म देवकोटाका कविता पढ्छु |
उनी मकै कुरुमकुरुम खान्छिन् | (पुलिङ्ग)
उनी मकै कुरुमकुरुम खान्छन् |
हामी मिहिनेत गरी पढ्दै छौं | (तृतीय पुरुष)
उनीहरू मिहिनेत गरी पढ्दै छन् |
उनी सधैँ विद्यालय जान्छन् | (द्वितीय पुरुष)
तिमी सधैँ विद्यालय जान्छौ |
उनीहरु राम्रोसँग पढ्छन् | (प्रथम पुरुष)
हामीहरू राम्रोसँग पढ्छौ |
केटाहरू विद्यालय आएछन् | (एकवचन)
केटो विद्यालय आएछ |
मेरा मामाको छोरो आयो | (बहुवचन)
मेरा मामाका छोराहरू आए |
उनीहरू कविता लेख्छन् | (द्वितीय पुरुष)
तिमीहरू कविता लेख्छौ |
ऊ निबन्ध पढ्छ | (सामान्य आदर)
उनी निबन्ध पढ्छन् |
मेरो भाइ सधैँ विद्यालय जान्छ | (बहुवचन)
मेरा भाइहरू सधैँ विद्यालय जान्छन् |
तिमी राम्रा कविता लेख्छौ | (उच्च आदर )
हजुर राम्रा कविता लेख्नुहुन्छ |
कविले राम्रा कविता लेखे | (स्त्रिलिङ्ग)
कवयित्रीले राम्रा कविता लेखिन् |
उनी भात खान्छन् | (स्त्रिलिङ्ग)
उनी भात खान्छिन् |
उनी गीत गाउँछिन् | (पुलिङ्ग)
उनी गीत गाउँछन् |
ऊ खाइलाग्दो र रातोपिरो देखिन्थो | (बहुवचन)
उनीहरु खाइलाग्दा र रातापिरा देखिन्थे |
नयिकाकी छोरी नायिका नै हुन्छे | (पुलिङ्गी)
नायकको छोरो नायक नै हुन्छ |
तिम्रो घरमा को आएको छ ? (वचन)
तिम्रो घरमा कोको आएका छन् ?
ऊ पढ्न गएकी थिई | (प्र.पुरुष)
म पढ्न गएकी थिएँ |
मेरी बहिनी निकै राम्री छिन् | (स्त्रीलिङ्गी )
मेरो भाइ निकै राम्रो छ |
शिवानी उपन्यास लेख्दै छे | (पुलिङ्गी)
शिव कविता लेख्दै छ |
सानो केटो कलम हराएरकाले रुँदै छ | (बहुवचन)
साना केटाहरू कलमहरू हराएरकाले रुँदै छन् |
हामी रमाएछौँ | (द्वी.पु)
तपाईंहरू रमाउनुभएछ |
यी किताबहरू कसका हुन् ? (एकवचन)
यो किताब कसको हो ?
म पानी पिउँछु | (तृ. पु)
उहाँ पानी पिउँनु हुन्छ |
गोरु कराउदै छ | (स्त्रीलिङ्गी )
गाई कराउदै छ |
मेरी भान्जी आइन् | (पुलिङ्गी)
मेरा भान्जा आए |
तृतीय पुरुष, एकवचन, पुलिङ्ग क्रियापद प्रयोग गरी तपाईंको साथीको वर्णन गर्नुहोस् |
कपिल मेरो असाध्यै मिल्ने साथी हौ | ऊ सानै देखि शान्त र सरल स्वभावको थियो, जसले गर्दा उसको व्यवहार अहिले पनि शान्त, सालिन र भद्र किसिमको छ | ऊ कक्षामा सधैँ प्रथम हुन्छ साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि अब्बल नै रहन्छ | जेहेन्दार मिहिनेती, लगनशील तथा मिलनसार भएकाले उसलाई विद्यालयमा शिक्षक तथा विद्यार्थी सबैले मन पराउँछन् |
पढाई, लेखाईका साथै अनुसन्धानमा उसको बढी रुची छ | आफ्नो देशमा भएर विभिन्न खानी तथा स्रोत सम्पदाको अध्ययन अनुसन्धान गरी देश विकासमा टेवा पुर्याउने उसको लक्ष्य रहेको छ | ऊ विद्यालयमा जति इमान्दार छ त्यतिनै घरमा सहयोगी र आज्ञाकारी छोरो छ | छरछिमेक, नातागोता सबैको प्यारो ऊ साँच्चै नै असल छ |
तलका शब्द प्रयोग गरेर सरल वाक्य निर्माण गर्नुहोस् |
बहिनी - मेरी बहिनी सानी छे |
गुरुमा - हामीलाई गुरुमाले नेपाली पढाउँनुहुन्छ |
खेताला - खेतमा खेतालाले काम गर्दै छन् |
तपाईं - तपाईं कहाँ जानुभएको थियो ?
कमिलो – मलाई रोटे कमिलोले टोक्यो |
जुम्रो - बबिताको टाउकोमा जुम्रो हिँड्दै थियो |
© 2019-20 Kullabs. All Rights Reserved.