Subject: Nepali
परिचय
कुनै निश्चित विषय वा शीर्षकमा पक्ष र विपक्षबाट गरिने तर्कपूर्ण प्रस्तुतीकरलाई वादविवाद भनिन्छ | वादविवादमा आफ्ना पक्षको समर्थन र पुष्टि (मण्डन) तथा विपक्षका तर्कसँग असहमति राख्तै तिनको शिष्टतापूर्वक खण्डन गरिन्छ | वादविवाद एकातर्फी वा दुइतर्फी हुन्छ | दुइतर्फी वादविवादमा पक्ष वा विपक्षको सृजना गरेर तार्किक कुराहरू अगाडि सारिन्छ भने एकतर्फीमा चाहिँ पक्ष वा विपक्षबाट मात्र आफ्ना तार्कहरू राखिन्छन् | सामान्यतया विद्यार्थीका लागि एकतर्फी वादविवाद नै उत्तम हुन्छ | वादविवादबाट निश्चित समयमा बोलिसक्ने सीपको विकास हुन्छ भने विपक्षीका तर्कहरूलाई खण्डन गर्न सक्ने सामार्थ्यको वृद्धि पनि हुन्छ |
वादविवादमा सम्बोधनका साथ तर्क र त्यसको पुष्टि गर्दा भाषालाई कलात्मक, शृङ्खलाबद्ध र प्रभावकारी बनाउनुपर्छ | आफ्नो विषयको प्रस्तुतिका साथै विपक्षका तर्कहरूमाथि प्रहार गरी तिनलाई काट्न सक्नुपर्छ | वादविवादमा विषयले स्वीकार गरेको कुरालाई पक्ष र त्यसको उल्टो कुरालाई विपक्ष भनिन्छ |
वादविवाद लेख्ने तरिका
वादविवादमा सहभागी हुने व्यक्तिले बोल्दा केकस्ता कुरामा ध्यान दिनुपर्छ |
वादविवादमा सहभागी हुने व्यक्तिले बोल्दा निम्न कुरामा ध्यान दिनुपर्छ,
पक्षतर्फका दोस्रा वक्ताले प्रस्तुत गरेका तर्फहरूमध्ये मुख्यमुख्य कुरालाई दश बुँदामा टिप्नुहोस् |
पक्षतर्फका दोस्रा वक्ताले प्रस्तुत गरेका तर्फहरूमध्ये मुख्य-मुख्य कुराहरू निम्नानुसार छन् :
विपक्षतर्फका वक्ताले प्रस्तुत गरेका तर्कहरूलाई आधार बनाएर एउटा अनुच्छेद तयार पार्नुहोस् |
आजको वादविवाद प्रतियोगितामा म विषयको विपक्ष भाग्यभन्दा परिश्रम ठूलो भन्ने पक्षमा आफ्ना मन गढन्ते र भ्रामक तर्कहरू प्रस्तुत गरेर जानुभयो | उहाँका ती तर्कहरूसँग बिल्कुलै सहमत हुन सकिन्न | भाग्यलाई जतिसुकै नकारे पनि आजसम्म उहाँले हासिल गर्नुभएका उपलब्धिहरू भाग्यकै वरदान हुन् | परिश्रमबाटै सबै कुरा सम्भव हुन्छ भन्नु बालुवाको कहल बनाउन खोज्नु मात्रै हो | भाग्यभन्दा बढी यस संसारमा कसैले केही पाउँदैन | भाग्य मानवजीवनको आधार हो; भाग्यकै जगमा सुखी जीवनको महल बनाउन सकिन्छ | आफ्नो भाग्य आफैँसँग छ भन्ने कुरालाई कदापि नकार्न सकिदैंन | भाग्य भनेको दैवी विधान हो | यसलाई कसैले पनि मेट्न सक्दैनन् | भाग्यमा जे जति छ त्यसलाई कसैले पनि हर्न सक्दिन, खोस्न सक्दिन | "भाग्यमा भए थलैमा" कहाँ त्यसै भनिएको हो र ? भाग्यमा छ भने थोरै परिश्रम, थोरै लगानीबाट पनि ठूलो उपलब्धी हासिल गर्न सकिन्छ | भाग्यमा छैन भने जतिसुकै परिश्रम गरे पनि, टाउकै फोरे पनि सफलता प्राप्त गर्न सकिन्न | हाम्रो नीतिमा पनि "भाग्यं फलाति सर्वत्र" अर्थात् भाग्यमा भए जहाँ सुकै सफलता प्राप्त हुन्छ भनिएको छ |
© 2019-20 Kullabs. All Rights Reserved.