काम खोज्दै जाँदा

Subject: Nepali

Find Your Query
Sunway Business School

Overview

काम खोज्दै जाने क्रममा विदेशिएको सन्तमान विदेशी ठाउँमा काम नपाइ घर फर्कने अवस्था पुगेको छ | ऊ घर फर्कने अघिल्लो दिनको राती आफ्ना मनका आफूले विदेशी भूमिमा भोगेका अनुभूतिलाई सम्झदै छ | फेरी ऊ घरपरिवार, छरछिमेक, साथिभाइ, जोरीपारी आदिको सामना कसरी गर्ने भन्ने कुराहरू पनि मनमनै सोच्दछ | अन्त्यमा सन्तमान जे गरेपनि आफ्नै गाउँमा नै गर्ने सबै सीप तथा पारिश्रम आफ्नै भूमिमा लगाउने सोंच बनाउदै अबेरसम्म ननिदाई मनोवाद गरिरहेको छ |
काम खोज्दै जाँदा

 मनोवाद परिचय 

     कुनै विषय वा प्रसङ्गलाई लिएर एक्लो अवस्थामा आफैँसँग गरिने एकोहोरो कुराकानी नै मनोवाद हो | यो साहित्यको एउटा पक्ष पनि हो | मनोवादले पात्रको एक्लो गुनगुन वा मनमनै गरिएको कुरा भन्ने बुझाउँछ | यसले कुनै विषयप्रति मानिसका मनमा आउने विशृङ्खलित सोचाइलाई सङ्गठित रूपमा राख्ने काम गर्दछ | आफैँप्रतिका अनुभूति, सम्झना, प्रतिक्रिया आदिलाई समावेश गरिने हुनाले मनोवादलाई काल्पनिक पात्र नै भए पनि वर्णन चाँही प्रथम पुरुषमै गरिन्छ | यसले मनको खुलदुलीलाई तर्कवितर्कका साथ प्रस्तुत गर्दछ, जसले पात्रको मानसिक अवस्थालाई देखाउँछ | यसमा पात्रले आफ्नै मनसँग गरेका प्रश्नोत्तर, सहमति/असहमति तथा कल्पनाको उडानलाई पनि चित्रण गरिएको हुन्छ |

काम खोज्दै जाँदा (मनोवाद)

 

      वर्तमान हाम्रो नेपाली समाजका युवा जनशक्तिसँग ठ्याक्कै मिल्ने किसीमको प्रस्तुत मनोवादले रोजगारीका लागि विदेश जान हतारिएका नेपाली युवायुवतीहरूको लागि यो मनोवाद अत्यन्त सान्दर्भिक एवम् शिक्षाप्रद रहेको छ | धरै धनसम्पत्तिको लालसामा दिनदिनै विदेशिने हजारौं नेपाली युवायुवतीहरूको विदेशमा पुगेपछि यसै मनोवादको पात्रको झैँ दुर्दशा भएको हामी सुन्ने गर्दछौ | तसर्थ पहिले गल्ति गरेर पछि पछुताउनु भन्दा पहिले नै सजग र सचेत हुनु बुद्धिमानी हुन्छ |

      हामी जीवनमा अनेकौँ भुल गर्दछौँ र तिनको पिडा भोग्नुपरेपछि पछुताउँछौँ | हिजोआज वैदेशिक रोजगारीका नाममा कतिपय हाम्रा युवायुवती बत्तीमा पुतली होमिएझैँ होमिएई ठूलो विपत्ति बोगीरहेका छन् | अज्ञानले गर्दा तिनीहरू आज अर्काको देशमा दु:ख पाई पछुताइरहेका छन् | त्यसकारण मानिसले यसबाट भविष्यका लागि पाठ सिकेर जीवनलाई सार्थक बनाउन सक्नुपर्छ | त्यसैले अंग्रेजीका साहित्यकार महान् नाटककार सेक्सपियरले भनेका छन्, "पश्चात्ताप हृदयको वेदना हो र स्वच्छ जीवनको उदय पनि हो |

वर्तमान समयमा धेरै सम्पत्तिका लोभमा परेर विदेश जान आत्तुर नेपाली युवायुवतीहरूको लागि यो मनोवाद अत्यन्त सान्दर्भिक एवम् शिक्षाप्रद रहेको छ | विदेशमा गएपछि त पैसाको बोटबाटनै पैसा टिप्न अथवा पैसाको थुप्रोमा नै हात गाड्न पाइन्छ जस्तो ठानी आफ्नो घरको भएभरको सम्पत्ति खर्च गरी विदेश जाने र त्यहाँ पुगेरपछि काम नपाई यताउता सहरका गल्लीमा दिनभर डुल्दा, भनेजस्तो काम नपाएर सडकमा भौंतारिदै हिड्नु परेको दु:ख र पीडाहरुलाई यस मनोवादले राम्ररी प्रस्तुत गरेको छ |

      विदेशी भूमिमा काम पाइए पनि निकै नै तुच्छ वा तल्लोस्तरको कामहरू होटलमा जुठाभाँडा माझ्ने, कुखुरा भुत्ल्याउने, चिहान खन्ने, गन्हाएका लाशहरू पुर्नुपर्ने, चर्पी सफा गर्नुपर्ने जस्ता मात्र पाइने कामहरू पाइने यस्ता काम गर्दा पनि भनेजस्तो खान नपाइने र ज्याला नपाइने, हेपिएर बस्नुपर्ने, मानवीय भावनात्मक व्यवहार नपाइने हुँदा विदेशभन्दा स्वदेशमै बसेर आफ्नो गाउँघरको काम गर्नु उचित, आफ्नै गाउँका हातबजार र मेलापात नै रमाइलो हुन्छन्, आफ्नै देशमा मात्र इज्जत र प्रतिष्ठा रहने र मानवीय भावनाले सरसहयोग पनि पाइने हुँदा सम्पत्तिको लोभमा परी विदेश जानुभन्दा स्वदेशमै भुटेको मकै र गुन्द्रुक खाएर भए पनि आफ्नै घरमा बसी घरकै काम गर्नु उत्तम हुन्छ वा आफ्नै घरलाई स्वर्ग बनाउनुपर्छ भन्ने सार यस मनोवादमा पाइन्छ |

 

Things to remember
  •  कुनै विषय वा प्रसङ्गलाई लिएर एक्लो अवस्थामा आफैँसँग गरिने एकोहोरो कुराकानी नै मनोवाद हो |
  •  हामी जीवनमा अनेकौँ भुल गर्दछौँ र तिनको पिडा भोग्नुपरेपछि पछुताउँछौँ |
  • अज्ञानले गर्दा  आज अर्काको देशमा दु:ख पाई पछुताइरहेका छन् | 
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.
Questions and Answers

साउदी अरेबियाको रियाद सहरको एउटा सानो घरको भुइँतलामा एउटा कोठामा पैसा कमाउन गएको सन्तमान सुतिरहेको छ | उसको कोठामा एउटा खाट, एउटा सानो टेबल र एउटा कुर्सी छन् | पङ्खा घुमिरहेको, खाटमा लुगाहरू अव्यवस्थित रूपमा यत्रतत्र छरिएका, टेबलमाथि मैला लुगा कोचेर राखेको एउटा झोला, ढोका बन्द र झ्याल चाँही खुल्ला छ | ऊ खाटमा नभई भुइँमा सुतिरहेको छ | कोठाको झ्यालबाट बाहिर सहरको दृश्य देख्न सकिन्छ | समग्रमा भन्दा आर्थिक अभावबाट पीडित भई पैसाको लोभमा विदेशिएको सन्तमान सुतेको कोठालाई पीडा र अभावग्रस्त रूपमा चित्रण गरिएको छ |

सन्तमान धेरै धन कमाउने लोभमा विदेशिएको छ | विदेशमा पुगेपछि राम्रो काम खोज्दाखोज्दै उसले छ महिना बिताइसकेको छ | कुनै काम पाउदा पनि तुच्छ काम मात्र पाउने, ज्याला पनि आधा मात्र पाइने | छ महिनासम्म बस्दा दुई पैसा पनि कमाउन नसकेको र आज छ महिनापछि ऊ रित्तो हात घर फर्कदै छ | यसरी रित्तो हात घर फर्किनु पर्दा घरपरिवारका सदस्यले तथा गाउँका साथीभाइले के भन्लान्, जोरीपारीका अगाडि कसरी मुख देखाउने, आफ्नो भएजति सबै सम्पत्ति धितो राखेर आएको छु, त्यो कसरी तिर्ने आदि जस्ता कुराहरू उसका मनमा खेलेका हुनाले उसलाई अबेरसम्म निन्द्रा लाग्दैन |

वैदेशिक रोजगार कम्पनीप्रति सन्तमानको धारणा नकारात्मक रहेको देखिन्छ | ऊ यस्ता कम्पनीहरूप्रति आक्रामक रूपमा भन्छ कि सबैलाई झुटा आश्वासन मात्र दिने, आफ्नो हातमा पैसा नपरुन्जेल रामो काम मिलाईदिने, प्रसस्त आम्दानी हुन्छ आदिजस्ता कुराले लोभ्याउँदा रहेछन् | पैसा हातमा परेपछि र काम खोज्नेलाई विदेश पठाएपछि उनीहरूको काम सकिदो रहेछ | विदेश जाने व्यक्ति त्यहाँ पुगो पुगेन, उसले काम पायो या पाएन, मरोस् कि बचोस्, दु:ख पाओस वा सुख उनीहरूलाई कुनै मतलब हुँदो रहेनछ | यिनीहरूका कारण धेरै युवायुवतीहरू विदेशिएर ज्यान गुमाईसके, कति अपाङ्ग भए, कति अलपत्र परे, यसको कुनै लेखाजोखा नभएको अवस्थामा वैदेशिक रोजगार कम्पनीप्रति सन्तमान दुखेसो गर्दछन् |  

आर्थिक अभावका कारण धेरै धन कमाउने उद्देश्यले विदेशीएका सन्तमानले त्यहाँ निकै नै दु:खका अनुभूतिहरू पाएको छ | त्यहाँका नागरिकले विदेशीप्रति गर्ने व्यवहार मानवीय नभएको, विदेशी कामदारप्रतिको उनीहरूको धारणा नै भिन्न रहेको छ | विदेशी कामदारहरूलाई फोहोरी, तुच्छ एवम् घृणित कामहरू लाश पुर्ने, भाँडा माझ्ने, चर्पी सफा गर्ने चिहान खन्ने आदि जस्ता काम गर्नुपर्ने, ज्याला पनि पूरा नपाइने, आधा पेट मात्र खान दिने, पोल्ने मरभूमिको गर्मी, भाषा नबुझिने, अन्याय पर्यो भने न्याय माग्ने ठाउँ पनि नभएको आदि जस्ता दु:खका अनुभूतिहरू सन्तमानले विदेशमा भोग्नुपरेको थियो |

सन्तमान पैसा कमाउन नसकेपछि आफ्नो मनलाई बुझाउने प्रयत्न गर्छ | ऊ भन्छ – 'जीवनमा कसलाई दु:ख पर्दैन र | जीवन भनेकै दु:ख र सुखको समिश्रण त हो, दु:ख पर्यो भनेर आत्तिनु हुँदैन, धैर्यधारण गर्नुपर्छ' ऊ आफ्नो गुरुले दिएको उपदेश स्मरण गर्दछ | मानिसलाई ऋण लागोस् दिन नलागोस् भन्छन मलाई ऋण मात्र त लागेको छ, घर छ, इष्टमित्र छन्, मेरो के नै पो नोक्सानी भएको छ र ! आफ्नै घरमा जान्छु, साथीभाइसँग हातेमालो गर्छु, आफ्नै बारीमा दसनङ्ग्रा खियाउँछु, आफ्नो सीप खन्याउँछु र आफ्नो घर र बारीलाई सिंगार्छु भनी सन्तमान अन्त्यमा आफ्नो मनलाई सम्झाउँछ |

प्रस्तुत वाक्यांश हाम्रो कक्षा दसको नेपाली पाठ्यपुस्तकको 'काम खोज्दै जाँदा' शीर्षक मनोवादबाट झिकिएको हो | यस मनोवादका लेखक यसै पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरू हुन् | लेखकहरूले यस मनोवादका माध्यमबाट नेपालीको बिग्रँदो आर्थिक अवस्था र उक्त अवस्थामा सुधार ल्याउन विदेशिएका युवाहरूले भोग्नुपरेका पीडालाई प्रस्तुत गरेका छन् |

      प्रस्तुत वाक्यांशमा मानव जीवनलाई दु:ख र सुखको मिश्रित रूप मानिएको छ | पैसा कमाउन विदेशिएको सन्तमान रित्तोहात घर फर्किनु पर्दा उसका मनमा उब्जिएको विचारका सन्दर्भमा मनोवादमा उक्त वाक्यांश प्रयोग भएको पाइन्छ | मानव जीवनमा आइपर्ने विभिन्न दु;खसुखका क्षणहरू भनेका निरन्तर चलिरहने प्रक्रिया जस्तै हुन् | जीवनमा कहिले सुख हुन्छ त कहिले दु:ख पनि, जीवन हरियाली बसन्त मात्र होइन तुषारे शिशिर पनि हो | समय परिवर्तनशील छ, सँधै एकै नाश हुँदैन, कहिले उकाली त कहिले ओराली पनि हिड्नुपर्छ | ऋण लाग्दैमा वा दु:ख पर्दैमा आत्तिनु उपयुक्त हुँदैन, दुवै खाले परिस्थितिलाई सहज रूपले स्वीकार गर्नु नै पर्दछ |

      तसर्थ जीवन भनेको दु:ख र सुखको सम्मिश्रण हो यसलाई हामी आफैँले आफ्नो परिस्थिति तथा परिवेश अनुसार जिउनु सक्नुपर्छ, भन्ने तथ्यलाई माथिको वाक्यांशद्वारा प्रष्ट्याइएको छ |

उल्लेखित वाक्यांश हाम्रो कक्षा दसको नेपाली पाठ्यपुस्तकको 'काम खोज्दै जाँदा' शीर्षक मनोवादबाट झिकिएको हो | यस मनोवादका लेखक यसै पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरू हुन् | यस मनोवादमा लेखकहरूले वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरूको यथार्थ स्थितिको चित्रण गरेका छन् |

      प्रस्तुत वाक्यांशमा लेखकले सन्तमान खाली हात विदेशबाट घर फर्कन लाग्दा उसका मनमा उत्पन्न भएका विगतका कुराहरूलाई देखाउन खोजेका छन् | समय एकनाशको हुँदैन, जे हुनु थियो, त्यो भइसकेको छ | जे हुनु छ, त्यो अवश्य हुन्छ | त्यसैले बितेका दिनका विषयलाई मनमा खेलाएर प्रगति हुने पनि होइन | बरु त्यस्ता कमीकमजोरीबाट पाठ सिकी आफूले अरूलाई सजग एवं सचेत गराउनु बुद्धिमानी हुनेछ, अनुभवबाट पाठ सिकी अघि बढ्नु उपलब्धिमूलक हुनसक्छ | मनमा कुरा खेलाउँदा त्यसले आफैँलाई निरन्तर पिरोलिरहेको हुन्छ | समयको गतिसँगै पुराना कुरालाई बिर्सिदै जानुपर्दछ | विगतका कार्यले आउने दिनलाई मार्गदर्शन गर्दछ |

      त्यसर्थ बितिसकेका कुरालाई सम्झनु भन्दा बिर्सनु नै उत्तम हुन्छ भन्ने दृष्टिकोण सन्तमानका माध्यमबाट सन्देशात्मक रूपमा यहाँ प्रस्तुत गरेको पाइन्छ |

© 2019-20 Kullabs. All Rights Reserved.