Subject: Nepali
घरको माया
लेखकको परिचय :
नाम - भीमनिधि तिवारी
जन्म - वि.सं. १९६८ डिल्लिबजार काठमाडौँ
अध्ययन - आई.ए सम्म
राष्ट्रियता - नेपाली
पेशा - कवि, उपन्यासकार, नाटककार
मृत्यु - वि.सं. २०३०
जीवनी :
उनको जन्म वि.सं. १९६८ फागुन मसान्तमा काठमाडौँ डिल्लीबजारमा भएको थियो। पिता लालनिधि र माता नन्दकुमारी तिवारीका सुपुत्र भीमनिधिले सात वर्षको हुँदा मातृवात्सल्य गुमाए। राणाकालीन समयमा आफ्नै रूचिमा पाठशाला खोलेर चलाउने शिक्षाप्रेमी तिवारीले वि.सं. १९९५मा नेपाली साहित्य प्रेस खोले। वि.सं. २००६ सालतिर नेपाल नाटक सङ्घ खोले। आई. ए. सम्म गरेका तिवारी ३२ वर्ष सरकारको अटुट सेवा गरेर उपसचिव पदमा पुगेपछि सेवा निवृत्त भए। उनले दुई विवाह गरेको थिए।
कृतिहरू :
पुरस्कार :
एकाङ्की परिचय :
प्रस्तुत घरको माया एउटा ज्यादै संवेदनशील विषयमा आधारित उनको एउटा स्तरीय एकाङ्की हो | आफ्नो प्यारो जन्मभूमि नेपाललाई असाध्यै माया गर्ने भीमनिधि तिवारीले नेपाल बाहिर विदेशी भूमिमा केही नेपाली गाउँलेहरूलाई भेला गराएर तिनीहरूका बीच संवाद गराएका छन् |
नेपालीहरू आफ्नो घरको कमजोर आर्थिक अवस्थालाई सुधार्नुका लागि धन कमाउने उदेश्यले विदेशतर्फ जाने गर्दछन् भन्ने कुरालाई नाटककारद्वारा यस एकाङ्कीमा एकातर्फ देखाइएको छ भने अर्कातर्फ विदेशमा पनि भनेजस्तो राम्रो र सन्तोषजनक काम पाउँन नसक्दा दु:ख कष्ट झेल्नु पुग्दछन् भन्ने यथार्थलाई प्रष्ट रूपमा औंल्याइएको छ | आफू जन्मिएको देशलाई कसैले कहिल्यै भुल्नुहुँदैन भनी देशप्रतिको मायालाई एकाङ्कीले देखएको छ | नेपाली हृदयका लागि विदेश भनेको सुन र हिरा नै फल्ने भए पनि नरककुण्ड जस्तै हो र स्वदेश भनेको रूखो जमिन भए पनि स्वर्गसमान हुन्छ | देशभक्तिपूर्ण भावनाले प्रेरित मार्मिक सन्देश यस एकाङ्कीले दिएको छ | नेपालीहरू आफ्नो घरको कमजोर आर्थिक अवस्थालाई सुधार्नुका लागि धन कमाउने उदेश्यले विदेशतर्फ जाने गर्दछन् भन्ने कुरालाई नाटककारद्वारा यस एकाङ्कीमा एकातर्फ देखाइएको छ भने अर्कातर्फ विदेशमा पनि भनेजस्तो राम्रो र सन्तोषजनक काम पाउँन नसक्दा दु:ख कष्ट झेल्नु पुग्दछन् भन्ने यथार्थलाई प्रष्ट रूपमा औंल्याइएको छ | त्यस्तै यस एकाङ्कीमा 'घर' शब्दले आफ्नो देश र 'माया' शब्दले आफ्नो देशप्रतिको गहिरो प्रेमको भावनालाई सङ्केत गरेको छ | अर्थात् आफू जन्मिएको देशलाई कसैले कहिल्यै भुल्नुहुँदैन भनी देशप्रतिको मायालाई एकाङ्कीले देखएको छ | नेपाली हृदयका लागि विदेश भनेको सुन र हिरा नै फल्ने भए पनि नरककुण्ड जस्तै हो र स्वदेश भनेको रूखो जमिन भए पनि स्वर्गसमान हुन्छ | आफ्नै देशमा रमाउँदै, हाँस्दै र खेल्दै परिश्रम गरी उन्नतिको मार्गमा लम्कदा मात्र आफ्नो र आफ्नो देशको उन्नति एवं प्रगति हुन्छ भन्ने देशभक्तिपूर्ण भावनाले प्रेरित मार्मिक सन्देश यस एकाङ्कीले दिएको छ |
'घरको माया' एकाङ्कीमा केकस्तो देशप्रेम देखाइएको छ ?
आदर्शवादी नाटककार भिमबिधि तिवारीका रचना नेपाली समाजको यथार्थलाई चित्रण गरेको पाइन्छ | संस्कृतमा एउटा उक्ति छ, 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' अर्थात् जन्म दिने आमा र आफू जन्मिएको भूमि स्वर्गभन्दा पनि ठूला हुन्छन् | यही अर्थपूर्ण एवं मार्मिक भावलाई घरको माया एकाङ्कीले ग्रहण गरेको देखिन्छ | आर्थिक अभावका करण विदेशिएका नेपालीहरू त्यहाँ हावापानी र खाद्यपदार्थ आफ्ना अनुकुल नभएपछि विरक्तिन्छन् र आफ्नै जन्मभूमिको स्मरण गर्दछन् | आफ्नो गाउँ, इष्टमित्र, रीतिरिवाज, कलासंस्कृति जस्ता वास्तुहरूप्रतिको मोह व्यक्त गर्दछन् | उनीहरू आफ्नो पन्चेबाजा, खोलाको मीठो पानी, चौतारीको शितल हावा, आफ्ना चाडपर्व, तीर्थव्रत, पर्वमेला हरपल सम्झीरहन्छन् | विदेशी सुखसयल जतिनै भए पनि आफ्नै देशको मकै गुन्द्रुक खाएर भएपनि आफ्नै घरको छानो छाउनुपर्छ, आफ्नै माटोमा पसिना बगाउनु पर्छ, आफ्नै संस्कृतिमा रमाउनुपर्छ, आफ्नो घर बन्यो भने मात्र आफूलाई सुख हुन्छ भनी गहिरो देशप्रेम यस एकाङ्कीमा देखाइएको छ |
सपनामा पनि आफ्नो गाउँ फर्कन नचाहने लालबहादुरको मन अन्त्यमा किन परिवर्तन भयो ?
घरको माया एकाङ्कीको एक पात्र लालबहादुर पहिले-पहिले चाहिँ सपनामा पनि आफ्नो गाउँ फर्कन चाहँदैनथ्यो | आफ्नो गाउँबाट कान्छो र बतासे समेत आफू भएको ठाउँमा आइपुगेका हुन्छन् साथै बतासेका कुराले कान्छो, बतासे र जमानसिंह सबै घर फर्कने अठोटसाथ उनलाई एक्लै छोडेर हिँड्छन् | आफ्नो मन मिल्ने साथी वा मीत जमानसिंहले समेत उसलाई छोडेपछि अब उसलाई त्यहाँ कुनै प्रकारको खुशी तथा आनन्द प्राप्त नहुने भयो | अरू सबै आफ्नो गाउँघरमा पुगेर आनन्दसाथ रमाइलो मान्दै जीवन बिताउने भए तर आफू चाहिँ फाँटमा अल्मलिएको गोरुजस्तै पसिना चुहाईचुहाई बाटो नपाएर घुमिरहनुपर्ने, रुमल्लिरहनुपर्ने भएकोले अन्त्यमा लालबहादुरको मन पनि परिवर्तन भयो |
'घरको माया' एकाङ्कीकी पात्र बतासले आफ्नो गाउँघरप्रति कस्तो माया देखाएकी छे ?
बतासले आफ्नो गाउँघरप्रति अगाध माया देखाएकी छे | आफ्नो गाउँघर भनेको आफ्नै हो र त्यहाँ जे जस्तो भए पनि राम्रो हुन्छ, प्यारो हुन्छ, प्रिय हुन्छ, सुन्दर हुन्छ | आफ्नो गाउँघरको हावा, पानी, माटो बरको छाया, उकाली-ओराली सबै राम्रा हुन्छन् | जे खाए पनि मीठै हुन्छ | मेहनत पनि आफ्नै माटामा गर्ने, सेवा पनि आफ्नै गाउँका दाजुभाइको गर्ने जति उब्जनी निकाल्न सकिन्छ त्यो आफ्नै खेतबारीबाट निकाल्ने आदि कुराहरू गर्दै बतासले आफ्नो गाउँघरप्रति माया देखाएकी छे |
'चुम्बकले फलामलाई तान्छ, तर सुनलाई खिच्न सक्दैन' भन्नुको तात्पर्य के हो ?
'घरको माया' शीर्षक एकाङ्कीमा प्रयोग भएको उक्त वाक्य लालबहादुरले भनेको हो | लालबहादुर आफ्नो गाउँघरदेखि दिक्क भएको थियो | ऊ कुनै हालतमा पनि आफ्नो गाउँ फर्कन चाहँदैनथ्यो | जमानसिंह चाहिँ आफ्नो देश फर्कने विचारमा थियो | जमानसिंह घर फर्कन चाहे पनि लालबहादुरले त्यसलाई मनपराएको थिएन | लीलबहादुरको मनलाई भने उसको गाउँघरले आकर्षित गरेको थिएन | जमानसिंहहरूलाई उनीहरूको गाउँघरको मायाले तातेको छैन भन्ने बुझाउन लालबहादुरले उक्त वाक्य प्रयोग गरेको हो | त्यसैले उक्त वाक्यको तात्पर्य केहीलाई गाउँघरको मायाले ताने पनि केहीलाई तान्न सक्दैन भनी बुझ्न सकिन्छ |
घरको माया' एकाङ्कीले दिने सन्देश के हो ?
नेपालीहरू आफ्नो घरको कमजोर आर्थिक अवस्थालाई सुधार्नुका लागि धन कमाउने उदेश्यले विदेशतर्फ जाने गर्दछन् भन्ने कुरालाई नाटककारद्वारा यस एकाङ्कीमा एकातर्फ देखाइएको छ भने अर्कातर्फ विदेशमा पनि भनेजस्तो राम्रो र सन्तोषजनक काम पाउँन नसक्दा दु:ख कष्ट झेल्नु पुग्दछन् भन्ने यथार्थलाई प्रष्ट रूपमा औंल्याइएको छ | त्यस्तै यस एकाङ्कीमा 'घर' शब्दले आफ्नो देश र 'माया' शब्दले आफ्नो देशप्रतिको गहिरो प्रेमको भावनालाई सङ्केत गरेको छ | अर्थात् आफू जन्मिएको देशलाई कसैले कहिल्यै भुल्नुहुँदैन भनी देशप्रतिको मायालाई एकाङ्कीले देखएको छ | नेपाली हृदयका लागि विदेश भनेको सुन र हिरा नै फल्ने भए पनि नरककुण्ड जस्तै हो र स्वदेश भनेको रूखो जमिन भए पनि स्वर्गसमान हुन्छ | आफ्नै देशमा रमाउँदै, हाँस्दै र खेल्दै परिश्रम गरी उन्नतिको मार्गमा लम्कदा मात्र आफ्नो र आफ्नो देशको उन्नति एवं प्रगति हुन्छ भन्ने देशभक्तिपूर्ण भावनाले प्रेरित मार्मिक सन्देश यस एकाङ्कीले दिएको छ |
भोकभोकै मर्नुपरे पनि आफ्नै गाउँमा मर्नु जाती |
माथि प्रस्तुत वाक्यांश कक्षा दशको नेपाली पाठ्यपुस्तकको 'घरको माया' शीर्षक एकाङ्कीबाट झिकिएको हो | यस एकाङ्कीका लेखक नेपाली साहित्यका वरिष्ठ साहित्यकार भीमनिधि तिवारी (वि.सं. १९६८ – २०३०) हुन् | उनले नेपाली साहित्यका नाटक, कथा, गजल, प्रबन्ध, कविता र उपन्यासका क्षेत्रमा आफ्नो कलम चलाएर नेपाली साहित्यलाई योगदान गरे | धेरै विधामा कलम चलाए तापनि उनले नाटकमा भने धेरै प्रसिद्धि पाएका थिए | मीठो व्यङ्ग्य प्रहार गरी हास्यद्वारा पाठकहरूलाई वास्तविकताको रहस्य खोल्ने भीमनिधि तिवारी आफ्ना नाटकहरूमा आदर्शतालाई बढी महत्व दिन्छन् | प्रस्तुत वाक्यमा कामको खोजीमा विदेशीएका नेपाली नागरिकहरूले आफ्नो देशप्रतिको मायालाई देखाउने क्रममा आएको प्रसङ्गमा व्यक्त भएको छ |
प्रस्तुत एकाङ्कीमा 'घर' भन्नाले 'देश' र 'माया' भन्नले प्रेमलाई बुझाउने कुरा व्यक्त गरेका छन् | अर्थात् जन्मभूमिप्रतिको मायालाई सार्थक तुल्याएर देशभक्ति भावनालाई व्यक्त गरिएको छ | विदेशमा बस्ने नेपालीहरूले भोगेका र भोग्नुपर्ने समस्याहरूलाई यस एकाङ्कीमा प्रष्ट पर्नुका साथै विदेशमा बस्न बाध्य भएका सम्पूर्ण नागरिकहरूलाई आफ्नो देश सम्झेर स्वदेश फर्कन आव्हान गरिएको छ |
यस वाक्यले आफ्नो देशप्रतिको अपार प्रेम र भक्तिभाव झल्काएको छ | धन कमाउने उदेश्यले विदेश जानु, विदेशीको चाकरी गर्नु, विदेशको विकासमा आफूलाई समर्पित गर्नु कति पनि उचित मानिदैन | हामी प्रत्येक नागरिकले आफ्नो देशको श्रद्धा र सम्मान गर्दै आफ्नो श्रम र सीप यहीँ लगानी गर्न यस एकाङ्कीले प्ररित गरेको छ | आफ्नो गाउँघर कमजोर छ भनेर, पिछडिएको छ भनेर, काम र माम पाइँदैन भनेर चटक्क छाडी अर्काको देशमा जानी पनि ठीक छैन भन्ने आशय उक्त वाक्यले प्रस्तुत गरेको छ |
जे जति फल्छ त्यही फलाउने, जतिपाइन्छ त्यति नै खाने सन्देश पनि यस वाक्यले दिएको छ | अर्काको देशमा गएर काम नपाएर भोकै बस्नु र मर्नु पनि ठीक छैन भन्ने आशय यस वाक्यांशले प्रस्तुत गरेको छ |
जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला | एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाऔंला |
माथि प्रस्तुत वाक्यांश कक्षा दशको नेपाली पाठ्यपुस्तकको 'घरको माया' शीर्षक एकाङ्कीबाट झिकिएको हो | यस एकाङ्कीका लेखक नेपाली साहित्यका वरिष्ठ साहित्यकार भीमनिधि तिवारी (वि.सं. १९६८ – २०३०) हुन् | उनले नेपाली साहित्यका नाटक, कथा, गजल, प्रबन्ध, कविता र उपन्यासका क्षेत्रमा आफ्नो कलम चलाएर नेपाली साहित्यलाई योगदान गरे | मीठो व्यङ्ग्य प्रहार गरी हास्यद्वारा पाठकहरूलाई वास्तविकताको रहस्य व्यक्त गर्न सिपालु भीमनिधि तिवारी आफ्ना नाटकहरूमा आदर्शतालाई बढी महत्व दिन्छन् | माथि प्रस्तुत वाक्यले जति मेहनत गर्न सकिन्छ त्यो आफ्नै खेतबारीमा गर्नुपर्छ, जेजति अन्न उब्जाउन सकिन्छ त्यो पनि आफ्नै माटामा वा खेतबारीमा उब्जाउनु पर्छ भन्ने आशय व्यक्त गरेको छ |
यस वाक्यले व्यक्त गरेको भावअनुसर हामीले अरूको देशमा, अर्काको माटमा बगाएको पसिनाले हामीलाई कति पनि फाइदा पुग्दैन | हाम्रो मेहनतले जति फाइदा मिल्छ त्यो सबै विदेशीलाई मात्र हुन्छ | हाम्रो चाहिँ केवल शारीरिक र मानसिक श्रम खेर मात्र जान्छ | कामले गर्दा शरीर दिनप्रतिदिन कमजोर बन्दै जान्छ | उमेर ढल्कदै जान्छ, काम गर्ने बल, जाँगर, रूचि सबै नाश हुँदै जान्छन् | यस्तो अवस्थामा घरमा आएर केही महत्वपूर्ण काम गर्न सकिदैन | त्यसैले हामी जस्तो काम गर्न सक्छौं, त्यो काम देश, गाउँ, खेतबारी, घरका लागि गर्ने गरौँ र जे जति उब्जनी लिन सक्छौ त्यो आफ्नै माटो वा खेतबारीबाट लिने गरौं भनी यस वाक्यले हामीलाई सचेत तुल्याएको छ |
उमेर छउन्जेल, बल भइन्जेल, काम गर्ने जाँगर छउन्जेल कहिले स्वदेश त कहिले विदेश गर्दै समय र सीप खेर फाल्नुभन्दा डेग लागेर आफ्नै गाउँघर तथा आफ्नै माटोमा रमाउने सन्देश यस एकाङ्कीले प्रस्तुत गरेको छ |
हाम्रा बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौँला | आफ्नो पुर्खाको धर्म थामौं |
माथि प्रस्तुत वाक्यांश कक्षा दशको नेपाली पाठ्यपुस्तकको 'घरको माया' शीर्षक एकाङ्कीबाट झिकिएको हो | यस एकाङ्कीका लेखक नेपाली साहित्यका वरिष्ठ साहित्यकार भीमनिधि तिवारी (वि.सं. १९६८ – २०३०) हुन् | उनले नेपाली साहित्यका नाटक, कथा, गजल, प्रबन्ध, कविता र उपन्यासका क्षेत्रमा आफ्नो कलम चलाएर नेपाली साहित्यलाई योगदान गरे | सरल भाषा प्रयोग गरी मीठो व्यङ्ग्य प्रदान गर्नु यिनका नाटकहरूको विशेषता हो | यस वाक्यांशले आफ्नो पुर्खाहरूले आफ्नै देशमा पसिना बगाइ यही आफ्नो अन्तिम सास फेरे, हामी पनि आफ्नै देशको सेवा गरी यसलाई नै उन्नति तर्फ लानुपर्ने कुरा व्यक्त गरिएको छ |
नाटककार तिवारीद्वारा लेखिएको प्रस्तुत एकाङ्कीमा देशभक्तिको भावना व्यक्त गरिएको छ | आफ्नो जन्मभूमि नै सबैभन्दा ठूलो हुन्छ | त्यसैले सुख, दु:ख जे भएपनि आफ्नै देशमा बस्नुपर्छ, देशकै सेवा गर्नुपर्छ, अरूको देशमा गएर गरिएको सेवाले आफूलाई नभएर अरूलाई मात्र फाइदा पुर्याउँछ भनेर विदेशमा बसेका नेपालीहरूलाई समेत घर फर्केर आफ्नै घरको सेवा गर्न प्रस्तुत एकाङ्कीले आव्हान गरेको छ |
प्रस्तुत वाक्यमा लेखकले हाम्रो जन्म जुन देशमा भयो, जुन देशमा हामी हुर्क्यौ, बढ्यौ, त्यही देशमा हामीले जीवनको अन्त्य गर्नुपर्छ भन्ने भाव प्रस्तुत गरेको छ | हाम्रो देश एक हिमाली देश हो | यहाँका प्रत्येक वस्तुमा हिमाली शीतलता मिसिएको छ | हाम्रा बाबुबाजेहरूको पनि जन्म यसै देशमा भएको थियो, उनीहरूले जेजस्तो काम गर्न सके त्यो पनि आफ्नै देशमा गरे र मर्नुपर्दा पनि आफ्नै देशमा मरे | उनीहरूलाई महान् देशभक्त तथा राष्ट्रप्रेमी नागरिकका रूपमा हामीले बुझ्नुपर्छ | हामीले पनि यसरी विदेशमा बसेर अरूका नोकरचाकर भएर अर्काको हित र भलाइ हुने काम गर्नुभन्दा जुन देशमा जन्मियौं त्यही देशमा मर्नु वेश हुन्छ भन्ने सन्देश यस वाक्यले प्रस्तुत गरेको छ | सम्पूर्ण नागरिकले जस्तो भएपनि आफ्नो देशलाई महान् ठान्नुपर्छ र अन्तिम सास पनि आफ्नो देशको हावामा मिलाउनुपर्छ भन्ने शिक्षा पनि यस वाक्यमा पाइन्छ |
सच्चा देशभक्त र राष्ट्रप्रेमी नागरिकलाई आफ्नो देशभन्दा ठूलो अरू केही पनि हुँदैन | त्यस्ता नागरिकहरूले आफ्नो देशमा बस्न पाउँदा, आफ्नो देशका लागि काम गर्न पाउँदा र आफ्नै देशमा मर्न पाउँदा आफूलाई गौरवशाली ठान्नुपर्छ | यिनै कुराहरू बुझी विदेशमा बसोबास गर्दै आएका सम्पूर्ण नागरिकहरूले समयमा नै स्वदेश फर्केर आफ्नो बाँकी जीवन अर्पण गर्न यस एकाङ्कीका माध्यमबाट लेखक तिवारीले आग्रह गरेका छन् |
© 2019-20 Kullabs. All Rights Reserved.