Subject: Nepali
भाषा प्रयोग गर्ने व्यक्ति (वक्ता वा लेखक) को मनोभाव अथवा मनशायलाई बुझाउँदा फेरिने क्रियाको रूपलाई भाव वा अर्थ भनिन्छ | भावको अभिव्यक्ति क्रियापदको भिन्नताबाट हुन्छ | यस्ता भावहरू सामान्य, आज्ञा, इच्छा, सम्भावना र सङ्केत पर्दछन्,
जस्तै :-
म रोएँ | सामान्य अर्थ
तिमी रोऊ | आज्ञा अर्थ
तँ रोएस | इच्छा अर्थ
तपाइँ रुनुहोला | सम्भावना अर्थ
उनीहरू रोए राम्रो हुन्छ | सङ्केत अर्थ
सामान्यार्थ
वक्ताको सामान्य मनोभाव अभिव्यक्त गर्ने क्रियापद सामान्यार्थ हुन्छ | सामान्यार्थमा निश्चित अर्थको जानकारी वा जिज्ञासा हुन्छ, जसले कुनै कुराको जानकारी दिन्छ |
जस्तै :-
माथिका क्रियापदले कुनै कार्य, घटना वा स्थितिका बारेमा हुने र नहुने कुरा जानकारी गराएका छन् |
प्रश्न व्यक्त गर्ने वाक्यको क्रियापद पनि सामान्यार्थमै हुन्छ | त्यसले निश्चित उत्तरको जानकारी खोज्ने भएकाले प्रश्न नै बुझाए पनि यहाँ सामान्यार्थ अन्तर्गत राखिएको छ |
जस्तै :-
आज्ञार्थ
कुनै काम गर्नका लागि आज्ञा / आदेश वा अनुरोधका रूपमा प्रकट भएमा त्यो क्रियापद आज्ञार्थ हुन्छ | आज्ञार्थको क्रियापद प्रथम पुरुष र तृतीय पुरुषमा हुँदैन, मात्र द्वितीय पुरुषमा मात्रै हुन्छ, भने कालको भेद हुँदैन |
जस्तै :-
इच्छार्थ
इच्छा, अनुमति, आशीर्वाद, उपदेश, बिन्ती, प्रार्थना आदि भावलाई व्यक्त गर्ने क्रियापद इच्छार्थ हुन्छ | सामान्यतया इच्छार्थको कार्य तत्कालै गरिने हुँदैन वा वक्ताको त्यसमा खास बल पुग्दैन | इच्छार्थको प्रयोग तीनै पुरुषमा हुन्छ तर यसमा कालको भेद हुँदैन |
जस्तै :-
सम्भावनार्थ
कुनै सम्भावना, अनुमान, अड्कल आदि अनिश्चितको भाव बुझाउन प्रयोग गरिएको क्रियापदको रूप सम्भावनार्थ हुन्छ | यसमा काम हुने र नहुने कुनै निश्चितता हुँदैन |
जस्तै :-
सङ्केतार्थ
कार्य र कारण जोडिएर आउने भाव बुझाएमा त्यसलाई सङ्केतार्थ भनिन्छ | उसमा दुईवटा क्रियापद हुनै पर्छ, जसमध्ये एउटालेकार्य र अर्काले त्यसको कारणलाई देखएका हुन्छन् |
जस्तै :-
यहाँ
'उत्तीर्ण हुनु' कार्यका लागि 'राम्ररी पढ्नु' कारण बनेको छ |
'रमाइलो हुनु' कार्यका लागि 'तिमी आउनु' कारण भएको छ |
'लगाउनू’ कार्यका लागि 'ढोका खुल्नु' कारण बनेको छ |
'बाटो हिलो हुनु' कार्यका लागि 'पानी पर्नु' कारण बनेको छ |
आदि |
भाषा प्रयोग गर्ने व्यक्ति (वक्ता वा लेखक) को मनोभाव अथवा मनशायलाई बुझाउँदा फेरिने क्रियाको रूपलाई भाव वा अर्थ भनिन्छ |
- वक्ताको सामान्य मनोभाव अभिव्यक्त गर्ने क्रियापद सामान्यार्थ हुन्छ |
- कुनै काम गर्नका लागि आज्ञा / आदेश वा अनुरोधका रूपमा प्रकट भएमा त्यो क्रियापद आज्ञार्थ हुन्छ |
- इच्छा, अनुमति, आशीर्वाद, उपदेश, बिन्ती, प्रार्थना आदि भावलाई व्यक्त गर्ने क्रियापद इच्छार्थ हुन्छ |
पाठबाट आज्ञार्थ र सम्भावनार्थ जनाउने वाक्य टिपी छुट्टाछुट्टै सूची बनाउनुहोस्:
आज्ञार्थ :
१) आमाले त मलाई यता हिड्न लागेको बेलामा 'म बुढीलाई नबिर्सिकन चाँडै फर्किनू है बाबु' भन्नुभएको थियो |
२) मानिसलाई ऋण लागोस् दिन नलागोस् |
सम्भावनार्थ :
१) अब अरूको यस्तो लहैलहैमा लगेर यसरी किन विदेश पसूँला र !
२) भाइबहिनीहरू झोला खोल्न आउलान् |
३) बाआमाले छोराले "के ल्याइदियो होला ?" भनेर आस गर्नुहोला |
४) गाँउका साथीहरूले विदेशबाट धेरै सम्पत्ति लिएर आयो भन्ने ठान्लान् |
५) अब त् यो अनुभवबाट पाठ सिकी अघि बढ्नु नै राम्रो होला |
तलका वाक्यलाई इच्छार्थमा परिवर्तन गर्नुहोस्
युवायुवतीले काम पाए |
युवायुवतीले काम पाउन् |
ऊ भाइबहिनीलाई पढ्न सिकाउँछ |
ऊ भाइबहिनीलाई पढ्न सिकाओस् |
म राम्रो काम खोज्छु |
म राम्रो काम खोजूँ |
हामी जुठा भाँडा माझ्दैनौँ |
हामी जुठा भाँडा नमझौँ |
उनीहरू डुल्न जान्छन् |
उनीहरू डुल्न जाऊन् |
दिया कविता लेख्थी |
दियाले कविता लेखोस् |
मामा घर जानुहुन्छ |
मामा घर जनुहोओस् |
तँ खाजा खान्छेस् |
तैँले खाजा खाएस् |
तिनीहरू मज्जाले हाँसे |
तिनीहरू मज्जले हाँसून् |
गंगा मसँग बोल्छिन् |
गंगा मसँग बोलून् |
कोष्ठकमा दिइएका सङ्केतअनुसार खाली ठाउँ भर्नुहोस् :
मैले परीक्षा दि ( सामान्यार्थ)
मैले परीक्षा दिएँ |
तिमी कक्षाबाहिर जा ( आज्ञार्थ)
तिमी कक्षाबाहिर जाऊ |
तिमी इन्जिनियर बन् | ( इच्छार्थ)
तिमी इन्जिनियर बने |
दाउरेले दाउरा काट् | ( सम्भावनार्थ)
दाउरेले दाउरा काट्ला |
तिमी नआए म खेल् | (सङ्केतार्थ)
तिमी नआए म खेल्थेँ |
तिमी सिनेमा हेर् | (आज्ञार्थ)
तिमी सिनेमा हेर |
रमेशले कलम दि | ( सम्भावनार्थ)
रमेशले कलम देला |
सबैले खाना खा | (आज्ञार्थ)
सबैले खाना खानू |
राजनले नेपालीमा राम्रो अङ्क पाउ | ( इच्छार्थ)
राजनले नेपालीमा राम्रो अङ्क पाओस् |
सुष्मा वकालत गर् | ( सामान्यार्थ)
सुष्मा वकालत गर्छे | (गर्: सामान्यार्थ)
उनीहरू भ्रमण गर्छन् | (इच्छार्थ)
उनीहरू भ्रमण गरून् |
गाईवस्तु चर्दै थिए | (सम्भावनार्थ)
गाईवस्तु चर्दै होलान् |
आज दिनभरि पानी पर्ला | (सङ्केतार्थ)
बादल लागे आज दिनभरि पानी पर्ला |
तिमी असल मान्छे बन | (सामान्यार्थ)
तिमी असल मान्छे बन्नेछौ |
म धेरै पुस्तकहरू पढ्छु | (इच्छार्थ)
म धेरै पुस्तकहरू पढूँ |
तँ राम्री बन्छेस् | (आज्ञार्थ)
तँ राम्री बन |
रमिला भात पकाउँछिन् | (सम्भावनार्थ)
रमिलाले भात पकाउलिन् |
परिश्रम गरे फल पाइन्छ | (सङ्केतार्थ)
परिश्रम गरेको भए फल पाइन्थ्यो |
उमा पढ्छे | (सम्भावनार्थ)
उमा पढ्दै होली |
इच्छार्थक क्रियाको प्रयोग गरी तपाइँको मनको इच्छा वर्णन गर्दै एक अनुच्छेद लेख्नुहोस् :
मेरो सानैदेखिको इच्छा थियो धेरै पढूँ, आफू सक्षम बनूँ, घरपरिवार, समाजलाई पनि सक्षम बनाऊँ, साथै आफ्नो परम्परा तथा संस्कृतिको संरक्षक बनेर समाजसेवा गरूँ, हाल म कक्षा दसमा पढ्छु | मेरो सपना ठूलो भएता पनि एउटा सानो प्रयासले त्यसलाई पूरा गर्न मलाई सधैँ भगवानका साथै मान्यजनको पनि आशीर्वाद मिलोस् | उमेरले म अहिले सानै भए पनि मेरो सपना पूरा गर्न परिवार, साथीभाई, छरछिमेक, समाज, शिक्षकवर्ग तथा अन्य आफन्तजनको साथ र सहयोग सदैव पाईराहूँ | जसले गर्दा म भविष्यमा गलत बाटोमा नगई असल कार्यतर्फ लक्षित भई एक सच्चा देशभक्त नागरिक बनूँ र सम्बृद्ध देश निर्माणमा लाग्न सकूँ |
© 2019-20 Kullabs. All Rights Reserved.