इमानसिंह चेमजोङ

Subject: Nepali

Find Your Query
Sunway Business School

Overview

- यस नोटमा इमानसिंह चेमजोङको शिक्षा, सेवा ,कृतिहरू बारेमा उल्लेख गरिएको छ|
इमानसिंह चेमजोङ

इमानसिंह चेमजोङ

      इस्वी संवत् १९०४ जनवरी १ तारिखका दिन आमा दावापुहाङ्मा र बुबा मेघवरसिंह चेम्जोङको छैटौँ सन्तानको रूपमा किराँत इतिहासविद् इमानसिंह चेम्जोङको जन्म दार्जिलिङको कालेम्पोङ (कालेबुङ) को रिङ्केबुङमा भएको हो । अमृतासँग विवाह बन्धनमा बाँधिनुभएका चेम्जोङ दम्पतीका तीन छोरी र दुई छोरा छन् ।  किराँत इतिहासको खोज र प्रकाशनलाई निरन्तरता दिने क्रममा ७२ वर्षको उमेरमा किराँत इतिहासविद् इमानसिंह चेम्जोङको देहावसान सन् १९७६ अक्टोबर ८ का दिन दार्जिलिङमा भयो ।

 शिक्षा 

      प्रारम्भिकदेखि 'म्याटि्रक' तहसम्मको शिक्षा कालेम्पोङबाटै गरेपछि कलेज (आइ.ए) पढ्न कलकत्ताको सेन्ट जेभियर्समा उनी भर्ना भए । त्यहीँबाट आइ.ए पूरा गरेर बी.एको अध्ययनपछि उहाँले लन्डनबाट एम.ए.एम.आर.एस. गरे | बाल्यकालमा चेम्जोङलाई पढाउने गुरुले एक दिन 'किराँतीहरू जङ्गली हुन्छन्' भनेपछि त्यसको उत्तरमा उनका बुबाले 'किराँतीहरूको आफ्नै भाषा, साहित्य, कला, संस्कृति र इतिहास छ' भनी उनको जिज्ञासा पूरा गरिदिएको  भए पनि चेम्जोङलाई बुबाको जवाफले चित्त बुझेन, त्यसैले बुबाले भनेका कुराको खोजीमा उनी लागे । बुबाको हौसला र प्रेरणासमेतबाट चेम्जोङले आफ्नो सम्पूर्ण जीवन किराँत भाषा, संस्कृति र सभ्यताको खोजीमा समर्पण गरे ।


सेवा 

सन् १९६१ देखि त्रिभुवन विश्वविद्यालयको एसियाली अनुसन्धान केन्द्रमा किराँत भाषा तथा संस्कृतिविद् भई उनले १५ वर्ष सेवा गरे । त्यसअघि चेम्जोङ सिक्किमको रेभेन्यू अफिसरसमेत भएका  थिए । त्यस्तै उनले लामो समयसम्म शिक्षण पनि गरे ।

कृतिहरू 

किराँत मुन्धुम (वेद)                                    लिम्बू – नेपाली – अङ्ग्रेजी शब्दकोश

किराँत इतिहास                                           किराँत मुन्धुम खाहुन् (शिक्षा)

किराँत  साहित्यको इतिहास                           किराँत इतिहास तथा संस्कृति (अङ्ग्रेजी भाषामा)

किराँत  दन्त्यकथा                                       किराँत दर्शनको सारांश

लाप्चा – नेपाली - – अङ्ग्रेजी शब्दकोश         किराँतकालीन विजयपुरको सङ्गक्षिप्त इतिहास आदि |

 

 

Things to remember
  •    इस्वी संवत् १९०४ जनवरी १ तारिखका दिन किराँत इतिहासविद् इमानसिंह चेम्जोङको जन्म भएको हो |
  • किराँत इतिहासको खोज र प्रकाशनलाई निरन्तरता दिए |
  • उनले किराँत मुन्धुम (वेद),किराँत इतिहास,किराँत  दन्त्यकथा  आदि कृतिहरू लेखे |
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.
Questions and Answers

इमानसिंहले विद्यालयमा पढ्दा एक दिन किराँतहरूको संस्कृतिबारे चर्चा सुने | त्यसको विस्तृतमा उनले बुबाबाट 'किराँतीहरूको आफ्नै भाषा, साहित्य, कला, संस्कृति र इतिहास छ' भनेर थाहा पाए | त्यसपछि उनी लोप हुन लागिइसकेको आफ्नो जातीय भाषा र संस्कृतिको विकास गर्ने उद्देश्यले उनले यसबारे खोज र अनुसन्धान कार्य गरे | यसै क्रममा उनले अङ्ग्रेजी विद्वानका ग्रन्थहरू पढी यस विषयमा धेरै कुरा थाहा पाए | अङ्ग्रेजहरूले धेरै वर्ष पहिले किराँतीहरूको घर- घरमा गएर तिनका भाषा र बोलीको सङ्कलन गरी पुराना हस्तलिखित ग्रन्थहरूसमेत बेलायत लगेको कुरा पत्ता लगाए | यस कार्यबाट प्रभावित भएर उनले आफ्ना घरमा भएका र भेटेजति पुराना हस्तलिखित कागजपत्रहरूको सङ्कलन गरी तिनको अध्ययन एवं विश्लेषण गरे | त्यसैले बुबाले भनेका कुरालाई मनन् गर्दै बुबाको हौसला र प्रेरणासमेतबाट चेम्जोङले आफ्नो सम्पूर्ण जीवन किराँत भाषा, संस्कृति र सभ्यताको खोजीमा लागि परे ।

लिम्बूवानमा रहेर चेमजोङले "लिम्बूवान सुधार सङ्घ" को गठन गरे | त्यसको अध्यक्ष भएर उनले आफ्नो परम्परागत रीतिस्थिति, संस्कृति र सभ्यताको संरक्षण र सम्वर्धन गरी जनचेतना बढाउने कार्य गरे | आफ्नो भाषा र संस्कृतिको अस्तित्वरक्षाका लागि केही मागहरू लिएर उनी लिम्बूवान क्षेत्रको प्रतिनिधिमण्डलको नेतृत्व गरी काठमाडौँ गए | यसबाट आफ्नो सनातन संस्कृतिप्रति उनको निकै लगाव रहेको देखिन्छ | उनले लिम्बूवान क्षेत्रमा गएर प्रत्येक गाउँ गाउँमा डुलेर किराँती भाषा, साहित्य, कला, संस्कृति र इतिहासको खोजी गर्ने कार्यमा लागे |  चेमजोङले करिव दस वर्षसम्म ती क्षेत्रमा रहेर सामाजिक कुरीतिको उन्मूलन गरी समाजसुधारका साथै शिक्षाको प्रचार गर्ने कार्यहरू गरे |

नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसंस्कृतिहरूले भरिपूर्ण भएको देश हो | यिनै विभिन्न सांस्कृतिक मेल्हारूबाट नै नेपाली संस्कृतिको निर्माण भएको छ | यस देशका विभिन्न जातजातिहरूले आ-आफ्ना भाषा, धर्म र संस्कृतिको संरक्षण गरी राष्ट्रिय एकताको भावनालाई जीवन्त पारेका छन् | नेपालका विभिन्न संस्कृतिमध्ये किराँती संस्कृति पनि एक प्राचीन संस्कृति हो | यस संस्कृतिको उत्थान र पुनर्जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने इमानसिंह चेमजोङ नेपालका एक सांस्कृतिक योद्धा हुन् | सन् १९२५ देखि उनी निकै सक्रिय रूपमा किराँती संस्कृतिको खोज तथा अनुसन्धानमा लाग्न थाले | चेमजोङ आफ्नो जति, भाषा, सभ्यता, संस्कृति, लिपि र इतिहासका बारेमा ज्यादै चासो गर्दथे | उनले आफ्नो खोज तथा अनुसन्धानबाट अङ्ग्रेजहरूले किराँतीहरूको हस्तलिखित ग्रन्थहरू लागेको कुरासमेत पत्ता लगाए | उनले किराँत लिम्बू भाषाको प्रचार – प्रसार, लिपिको पुनरुत्थान र संस्कृतिको विस्तार गर्ने कार्यलाई आफ्नो जीवनको लक्ष्य बनाएका हुनाले इमानसिंह चेमजोङलाई एक सांस्कृतिक योद्धा भन्न सकिन्छ |

इमानसिंह चेमजोङ आफ्ना भाषा र संस्कृतिका एक सशक्त अन्वेषक हुन् | उनले नेपाल र भारतका विभिन्न ठाउँहरूमा स्थलगत अध्ययन भ्रमण गरे | आफ्नो भाषा र संस्कृतिका विस्तृत खोज गरे | आफ्नो जन्मस्थान दार्जिलिङबाट नेपालको लिम्बूवानमा आएर अध्ययन अनुसन्धान गर्ने क्रममा 'लिम्बूवान सुधार सङ्घ'को स्थापना गरे | आफ्नो परम्परागत रीतिस्थिति, संस्कृति र सभ्यताको संरक्षण र सम्वर्द्धन गरी जनचेतना जगाए | आफ्नो भाषा र संस्कृतिको अस्तित्वरक्षाका लागि केही मागहरू लिएर सरकारसँग पूरा गरिदिन आग्रह गर्ने उद्देश्यले काठमाडौँ पनि पुगे | उनले जीवनभर यसै क्षेत्रमा काम गर्ने उद्देश्यले खम्बूवान क्षेत्रका गाउँमा घुमेर किराँती भाषा, इतिहास, धर्म र संस्कृतिको अनुसन्धान गरे | रातदिन निन्द्रा, भोक, थकाइ केही नभनी क्रियाशील भएर उनले लिम्बूभाषा, व्याकरण, लिपि, संस्कृति, धर्मदर्शन, किराँत मुन्धुम (वेद), किराँत इतिहास, किराँत साहित्यको इतिहास, लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोश आदिजस्ता अमूल्य कृतिहरूको रचना र प्रकाशन गरी किराँती भाषा र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान दिएका छन् | 

इमानसिंह चेमजोङ किराँती-लिम्बू जातका नागरिक थिए | उनले जसरी आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्नमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरे जो कोहीले यस्तो त्याग गर्न सक्दैन | इमानसिंहले आफू विद्यालयमा छदै कसैबाट किराँतीहरूको संस्कृतिका बारेमा सुनेपछि उनलाई आफ्नो भाषा, लिपि, धर्म, संस्कृतिका लागि आवश्यक खोज, अध्ययन, अनुसन्धान गर्ने इच्छा भयो | यसपछि उनले नेपालको लिम्बूवान र खम्बूवान क्षेत्र लगायत भारतका विभिन्न स्थानमा गई किराँती लिपिमा तयार परेका पुस्तकहरू फेला पारे | अङ्ग्रेजहरूले पनि किराँती संस्कृतिका बारेमा लेखिएका पुस्तकहरू सङ्कलन गरेका प्रमाणहरू पनि उनले भेट्टाए | यसप्रकार चेमजोङले लोप भएर जना लागेको किराँतीहरूको भाषा, लिपि र संस्कृतिलाई जोगाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराए | त्यसैले हामीले पनि आफ्नो संस्कृतिलाई विश्वमा परिचित गराई कालान्तरसम्म अमर वा जीवित राख्नुपर्छ भन्ने प्रेरणा इमानसिंहको जीवनीबाट लिन सकिन्छ |  

     उपर्युक्त वाक्य हाम्रो कक्षा दशको नेपाली पाठ्यपुस्तकको इमानसिंह चेमजोङ शीर्षक जीवनीबाट झिकिएको हो | यो जीवनी कक्षा दसको नेपाली पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले नै तयार परेका हुन् | उनीहरूले यस जीवनीमा इतिहासविद् इमानसिंह चेमजोङको परिचय दिनुका साथै उनले किराँत भाषा, साहित्य, इतिहास, लिपि, धर्म, संस्कृतिको जगेर्ना र उत्थानका क्षेत्रमा गरेको योगदानलाई समेत वर्णन गरिएको छ | सन् १९०४ मा दार्जिलिङको कालेबुङमा जन्मिएका चेमजोङले आफ्नो व्यक्तिगत खोज, अध्ययन र परिश्रमबाट किराँत जातिको भाषा, लिपि, धर्म, संस्कृतिका लागि प्रशस्त योगदान गरेका छन् | उनले लोप हुन लागेको किराँती भाषा र संस्कृतिका क्षेत्रमा काम गर्दागर्दै सन् १९७५ मा उनको निधन भयो |

     यस जीवनीमा उल्लेख गरिएअनुसार इमानसिंह चेमजोङले किराँत जातिको संस्कृतिलाई जीवन्त बनाउन धेरै नै प्रयत्न गरेको देखिन्छ | चेमजोङले भारतका विभिन्न स्थान र नेपालका लिम्बूवान तथा खम्बूवान क्षेत्रमा पुगेर किराँत संस्कृतिको खोज गरेको देखिन्छ | उनी किराँत-लिम्बू भएकाले लिम्बू जातिको भाषा, लिपि, धर्म, संस्कृतिकाको खोजी गर्ने, त्यसलाई विकसित बनाउने उनले आफ्नो जीवनको एक मात्र लक्ष्य बनाए | यही लक्ष्य प्राप्त गर्न उनी रातदिन निन्द्रा, भोक, थकाइ केही नभनी नेपालका लिम्बूवान र खम्बूवान क्षेत्रमा करिव दश वर्षसम्म बसेर किराँती भाषा, साहित्य, इतिहास, लिपि, धर्म, संस्कृति आदिको खोज कार्यमा लागे | उनको व्यक्तित्वको महत्वपूर्ण पक्ष भनेको नै किराँती वाङ्गमय र संस्कृतिको सुधार गर्नु थियो | उनी विद्यालय र कलेजमा अध्ययनरत हुँदा पनि आफ्नो भाषाको प्रचार-प्रसार, लिपिको पुनरुत्थान र संस्कृतिको विस्तार गर्नुलाई जीवनको एकमात्र लक्ष्य बनाएर र यही कार्यका लागि मन, वचन र कर्मले उनी लागिरहे |

     इमानसिंह चेमजोङले नेपालका र भारतका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलहरूको भ्रमण गरी सामग्री सङ्कलन र अध्ययन गर्ने कार्य गरे | आफ्नो संस्कृतिको अस्तित्वरक्षा गर्ने उद्देश्यले इमानसिंह चेमजोङले करिव पन्ध्र वर्षसम्म नेपाल र एसियाली अनुसन्धान केन्द्रमा रही आफ्नो अध्ययन क्षेत्रलाई विस्तार गरेका थिए |

उपर्युक्त वाक्य हाम्रो कक्षा दशको नेपाली पाठ्यपुस्तकको इमानसिंह चेमजोङ शीर्षक जीवनीबाट झिकिएको हो | यो जीवनी कक्षा दसको नेपाली पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले नै तयार परेका हुन् | उनीहरूले यस जीवनीमा इतिहासविद् इमानसिंह चेमजोङको परिचय दिनुका साथै उनले किराँत भाषा, साहित्य, इतिहास, लिपि, धर्म, संस्कृतिको जगेर्ना र उत्थानका क्षेत्रमा गरेको योगदानलाई समेत वर्णन गरिएको छ | सन् १९०४ मा दार्जिलिङको कालेबुङमा जन्मिएका चेमजोङले आफ्नो व्यक्तिगत खोज, अध्ययन र परिश्रमबाट किराँत जातिको भाषा, लिपि, धर्म, संस्कृतिका लागि प्रशस्त साथै विशिष्टयोगदान गरेका छन् | उनले लोप हुन लागेको किराँती भाषा र संस्कृतिका क्षेत्रमा काम गर्दागर्दै सन् १९७५ मा उनको निधन भयो |

     जीवनीमा व्यक्त भएका भावअनुसार नेपालमा विभिन्न जातका मानिसहरूको बसोबास गर्दछन् | सबै जातका मानिसका आ-आफ्नै किसिमका भाषाहरू पनि छन् | कुन जातको मानिस कस्तो किसिमको छ भन्ने कुरा त्यस जातको भाषाले प्रष्ट पार्दछ | कुनै भाषा जति बढी प्रयोगमा आउँछ त्यो त्यति नै परिस्कृत र विकसित हुँदै जान्छ | प्रयोगमा नआएको भाषा र त्यसको लिपि विस्तारै लोप हुँदै जान्छ र त्यसको अस्तित्व पनि सकिदै जान्छ | भाषा जति उन्नत, परिस्कृत र सभ्य हुन्छ, त्यति नै त्यस जातका मानिसहरू पनि सभ्य हुँदै जान्छन् | अर्को शब्दमा भन्ने हो भने मानिसको सभ्यताको वास्तविक परिचय भनेको नै उसको भाषामा देखिन्छ | त्यसैले हरेक सभ्य जातिको अस्तित्वलाई जीवन्त राख्न त्यस जातिको वाङ्गमयले महत्वपूर्ण भूमिका खेलेको हुन्छ |

     यस संसारमा सयौं किसिमका भाषाहरू बोल्ने गरिएका छन् | हाम्रो देशभित्र पनि सय भन्दा बढी भाषाहरू प्रचलनमा रहेको छन् | नेपालमा प्रचलित भाषाहरूमा किराँत-लिम्बू भाषा पनि एक प्रमुख हो | नेपालभित्र र नेपालबाहिर बसोबास गर्ने लाखौं लिम्बू जातिका मानिसहरूले यो भाषा बोल्ने  गर्दछन् | यो उनीहरूको मातृ भाषा पनि हो, साथै यो लिम्बू जातिको बोलीचालीको एक माध्यम मात्र नभएर सभ्य र सुसंस्कृत भाषा पनि हो | यही भाषाले लिम्बू जातिको अस्तित्वलाई जोगाएर राख्न सक्दछ भनेर इमानसिंह चेमजोङले यसको संरक्षण गरेका हुन् |  

 

नेपालमा बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक विविधता युक्त मुलुक हो | जहाँ हिन्दू, बौद्ध, इस्लाम, इसाई, किराँत आदि विभिन्न धर्म मान्ने मनिसहरू बसोबास गर्दछन् | यहाँ विभिन्न जातका र थरीथरीका भाषाभाषी भएका मानिसहरूको बाहुल्यता रहेको छ | यसरी जात, धर्म र भाषाका आधारमा भिन्नभिन्न भएकाले तिनीहरूका लागि सम्पूर्ण सामाजिक संस्कारहरू स्वभावैले फरकफरक हुन्छन् | यही फरकपन भएकाले नै नेपाललाई सांस्कृतिक विविधताको मुलुक भनिएको हो |

  यहाँ देखिने भिन्नता बीच पनि नेपाली राष्ट्रियताका सन्दर्भमा भने सबै एकजुट भएको कुरा इतिहासमै पढ्न पाइन्छ | आपसी स्नेह र सहिष्णुताका आधारमा यहाँका मानिसहरू आफ्ना जीवनलाई अगाडि बढाउँछन् | अन्य देशमा जस्तो बहुसङ्ख्यकले अल्पसङ्ख्यकलाई दबाउने वा सताउने नभई यहाँ सदभाव र पारस्परिक मेलमिलापको वातावरण कायम भएको हुन्छ | नेपालको स्वतन्त्रता र मौलिकताको चिनारी भनेको नै शासक वा शोषण मुक्त समाजको निर्माण हो | जसले सम्पूर्ण नेपाली जनतालाई एकताको सूत्रमा बाधेको छ |

  नेपालको विशिष्ट पहिचान वा परम्परा जे भने पनि परापूर्वकालदेखि नै आफ्नै संस्कृतिलाई जोगाएर पनि देशको सर्वाङ्गीण हितका खातिर एकताको सूत्रमा गाँसिएर अनुपम उदाहरण प्रस्तुत गरेका छन् | यही एकता, सदभाव, समझदारी तथा मेलमिलापले नै नेपाललाई समृद्ध मुलुक पहिचान गर्ने एउटा प्रमुख आधार हो | तसर्थ: नेपाल सांस्कृतिक विविधता भएको एक समृद्ध मुलुकका रूपमा विश्वमा परिचित छ |     

 

'इमानसिंह चेमजोङ' शीर्षक जीवनी कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाबेस छ | यस जीवनीका लेखक यसै पाठ्यपुस्तक लेखक तथा सम्पादकहरू हुन् | उनीहरूले नेपाली भाषा र साहित्यका क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् | यस जीवनीमा इमानसिंह चेमजोङको परिचय दिनुका साथै उनले किराँती भाषा, धर्म, लिपि र संस्कृतिको जगेर्ना र उत्थानमा पुर्याएको योगदानको समेत चर्चा गरिएको छ | सन् १९०४ मा दार्जिलिङको कालेबुङमा जन्मिएका इमानसिंह चेमजोङले आफ्नो व्यक्तिगत खोज, अध्ययन र परिश्रमबाट किराँत जातिको भाषा, लिपि, धर्म, संस्कृतिका लागि प्रशस्त साथै विशिष्टयोगदान गरेका छन् | उनले लोप हुन लागेको किराँती भाषा र संस्कृतिका क्षेत्रमा काम गर्दागर्दै सन् १९७५ मा उनको निधन भयो |

     इमानसिंह चेमजोङले किराँत भाषा र संस्कृतिको उन्नतिमा महत्वपूर्ण योगदान दिएको देखिन्छ | आफ्नो जातिलाई कसैले जङ्गली भनेको सुन्दा उनलाई नराम्रो लागेको र पछि उनले किराँतीहरूको पनि आफ्नै मौलिक भाषा, लिपि, र संस्कृति रहेको थाहा पाए | त्यसैको खोजीका क्रममा उज्ले किराँतीहरूको पुरानो हस्तलिखित ग्रन्थ हात परेपछि उनी किराँती संस्कृतिका क्षेत्रमा जागरुक भएर लागे | सन् १९२५ देखि उनी निकै सक्रिय रूपले यससम्बन्धी खोज र अनुसन्धानमा लागे | कलेजमा पढ्दा पनि चेमजोङ आफ्नो जाति, भाषा, सभ्यता, संस्कृति, लिपि र इतिहासका बारेमा निकै चासो देखाउँथे | उनले आफ्नो घरमा भोटे जातिका पुराना हस्तलिखित कागजपत्रहरूको सङ्कलन गरी तिनको अध्ययन एवम् विश्लेषण पनि गरे | उनी आफ्नो भाषा र संस्कृतिको उन्नतिका लागि मन, वचन र कर्मले सदैव तल्लीन हुन थाले |

     इमानसिंह चेमजोङले नेपाल र भारतका विभिन्न ठाउँहरूमा भ्रमण गरी आफ्नो भाषा, लिपि र संस्कृतिको विस्तृत खोजका साथै प्रचार – प्रसार पनि गरे | सन् १९५३ मा नेपालको लिम्बूवान क्षेत्रमा आई उनले त्यहाँ "लिम्बूवान सुधार सङ्घ" को गठन गरे | आफ्नो भाषा र संस्कृतिको अस्तित्वरक्षाका लागि प्रतिनिधि मण्डलको नेतृत्व गरी उनी काठमाडौँ आए | उनले दश वर्षसम्म लिम्बूवान क्षेत्रमा रहेर सामाजिक कुरीति, समाजसुधार, शिक्षाको प्रचार र अनुसन्धानमा जीवन लगाए | उनले जीवनको धेरै वर्ष शिक्षण पेशामा बिताए पनि उनको व्यक्तित्वको महत्वपूर्ण पक्ष भने किराँती वाङ्गमय र संस्कृतिको सुदृढीकरणमा नै खर्च भएको थियो |

     अन्यत्र बसेर आफ्नो भाषा र संस्कृतिको विकासमा महत्वपूर्ण योगदान नपुग्ने देखे पछि उनी काठमाडौंमा नै बस्न थाले | करिब पन्ध्र वर्षसम्म नेपाल र एसियाली अनुसन्धान केन्द्रमा रही उनले आफ्नो अध्ययन क्षेत्रलाई विस्तार गरे | कुनैपनि भाषालाई जीवन्त राख्न पुस्तकहरूको पनि विशेष स्थान रहने हुँदा उनले लिम्बू भाषामा व्याकरण, शब्दकोश, लिपि, संस्कृति, धर्म, दर्शन, इतिहाससम्बन्धी विभिन्न ग्रन्थहरू प्रकाशित गरे | यसप्रकार के देखिन्छ भने इमानसिंह चेमजोङले किराँती भाषा र संस्कृतिको उन्नतिमा महत्वपूर्ण योगदान दिएका छन् |  

 

© 2019-20 Kullabs. All Rights Reserved.