प्रेरणार्थक

Subject: Nepali

Find Your Query
Sunway Business School

Overview

- कुनै पनि काम आफूले नगरेर अन्यबाट काम गर्न लगाउने सन्दर्भमा प्रयोग हुने वाक्यलाई प्रेरणार्थक वाक्य भनिन्छ | प्रेरणार्थक क्रियाले कर्ताबाट कार्य नभई उसले अरूलाई कार्य गर्नका लागि प्रेरित गरेको कुरा स्पष्ट देखाएको हुन्छ |
प्रेरणार्थक

 

प्रेरणार्थक वाक्य :

    कुनै पनि काम आफूले नगरेर अन्यबाट काम गर्न लगाउने अथवा काम कसैबाट प्रेरित भएर भएको हो भन्ने अर्थ बुझाउन गरिएको वाक्य, क्रियापद वा अन्य शब्दमा गरिने परिवर्तनलाई प्रेरणार्थक वाक्य भनिन्छ | प्रेरणार्थक क्रियाले कर्ताबाट कार्य नभई उसले अरूलाई कार्य गर्नका लागि प्रेरित गरेको कुरा स्पष्ट देखाएको हुन्छ | यस्तो वाक्यमा प्रेरणात्मक धातुबाट बनेका क्रियापदको प्रयोग हुन्छ |

जस्तै :-

  • तिमी भाइलाई नचाउँछ्यौ |
  • म विपिनलाई निकै काम गराउँछु |
  • सरूले रचनालाई हँसाइन् |
  • शिक्षकले विद्यार्थीहरूलाई व्याकरण पढाए |

 

माथिका उदाहरणहरूमा प्रेरणार्थकको रचना यसरी गरिएको छ :

 

प्रेरक कर्ता    प्रेरित कर्ता (कर्म)     प्रेरणार्थक क्रियापद          धातुको संरचना

तिमी         भाइ                        नचाउँछ्यौ                     नचाउ (नाच् + आउ)

म             विपिन                     गराउँछु                         गराउ (गर् + आउ)

सरू           रचना                       हँसाइन्                         हसाउ (हास् + आउ)

शिक्षक      विद्यार्थीहरू              पढाए                            पढाउ (पढ् + आउ)

 

 

Things to remember
  •   कुनै पनि काम आफूले नगरेर अन्यबाट काम गर्न लगाउने वाक्य, क्रियापद वा अन्य शब्दमा गरिने परिवर्तनलाई प्रेरणार्थक वाक्य भनिन्छ |
  • यस्तो वाक्यमा प्रेरणात्मक धातुबाट बनेका क्रियापदको प्रयोग हुन्छ |
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.
Questions and Answers

हरि भगतसिंहलाई ढोलक बजाउँन लगाउँछ |

राधेश्याम पूर्णसिंहलाई डोको बुनाउँछन् |

रोशनी अनितालाई टाइप गराउँछे |

सानी एलिसालाई खेतमा काम गर्न लगाउँछे |

गुरुले मलाई असल मान्छे बनाउनुहुन्छ |

आमा प्रतिक्षालाई कविता लेखन लगाउनुहुन्छ |

केशव डकर्मीलाई घर बनाउन लगाउँछ |

दिदी नानीलाई कोक्रामा सुताउनुहुन्छ |

अमर किसानलाई हलो जोत्न लगाउँछ |

इन्द्र दाइले दिपकलाई डाक्टर हुन लगाउनुभयो |

बराल सर मलाई गीत सुनाउनुहुन्छ |

सुनिल कृष्णद्वारा जनकलाई कापी दिलाउँछन् |

मैले केटाहरूलाई कराउन लगाएँ |

हाकिम कर्मचारीलाई काम गराउँछ |

बाबाले मलाई पोखरा घुमाउनुभयो |

प्रशिक्षकले खेलाडीलाई मैदानमा कुदाए |

गुरुआमाले सविनालाई कक्षामा नचाउनुभयो |

आमाले भाइलाई कोक्रामा स् सुताउनुभयो |

गुरुले आज वैशाख कविता पढाउनुभयो |

दिदीले मलाई कुर्सीमा बसाउनुभयो |

कक्षामा शिक्षकले सारंश लेखाउनुभयो |

दिदीले सानी नानीलाई चुठाउनुभयो |

म बहिनीलाई भात खुवाउँछु

गर्न लगाउनु

घोकाउनु  

देखाउनु

बनाउनु

गराउनु

गराउनु

लगाउनु

अरु हाँस्छन् |

विकास चिना हेर्थ्यो |

© 2019-20 Kullabs. All Rights Reserved.