Subject: Nepali
कुनै पनि सकारात्मक अर्थ बुझाउने वाक्यलाई करण भनिन्छ | यसले हो वा छ भन्ने सकारात्मक अर्थ दिन्छ |
जस्तै :-
कुनै पनि नकारात्मक अर्थ बुझाउने वाक्यलाई अकरण भनिन्छ | यसले होइन भन्ने नकारत्मक अर्थ दिन्छ | जस्तै :-
- कुनै पनि सकारात्मक अर्थ बुझाउने वाक्यलाई करण भनिन्छ |
- कुनै पनि नकारात्मक अर्थ बुझाउने वाक्यलाई अकरण भनिन्छ |
दोषी चस्मा' कथाको अनुच्छेद ८ का वाक्यहरू कारण भए अकारण र अकारण भए कारण बदल्नुहोस् |
केशवराजलाई आफ्नी पत्नीको युक्ति मन परेन र उनले भोलि बिहानै गई माफी माग्ने निश्चय गरेनन् | अब त उनलाई निन्द्रा चाहियो, तर सधैँ बिहान नहोला भन्ने ध्याउन्नले उनको बाँकी रहेको रात उपयोगमा ल्याउन सके र झिसमिसेमै नउठेर लुगा नलगाएर नजान तयार परेनन् | केवल घडीले अबेर गरिदिएन |
कोष्ठकमा दिइएका निर्देशनका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
विद्यार्थी चौरमा खेलेछन् | (अकरण)
विद्यार्थी चौरमा खेलेनछन् |
काजी शेर्पाले हिमाल चढ्न छाडेका छन् | (अकरण)
काजी शेर्पाले हिमाल चढ्न छाडेका छैनन् |
सोनामले सरितालाई जोमसोम बजार घुमाइदिएछन् | (अकरण)
सोनामले सरितालाई जोमसोम बजार घुमाइदिएनछन् |
हरिशको बहिनी पोखराबाट आउलिन् | (अकरण)
हरिशको बहिनी पोखराबाट नआउलिन् |
उनी सधैँ विद्यालय आउँदैनथे | (करण)
उनी कहिलेकाहीँ विद्यालय आउँथे |
आज निकै जाडो छ | (अकरण)
आज त्यति जाडो छैन |
बादल नलाग्दा पानी पर्दैन | (करण)
बादल लाग्दा पानी पर्छ |
आमा घरमै हुनुहुन्थ्यो | (अकरण)
आमा घरमै हुनुहुन्नथ्यो |
जहाँ शान्ति हुँदैन, त्यहाँ विकास हुँदैन | (करण)
जहाँ शान्ति हुन्छ, त्यहाँ विकास हुन्छ |
रोपारहरू धान रोप्दै छन् | (अकरण)
रोपारहरू धान रोप्दै छैनन् |
काका फुटबल हेर्नुहुन्नथ्यो | (करण)
काका फुटबल हेर्नुहुन्थ्यो |
उत्तीर्ण हुनुपरेकाले पनि परीक्षा दिनुपरेको छ | (अकरण)
उत्तीर्ण हुनु नपरेकाले पनि परीक्षा दिनुपरेको छैन |
रोजिला अल्छी नभए पनि दाजुले भनेको मान्दिन | (करण)
रोजिला अल्छी भए पनि दाजुले भनेको मान्छे |
पानी नपरे मकै फल्दैन | (करण)
पानी परे मकै फल्छ |
भाइले मलाई सबै कुरा भनेको थियो | (अकरण)
भाइले मलाई कुनै कुरा भनेको थिएन |
लोग्ने स्वास्नीलाई कति पनि माया गर्दैनथ्यो | (करण)
लोग्ने स्वास्नीलाई असाध्यै माया गर्थ्यो |
भाइले गृहकार्य सकेछ | (अकरण)
भाइले गृहकार्य सकेनछ |
उनीहरू मीठो बोल्छन् | (अकरण)
उनीहरू मीठो बोल्छन् | (अकरण)
हामी बजार नजाउँला | (करण)
हामी बजार जाउँला |
प्रज्वल काममा लागेको छ | (अकरण)
प्रज्वल काममा लागेको छैन |
पाठको अनुच्छेद ६, १२, १४, र १९ मा प्रयुक्त निपातहरू टिपी वर्णानुक्रम अनुसार मिलाउनुहोस् :
न, त, नै, र, नि, रे, अहँ, पो, ता
वर्णानुक्रम अनुसार मिलाउदा - अहँ, त, ता, न, नि, नै, पो, रे
तलका निपातलाई वाक्यमा प्रयोग गर्नुहोस्|
अँ
क्यारे
खै
नै
पो
ब्यारे
र
रे
ल
हँ
अँ तिमीले भनेर कहाँ हुन्छ |
यसपाली पानी धेरै पर्छ क्यारे |
खै उनीहरू त अहिलेसम्म आइपुगेनन् नि|
आउँदै हुनुहोला नै, तिमीले हतार गरेर हुन्छ |
मलाई त धेरै भोक पो लाग्यो |
हैन ब्यारे यो कुरा साँचो हो ?
त्यति काम गर्न कुन ठूलो कुरो भो र, म गरिहाल्छु नि |
यसपालिको दशैंमा त दिदीभिनाजु दुवै जना आउने रे |
आमा बजारबाट छिट्टै आउनु ल |
तिमीले के भनेकी हँ, मैले केही बुझिन नि |
उदाहरणसहित करण र अकरणबीचको भिन्नतालाई स्पष्ट पार्नुहोस् :
कुनै पनि वाक्यमा प्रयुक्त क्रियापदले सकारात्मक अर्थ बुझाउँछ भने त्यसलाई करण र नकारात्मक वा निषेध अर्थ बताउँछ भने त्यसलाई अकरण भनिन्छ |
जस्तै :-
करण वाक्य अकरण वाक्य
देवकोटाले महाकाव्य लेखे | देवकोटाले महाकाव्य लेखेनन् |
मोतीराम कविता लेख्थे | मोतीराम कविता लेख्दैनथे |
देवकोटाले उपन्यास लेख्लान् | देवकोटाले उपन्यास नलेख्लान् |
यसरी वाक्यमा कर्ताले काम गरेको हो भन्ने अर्थ बुझिन्छ भने करण र कर्ताले काम गरेको होइन वा छैन भन्ने अर्थ बुझिन्छ भने त्यसलाई अकरण भनिन्छ |
© 2019-20 Kullabs. All Rights Reserved.