स्टार्टअप कम्पनिहरु जन्मिने हांगजोको इन्टरनेट ड्रिम सिटी

Find Your Query
स्टार्टअप कम्पनिहरु जन्मिने हांगजोको इन्टरनेट ड्रिम सिटी

(स्रोत: cctv, china.org)

एउटा स्टार्टअप कम्पनी भनेको एक विचार लिएर शुरु गरिएको, सानो लाभमा काम गरिराखेको र दुनियाभर प्रख्यात हुने सपना राखेको कम्पनी हो। यस्ता कम्पनीमा सिमित कर्मचारीहरु हुन्छन र पूर्णतया संस्थापक सदस्यहरुको नियन्त्रणमा काम हुन्छ।

ड्रिम टाउन (स्रोत: gxec.net.cn)चित्र: ड्रिम टाउन (स्रोत: gxec.net.cn)

हांग्जोमा इन्टरनेटको एक ठुलो खेलाडी Alibaba को घर छ र यो थप एक आधारपूर्ण उद्योगको श्रृंखला बनाएर इन्टरनेटको शहर सिर्जना गरेर थप स्टार्टअपहरूलाई प्रोत्साहन गरेको छ। तीन वर्ग किलोमिटरको क्षेत्रफलमा रहेको यो शहर अहिले विश्वस्तरको स्थापना केन्द्र बनिसकेको छ। सन् २०१५ मार्च २८ देखि सञ्चालनमा आएको यस शहरले ६०० भन्दा बढी नयाँ स्टार्टअप कम्पनिहरुलाई मोहित गरेको छ जसले १.४७ अर्ब युआन उठाइसकेको छ।

वांग चुंगकाई, एक इन्टरनेट कम्पनीका कला निर्देशक अनलाइन धेरै प्रशंसकसंग कलाकोलागि आफ्नो उत्साह साझेदारी गर्छन। मानिसहरू एक स्मार्टफोन एपको प्रयोगमार्फत उहाँलाई फोटो पठाएर कार्टून चित्र बनाउन भन्छन। वांग जस्तै ३००,००० भन्दा बढी freelancers यो अनलाइन समुदायमा विभिन्न सेवाहरू प्रदान गर्छन। मोबाइल फोन र मोबाइल भुक्तानीको लोकप्रियता बढेदेखि Kongge जस्ता एप बनाउने कम्पनि मात्र एक वर्षमा तीव्र गतिमा विस्तार गर्न सफल भएका छन्। सुरुमा मात्र 12 जना लिएर शुरु भएको यो कम्पनिमा अहिले २०० भन्दा बढी कर्मचारी छन्। यसको बर्षिक आयआर्जन झन्डै १० करोड युआन छ। यो कम्पनीको संस्थापक, तांग योंगबो, यसको सफलताको श्रेय इन्टरनेट ड्रिम टाउनलाई दिन्छन्।

"तपाईं केवल एक राम्रो विचारले यहाँ आफ्नै कम्पनी सुरु गर्न सक्नुहुन्छ। यहाँको विस्तृत उद्योगहरुको श्रृंखला र पर्यावरण-प्रणालीले यसमा मद्दत पुर्याउँछ", तांग बताउँछन्। इन्टरनेट ड्रिम टाउन हांग्जोको बाहिरी छेउमा स्थित छ, र यसको उदेश्य भनेको Alibaba, जुन यो भन्दा मात्र ३ किलोमिटर टाढा छ, जस्तै अर्को इन्टरनेट विशाल खडा गर्ने हो। । ६०० भन्दा बढी इन्टरनेट आधारित स्टार्टअपहरू एक वर्षभित्र यहाँ स्थापित गरिएका छन्।

शुरू भएदेखि इन्टरनेट कम्पनीहरु यस सपनाको शहरमा च्याउसरि उम्रेका छन्। यो इन्टरनेट स्टार्टअपहरू लागि महत्वपुर्ण ठाउँ भएको छ र विचारको कारोबार बढ्न यसले मद्दत गरेको छ, साथै धेरै योग्यता र  क्यापिटल आकर्षित पनि गरेको छ।

ड्रिम टाउन (स्रोत: gxec.net.cn)चित्र: ड्रिम टाउन (स्रोत: gxec.net.cn)

विशेषज्ञहरुका अनुसार विचार भएका युवाहरुलाई जम्मा मात्र गर्नु पर्याप्त छैन। सामाजिक लगानी र समर्थन गर्ने सुविधाहरु उत्तिकै महत्त्वपूर्ण हुन्छन्। यस शहरमा परियोजनाहरू चयन गर्न विश्वभरबाट सबैभन्दा प्रसिद्ध र व्यावसायिक व्यक्तिहरुलाई निम्तो दिइन्छ, र विभिन्न चरणमामा स्टार्टअपहरू लागि लगानीकर्ताहरु संग भेट गरिन्छ। सुरुवाति पलहरुमा कम्पनीहरुको तीव्र वृद्धिमा मद्दत गर्ने अर्को कारक वित्त हो। पैसाका लागि परम्परागत नियमहरु जस्तो गार्हो अहिले छैन। सामान्यतया ऋण लिंदा धितो राख्न सर्तहरु पनि लचिलो छन्।

चीनको आर्थिक संरचना र विकास मोडेलमा सुधार आउँने पक्का नै छ, जसका साथ धेरै इन्टरनेट उद्योगहरुलाई संरक्षण मिल्नेछ र दिगो विकासमा सहयोग गर्ने नै छ। नेपालजस्तो प्रविधिमा उदाउँदै गरेको देशमा यस्ता स्टार्टअप कम्पनिहरु थुप्रै छन् जसले विश्वस्तरमा प्रतिस्पर्धा गर्ने सक्षमता राखेका छन्। नेपालले पनि आफ्नो उत्तरी छिमेकीबाट यसबारे सिकेर केहि गर्न सके यहाँ भएका अनेकन सम्भावनालाई वास्तविकता बनाउन सहयोग मिल्नेछ।

By Kullabs

© 2019-20 Kullabs. All Rights Reserved.