Subject: Nepali
परिभाषितक शब्द
कुनै निश्चित विषय वा क्षेत्रमा प्रयोग हुने विशेष शब्द नै पारिभाषिक शब्द हुन् | अर्थात् कुनै पनि वस्तु चिज तथा पदार्थको परिभाषा दिएर अर्थ बताइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ |
जस्तै :-
प्राविधिक शब्द
कुनै पनि वस्तु, चिज तथा पदार्थको विज्ञान प्रविधि, कानुन आदि क्षेत्रमा प्रयोग गरिने शब्द नै प्राविधिक शब्द हुन् |
जस्तै :-
पाठमा प्रयोग भएका परिभाषिक शब्द टिप्नुहोस्
शास्त्रीय मसानघाट सृष्टि दार्शनिक
उर्जा ग्रह सृष्टिविज्ञान प्रकृति
ब्राम्हण साहित्य कला नीति
धर्म पन्च महाभूत कर्मयोग नीतिशास्त्र
संस्कृति बालुवाको महल उपनिषद चतुर्भुज
त्रिनेत्रधारी चुतुर्मुख सर्वाङ्गीण इतिहास
राजनीतिज्ञ अन्तरिक्ष मरुभूमि साहित्यकार
वैज्ञानिक राहु चाणक्य नीति आदि |
तलका पारिभाषिक शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् |
अब्बल
उत्तम – सरला अब्बल अङ्कमा एस.एल.सी उत्तीर्ण भई |
अम्ल
अमिलो – अमिलोलाई संस्कृतमा अम्ल भनिन्छ |
अधिक वर्ष
हरेक चार-चार वर्षमा आउने ३६६ दिन हुने इस्वी वर्ष – यो २०१६ अधिक वर्ष हो |
ऐलानी
सरकारी रूपमा कसैको नाममा दर्ता नभएको जग्गा – सुकुम्बासीलाई सरकारले ऐलानी जग्गा तत्कालै बाँड्दै छ |
कुपोषण
तत्वको कमी – कुपोषणका करण विश्वमा धेरैले ज्यान गुमाइसकेको छन् |
कुपोषण
पोषक तत्वको कमी – कुपोषणका करण विश्वमा धेरैले ज्यान गुमाइसकेको छन् |
गुल्म
सेनाहरूको एक गण – नेपाली सेनाको कालीगण नामक गुल्म काठमाडौँ मा छ |
छन्द
लय – पद्य कविताहरू छन्दमा लेखिएका हुन्छन् |
जीवाणु
सजिव अणु – सूक्ष्मदर्शक यन्त्रले मात्बाट जीवाणु देख्न सकिन्छ |
तापक्रम
सूर्यबाट प्राप्त हुने गर्मी – नेपालको अन्य ठाउँको भन्दा तराइको तापक्रम हुन्छ |
देशान्तर
विदेश - हाम्रो दाजु देशान्तर भ्रमणमा जानुभएको दश दिन भयो |
ध्वनि
आवाज – हवाइजहाजले शहरको ध्वनि प्रदूषण गरेको छ |
परिपत्र
जानकारी गराउन पठाइने पत्र / सूचना - शिक्षा मन्त्रालयले प्रत्येक विद्यालयलाई नयाँ शैक्षिक सत्रसम्बन्धी परिपत्र गरेको छ |
भाषि
भाषाको क्षेत्रीय भेद – हाम्रो देशमा प्रसस्त भाषीकाहरू छन् |
भन्सार
आयात वा निर्यात हुने मालसामानमा लाग्ने शुल्क – सरकारले यस पटक भन्सार शुल्क तीस प्रतिसतले बृद्धि गरेको छ |
भूक्षय
बढी पहिरो आदिबाट जमिन बग्ने काम – नेपालमा वर्षेनी भूक्षय भैरहेको छ |
रस
तरल पदार्थ – हाम्रो शारीरमा पानीको मात्रा बढाउन रस भएका खानेकुरा खानुपर्छ |
शल्यचिकित्सा
चिरफार पद्धतिले गरिने उपचार – अस्पतालमा धेरै विरामीहरूको शल्यचिकित्सा विधिले उपचार गरिन्छ |
हिमनदी
हिउँ पग्लेर बग्ने नदी – नेपालमा थुप्रै हिमनदी रहेका छन् |
संस्कृति
संस्कार – इमानसिंह चेमजोङ किराँती संस्कृति उत्थानका लागि ठूलो योगदान दिए |
भाषा
वाणी/वाक – भाषा विचार विनिमयको मध्यम हो |
व्याकरण
शब्द तथा वाक्यसम्बन्धी नियम र उदाहरणको सङ्कलन गर्ने शास्त्र – नेपाली व्याकरणको इतिहास धेरै पुरानो छ |
नीति
आचारसंहिता – कुनै पनि कामको लागि नीति अति आवश्यक हुन्छ |
रङ्गयोजना
उचित रङ्गहरूको सार्थक प्रयोग गर्ने तरिका – मिथिला चित्रकलामा रङ्गयोजनाबारे घरैमा छोरीलाई सिकाइन्छ |
कार्यतालिका
समय सूची – हाम्रो विद्यालयले वार्षिक कार्यतालिका बनाएको छ |
लोकतन्त्र
प्रजातन्त्र – नेपालमा लोकतन्त्रको स्थापनासँगै कार्यान्वयनको प्रक्रिया पनि अघि बढिरहेको छ |
आन्दोलन
माग पूरा गर्ने उद्देश्य गरिने दवाव मूलक कार्यक्रम - नेपलमा राजनीतिक परिवर्तन गर्न ठूला साना आन्दोलनहरू भइरहेका छन् |
© 2019-20 Kullabs. All Rights Reserved.