Note on ध्रुवीयता (करण, अकरण)

  • Note
  • Things to remember

ध्रुवीयता (करण, अकरण)

ध्रुवीयाताका आधारमा वाक्यान्तरणको तात्पर्य

१. ध्रुवीयता भनेको सकारात्मक र नकारात्मक हो| सकारात्मक अर्थ दिने र नकारात्मत अर्थ दिने आधारमा क्रिया दुई प्रकारका हुन्छन्| (१) करण (२) अकरण| करण क्रियाबाट बनेको वाक्य करण वाक्य हो भने अकरण क्रियाबाट बनेको वाक्य अकरण वाक्य हो|
उदाहरण: ऊ सुत्यो| (करण) \(\rightarrow\) ऊ सुतेन| (अकरण)

२. करण क्रियाको अगाडी, बिचमा र पछाडी ‘न’ थपेर अकरण क्रिया बन्छ र अकरण क्रियाबाट अकरण वाक्यको रचना हुन्छ|
उदाहरण: हरि घुम्न गयो| \(\rightarrow\) हरि घुम्न गएन

३. करण वाक्यलाई अकरण वाक्य र अकरण वाक्यलाई करण वाक्य बनाउनु करण-अकरण वाक्यान्तरण हो| करण-अकरणमा वाक्यान्तरण गर्ने प्रक्रिया एकै किसिमको नभएर वाक्यको ढाँचा अनुरुप फरक फरक हुने गर्छ|

अकरणमा वाक्यान्तरण

सामान्य अकरण

सामान्य वाक्य छ भने क्रियामा ‘न’ थपेर वाक्यलाई अकरण बनाउन सकिन्छ|
उदाहरण: रामले कथा लेखेछ| \(\rightarrow\) रामले कथा लेखेनछ|

दोहोरो अकरण

एकभन्दा बढि क्रिया भएको वाक्यमा दुई ओटा क्रियालाई करण अकरण बदल्नु पर्छ| यस्तो अवस्थामा दोहोरो अकरणको व्यवस्था छ|
उदाहरण: तिमीले दियौ भने म लिन्छु| \(\rightarrow\) तिमीले दिएनौ भने म लिन्नँ|

शाश्वत सत्यमा अकरण

जुन वाक्यले शाश्वत सत्यको तात्पर्य बुझाउँदा त्यस्तो वाक्यलाई अकरणमा परिवर्तन गर्ने दुई आधार पाइन्छन्| (१) संरचनाको आधार, (२) अर्थरक्षाको आधार|
उदाहरण:

  • संरचनाको आधारमा शाश्वत सत्यको अकरण
    यस आधारमा वाक्यलाई अकरणमा परिवर्तन गर्दा अकरणको सम्बन्ध क्रियासँग हुन्छ| यसलाई सामान्य अकरणभित्रै राख्न सकिन्छ|
    उदाहरण: पृथ्वी गोलो छ| \(\rightarrow\) पृथ्वी गोलो छैन|

  • अर्थरक्षाको आधारमा शाश्वत सत्यको अकरण
    शाश्वत सत्य सधैँ एकै अर्थमा हुने भएकाले त्यस अर्थमा अकरण हुँदैन| आगोले पोल्छ भन्ने कुरा शाश्वत सत्य हो| आगोले पोल्दैन भन्दा शाश्वत सत्यमा बाधा पर्छ| बाधा नपरोस् भनि अर्थरक्षा गर्नका निम्ति संरचना मात्र अकरण हुने तर अर्थ अकरण नै रहने गरी वाक्य परिवर्तन गरिन्छ|
    उदाहरण: आगोले पोल्छ| \(\rightarrow\) आगोले नपोल्ने होइन|

व्यावहारिक अकरण

अकरण मूलत: क्रियाकै आधारमा हुन्छ| वाक्यमा असमापिका क्रिया हुन्छन् तर पदवर्गका दृष्टिले ती क्रिया क्रियावर्गमा पर्दैनन्| यस्ता वाक्यका समापिका क्रियापदको मात्र अकरण गर्दा व्यवहारमा मानिदै आएका केही मान्यताहरुमा बाधा पर्छ| त्यसैले व्यावहारिक मान्यताको रक्षा गर्दै अकरण गर्नु पर्छ भन्ने मान्यता अनुरुप व्यावहारिक अकरणमा वाक्य रचना गर्ने चलन छ|
उदाहरण: परिश्रम गर्ने व्यक्ति सफल हुन्छ| \(\rightarrow\) परिश्रम गर्ने व्यक्ति असफल हुँदैन|

विशिष्ट अकरण

केही वाक्य यस्ता हुन्छन् जसलाई अकरणमा परिवर्तन गर्दा क्रियाको साथमा अर्को कुनै पद पनि पूर्ण रुपमा बदल्नु पर्ने हुन्छ| खासगरी कुनै शब्दको सट्टा विपरीतार्थी शब्द ल्याएर क्रियालाई अकरण बनाई वाक्य परिवर्तन गरिन्छ| यस किसिमको अकरण विशिष्ट अकरण हो|
उदाहरण: प्रत्येक मान्छे स्वतन्त्र छ| \(\rightarrow\) कुनै पनि मान्छे स्वतन्त्र छैन|

  • ध्रुवीयता भनेको सकारात्मक र नकारात्मक हो|
  • करण क्रियाको अगाडी, बिचमा र पछाडी ‘न’ थपेर अकरण क्रिया बन्छ र अकरण क्रियाबाट अकरण वाक्यको रचना हुन्छ|
  • सामान्य वाक्य छ भने क्रियामा ‘न’ थपेर वाक्यलाई अकरण बनाउन सकिन्छ|
  • एकभन्दा बढि क्रिया भएको वाक्यमा दुई ओटा क्रियालाई करण अकरण बदल्नु पर्छ|
  • केही वाक्य यस्ता हुन्छन् जसलाई अकरणमा परिवर्तन गर्दा क्रियाको साथमा अर्को कुनै पद पनि पूर्ण रुपमा बदल्नु पर्ने हुन्छ|
.

Very Short Questions

0%

DISCUSSIONS ABOUT THIS NOTE

No discussion on this note yet. Be first to comment on this note