Subject: Nepali
क्रियापदले वर्णन गरेको काम वा अवस्थाको समयलाई काल भनिन्छ | कुनै कार्य गर्दा सुरु भएको. त्यसभन्दा अगाडि भइसकेको र त्यसभन्दा पछाडि सुरु हुने आधारमा काललाई छुट्याउने प्रचलन छ | क्रियापदमा धातुका पछाडि जोडिएका प्रत्ययहरूले नै कालको चिनारी दिन्छन् |
जस्तै :-
केटो कविता लेख्छ | (लेख्छ = लेख् + छ) वर्तमान (अहिले)
केटाले कविता लेख्यो | (लेख्यो = लेख् + यो) भूत (पहिले)
केटो कविता लेख्नेछ | (लेख्नेछ = लेख् + नेछ) भविष्यत् (पछि)
भूत काल वर्तमान काल भविष्यत् काल
गयो, भन्दै थिएँ, गर्छ, भन्दै छु, गर्नेछ, भन्दै हुनेछु,
गएका थिए, गएका छन् गएका हुनेछन्
जान्थ्यो, गएछ
बितिसकेको समयमा काम हुने, हुँदै गरेको, भइसकेको, हुने बानी परेको र भइसकेको कुरा पछि थाहा भएको बुझाउने क्रियापदको समयलाई भूतकाल भनिन्छ | अथवा विगतमा भइसकेको वा बितिसकेको कुनै घटना वा कार्यको निर्देशन गर्ने क्रियापदलाई भूतकाल भनिन्छ | यसले बितेको समयको काम वा अवस्थालाई बुझाउछ | भूतकाललाई जनाउनका लागि क्रियापदका अन्त्यमा 'य्' प्रत्ययका रूपहरू 'एँ', 'यौं', 'ई', 'ए', 'इन्' 'इस्', 'यो', आदि रहेका हुन्छन् |
सामान्य भूत –
कुनै काम पहिले वा बितिसकेको समयमा भएको सामान्य अवस्था बुझाउने क्रियापदको पक्षलाई सामान्य भूत भनिन्छ | सामान्य भूत पक्ष जनाउनका लागि क्रियापदका धातुमा 'एँ', 'यौं', 'ई', 'ए', 'इस्', 'यौ', 'इन्' आदि रूपहरू जोडिन्छन् |
उदाहरण –
ममताले किताब पढी |
हामीले खाना खायौँ |
ऊ कुर्सीमा बस्यो |
अपूर्ण भूत –
कुनै काम बितेको समयमा हुँदै / भइसकेको थियो भन्ने अपूर्ण अवस्था जनाउने क्रियापदको पक्षलाई अपूर्ण भूत भनिन्छ | यस पक्षलाई जनाउनका लागि धातुमा 'तै/ दै थियौ', 'तै/ दै थियो', 'तै/ दै थिए' आदि जोडिएर क्रियापदहरू बनेका हुन्छन् |
उदाहरण –
म रुँदै थिएँ |
उनी/ तिनी रुँदै थिए/ थिइन् |
तपाईं रुँदै हुनुहुन्थ्यो |
पूर्ण भूत -
कुनै काम बितेको समयमा पूरा भइसकेको र त्यसको असरसमेत बाँकी नरहेको अवस्थालाई जनाउने क्रियापदको पक्षलाई पूर्ण भूत भनिन्छ | यस पक्षलाई जनाउनका लागि धातुमा 'एको थिएँ', 'एका थियौँ', 'एको थिइस्', 'एका थियौ', 'एका थिए' आदि जोडिने गर्छन |
उदाहरण –
रमेशले कथा सुनेको थियो |
रमा घर गएकी थिइन् |
ऊ सुतेको थियो |
अभ्यस्त भूत -
कुनै काम बितेको समयमा बानी परेको वा नियमित रूपमा भएको भए पनि अहिले नभएको अवस्थालाई जनाउने क्रियापदको पक्षलाई अभ्यस्त भूत भनिन्छ | यस पक्षलाई जनाउनका लागि धातुमा 'थें', 'त्यों', 'थ्यौ', 'थिस्', 'थे', 'थी' आदि क्रियापदहरू बनेका हुन्छन् |
उदाहरण –
तँ चित्र बनाउथिस् |
तिमी नाटक लेख्थ्यौ |
आमा गीत लेख्नुहुन्थ्यो |
अज्ञात भूत –
कुनै काम बितेको समयमा भइसकेको तर अहिले आएर मात्र थाहा पाइएको अवस्था जनाउने क्रियापदको पक्षलाई अज्ञात भूत भनिन्छ | धातुमा 'एछु', 'एछौँ', 'एछ्स्', 'एछौ', 'एछ' आदि जोडिएर अज्ञात भूत जनाउने क्रियापदरू बन्छन् |
उदाहरण –
म पढ्दापढ्दै निदाएछु |
हिजो राती पानी परेछ |
पारू निबन्ध प्रतियोगितामा प्रथम भइछन् |
कुनै पनि काम अहिलेको समयमा वा वर्तमान अवस्थामा हुने, हुँदै गरेको वा भइसकेर पनि प्रवाभ बाँकी रहेको बुझाउने क्रियापदको समयलाई वर्तमानकाल भनिन्छ | वर्तमानकाल जनाउनका लागि क्रियापदहरूका अन्त्यमा 'छ' प्रत्ययका रूपहरू 'छु, छौँ, छस्, छौ, छ, छन्' आदि रहेका हुन्छन् |
जस्तै :-
बहिनी रुन्छे |
म विद्यालय जाँदै छु |
उनीहरू बसेका छन् |
सामान्य वर्तमानकाल :
कुनै काम अहिलेको समयमा हुने सामान्य अवस्था जनाउने तर पूरा हुनु वा नहुनुका बारेमा केही नजनाउने क्रियापदको पक्षलाई सामान्य वर्तमानकाल भनिन्छ | यसलाई जनाउनका लागि धातुमा 'छु, छौँ, छस्, छौ, छ, छन्' आदि प्रत्ययहरू जोडिन्छन् |
उदाहरण –
म भात खान्छु |
गोपी स्कूल जान्छ |
भाइ किताब पढ्छ |
अपूर्ण वर्तमानकाल :
कुनै काम अहिलेको समयमा हुँदै गरेको वा भइरहेको छ भन्ने अपूर्ण अवस्था जनाउने क्रियापदको पक्षलाई अपूर्ण वर्तमानकाल भनिन्छ | अपूर्ण वर्तमान पक्ष जनाउनका लागि धातुमा 'तै/दै छु, 'तै/दै छौँ, 'तै/दै छस्', 'तै/दै छौ', 'तै/दै छ', 'तै/दै छन्' आदि प्रत्ययहरू जोडिन्छन् |
उदाहरण –
म घर जाँदै छु |
राजु खेल्दै छ |
बुबा हाँस्दै हुनुहुन्छ |
साथीहरू पढ्दै छन् |
पूर्ण वर्तमानकाल :
कुनै काम अहिलेको समयमा पूरा भएको तर त्यसको प्रभाव भने बाँकी रहेको अवस्थालाई जनाउने क्रियापदको पक्षलाई पूर्ण वर्तमानकाल भनिन्छ | यसलाई जनाउने क्रियापदको धातुमा एको छु', 'एको छ', 'एका छौँ', 'एको छस्', 'एका छौ' आदि जोडिएका हुन्छन् |
उदाहरण –
म हिँडेको छु |
तँ रोएकी छेस् |
मनिषाले पढेकी छे |
पछिको वा आउने समयमा काम हुने कुरा बुझाउने क्रियापदको समयलाई भविष्यत् काल भनिन्छ | भविष्यत् काल जनाउनका लागि क्रियापदको अन्त्यमा 'नेछ' प्रत्ययका रूपहरू 'नेछु', 'नेछौँ', 'नेछस्' आदि जोडिएका हुन्छन् |
सामान्य भविष्यत् काल :
कुनै काम पछि वा आउने समयमा हुने सामान्य अवस्था जनाउने क्रियापदको पक्षलाई सामान्य भविष्यत् काल भनिन्छ | यसलाई जनाउनका लागि धातुमा 'नेछु', 'नेछौँ', 'नेछस्' 'नेछौ', 'नेछन्' आदि रूपहरू जोडिन्छन् |
उदाहरण –
हामी बजार जनेछौँ |
उनी उपन्यास पढ्नेछन्
राम पोखरा जानेछ |
अपूर्ण भविष्यत् काल :
कुनै काम पछि वा आउने समयमा भइरहने अवस्था जनाउने क्रियापदको पक्षलाई अपूर्ण भविष्यत् काल भनिन्छ | अपूर्ण भविष्यत् जनाउनका लागि धातुमा 'तै/दै हुनेछ', 'तै/दै हुनेछु' 'तै/दै हुनेछौँ' आदि रूपहरू जोडिएर क्रियापदरू बनेका हुन्छन् | उदाहरण -
म जाँच लेख्दै हुनेछु |
तँ लुगा सुकाउँदै हुनेछस् |
उनीहरू फुटबल खेल्दै हुनेछन् |
पूर्ण भविष्यत् काल :
कुनै काम पछि वा आउने समयमा पूरा हुने अवस्था जनाउने क्रियापदको पक्षलाई पूर्ण भविष्यत् काल भनिन्छ | पूर्ण भविष्यत् जनाउनका लागि धातुमा 'एको हुनेछ', 'एका हुनेछौँ', 'एको हुनेछस्', 'एका हुनेछन्' आदि रूपहरू जोडिएर क्रियापदरू बनेका हुन्छन् |
उदाहरण –
मिनाले लेख लेखेकी हुनेछे |
गमलामा फूलहरू फुलेका हुनेछन् |
हामी काठमाडौं गएका हुनेछौँ |
पाठबाट वर्तमान काल र भूत कालका दसदस वाक्य टिप्नुहोस् र ती वाक्यलाई भविष्यत् कालमा बदल्नुहोस् |
भूत काल :
वर्तमान काल :
भूतबाट भविष्यत् कालमा बदल्दा :
१) जयपृथ्वीबहादुर सिंह देश र जनताको उन्नतिमा सदा चिन्तनशील रहनेछन् |
२) उनको बाल्यकाल राजसी सुखसयलमा बित्नेछ |
३) उनी सानैदेखि दयालु र उदार स्वभावका हुनेछन् |
४) उनी आफ्ना पिताको धार्मिक क्रियाकलापबाट अत्यन्त प्रभावित हुनेछन् |
५) उनी सानैदेखि प्रतिभाशाली हुनेछन् |
६) जयपृथ्वीबहादुर सिंह नेपाली भाषा र साहित्यका उपासक हुनेछन् |
७)उनले आफ्नो जीवनमा दुई दर्जन जति पुस्तकहरू लेखेका हुनेछन् |
८)बहुआयामिक व्यक्तित्वका धनी जयपृथ्वीबहादुर सिंह एक कुशल पत्रकार पनि हुनेछन् |
९) उनले नेपालको पत्रकारिताका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका हुनेछन् |
१०) उनका लागि विश्व नै एक घर हुनेछ भने सारा मानिस बन्धुबान्धव हुनेछन् |
वर्तमान कालबाट भविष्यत् कालमा बदल्दा :
१) उनी नेपाली भाषामा पाठ्यपुस्तक लेख्ने पहिला व्यक्ति हुनेछन् |
२) नेपाली भाषामा व्याकरण नलेखिएको अवस्थामा 'प्राकृत व्याकरण' लेख्ने उनी पहिला व्याकरणकार पनि हुनेछन् |
३) अक्षराङ्क शिक्षा ( वि.सं. १९५८), व्यवहारमाला, भूगोल विद्या, तत्व विवेक, स्रेस्ता बोध, शिक्षा दर्पण, प्राकृत व्याकरण आदि मात्र प्रकाशित हुनेछन् |४) आकारका दृष्टिले सानो भए पनि नेपाली भाषाको पहिलो व्याकरण भएकाले यसको विशेष महत्व रहेको हुनेछ |
५) उनी नेपालमा बालसाहित्यका क्षेत्रमा कलम चलाउने पहिला व्यक्ति हुनेछन् |
६) उनका कृतिहरू व्यवहारोपयोगी हुनेछन् र तिनमा नैतिक शिक्षामाथि विशेष जोड दिइएको हुनेछ |
७) उनी नेपाली शैक्षिक इतिहासमा राष्ट्रिय शिक्षा व्यवस्थाका जनकका रूपमा अमर रहनेछन् |
८) असल काम गर्नु सबैको भलो चिताउनु हो, सत्यबाट सन्तोष पाइनेछ, खराब विचार घृणाबाट दु:ख हुनेछ, राम्रो काम गारे मात्र सन्तोष मिल्नेछ भन्ने उनका उच्च मनवतावादी विचारहरू आज पनि हाम्रा लागि मार्गदर्शन बन्नेछन् |
९) देवशमसेरका पालामा पकाशित भएको 'गोरखापत्र' (वि.सं. १९५८) नेपालकै जेठो अखबार हुनेछ
वाक्यलाई वर्तमान कालका अन्य पक्षमा बदल्नुहोस् |
डम्बर काका चिया रोप्छन् |
डम्बर काका चिया रोप्दै हुनुहुन्छ |
अर्जुन अदुवा बेच्छन् |
अर्जुनले अदुवा बेचेका छन् |
शशी घर जाँदै छे |
शशी घर गएकी छे |
चराहरू रूखमा बस्छन् |
चराहरू रूखमा बसेका छन् |
शिकारीहरू हरिण मार्छन् |
शिकारीहरूले हरिण मर्दैछन् |
म पाथीभराको दर्शन गर्न जान्छु |
म पाथीभराको दर्शन गर्न गएकी छु |
अंशु गीत गाउँछिन् |
अंशु गीत गाउँदै छिन् |
तलका वाक्यलाई भूतकालका अन्य पक्षमा बदल्नुहोस् |
१) रामवृक्ष प्रथम भयो |
रामवृक्ष प्रथम हुन्थ्यो |
आङदावा सोलुखुम्बु गयो |
आङदावा सोलुखुम्बु जाँदै थियो |
पूर्णिमाले कथा लेखी |
पूर्णिमाले कथा लेखेकी थिई |
कृष्णबहादुर राजनीतिकमा लाग्यो |
कृष्णबहादुर राजनीतिकमा लागेछ |
मानबहादुरले मिठाई बेच्यो |
मानबहादुरले मिठाई बेचेको थियो |
बहिनी विद्यालय गई |
बहिनी विद्यालय जाँदै थिई |
मीनाले खुब पढेकी थिई |
मीनाले खुब पढ्थी |
मेनुका राम्ररी नाची |
मेनुका राम्ररी नाच्तै थिई |
आकाश जिल्लाको परीक्षामा प्रथम भयो |
आकाश जिल्लाको परीक्षामा प्रथम हुन्थ्यो |
आमाले कथा सुनाउनु हुन्थ्यो |
आमाले कथा सुनाउँदै हुनुन्थ्यो |
तलका वाक्यलाई भविष्यत् कालका अन्य पक्षमा परिवर्तन गर्नुहोस् |
ऊ पोखराबाट पाल्पा जाने छ |
ऊ पोखराबाट पाल्पा जाँदै हुनेछ |
रमेश बढिमालिका पुग्ने छ |
रमेश बढिमालिका पुगेको हुनेछ |
सुनिता चन्दननाथको दर्शन गर्नेछे |
सुनिता चन्दननाथको दर्शन गर्दै हुनेछे |
अष्टलक्ष्मी लुम्बिनीबाट फर्किनेछे |
अष्टलक्ष्मी लुम्बिनीबाट फर्किएकी हुनेछे |
सुर्वण सुपारी रोप्छ |
सुर्वण सुपारी रोप्दै हुनेछ |
सबिता सिनेमा हेर्नेछे |
सबिता सिनेमा हेर्दै हुनेछे |
विनोद क्रिकेट खेल्ने छ |
विनोद क्रिकेट खेल्ने छ |
रिता सामाजिक पढाउनेछे |
रिता सामाजिक पढाउँदै हुनेछे |
राजेश रूखबाट लड्नेछ |
राजेश रूखबाट लडेको हुनेछ |
तिमी घर जाँदै हुनेछौ |
तिमी घर जानेछौँ |
) कोष्ठकको सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस् :
मेरो भाइ आज चाँडै सुत् | (अज्ञात भूत)
मेरो भाइ आज चाँडै सुतेछ |
सुनिता नेपाली मेहिनेत साथ पढ् | (अ भ्यस्त भूत)
सुनिता नेपाली मेहिनेत साथ पढ्थी |
शैलेन्द्र सिंह पाल्पा जा | (अपूर्ण वर्तमान)
शैलेन्द्र सिंह पाल्पा जाँदै छ |
रामनिवास ठाकुरले मीठो गीत गाउ| ( पूर्ण भूत)
रामनिवास ठाकुरले मीठो गीत गाएको थियो |
विद्यार्थीहरूले परीक्षाको राम्रो तयारी गर् | (अज्ञात भूत)
विद्यार्थीहरूले परीक्षाको राम्रो तयारी गरेछन् |
सरिता राम्रो लोकगीत गाउ| (अभ्यस्त भूत)
सरिता राम्रो लोकगीत गाउँथी |
बाली लगाउने समयमा पानी पर् | (पूर्ण भविष्यत्)
बाली लगाउने समयमा पानी परेको हुनेछ |
पारिजातद्वारा लेखिएको उपन्यास मैले किन् | (पूर्ण वर्तमान)
पारिजातद्वारा लेखिएको उपन्यास मैले किनेको छु |
रूपलाल विश्वकर्मा चिकित्सा विज्ञान पढ् | (अपूर्ण भूत)
रूपलाल विश्वकर्मा चिकित्सा विज्ञान पढ्दै थिए |
सानो भाइ दिनभरि रु |( अज्ञात भूत)
सानो भाइ दिनभरि रोएछ |
सपना वादविवादमा सधैँ प्रथम हु| ( अभ्यस्त भूत)
सपना वादविवादमा सधैँ प्रथम हुन्थिन् |
हामी विद्यालय जा: | (अपूर्ण भविष्यत्)
हामी विद्यालय जाँदै हुनेछौँ |
उनी मुनामदन पढ् | ( पूर्ण वर्तमान)
उनी मुनामदन पढ्दै छिन्/छन् |
विमला विराटनगरबाट आउ | (सामान्य वर्तमान)
विमला विराटनगरबाट आउँछिन् |
रमा राम्ररी नाच् | ( अभ्यस्त भूत)
रमा राम्ररी नाच्थिन् |
हाम्रो कक्षामा सरला प्रथम हु |(अज्ञात भूत)
हाम्रो कक्षामा सरला प्रथम भइछिन् |
हामीले सबैको काम गर् | ( सामान्य भूत)
हामीले सबैको काम गर्यौं |
श्रीहरिले राम्रो चित्र बनाउ| ( पूर्ण भूत)
श्रीहरिले राम्रो चित्र बनाएको थियो |
कवि भूपीले राम्रा कविता लेख् | (सामान्य भूत)
कवि भूपीले राम्रा कविता लेखे |
नोर्वुले त्रिपिटक पढ् | ( सामान्य भविष्यत्)
नोर्वुले त्रिपिटक पढ्नेछ |
रमिला रोटी खा| (अपूर्ण भविष्यत्)
रमिला रोटी खाँदै हुनेछिन् |
राम कथा राम्ररी भन् | ( अपूर्ण भूत)
राम कथा राम्ररी भन्दै थियो |
मेरो छोरो डाक्टर बन् | ( पूर्ण भविष्यत्)
मेरो छोरो डाक्टर बनेको हुनेछ |
नानीहरू घरमा खेल् | ( अपूर्ण भूत)
नानीहरू घरमा खेल्दै थिए |
बगैँचामा फूलहरू फूल् | (पूर्ण भविष्यत्)
बगैँचामा फूलहरू फुलेका हुनेछन् |
मोहनले पसल खोल् | ( अज्ञात भूत)
मोहनले पसल खोलेछ |
हिजो ऊ निकै बेरसम्म सुत्| (पूर्ण भूत)
हिजो ऊ निकै बेरसम्म सुतेको थियो |
खेतालालाई तिमी खाजा पुर्याउ | (अभ्यस्त भूत)
खेतालालाई तिमी खाजा पुर्याउथ्यौ |
मनिष झापामै बस् | ( पूर्ण वर्तमान)
मनिष झापामै बसेको छ |
म राम्रा अक्षर लेख्छु | (अभ्यस्त भूत)
म राम्रा अक्षर लेख्थेँ
हाकिमले कारिन्दालाई हकारे | (अज्ञात भूत)
हाकिमले कारिन्दालाई हकारेछन्/हकारेछ |
उनी केश कोर्दै छिन् | (पूर्ण भविष्यत्)
उनले केश कोरेकी हुनेछिन् |
उमाकान्त सहर जाँदै थिए | (सामान्य वर्तमान)
उमाकान्त सहर जान्छन् |
लोकनाथ छापाखाना पुगेका छन् | (अपूर्ण भूत)
लोकनाथ छापाखाना पुग्दै थिए |
उमा गोसाइँकुण्ड पुगेकी थिई | (अपूर्ण भविष्यत्)
उमा गोसाइँकुण्ड पुग्दै हुनेछिन् |
आकाशमा चरा उड्दै छन् | (पूर्ण वर्तमान)
आकाशमा चरा उडेका छन् |
उनीहरू घर फर्कदै थिए | (सामान्य भविष्यत्)
उनीहरू घर फर्कनेछन् |
भाइहरू काम गर्दै छन् | (अपूर्ण भूत)
भाइहरू काम गर्दै थिए |
आमा आउनुभएको हुनेछ | (सामान्य भूत)
आमा आउनुभयो |
अजय मनाङ जान्छ | (सामान्य भविष्यत्)
अजय मनाङ जानेछ |
पोहोर यहाँ ठूलो मेला लाग्थ्यो | (अपूर्ण भूत)
पोहोर यहाँ ठूलो मेला लाग्दै थियो |
सविनाले मोटर स्वर्गद्वारी पुर्याइन् | (सामान्य भविष्यत्)
सविनाले मोटर स्वर्गद्वारी पुर्याउनेछिन् |
तपाईंहरू शैक्षिक भ्रमणमा जाँदै हुनुहुन्थ्यो | (अज्ञात भूत)
तपाईंहरू शैक्षिक भ्रमणमा जानुभएछ |
म तिमीलाई चिठी पठाउनेछु | (अभ्यस्त भूत)
म तिमीलाई चिठी पठाउँथें |
म समले लेखको नाटक पढ्छु | (अपूर्ण भूत)
म समले लेखको नाटक पढ्दै थिएँ |
हामी सगरमाथा गएका छौँ | (अपूर्ण भविष्यत्)
हामी सगरमाथा जाँदै हुनेछौँ |
गोमाले भावनालाई कलम दिएकी छे | (अभ्यस्त भूत)
गोमाले भावनालाई कलम दिन्थी |
दिपकले कविता सुनायो | (अपूर्ण वर्तमान)
दिपकले कविता सुनाउँदै छ |
भीमसेन थापाले धरहरा निर्माण गराएका थिए | (सामान्य भूत)
भीमसेन थापाले धरहरा निर्माण गराए |
अपूर्ण वर्तमान कालका क्रियापदको प्रयोग गरी आफ्नो कक्षाको वर्णन गर्नुहोस् |
म कक्षा दसमा पढ्दै छु | हाम्रो कक्षा विद्यालय भवनको माथिल्लो तलामा भएकाले सबैभन्दा सफा, सुन्दर पढाइमैत्री बनाउँदै छौँ | किनभने हामी कक्षाकोठालाई विभिन्न शैक्षिक सामग्रीहरूको उचित ढंगले प्रयोग गरी सजाउँदै छौँ | माथिल्लो तलामा कक्षाकोठा भएर पनि होला हामी त्यहाँबाट वरिपरिका मनमोहक दृश्यहरू हेर्दै रमाउँदै छौं | हाम्रो कक्षामा पढाउँन आउने गुरु तथा गुरूमाहरू पनि निकै खुशी भएर पढाउँदै हुनुहुन्छ | त्यसैले हामी विद्यार्थीहरू पनि अनुशासित भएर उहाँहरूलाई पठनपाठनमा सहयोग गर्दैछौँ | हामी कक्षाको वातावरणमा रमाउँदै कहिले पढ्दै त कहले खेल्दै, कहिले गफगाफ गर्दै त् कहिले अतिरिक्त क्रियाकलाप पनि गर्दै पढाइलाई निरन्तरता दिँदै छौँ | हामीलाई शिक्षकहरूले पढाइका क्रममा कक्षामा भएका आफ्ना विषयसँग सम्बन्धित शैक्षिक सामग्रीको भरपुर प्रयोग गर्दै पढाउँदै हुनुहुन्छ |
त्यसैले त होला हाम्रो कक्षा विद्यालय भरिको सफा, सुन्दर, तथा बालबालिका मैत्री कक्षाकोठा भएकाले अन्य कक्षामा पनि हाम्रै कक्षाको उदाहरण दिँदै पठनपाठन गर्दैछन् |
तलको जस्तो तालिका बनाई उपयुक्त वाक्यहरू लेख्नुहोस् |
काल |
पक्ष |
||||
सामान्य |
अपूर्ण |
पूर्ण |
अज्ञात |
अभ्यस्त |
|
वर्तमान |
गरिमा गजल लेख्छे | |
गरिमा गजल लेख्दै छे | |
गरिमाले गजल लेखेकी छे | |
|
|
भविष्यत् |
गरिमा गजल लेख्ने छे | |
गरिमा गजल लेख्दै हुने छे | |
गरिमाले गजल लेखेकी हुने छे | |
||
भूत |
गरिमाले गजल लेखी | |
गरिमा गजल लेख्दै थिई | |
गरिमाले गजल लेखेकी थिई | |
गरिमाले गजल लेखिछे | |
गरिमा गजल लेख्थी | |
© 2019-20 Kullabs. All Rights Reserved.