जयपृथ्वीबहादुर सिंह (जीवनी)

Subject: Nepali

Find Your Query
Sunway Business School

Overview

नेपाली भाषा, साहित्य, शिक्षा, स्वास्थ्य, सामाजिक सुधारकाकार्य एवम् विश्वशान्ति, भातृत्व र मानवताको उत्थानमा लागि पर्ने एक महान व्यक्ति जयपृथ्वीबहादुर सिंहलाई नजिकैबाट चिन्ने अवसर प्रस्तुत पाठबाट प्राप्त गर्न सकिन्छ | स्वदेश तथा विदेश जहाँ रहेपनि, जस्तोसुकै विषम परिस्थितिमा पनि मानवसेवा, राष्ट्रसेवा तथा विश्वशान्तिको लागि जुट्न सक्नुपर्छ भन्ने प्रेरणा पनि उनको जीवनीबाट पाइन्छ | सादा जीवन र उच्च विचारमा सदा आस्था राख्ने, मानव जातिको हकहितका लागि मरिमेट्ने र मानवतावादको सिद्धान्तद्वारा विश्वमा शान्ति, समानता र भ्रातृत्वको भावना फैलाउने व्यक्ति नै इतिहासमा अमर बन्न सक्छ भन्ने प्रेरणा जयपृथ्वीबहादुर सिंहको जीवनीबाट पाइन्छ |
जयपृथ्वीबहादुर सिंह (जीवनी)

 

जयपृथ्वीबहादुर सिंह 

जन्म - विसं १९३४ भाद्र ७, सेती अञ्चल, बझाङ

पद – राजा (बझाङ)

धर्म – हिन्दू

सम्मान – कर्नेल पद, दोस्रो गौतम बुद्ध,  बैतडी–बझाङ राजमार्गलाई जयपृथ्वीबहादुर राजमार्ग नामाकरण

योगदान - भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य, समाज सुधार आदि

मृत्यु – वि.सं. १९९७, बङ्गलोरमा,भारत 

        एक बझाङ्गी राजा जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.सं.१८७७) सेती अञ्चलको बझाङमा भएको थियो । उनले लेखेको  'अक्षराङ्क शिक्षा'  नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । त्यस्तै उनको  'प्राकृतव्याकरण' नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो | जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक 'अक्षराङ्क'मा  देवनागरी  लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए।  उनको "अक्षराङ्क शिक्षा" नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ। जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर विसं १९५८ (इ.सं.१९०१)मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको छ। उनले नेपाल, भारत, बेलायत आदि देशहरूमा आफ्नो व्यक्तित्व प्रदर्शन गरी कर्नेल पदबाट सम्मानित पनि भएका थिए | नेपाली साहित्यमा मात्र नभएर समाजसेवाका क्षेत्रमा समेत अविस्मरणीय बन्न पुगेका मानवतावादी विचारक जयपृथ्वीबहादुर सिंहको व्यक्तित्वका विविध आयाम र उनका योगदानमा आधारित यस जीवनीले विद्यार्थीहरूलाई विशेष प्रेरणा प्रदान गर्दछ | यसका साथै विद्यार्थीहरूमा भाषिक सीपको विकास गर्ने तथा भाषा तत्वका बारेमा पनि जानकारी बढाउने उद्देश्यबाट प्रस्तुत जीवनी शिक्षण सिकाइका लागि प्रस्तुत गरिएको छ |

 

 

Things to remember
  • जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते सेती अञ्चलको बझाङमा भएको थियो ।
  • अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्
  •  नेपाल, भारत, बेलायत आदि देशहरूमा आफ्नो व्यक्तित्व प्रदर्शन गरी कर्नेल पदबाट सम्मानित पनि भएका थिए |
  • नेपाली साहित्यमा मात्र नभएर समाजसेवाका क्षेत्रमा समेत अविस्मरणीय बन्न पुगेका थिए |
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.
Questions and Answers

वि.सं. १९३४ सालमा बझाङमा जन्मिएका जयपृथ्वीबहादुर सिंह सानैदेखि दयालु र उदार स्वभावका थिए | उनी आफ्ना पिताको धार्मिक क्रियाकलापबाट प्रभावित भएकाले उनले पनि धार्मिक एवं आध्यात्मिक चिन्तन र व्यवहारको विकास गरी आफूमा मानवीय गुणको समेत विकास गराएका थिए | सानैदेखि प्रतिभाशाली उनले आफ्नो जीवनको धेरै समय ज्ञान लिने र दिने कार्यमा बिताए | उनी आफ्नो अध्ययन र ज्ञानका कारण विशिष्ट बुद्धिजीवीका रूपमा नेपली भाषा तथा साहित्यका क्षेत्रमा स्थापित भए | अझ भन्नुपर्दा उनी शिक्षा र सामाजिक सुधार भनेपछि तन, मन र धन दिएर लागिपर्ने स्वभाव थिए |

जयपृथ्वीबहादुर सिंह आफ्नो देश र जनताको स्थिति देखेर चिन्तित भई त्यसलाई सुधार गर्न आफ्नो अध्ययन सकिएपछि गृह जिल्ला बझाङ फर्किएर त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक आदि स्थितिको अध्ययन गर्न थाले | शिक्षाको अभावले गर्दा अन्धकारमा रहेका आम मानिसहरूलाई विभिन्न विषयको अध्ययन र तालिमको व्यवस्था मिलाए | स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले एउटा आयुर्वेदिक औषधालयको स्थापना गरे | उनले धार्मिक र सामाजिक क्षेत्रमा पनि थुप्रै सुधारका कार्य गरे | उनले मानिसहरूको सीपको विकास गर्न तालिम कार्यक्रमको पनि व्यवस्था मिलाए | त्यस्तै रोजगारी प्रदान गर्न गाउँघरमा घरेलु इलम संचालन गर्न मानिसहरूलाई प्रोत्साहित समेत गरे | गरीब कि उनले धार्मिक किसानहरूलाई मोहियानी हक दिलाउने क्रिन्तिकारी कदम समेत चलाए | बझाङका मानिसहरूलाई सुविस्ता दिन उनले यातायात, हाटबजार आदिको व्यवस्था गरी चौतर्फी विकासमा सहयोग पुर्याए |

जयपृथ्वीबहादुर सिंह विश्वशान्ति, भातृत्व र मानवताका पक्षमा आवाज उठाउने व्यक्तित्व थिए | उनले विश्वशान्तिका लागि बझाङको राजपाटसमेत आफ्ना भाइलाई जिम्मा लगाएर आफू भारतको बङ्गलोरमा गएर बस्न लागे | वि.सं. १९९१ सालमा उनले बङ्गलोरमा "मानवतावादी संघ" खोली आफ्ना विचार र मानवतावादी सिद्धान्तको प्रचारप्रसार गरी विश्वशान्ति, भातृत्व र मानवताको उत्थानमा मन, वचन र कर्मले लागे | उनले विश्वशान्तिलाई महत्व दिदै इजिप्ट, स्विट्जरल्यान्ड, जर्मन, अमेरिका, फ्रान्स, जापान आदि देशहरूको भ्रमण गरे | उनले भारतमा मानवतावाद सम्बन्धी मासिक पत्रिकाको प्रकाशन सुरु गरे | साथै म्यानमारमा "जे.पी इन्स्टिच्युट" नामक संस्थाको स्थापना गरी विश्वशान्तिका लागि उनले यस्ता प्रयत्न गरेका थिए |

जयपृथ्वीबहादुर सिंह नेपाली भाषा र साहित्यका उपासक थिए | यसै भाषाका माध्यमबाट जनतालाई शिक्षा दिइनुपर्छ भन्ने सोचैमा उनी सदा दृढ रहे | उनको यो सोचाइको कदर गर्दै तत्कालीन राणा प्रधानमन्त्री देवशमसेरले नेपाली भाषाकै माध्यमबाट शिक्षा दिलाउने निर्णय गरे | नेपाली भाषामा जयपृथ्वीबहादुर सिंहले विभिन्न विषयका पाठ्यपुस्तकहरू तयार पारे | उनी नेपालको शैक्षिक जगतमा संस्थागत रूपमा नेपाली भाषामा पाठ्यपुस्तक लेख्ने पहिला व्यक्ति हुन् | पाठ्यसामग्रीको अभाव पूर्ति गर्न उनले कलकत्ताबाट आफैँले हाते प्रेस किनेर ल्याई आफ्नै देशको पुस्तक प्रकाशन गर्ने व्यवस्था मिलाए | उनले आफ्नो जीवनमा दुई दर्जनजति पुस्तकहरू लेखेका थिए | नेपाली भाषामा कुनै व्याकरण नलेखिएको अवस्थामा "प्राकृत व्याकरण" लेख्ने उनी पहिला व्याकरणकार हुन् | नेपाली बालसाहित्यका क्षेत्रमा पनि कलम चलाउने उनी नै पहिला व्यक्ति हुन्  | उनका कृतिहरू व्यवहारोपयोगी छन् र तिनका नैतिक शिक्षामाथि जोड दिइएको छ | यी माथिका उनका कृति र योगदानबाट यो प्रष्ट हुन्छ कि जयपृथ्वीबहादुर सिंह नेपाली भाषाका एक सच्चा सेवक हुन् |

जयपृथ्वीबहादुर सिंहको जीवनबाट अनेक किसिमका प्रेरणाहरू पाइन्छन | हामी सबैले आफ्नो मुलुकको भलाइ र उन्नति गर्नु हामी सबैको धर्म हो, असल काम गर्नु सबैको भलो चिताउनु हो, सत्यबाट सन्तोष पाइन्छ, खराब विचार र घृणाबाट दु:ख हुन्छ, राम्रो काम गरे मात्र सन्तोष मिल्छ भन्ने प्रेरणाहरू हामी उनकै जीवनीबाट पाउँछौ | स्वदेश तथा विदेश जहाँ रहेपनि, जस्तोसुकै विषम परिस्थितिमा पनि मानवसेवा, राष्ट्रसेवा तथा विश्वशान्तिको लागि जुट्न सक्नुपर्छ भन्ने प्रेरणा पनि उनको जीवनीबाट पाइन्छ | सादा जीवन र उच्च विचारमा सदा आस्था राख्ने, मानव जातिको हकहितका लागि मरिमेट्ने र मानवतावादको सिद्धान्तद्वारा विश्वमा शान्ति, समानता र भ्रातृत्वको भावना फैलाउने व्यक्ति नै इतिहासमा अमर बन्न सक्छ भन्ने प्रेरणा जयपृथ्वीबहादुर सिंहको जीवनीबाट पाइन्छ |     

 

प्रस्तुत वाक्यांश हाम्रो कक्षा दसको नेपाली किताबको जयपृथ्वीबहादुर सिंह शीर्षक जीवनीबाट झिकिएको हो | यस जीवनीका लेखक हाम्रो नेपाली पुस्तकका लेखक तथा सम्पादकहरू हुन् | उनीहरूबाट लेखिएको यस जीवनीमा जयपृथ्वीबहादुर सिंहको परिचय, चरित्र, स्वभाव, नेपाली भाषा, साहित्य, स्वास्थ्य, शिक्षा तथा देश र जनताको हकहितका लागि उनले गरेका महत्वपूर्ण कार्यहरूको वर्णन गरिएको छ |

   जयपृथ्वीबहादुर सिंह नेपालको सुदूरपश्चिममा पर्ने सेती अञ्चलको बझाङ जिल्लामा एक राजपरिवारमा वि. सं. १९३४ जन्मिएका उनले आमाको इच्छा अनुसार काठमाडौंबाट शिक्षा हासिल लिने कार्यको शुरुवात गरे भने पछि भारतको इलाहावादको एक विश्वविद्यालयमा अध्ययन गर्दा गर्दै पढाइ रोकेर उनी नेपाल फर्किएर उनी आफ्नै गाउँ बझाङ गएर त्यहाँका विभिन्न क्षेत्रहरूमा विकास र सुधारका कार्यहरूमा सामेल भए |

त्यसबेला नेपालमा राणाहरूको शासन थियो | राणाशासनका समयमा देश र जनताको      भलाइका लागि कसैले कुनैपनि कार्य गर्न पाइंदैनथ्यो | जयपृथ्वीबहादुर सिंहले आफू राणाहरूको ज्वाइँ भएर पनि राणाशासनको विरोध गर्दथे | यसरी उनले राणाहरूको विरोध गरेको देखर राणाहरूले उनलाई अनेकौँ प्रलोभन देखाए तर जयपृथ्वीबहादुर सिंहले त्यस्तो प्रलोभनलाई स्वीकार गरेनन् | त्यसपछि राणाहरूले उनलाई धम्की पनि दिए | यतिले पनि जयपृथ्वीबहादुर सिंह डराएनन् किनभने उनी देश र जनताको भलाइका लागि कम्मर कसेर लागेका थिए | उनले स्वदेश र विदेशमा जहाँ बसे पनि राणाहरूको विरुद्धमा आफूल्व गर्ने कार्य गरिरहे |

जयपृथ्वीबहादुर सिंह एक स्वाभिमानी नागरिक थिए | उनी जस्तोसुकै अवस्थामा पनि आफ्नो लक्ष्यबाट विचलित नभइ देश र जनताका लागि केही गर्न भनेर उनले आफ्नो राजपाटलाई समेत त्यागेर विदेशिएका थिए | उनको जीवनको अन्त्य भने भारतको बङ्गलोरमा उपचार गर्दागर्दै त्यहीँ वि. सं. १९९७ मा उनको निधन भयो |

   यसरी एक कर्मठ, सुधारवादी, स्वाभिमानी, नेपालीको निधन भएता पनि उनको जीवनीबाट देश र जनताको कल्याणमा लाग्ने मानिस सानोतिनो प्रलोभन र धम्कीमा परेर आफ्नो स्वाभिमान गुमाउन चाहँदैन भन्ने शिक्षा यस जीवनीबाट पाइन्छ |

प्रस्तुत वाक्यांश हाम्रो कक्षा दसको नेपाली किताबको जयपृथ्वीबहादुर सिंह शीर्षक जीवनीबाट झिकिएको हो | यस जीवनीका लेखक यसै पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरू हुन् | उनीहरूबाट तयार पारिएको यस जीवनीमा जयपृथ्वीबहादुर सिंहको परिचय, चरित्र, स्वभाव, नेपाली भाषा, साहित्य, स्वास्थ्य, शिक्षा तथा देश र जनताको भालाइका लागि उनले दिएको महत्वपूर्ण योगदानहरूको वर्णन गरिएको छ |

   व्याख्याका लागि दिइएको प्रस्तुत वाक्यांश जयपृथ्वीबहादुर सिंहबाट व्यक्त विचारका रूपमा आएको छ | उनी सदैव आफ्नो मुलुकको उन्नति र भलाइ गर्न चाहन्थे | यस्ता असल र राम्रा कार्य गर्नु सबैको भलो चिताउनु हो | यस प्रकारका सत्कर्म गरेपछि मात्र आत्मामा सन्तोष मिल्छ, अर्थात् सत्य नै सत्कर्म हो, यस्तो मानवीय सेवाभावबाट प्रेरित भई गरिएका सम्पूर्ण कार्यहरूबाट सफलता पाउनु नै सन्तोष पाउनु हो, आनन्दानुभूति प्राप्त गर्नु हो र सुख प्राप्ति गर्नु हो | खराब विचार र घृणाबाट दु:ख हुन्छ, अर्थात् कुभावानाले प्रेरित भई गरिएका कार्यहरू सत्कर्म नभई दुष्कर्म नै हुन्छन्, दुष्कर्म गर्ने मानिस समाजमा घृणित एवम् अपहेलित र तिरस्कृत हुन्छन्, जसले मानिसलाई सुख र सन्तुष्टिका सट्टा असन्तुष्टि र दु:खको अवस्था सिर्जना गराउँछ |

   सद्विचार, सत्कर्मबाट सुख, सन्तुष्टि एवम् आनन्दानुभूति मिल्ने र कुविचारबाट सदैव असन्तुष्टि, घृण, अपहेलना एवम् दु:खपूर्ण जीवन व्यतित गर्न बाध्य हुनुपर्ने कुरातर्फ प्रस्तुत वाक्यांशको विचार केन्द्रित रहेक छ | 

      जयपृथ्वीबहादुर सिंहको जन्म वि.सं. १९३४ सालमा सेती अञ्चलको बझाङ जिल्लमा भएको थियो | यस जिल्लालाई विकसित गर्न जयपृथ्वीबहादुर सिंहले आर्थिक, सामाजिक, शैक्षिक आदि विभिन्न क्षेत्रको सुधारका  कार्यहरू गरे | तत्कालीन राणाशासनको विरोधकाक्रममा उनी कहिले स्वदेश त कहिले विदेश बस्ने  गर्थे | उपचारका लागि भारतको बङ्गलोरमा बसेका क्रममा वि.सं.१९९७ मा उनको त्यहीँ निधन भयो |

      जयपृथ्वीबहादुर सिंह जहाँ जन्मेर जहाँ देह त्याग गर्न पुगेपनि उनले बाँचुन्जेल नेपाल र नेपालीहरूको कल्याणका लागि धेरै कार्यहरू गरे | जयपृथ्वीबहादुर सिंह शिक्षा र सुधार भनेपछि मरिमेट्ने खालका व्यक्ति थिए त्यसैले उनले राणाहरूको विरोध गर्दै मुलुकमा शिक्षाको विकासका लागि विभिन्न कार्यहरू गरे | उनले काठमाडौँको आफ्नो दरबारमा एउटा पाठशाला खोलेर पठनपाठन कार्यलाई सहज बनाए | उनले बझाङमा पनि पाठशालाहरू खोलेर आफैँ पुस्तकहरू लेख्न थाले | पुस्तक छाप्नका लागि उनको कलकत्ताबाट एउटा हाते प्रेस पनि किनेर ल्याएका थिए | उनले अरूलाई पनि पुस्तकहरू लेखन लगाएका थिए | जयपृथ्वीबहादुर सिंहले आफ्नो जीवनकालमा शैक्षिक विकासका लागि एकातिर पाठशालाहरू खोल्ने कार्य गरे भने अर्कातिर दुई दर्जनजति पुस्तकहरू पनि तयार गरे |

      जयपृथ्वीबहादुर सिंहले राणा प्रधानमन्त्री देवशमसेरका सल्लाहकार भएर पनि काम गरेका थिए | देवशमसेरलाई पाठशालाहरू खोल्न र नेपाली भाषाको विकास गर्न उनले प्रसस्त सहयोग पुर्याएका छन् | यसका अतिरिक्त सिंहले नेपालको पत्रकारिताको विकासमा पनि प्रशस्त योगदान गरेका छन् | वि.सं. १९५८ सालदेखि प्रकाशित हुन थालेको नेपालको जेठो अखबार 'गोरखापत्र' का प्रधानसम्पादक र व्यवस्थापकका रूपमा पन्ध्र बर्षसम्म काम गरे | नेपालमा बालसाहित्यमा उनले नै पहिलोपल्ट कलम चलाएका थिए | पत्रकारिताको विकास गर्ने क्रममा उनले नेपालमा मात्र नभएर विदेशमा समेत केही कार्य गरे | उनले भारतमा बस्दा 'द् ह्युम्यनिष्ट' नामक मासिक पत्रिकाको प्रकाशन पनि गरेका थिए |

      यसप्रकार जयपृथ्वीबहादुर सिंहले नेपालको शैक्षिक र पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएको देखिन्छ | यदि जयपृथ्वीबहादुरले त्यसबेलाको विस्मपरिस्थितिबाट विचलित भएर आफ्नो अभियानलाई अघि नबढाएका भए नेपालले आज प्राप्त गरेको शैक्षिक र पत्रकारिताको यो स्तिथि भट्टाउन अझैँ कति बर्ष पर्खनुपर्ने थियो होला |

जयपृथ्वीबहादुर सिंहको जन्म वि.सं. १९३४ सालमा सेती अञ्चलको बझाङ जिल्लमा भएको थियो | बझाङ जिल्ला एक पहाडी र पिछडिएको जिल्ला मानिन्छ | यस जिल्लालाई विकसित गर्न जयपृथ्वीबहादुर सिंहले आर्थिक, सामाजिक, शैक्षिक आदि विभिन्न क्षेत्रको सुधारका  कार्यहरू गरे | तत्कालीन राणाशासनको विरोधकाक्रममा उनी कहिले स्वदेश त कहिले विदेश बस्ने  गर्थे | यसै क्रममा औषधोपचारका लागि भारतको बङ्गलोरमा बसेका बेलामा वि.सं.१९९७ मा उनको त्यहीँ निधन भयो |

      जयपृथ्वीबहादुर सिंह एक सुधारवादी व्यक्ति थिए | उनी आफ्नो देशमा सबै क्षेत्रमा सुधार हुनुपर्छ भन्ने विचार राख्थे | आफ्नो अध्ययन रोकिएपछि उनले काठमाडौंस्थित आफ्नो दरबारमा एउटा पाठशाला खोलेर पहिलोपल्टसुधारको कार्य थालेका थिए | उनले आफ्नो सुधारको कार्य शिक्षाबाट शुरू गरेपनि त्यसलाई विस्तार गर्दै कृषि, उद्योग, यातायात, खानीदेखि लिएर प्रशासनिक क्षेत्रसम्म पुर्याएका थिए | नेपालका त्यसबेलाका ज्वाइँ भएर पनि उनी नेपालबाट राणाशासन हटी प्रजातन्त्रको स्थापना हुनुपर्छ भन्थे |

      जयपृथ्वीबहादुर सिंह मानवतावादी व्यक्ति पनि थिए | मुलुकमा सुधार वा परिवर्तन आएर जनताले सुखशान्तिसाथ बस्न पाउनुपर्छ भन्दै उनी स्वदेशमा र विदेशमा पनि भन्दै हिंड्थे | उनी सबैलाई स्वाभिमानी भई बाँच्नुपर्छ भन्थे | स्वतन्त्रतापूर्वक बाँच्न पाउनु प्रत्येक मानवजातिको नैसर्गिक अधिकार हो भन्ने उनको विचार थियो | आफ्नो मानवतावादी विचारलाई प्रचारप्रसार गर्न उनले बङ्गलोरमा "मानवतावादी संघ" को स्थापना समेत गरेका थिए | यस संघका माध्यमबाट उनी विश्वमा विश्वशान्तिको आव्हान पनि गर्दथे |

      यसप्रकार जयपृथ्वीबहादुर सिंहले आर्थिक, सामाजिक, शैक्षिक, कृषि, उद्योग, यातायात, खानी, साहित्य, पत्रकारिता, बालसाहित्य, प्रशासनिक, मानवतावाद, विश्वशान्ति आदि अनेकैं क्षेत्रमा दिएको योगदानको राम्रो मूल्याङ्कन गर्ने हो भने यो निष्कर्ष निस्कन्छ कि उनी एक सुधारवादी र मानवतावादी व्यक्ति थिए |

      एउटा सम्पन राजपरिवारमा जन्मेर र भौतिक सुखसयलमा हुर्केर पनि आफ्नो ऐसआराम र राज्यवैभावजस्ता कुराहरूलाई समेत त्यागी देश, जनता, विश्ववन्धुत्व र शान्तिका लागि निरन्तर प्रयत्नरत रहने जयपृथ्वीबहादुर सिंह (वि.सं. १९३४ - १९९७) बहुआयामिक व्यक्तित्वका धनी थिए | उनी जातजाति, धर्म, सम्प्रदायबाट माथि उठेका थिए | परोपकार र समाजसुधरका लागि सदा समर्पित उनले आफ्नो सम्पूर्ण धन परसेवामा नै लगेका थिए | ज्ञान लिने र दिने क्रममा उनले आफ्नो जीवनको धेरै समय खर्च गरे | समाजशास्त्र, राजनीतिकशास्त्र, विज्ञान, कानुन, दर्शन, साहित्य आदि जस्ता धरै विषयको गहन स्वाध्ययन गरेका थिए | उनी नेपालका बुद्धिजीवीहरूमध्ये एक विशिष्ट बुद्धिजीवीका रूपमा स्थापित थिए | आफ्नो जीवनकालमा भारदारी अड्डाको सदस्य, कलकत्तामा नेपालको तर्फबाट वकिल र भारतका लागि कूटनीतिक प्रतिनिधि भएर आफ्नो राष्ट्रिय व्यक्तित्वको परिचय दिए | उनको यही व्यक्तित्वबाट प्रभावित भई बेलायतकी महारानीले उनलाई कर्नेल पदले सम्मान गरिन् |     

      देश र जनताको उन्नतिमा सदा चिन्तनशील रहने जयपृथ्वीबहादुर नेपाली भाषा र साहित्यका उपासक थिए | देवशमसेरको प्रधानमन्त्रित्व कालमा पाठशालाहरू खोल्न र नागरिक चेतना अभिवृद्धि गर्नमा जयपृथ्वीले उनलाई ठूलो सहयोग गरेका थिए | नेपालको शैक्षिक इतिहासमा संस्थागत रूपमा नेपाली भाषामा पाठ्यपुस्तक लेख्ने पहिला व्यक्ति हुन् जयपृथ्वीबहादुर सिंह | अक्ष राङ्क शिक्षा, व्यवहारमाला, स्रेस्ता बोध, शिक्षा दर्पण, प्राकृत व्याकरण आदि जस्ता पुस्तकहरू नेपाली भाषामा लेख्ने उनी पहिला व्यक्तित्व हुन् | जयपृथ्वीबहादुर सिंह एक कुशल पत्रकार पनि थिए | नेपालकै जेठो पत्रिका 'गोरखापत्र' को प्रधानसम्पादक एवम् व्यवस्थापक भई उनले काम गरेका थिए | आफ्ना समाज सुधारका कार्यमा राणाशासकले अवरोध गरे पनि जयपृथ्वीले कति पनि विचलित नभई आफ्नो लगानीमा विद्यालय र औषधालयको स्थापना, बाटोघाटो, हाटबजार आदिको व्यवस्था मिलाई जनता र राष्ट्रको उन्नति गर्ने कार्यमा कमी हुन दिएनन् | राणाहरूको प्रलोभन र धम्कीमा परेर आफ्नो स्वाभिमानलाई उनले गुमाएनन् | विभिन्न कारणले  बाहिर गएर बसेपनि उनले आफ्नो स्वदेशप्रतिको दायित्वलाई कहिल्यै बिर्सेनन् |

      मानवतावादी भावनाले प्रेरित जयपृथ्वीको लागि विश्व नै उनको घर थियो र सारा  मानिसहरू उनले बन्धुबान्धव ठानेका थिए | आध्यात्मिक जीवनशैली र विश्वशान्तिलाई महत्व दिदै मानवतावादी विचारले प्रेरित भई विश्वमा आफ्नो दृष्टिकोणलाई फैलाउन सफल जयपृथ्वीबहादुर सिंह साच्चै नै बहुआयामिक व्यक्तित्वका धनी थिए भन्न सकिन्छ |

 

© 2019-20 Kullabs. All Rights Reserved.