Subject: Nepali
क्रियापद वा कृदन्त शब्दको मूल रूपलाई धातु भनिन्छ | धातुले कुनै कार्य, घटना वा अवस्थालाई बुझाउँछ | तर यसलाई सिधै वाक्यमा प्रयोग गर्न सकिन्न | धातुमा प्रत्यय जोडिएर क्रियापद र कृदन्त शब्द बन्दछ | जस्तै -:
धातु प्रत्यय क्रियापद धातु प्रत्यय क्रियापद
लेख् + ला = लेख्ला लेख् + एको = लेखेको
खा + छ = खान्छ खा + एर = खाएर
'नु' मा टुङ्गिएको क्रियालाई क्रियामूल भनिन्छ | क्रियामूलको 'नु' हटाएपछि बाँकी रहने भाग नै धातु हुन्छ | क्रियापदको धातु पत्ता लगाउनका लागि पहिले त्यसको क्रियामूल पत्ता लगाउनुपर्छ र त्यसबाट 'नु' हटाउनुपर्छ |
क्रियापद क्रियामूल - नु = धातु
हुनेछ हुनु - नु = हु
रोएछन् रुनु - नु = रु
आउनुभयो आउनु - नु = आउ
धातुमा आउने 'इ' र 'उ' सबै ह्रस्व मात्र हुन्छन् |
मूल धातु
नाम, विशेषण र अव्यय आदि नजोडिई बनेका क्रियाका मूल रूप नै मूल धातु हुन् |
उदाहरण – बस + नु = बस्नु दि + नु = दिनु
भन् + नु = भन्नु गर् + नु = गर्नु
नाम धातु
नाम, विशेषण र अव्यय शब्दमा प्रत्यय लगेर बनेका व्युत्पन्न धातुलाई नामधातु भनिन्छ | नामधातु बन्दा नाम, विशेषण र अव्यय शब्दमा 'आउ', 'याउ', तथा 'इ' प्रत्यय लाग्दछ |
उदाहरण –
वर्ग |
शब्द |
प्रत्यय |
|
नामधातु |
|||||
नाम |
रोग |
+ |
आउ |
= |
रोगाउ |
+ |
नु |
= |
रोगाउनु
|
|
लाज |
+ |
आउ |
= |
लजाउ |
+ |
नु |
= |
लजाउनु |
|
मुन्ट |
+ |
इ |
= |
मुन् |
+ |
नु |
= |
मुन्टिनु |
विशेषण |
मोटो |
+ |
आउ |
= |
मोटाउ |
+ |
नु |
= |
मोटाउनु |
|
चिसो |
+ |
याउ |
= |
चिस्याउ |
+ |
नु |
= |
चिस्याउनु |
अव्यय |
बाहिर |
+ |
इ |
= |
बाहिरि |
+ |
नु |
= |
बाहिरिनु |
|
पछि |
+ |
याउ |
= |
पछ्याउ |
+ |
नु |
= |
पछ्याउनु |
|
बरबर |
+ |
आउ |
= |
बरबराउ |
+ |
नु |
= |
बरबराउनु |
प्रेरणार्थक धातु –
सामान्य (मूल) धातुमा 'आउ' प्रत्यय लागेर बनेका व्युत्पन्न धातुलाई प्रेरणार्थक धातु भनिन्छ | यस्ता धातुबाट बन्ने क्रियापद प्रेरणार्थक प्रक्रियामा प्रयुक्त हुन्छन् |
सामान्य धातुमा प्रत्यय (आउ) प्रेरणार्थक धातु
खा + आउ = खुवाउ + नु = खुवाउनु
दि + आउ = दिलाउ + नु = दिलाउनु
सिक + आउ = सिकाउ + नु = सिकाउनु
खेल + आउ = खेलाउ + नु = खेलाउनु
तलका क्रियापदमा धातु पत्ता लगाउनुहोस् |
पढ्यो, गएछ, धोला, खान्छ, जाओ, पढाउनुहन्छ, लोभियो, हुनेछ, लजाइछ, हँसाउँछ,रुन्छन्, हेराइ, पिउँछन्, पाएछन्, धल्याउँथ्यो, कज्यायो |
क्रियापद धातु क्रियापद धातु
पढ्यो - पढ् गएछ - जा
धोला - धु खान्छ - खा
जाओ - जा पढाउनुहन्छ - पढाउ
हँसाउँछ - हँसाउँ लजाइछ - लजाउ
रुन्छन् - रु हेराइ - हेर्
पाएछन् - पाउ पिउँछन् - पिउ
धुल्याउँथ्यो - धुल्याउ कज्यायो - कज्याउ
तलका क्रियाहरूमा मूल धातु, नाम धातु र प्रेरणार्थक धातु छुट्याउनुहोस् |
होच्याउनु, रुवाउनु, हाँस्नु, रमाउनु, बसाउनु, दुखाउनु, उड्नु, पढाउनु, खुवाउनु, कज्याउनु, नचाउनु, चिसिनु, लेख्नु, मोटाउनु, गाउनु |
मूल धातु:
हाँस्नु - हाँस् + नु, उड्नु - उड् + नु,
लेख्नु - लेख् + नु, गाउनु - गाउ + नु,
नाम धातु:
मूल शब्द प्रत्यय
होचो + याउ = होच्याउ + नु = होच्याउनु
काजी + याउ = कज्याउ + नु = कज्याउनु
मोटो + आउ = मोटाउ + नु = मोटाउनु
चिसो + इ = चिसि + नु = चिसिनु
प्रेरणार्थक धातु
रुवाउ + नु = रुवाउनु, दुखाउ + नु = दुखाउनु,
बसाउ + नु = बसाउनु, पढाउ + नु = पढाउनु,
रमाउ + नु = रमाउनु, खुवाउ + नु = खुवाउनु,
नचाउ + नु = नचाउनु,
पाठको पाँचौं अनुच्छेदमा प्रयुक्त क्रियापदहरूका धातु र प्रत्यय छुट्याउनुहोस् :
भए, हुँदैनथ्यो, भन्नुहोला, छोए, लाग्दो, रहेनछ, सुन्नोस्, छुट्ने, अँठ्याएछ, होला, पुगेन, भने, पुग्छन्, भन्ने, थिइन्, थिएन, गएर, गरेको, गाएन, बिग्रेको, भयो, बनिसकेको, भन्दा, भन्दै, छैन, पाल्नुहोस्, कुदें |
क्रियापद धातु प्रत्यय क्रियापद धातु प्रत्यय
भएँ - हु + एँ हुँदैनथ्यो - हु + दैनथ्यो
भन्नुहोला - भन् + नुहोला छोएँ - छु + एँ
लाग्दो - लाग् + दो रहेनछ - रह + एनछ
सुन्नोस् - सुन् + नोस् छुट्ने - छुट् + ने
अँठ्याएछ - अँठ्याउ + एछ होला - हु + ला
पुगेन - पुग् + एन भने - भन् + ए
पुग्छन् - पुग् + छन् भन्ने - भन् + ने
थिइन - थि + इन् थिएन - थि + एन
गएर - जा + एर गरेको - गर् + एको
हल्लियो - हल्लि + यो गाएन - जा + एन
बिग्रेको - बिग्र + एको भयो - हु + यो
बनिसकेको - बन् +इ + सक् + एको भन्दा - भन् + दा
भन्दै - भन् + दै पाल्नुहोस् - पाल् + नुहोस्
कुदें - कुद् + एँ
© 2019-20 Kullabs. All Rights Reserved.