दोषी चस्मा

Subject: Nepali

Find Your Query
Sunway Business School

Overview

कथामा अन्तर्मुखी पात्र केशवराजको मनभित्रका प्रत्येक मनोवृत्तिलाई खोतलखातल गरी त्यसलाई यथार्थरूपमा उद्घाटित गर्ने र त्यसका माध्यमबाट चाकरी प्रथाको झाँको झार्दै यस प्रथाप्रति ठूलो व्यङ्ग्य र उपहास गर्ने कार्यमा विभिन्न किसिमका प्रतीकात्मक शब्द र वाक्यहरू प्रयोग भएका छन् । यसका कसीमा पनि मानिसका भित्री मनको चिरफार गर्ने कार्यमा कथाकार कोइराला निक्कै खप्पिस कथाकारका रूपमा देखिएका छन् |
दोषी चस्मा

 

दोषी चस्मा

विश्वेश्वर प्रसाद कोइरालाको परिचय :

नाम         –     विश्वेश्वरप्रसाद कोइराला 

जन्म        –     वि.सं.१९७१ बनारस, भारत

कार्यक्षेत्र      –     साहित्य र राजनीति

विधा        –     गद्य (मनोवैज्ञानिक)

मृत्यु        -     वि.सं. २०३९

 

      माता दिव्या र पिता कृष्णप्रसाद कोइरालाका पुत्रको रूपमा वि.सं.१९७१ सालमा जन्मिएका विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकार हुन् । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे | प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार कोइरालाको राजनीति र साहित्यमा सक्रिय रहेकै अवस्थामा वि.सं. २०३९ निधन भयो |

कृतिहरू:

सुम्निमा, तीन घुम्ती,  नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा, दोषी चस्मा,   श्वेतभैरवी आदि |

कथाको सारांश :

       सुप्रसिद्ध मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको 'दोषी चस्मा' नामक कथाको शीर्षक नै स्वयंमा प्रतीकात्मक छ। यसले केशवराजको दृष्टिकोणलाई प्रतीकात्मकरूपमा प्रष्ट्याएको छ। कथामा केशवराजले चस्मामाथि पोखेको रिस, कोठामा पुगेर उनले लुगा फुकाल्न लाग्दा टिमिक्क परेको सुरुवाल उनको गोडाबाट हत्तपत्त निस्कन नसकेको अवस्थामा उत्पन्न हुनपुगेको उनको रिसको आवेग आदि विविध पक्षले उनीभित्र समाहित हीन मनोग्रन्थी सम्बद्ध जटिल समस्याको गहनतालाई प्रतीकात्मक रूपमा प्रष्ट्याउने काम गरेको छ। विविध किसिमका प्रतीकात्मक शब्द र वाक्यगठनहरूका माध्यमबाट केशवराजमा व्याप्त भ्रमलाई प्रकटीकरण गर्ने र यसकै माध्यमद्वारा राणाकालीन समसामयिक सामाजिक यथार्थ उद्घाटित गर्नुका साथै आफूलाई ठूलो र अरूलाई सानो ठान्ने एवं देख्नेहरूबाट केशवराजले खेप्नुपरेको मानसिक चिन्ताको साथै उसको मनस्तापी व्यक्तित्वमाथि पनि कथाकार कोइरालाले केशवराजको 'दोषी चस्मा' का माध्यमबाट नै प्रतीकात्मक रूपमा प्रकाश पारेका छन्।

      कथामा अन्तर्मुखी पात्र केशवराजको मनभित्रका प्रत्येक मनोवृत्तिलाई खोतलखातल गरी त्यसलाई यथार्थरूपमा उद्घाटित गर्ने र त्यसका माध्यमबाट चाकरी प्रथाको झाँको झार्दै यस प्रथाप्रति ठूलो व्यङ्ग्य र उपहास गर्ने कार्यमा विभिन्न किसिमका प्रतीकात्मक शब्द र वाक्यहरू प्रयोग भएका छन् । यसका कसीमा पनि मानिसका भित्री मनको चिरफार गर्ने कार्यमा कथाकार कोइराला निक्कै खप्पिस कथाकारका रूपमा देखिएका छन् |

       कथा अत्यन्त प्रौढ सोचमा आधारित छ र यसले प्रत्येक मानिसलाई आफू हुनुको अस्तित्वको खोजि गर्दै प्रतीकात्मकरूपमा समाजको परिवर्तन प्रक्रियामा अघि बढ्न मानिसले आफूभित्र अन्तर्निहित शक्ति र सामथ्र्यको भित्री स्तरलाई उकासेर बाहिरी परिवेशमा व्याप्त प्रत्येक विकृत संस्कार र वातावरणको अन्धकारलाई चिर्न अग्रसर हुनुपर्ने विषयलाई चित्रित गर्नपुगेको पाइन्छ। मानिसको मनभित्र दमित इच्छा र चाहनाहरूलाई मूर्तरूप प्रदान गर्न मनभित्र नै परिवर्तन आउनुपर्छ र त्यसलाई बाहिरी परिवेशमा पनि चित्रित गर्न सार्थक प्रयास गर्नुपर्छ। यसको अभावमा समाज परिवर्तन हुनसक्दैन र समाज परिवर्तनका लागि समाज सुहाउँदो आचरण र जीवनलाई सङ्घर्षशील तुल्याउनु सक्नुपर्छ भन्ने सत्यतथ्यमा पनि यो कथाले प्रतीकात्मक रूपमा मार्मिक प्रकाश पार्नसकेको पाइन्छ। यसकै सापेक्षतामा कथाकार कोइरालाको 'दोषी चस्मा' कथालाई एउटा उत्कृष्ट मनोवैज्ञानिक कथाका रूपमा लिन सकिन्छ ।

 

 

Things to remember
  • विश्वेश्वरप्रसाद कोइरालाको जन्म  वि.सं.१९७१ बनारस, भारत भएको  हो |
  • विश्वेश्वरप्रसाद कोइरालाको कृतिहरू सुम्निमा, तीन घुम्ती,  नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा, दोषी चस्मा,   श्वेतभैरवी आदि  हो |
  • यस कथामा   केशवराजको दृष्टिकोणलाई प्रतीकात्मकरूपमा प्रष्ट्याएको छ।
  • कथाकार कोइरालाको 'दोषी चस्मा' कथालाई एउटा उत्कृष्ट मनोवैज्ञानिक कथाका रूपमा लिन सकिन्छ ।

     

  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.
Questions and Answers

विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित 'दोषी चस्मा' शीर्षक कथामा सामान्य कर्मचारीको यथार्थतालाई देखाउने काम गरेको छ | कथामा सामान्य स्तरका कर्मचारीहरूले समय अनुसार उच्च पदस्थ व्यक्तिहरूको चाकरीमा आफूलाई लगाउनुपर्ने देखिन्छ | त्यस्ता व्यक्तिहरूको दैनिक चाकरी गरेमा कर्मचारीलाई नै पूर्ण रूपमा सन्तुष्टि प्राप्त हुने र जागिर तथा पेशा पनि दिगो हुन सक्ने कुराको सङ्केत कथामा पाइन्छ | यदि चाकरी गर्न नसकेको खण्डमा एकातिर सम्माननीय व्यक्तिको सम्मानमा आँच पुग्न सक्छ भने अर्कातिर त्यस्ता सामान्य कर्मचारीहरूको मानसिक रूपमा निकै नै विचलित हुन सक्छन् भन्ने कुरा कथामा देखाइएको छ | कथाका चरित्र केशवराज जर्साबको चाकरी गर्नमा सानो गल्ती भएकोमा दुई तीन दिनसम्म आफूलाई पूर्ण दोषी बनाउँदै आफ्नो जागीर जाने, परिवारको पालनपोषण अवरोध उत्पन्न हुन सक्ने स्थितिको समेत भयले आफू ग्रसित भएको देखिन्छ |

कथाका पात्र केशवराज सधैँ जर्साबको चाकरीमा जानुपर्थ्यो, ऊ प्रत्येक दिन बिहान र दिउँसो गरी दुईपटक जर्साबको चकरीमा जान्थ्यो, एक दिन कामको लागि जर्सबकामा गएर फर्कदा जर्साबलाई स्वस्ति गर्न सक्दैन कारण उसको चश्माको पावर घटेको हुन्छ, यही घटनाबाट उसका मनमा एकप्रकारको भय र शङ्का र उत्पन्न हुन्छ | त्यही भय र त्रासले भरिएको मन बोकेर उनी घरमा पुग्छ | घरमा पुग्दा ऊ निकै चिन्ताग्रस्त भएका हुन्छ | उसलाई खान पनि मन लाग्दैन, रिस मात्र उठ्छ, ऊ त्यतिकै सुत्न जान्छ | भोको पेट र मनमा उब्जेका अनेक किसिमका डरका कारणले केशवराज रातभरि निदाउन सकेन |

यस कथामा पात्र केशवराज धरैनै शङ्कालु स्वभावका छन् | उनी सानो कुरालाई पनि तिलको पहाड बनाएर त्यसै सशङ्कित बन्ने प्रवृत्तिका व्यक्तिको रूपमा देखिन्छन् | दैनिक चकारीमा जानु उनको दिनचर्या जस्तै हो | जर्साबको चाकरी गर्न सके उनी सन्तुष्ट हुन्थे भने चाकरी गर्न नसक्दा असाध्यै असन्तुष्ट हुन्थे | कुनै दिन चाकरी गर्न नपाउँदा उनीलाई डर लाग्थ्यो | उनका मनमा शाङ्का र भय उत्पन्न हुन्थ्यो | जर्साबको चाकरी नगर्दा जागीर नपाइने भयो, बाँच्न पनि नसकिने भइयो भन्दै उनी ठुलो चिन्ताले पिरोल्थियो | समग्रमा भन्दा उनी कमजोर मनस्थिति, मनमा भय र सङ्कुचित चारित्रिक विशेषताहरू भएका व्यक्ति थिए |

वर्तमान समयमा जे-जस्तो परिस्थिति प्राप्त भए पनि पहिला जागीरको प्रसङ्गमा चाकरी प्रथा महत्वका साथ लिइन्थ्यो | यदि कसैको चाकरी गरे सजिलै जागीर पहिन्थ्यो | यही चाकरी प्रथाबाट हुने मुख्यमुख्य तीन बेफाइदाहरु निम्नानुसार छन् :

अ) चकारी प्रथाले मानिसहरूको स्वाभिमानमा ठूलो असर पुग्न् सक्छ |

आ) यस प्रथाले मानिसहरूको मानसिक स्थिति नै बिगरिदिन सक्छ |

इ) यस प्रथाले योग्य व्यक्तिलाई अयोग्य र अयोग्य व्यक्तिलाई योग्य बनाइदिन सक्छ |

यौनमनोवैज्ञानिक  कथाकारका रूपमा प्रसिद्धि पाएका कथाकार कोइरालाले लेखेको मनोवैज्ञानिक कथा 'दोषी चस्मा' शीर्षक र कथावस्तुका बीच आपसमा राम्रो तालमेल रहेको छ | यस कथामा न त केशवराज दोषी छ न त जर्साब नै दोषी छन् | दोष छ त केवल केशवराजको चस्माको, यदि उसको चस्माको पावर ठीक भएको भए यस्तो अप्ठ्यारोमा पर्ने थिएनन् | उनी यति धेरै पिरमा पनि पर्ने थिएनन् | चस्माले जर्साबको गाडीको नम्बर र गाडीभित्र बसेका जर्साबलाई समेत राम्रोसँग चिन्न नसकेकोले नै कथामा देखाइएको परिस्थिति सिर्जना भएको पाइन्छ | त्यसैले यस कथाको शीर्षक सार्थक नै देखिन्छ |

दोषी चस्मा कथाले विभिन्न किसिमका सन्देशहरू प्रवाह गरेको छ | पहिले –पहिले नेपालमा जागीर खाने सिलसिलामा धेरै नै चाकरी – चाप्लुसी गर्नुपर्थ्यो भन्ने प्रमुख सङ्केत यस कथामा पाइन्छ | चाकरी गर्नेले जागीर पाएर सहज जीवन जिउँथे भने चाकरी नगर्नेले जागीर नपाइ कष्टकर जीवन जिउँथे भन्ने सङ्केतपूर्ण सन्देश पनि यस कथा मार्फत एकातर्फ पाइन्छ भने अर्कातर्फ जागीर खाने मानिसहरू पनि किसिमका हुन्छन्, उनीहरूको मन शङ्का, डर, आतेसले भरिएको हुन्छ भन्ने सङ्केत यस कथामा पाइन्छ | कुनै स-सानो कुरालाई ठूलो बनाई त्यसैबाट आफ्नो मन दुखाई मानिसहरू बसेका हुन्छन् भन्ने कुरा पनि यस कथाले देखाएको छ | समग्रमा भन्दा जे गर्नु छ त्यसलाई समयमा नै गर्नुपर्छ र यदि त्यसका कारणबाट कुनै घट्ना घट्यो भने त्यसबाट विचलित भएर मनमनै दु:खी हुँदै दिन बिताउनु भन्दा त्यसको समाधान चाँडै पत्ता लगाएर मनलाई शान्त बनाउनुपर्छ भन्ने सन्देश पनि यस कथाबाट पाउन सकिन्छ |

प्रस्तुत वाक्य कक्षा दसको नेपाली किताबमा सङ्कलित 'दोषी चस्मा' शीर्षक कथाबाट झिकिएको हो | यस कथाका लेखक नेपाली साहित्यको क्षेत्रमा नयाँ शैलीबाट मनोविज्ञानलाई आधार बनाई कथा लेख्ने कथाकार विश्वेश्वरप्रसाद कोइराला हुन् | वि.सं. १९७१ मा जन्मिएका कोइरालाले नेपाली साहित्यका क्षेत्रमा मनोवैज्ञानिक विचारलाई उठाइ थुप्रै कथाहरू लेखेर नेपाली साहित्यलाई नयाँ मोड दिए | विशेष गरेर यौन अर्थात् नर र नारीबीचाको प्रेमाकर्षणसम्बन्धी मनोविज्ञानलाई आधार बनाएर उनले उत्कृष्ट कथाहरू लेखेका छन् | नेपाली साहित्यको सेवामा लागिपरेका यौनमनोवैज्ञानिक कथाकार कोइरालाको वि.सं. २०३९ मा निधन भयो |

      यस कथामाका मुख्य पात्र केशवराजलाई मध्यम बनाएर मानवीय संवेगद्वारा उत्पन्न हुने मनोभावलाई राम्रोसँग विश्लेषण गरिएको छ | कथाकार कोइरालाको 'दोषी चस्मा' शीर्षक कथाबाट उद्रीत यस वाक्यले मानिसहरूमा पाइने केही स्वभावहरू प्रष्ट पार्ने काम गरेको छ | कुनै गाउँ समाजमा बस्ने मानिसहरूलाई सानो र ठूलो गरी दुई वर्गमा बाँडिएको हुन्छ | सानो वर्गका मानिसहरूको तुलनामा भन्दा ठूला वर्गका मानिसहरू आफूलाई समाजमा प्रतिष्ठित र  इज्जतदार ठान्दछन् | उनीहरू आफ्नो इज्जतमा सानो मात्र चोट पुग्ने कार्यको विरोधमा हन्छन् | उनीहरू आफूलाई सबैले सम्मान गरुन् भन्ने चाहना पनि राख्दछन् | यदि कसैले उनीहरूलाई इज्जत, सम्मान, स्वस्ति, चाकरी गरेन भने त्यसबाट उनीहरू भित्रभित्रै रिसाउँन / चिढिन पनि सक्छन् | त्यसको नकारात्मक असर तल्लो वर्गका मानिसहरूमा पर्न सक्छ | सानो वर्गका मानिसहरू आफूले खाई पाई आएको जागीर तथा सुबिधा नपाइने हो कि भनेर बढी सचेत हुनुपर्छ |

      यस कुराले के सङ्केत गर्दछ भने माथिल्लो वर्गका मानिसहरू स्वभावैले भिन्न प्रवृति र प्रकृतिका हुन्छन् | यस वर्गका मानिसहरूलाई अन्य मानिसले सधैँ इज्जत, सम्मान र आदर सत्कार गर्न जान्ने हुनुपर्छ जसले गर्दा उनीहरूको स्थिति समाजमा तल नझरोस वा अब्बल रहोस् भन्ने चाहना राख्दछन् |   

      प्रस्तुत वाक्य कक्षा दसको नेपाली किताबमा सङ्कलित 'दोषी चस्मा' शीर्षक कथाबाट झिकिएको हो | यस कथाका लेखक नेपाली साहित्यको क्षेत्रमा नयाँ शैलीबाट मनोविज्ञानलाई आधार बनाई कथा लेख्ने कथाकार विश्वेश्वरप्रसाद कोइराला हुन् | वि.सं. १९७१ मा जन्मिएका कोइरालाले नेपाली साहित्यका क्षेत्रमा मनोवैज्ञानिक विचारलाई उठाइ थुप्रै कथाहरू लेखेर नेपाली साहित्यलाई नयाँ मोड दिए | नेपाली साहित्यको सेवामा सक्रिय रूपमा लागिपरेका यौनमनोवैज्ञानिक कथाकार कोइरालाको वि.सं. २०३९ मा निधन भए पनि उनी नेपाली साहित्यमा अमर रहेका छन् |

      माथि उल्लेखित वाक्यले हामी सबैलाई गल्ती माथि गल्ती गर्नु हुन्न भनी सचेत गराएको छ | हाम्रो समाजमा बसोबास गर्ने कतिपय मानिसहरू जानी नजानी कुनै गल्ती गर्छन् र पछि थाहा पाएपछि त्यो गल्तीलाई ढाक्न वा लुकाउन पुनः अर्को गल्ती गर्ने गर्दछन् | तर एक गल्तीले अर्को गल्तीलाई कहिल्यै पनि ढाक्न वा छोप्न सक्दैन | गल्ती भयो भन्ने थाहा भएपछि उक्त गल्तीलाई सच्याउने प्रयासमा लाग्नुको सट्टा फेरी अर्को गल्ती गर्दा अपराधको सङ्ख्या बढिरहेको मात्र हुन्छ | त्यस्तै यस कथाको पात्र केशवराजले पनि पहिले नै जर्साबलाई स्वस्ति नगरेर पहिलो गल्ती गरेका थिए भने फेरी माफी नमागेर अर्को गल्ती गर्नु हुँदैनथ्यो | पहिलो गल्तीलाई सत्य बनाउन उसले जर्साबसँग जोरी खोज्न पनि सुहाउँदैनथ्यो |

      यसबाट हामीले पनि यो कुरा बुझ्नु जरुरी छ कि आफूले गरेको गल्ती वा अपराध छ भने त्यसलाई लुकाउनुको सट्टा गल्ती महसुस गरी माफी माग्नु उचित हुन्छ | जोमाथि गल्ती गरिन्छ उसैसँग बल दाँज्नु कुनै पक्षबाट राम्रो मानिदैन |

नेपाली साहित्यमा यौनमनोविज्ञानको नयाँ शैली प्रवेश गराएर प्रसिद्धि कमाएका कथाकार विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ मा भारतको बनारसमा भएको हो | नेपाली साहित्यका क्षेत्रमा यौनमनोविज्ञानको पक्षलाई उठाइ थुप्रै कथाहरू लेखेर नेपाली साहित्यको क्षेत्रमा  नयाँ मोड दिए | विशेष गरेर यौन अर्थात् नर र नारीबीचाको प्रेमाकर्षणसम्बन्धी मनोविज्ञानलाई आधार बनाएर उनले उत्कृष्ट कथाहरू लेखेका छन् | नेपाली साहित्यको सेवामा सक्रिय रूपमा लागिपरेका यौनमनोवैज्ञानिक कथाकार कोइरालाको वि.सं. २०३९ मा निधन भए पनि उनी नेपाली साहित्यमा अमर रहेका छन् |

            कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको प्रस्तुत कथामा मानवमनमा असन्तुष्टि सिर्जना हुँदा त्यसबाट उत्पन्न हुने मानसिक तनावलाई कथाकारले राम्रोसँग प्रस्तुत गरेका छन् | कथाकार कोइरालाले प्रमुख पात्र केशवराजलाई माध्यम बनाएर मानवीय संवेगद्वारा उत्पन्न हुने मनोभावलाई निकै आकर्षकढंगले प्रस्तुत गरेका छन् | यस कथामा पनि केशवाराजले दिनको दुई पटक जर्साबकोमा चाकरीमा गर्न जानुर्थ्यो तर एक दिन चाकरीमा जाँदा जर्साबलाई नचिनेर स्वस्ति गर्न नसक्दा उनका मनमा के-कस्ता तनाव उत्पन्न भए भन्ने कुरा प्रष्ट पारिएको छ |

      प्रस्तुत कथामा पात्र केशवराज धेरैनै शङ्कालु स्वभावका छन् | उनी सानो कुरालाई पनि तिलको पहाड बनाएर त्यसै सशङ्कित बन्ने प्रवृत्तिका व्यक्तिको रूपमा देखिन्छन् | दैनिक चकारीमा जानु उनको दिनचर्या थियो | जर्साबको चाकरी गर्न सके उनी सन्तुष्ट हुन्थे भने चाकरी गर्न नसक्दा असाध्यै असन्तुष्ट हुन्थे | कुनै दिन चाकरी गर्न नपाउँदा उनीलाई डर लाग्थ्यो | उनका मनमा शाङ्का र भय उत्पन्न हुन्थ्यो | जर्साबको चाकरी नगर्दा जागीर नपाइने भयो, बाँच्न पनि नसकिने भइयो भन्दै उनी ठुलो चिन्ताले पिरोल्थियो | समग्रमा भन्दा उनी कमजोर मनस्थिति, मनमा भय र सङ्कुचित विचार भएका व्यक्ति थिए |

      प्रस्तुत कथाका पात्र केशवराज मानसिक रूपमा अति कोमल देखिन्छन् | उनको मनोभावना अन्य मानिसहरूको भन्दा भिन्न अथवा सानो घटना वा गल्तीलाई आफैँ ठूलो बनाएर लैजाने किसिमको छ | यसको स्वभाव "वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ" भन्ने भनाइलाई सत्य बनाइदिएको छ |

      नेपाली साहित्यका क्षेत्रमा मनोवैज्ञानिक विचारलाई समेटेर कथा सिर्जना गर्न सिपालु कथाकार विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ मा भारतको बनारसमा भएको हो | फ्रायडवादी कथाकारका रूपमा परिचित कोइरालाले विशेष गरेर यौनमनोविज्ञानलाई आफ्ना रचनाहरूको विषयवस्तु बनाएको पाइन्छ | उनका दोषी चस्मा र श्वेतभैरवी गरी दुई कथा सङ्ग्रह छन् भने नरेन्द्र दाइ, सुम्निमा, तीन घुम्ती आदि उपन्यासहरू लेखी नेपाली साहित्यका क्षेत्रमा विशेष योगदान पुर्याएका छन् | कोइराला साहित्यमा मात्र प्रतिष्ठित नभई राजनीतिक क्षेत्रमा पनि अग्रपङ्क्तिमा स्थापित हुन सफल छन् | उनी आफ्ना कथामा स्थापित पात्रहरूको मनभित्रको भावनालाई केलाउन ज्यादै सिपालु छन् | साहित्य र राजनीतिमा सक्रिय कोइरालाको वि.सं. २०३९ सालमा निधन भएता पनि उनले आफ्ना अमूल्य कृतिहरू नेपाली साहित्य जगतलाई सुम्पिएक छन् |

      प्रस्तुत कथामा कोइरालाले मानवमनमा उत्पन्न भएका असन्तुष्टिले मानसिक रूपमा सिर्जना हुने तनावलाई राम्ररी केलाएका छन् | यस कथाका प्रमुख पात्र केशवराज जो सधैँ दिनको दुई पटक जर्साबकोमा चाकरी गर्न धाउने गर्थ्यो, उसले एक दिन चाकरी गर्न नपाउँदा उसका मनमा उत्पन्न मानसिक तनावलाई एक – एक गरी छर्लङ्ग परेका छन् | "वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ" भन्ने उखान यहाँ केशवराजमा चरितार्थ भएको छ | केशवराज धरै नै शङ्कालु स्वभावका देखिन्छन् | 'तिललाई पहाड बनाउनु' भने झैँ सानो कुरालाई ठूलो बनाएर त्यसै सशङ्कित हुने उनको आदत रहेको पाइन्छ |

      समग्रमा भन्नुपर्दा केशवराज अत्यन्त कमजोर मनस्थिति भएका व्यक्ति थिए | सानो विषय वा कुनै घटनालाई पनि ठूलो बनाई हेर्ने र सोच्ने प्रवृति भएकाले प्रस्तुत कथामा उनले आफ्नो चस्माको कारणबाट सिर्जना भएको सानो समस्यालाई आफैँले ठूलो बनाएका छन् | केशवराजलाई यस कथामा उनको आफ्नै मनको बाघले भित्रभित्रै खाइसकेको कुरालाई कथाकारले प्रमाणित गरेका छन् | यसरी प्रस्तुत कथाले केशवराजका माध्यमबाट मानव मनको गहन रूपमा चिरफार गरी विश्लेषण गरेको देखिन्छ |  

© 2019-20 Kullabs. All Rights Reserved.