Subject: Nepali
पाठ – ९
व्यापारिक चिठी
कुनैपनि व्यवसाय गर्ने संस्थाले व्यापारिक सम्बन्ध वा कारोबारका लागि माग र आपूर्तिसँग सम्बन्धित भई लेख्ने चिठी व्यापारिक अथवा व्यावसायिक हो | यस्ता चिठीहरू सामान किनबेचका लागि प्रयोग गरिन्छन् र सामान्यत: संस्थाको नाममा छापिएको 'लेटरप्याड' मा लेखिन्छ | यसको शैली औपचारिक हुन्छ |
व्यापारिक चिठी लख्ने तरिका :
नोट : 'श्रीमान' लेखेर सम्बोधन गरेपछि नाम वा पदका अन्त्यमा 'ज्यू' लगाउनुपर्दैन |
अभ्यास -
१) तलका प्रश्हरूको उत्तर दिनुहोस् :
क) व्यापारिक चिठीको आदि, मध्य र अन्त्यमा केके कुरा लेखिन्छन् ?
उत्तर – व्यापारिक चिठीको आदि वा शुरुमा मितिका साथै चिठी पठाइने कार्यालय, संस्था आदिको प्रमुख व्यक्तिलाई ओहदा सुहाँउदो सम्बोधन, सम्बन्धित संस्थाको नाम र पूरा ठेगाना लेखिन्छ | व्यापारिक चिठीको मध्य वा बीचमा चिठी लेख्नाको कारणसहित विषय, विषयको आशय प्रष्ट हुने गरी बयान लेखिन्छ | व्यापारिक चिठीको अन्त्यमा चिठी पठाइने मानिससँग चिठी पठाउने मानिसले शुभेच्छासहित विदा माग्दै चिठी पठाउने मानिसको पूरा नाम, ठेगाना लेखी हस्ताक्षर गरिन्छ |
ख) व्यापारिक चिठी र घरायसी चिठीमा के-कस्ता भिन्नताहरू हुन्छन् ?
उत्तर –
व्यापारिक चिठीमा :-मिति अनिवार्य हुन्छ र उक्त मिति पत्रको दायाँतर्फको शिरमा लेखिन्छ | यस प्रकारको चिठीमा संघसंस्थाका प्रमुखलाई सम्बोधन गर्दै उक्त संघसंस्थाको पूरा नाम, ठेगाना लेखिन्छ | यस चिठीका लागि विषय अनिवार्य हुन्छ | विवरणमा विषयले भन्न खोजेको कुरा राम्रोसँग खुलेको हुनुपर्छ | चिठी लेखिसकेपछि चिठी लेख्ने मानिसले चिठीको बायाँतर्फको तल आफ्नो नाम ठेगाना र हस्ताक्षर लेखिन्छ |
घरायसी चिठी :- शुरुमा चिठी पठाउने व्यक्तिको सानो ठेगाना लेखी त्यसको मुनि मिति लेखिन्छ | यस प्रकारको चिठीमा लेख्ने व्यक्तिले लेखिने व्यक्तिसँगको आफ्नो नाता सम्बन्धअनुसारको सम्बोधन गरी अभिवादनसमेत लेख्नुपर्छ | चिठीको अन्त्यमा आफ्नो साइनो अनुसारको शब्दको प्रयोग गरी आफ्नो नाम, ठेगाना लेखिन्छ | यसप्रकार व्यापारिक चिठी र घरायसी चिठीमा भिन्नताहरू पाइन्छन् |
२) तलका संयोजक र नामयोगी शब्द राखेर वाक्य निर्माण गर्नुहोस् :
संयोजक : र, अनि, कि, तर, किनभने, वा, अथवा
र – आमा र दिदी मामाघर जानुभएको छ |
अनि – तिमी खाना खाऊ अनि सँगै विद्यालय जाउँला |
कि – यो कलम विशालको कि विवेकको हो ?
तर – म काठमाडौँ आउछु तर तिम्रो घरमा निस्कन भ्याउँदिन |
किनभने – अरूण ज्यादै पारिश्रम गर्छ किनभने ऊ धेरै धन कमाउन चाहन्छ |
वा – तिमीलाई खारेको वा नौनी घिउ कुन मन पर्छ ?
अथवा - बजारबाट आँप अथवा सुन्तला जे भए पनि लिएर आउ है |
नामयोगी : तिर, सम्म, माथि, तर्फ, सित, भित्र, नजिक, पछि, मुन्तिर
तिर – ओहो ! कमला कता तिर हिड्यौँ |
सम्म – तिमी कहिलेसम्म नेपालमा बस्ने हो राजु ?
माथि – हाम्रो घरमाथि ठूलो पिपलको रूख छ |
तर्फ – गौरब आफ्नै कोठातर्फ गयो |
सित – म आज बुबासित बजार जान्छु |
भित्र – शिक्षक हामीभित्र असल नागरिकको गुण देख्नुहुन्छ |
नजिक – सदिक्षाको घर लोक सेवा कार्यालयनजिक पर्छ |
पछि – मेरी बहिनी दस बजेपछि विद्यालय जान्छे |
मुन्तिर – त्यो ठूलो पहाडमुन्तिर एउटा मन्दिर छ |
© 2019-20 Kullabs. All Rights Reserved.