नेपालको शाहवंशको त्यसबेलाका लमजुङका राजा नरहरि साह थिए। उनका भाइ द्रव्य शाह दाजुको राजमा बस्न चाहँदैन थिए। गोरखालाई जितेर राज्य गर्ने चाहना उनमा आयो। त्यसबेला गोरखामा खड्का राजाहरुको राज्य चलेको थियो। गोरखा राज्यका भारदारहरुको सहयोग पाएर द्रव्य शाहले सत्ता जित्ने योजना बनाए। गोरखा र लमजुङको बीचमा पर्ने डाँडामा लिगलिग कोट थियो। गोरखामा आक्रमण गर्नुभन्दा अगाडी यस लिगलिग कोटमा कब्जा गर्न जरुरी थियो।
द्रव्य शाह
लिगलिग कोटमा हरेक दशैंमा एक दौडको आयोजना हुने गर्थ्यो। त्यो दौडमा प्रथम आउने व्यक्तिलाई त्यस बर्षको राजा बनाउने चलन थियो। समकालीन कथाकिम्बदन्तिहरुमा द्रव्य शाहले लिगलिग दौडमा प्रथम आएपछि राजा बनेको भन्ने सुनिन्छ। तर उनि त्यो दौडमा प्रतिस्पर्धा नगरेको कुरा शिलालेखहरुमा पाइन्छ। वि.सं. १६१५ मा लिगलिग कोटमा यहि दौड आयोजना गरेको बेला पारेर द्रव्य साहले आक्रमण गरेर शत्रुहरुलाई मरेर आफ्नो अधिकार कायम गरेका थिए।
लिगलिग कोट जितेपछि गोरखा आक्रमण गर्न सजिलो भएको हुनाले वि.सं. १६१६ मा ठुलो आक्रमण गरे। पन्ध्र दिनसम्म चलेको युद्ध द्रव्य शाहको हारसंग सकियो। केहिसमय पछि आफ्नो शक्ति बलियो बनाएर भाद्र २५ मा द्रव्य शाहले पुनः आक्रमण गरे र गोरखाको राजगद्दी जिते। गोरखा राज्य जितेर त्यहाँ शाहवंश शुरु गराएको कारणले इतिहासमा यसको संस्थापक द्रव्य शाहलाई मानिन्छ। शाह राजाहरुमा नाम सुनिने प्रसिद्ध राजाहरुमा पर्ने द्रव्य शाह पर्छन्। उनको नाति राम शाह राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रहरुमा उनले गरेको सुधारका कारण प्रसिद्ध छन्।
पृथ्वीनारायण शाह
गोरखाका राजाहरुको वंसज पृथ्वीनारायण शाहले वि.सं. १८०० मा नुवाकोटमाथि आक्रमण गरेर नेपाल राष्ट्रको एकीकारण को अभियान शुरु गरेका थिए। आधुनिक नेपालको संस्थापक र राष्ट्रपिता कहलाउने पृथ्वीनारायण शाहले गोरखा मात्र नभएर जहिले झगडा र युद्ध भइराख्ने अनेकन साना राज्यहरुलाई समेटेर सिंगो नेपालको स्वरूप दिएका थिए। एकपछि अर्को राज्यहरुलाई परास्त गरेका पृथ्वीनारायण शाहको नेपाल एकिकरणको सपना साकार भएको थियो। भारतमा अंग्रेज साम्राज्यको कब्जा भएको बेला नेपाललाई सिंगो राष्ट्र बनाएर अंग्रेजहरुको कब्जा हुन नदिएका पृथ्वीनारायण शाहको नाम आजसम्म पनि आदर र गर्वका साथ लिइन्छ। नेपालमा हरेक बर्ष उनको सम्झनामा पुष २७ गते पृथ्वी जयन्ति मानाइन्छ।
लेख साभार:
प्रा.डा. श्रीरामप्रसाद उपाध्याय - नेपालको प्राचीन र मध्यकालीन इतिहास
फोटो साभार:
http://www.swordforum.com/forums/showthread.php?107884-Books-on-Khukri-s
https://sanjayakc.wordpress.com/2015/05/30/drabya-shah-in-the-shilanyas-foundation-stone-of-modern-nepal/