Note on वाक्यान्तरण

  • Note
  • Things to remember

वाक्यान्तरण

वाक्यलाई एउटा ढाँचाबाट अर्को ढाँचामा परिवर्तन गर्नु वाक्यान्तरण हो| सरल वाक्यलाई अन्य प्रकारको सरल वाक्यमा एकभन्दा बढि सरल वाक्यहरुलाई संश्लिष्ट सरल वाक्यमा, संश्लिष्ट सरल वाक्यलाई संयूक्त वाक्यमा, मिश्र वाक्यलाई सरल र संयूक्त वाक्यमा अनि संयूक्त वाक्यलाई मिश्र र सरल वाक्यमा परिवर्तन गर्नु वाक्यान्तरण हो|

रुपायनका आधारमा वाक्यान्तरण

वाक्यको क्रियालाई व्याकरणात्मक कोटिहरुका आधारमा परिवर्तन गरेर एक प्रकारको सरल वाक्यलाई विभिन्न ढाँचाका अन्य वाक्यमा परिवर्तन गर्न सकिन्छ| वाक्यलाई लिङ्ग, वचन, पुरुष, आदर, भाव आदि व्याकरणात्मक कोटिका आधारमा परिवर्तन गर्नु रुपायनका आधारमा वाक्यान्तरण हो|

लिङ्गमा वाक्यान्तरण

सरल वाक्यलाई पुलिंगबाट स्त्रीलिङ्गमा र स्त्रीलिङ्गबाट पुलिङ्गमा परिवर्तन गर्न सकिन्छ| खास गरि मानवीय कर्ता भएको वाक्यमा कर्ता र क्रिया समेतको लिङ्ग परिवर्तन हुन्छ भने मानवेतर कर्ता भएको वाक्यमा मात्र लिङ्ग परिवर्तन हुन्छ क्रिया चाहिं पुलिङ्ग नै हुन्छ|
उदाहरण: केटो असल छ| \(\rightarrow\) केटी असल छे|

वचनमा वाक्यान्तरण

सरल वाक्यलाई एकवचनबाट बहुबचनमा र बहुबचनबाट एकवचनमा परिवर्तन गर्न सकिन्छ| बहुवचनमा लैजादा कर्ता शब्दमा ‘हरु’ जोड्नु पर्छ|
उदाहरण: म परीक्षा दिन्छु| \(\rightarrow\) हामी परीक्षा दिन्छौं|

पुरुषमा वाक्यान्तरण

सरल वाक्यलाई पहिलो पुरुषबाट दोस्रो र तेस्रो पुरुषमा, दोस्रो पुरुषबाट पहिलो र लेस्रो पुरुषमा अनि तेस्रो पुरुषबाट पहिलो र दोस्रो पुरुषमा परिवर्तन गर्न सकिन्छ|
उदाहरण: तिमी डाक्टर बनौला| \(\rightarrow\) म डाक्टर बनुँला|

आदरमा वाक्यान्तरण

सरल वाक्यलाई शून्य आदरबाट सामान्य आदर, उच्च आदर र अत्युच्च आदरमा परिवर्तन गर्न सकिन्छ| यसै गरी सरल वाक्यलाई एक आदरबाट अन्य आदरमा परिवर्तन गर्न सकिन्छ|
उदाहरण: तँ खेल्न जा| \(\rightarrow\) तिमी खेल्न जाऊ|

कालमा वाक्यान्तरण

सरल वाक्यलाई एउटा कालबाट अर्को कालमा परिवर्तन गर्न सकिन्छ| त्यसो गर्दा वर्तमान कालको वाक्यलाई भूत काल र भविष्यत् कालमा, भविष्यत् कालको वाक्यलाई वर्तमान काल र भूत कालमा तथा भूत कालको वाक्यलाई वर्तमान र भविष्यत् कालमा परिवर्तन गर्नु पर्छ|
उदाहरण: म पुस्तक किन्ने छु| \(\rightarrow\) म पुस्तक किन्छु|

पक्षमा वाक्यान्तरण

सरल वाक्यलाई एउटा पक्षबाट अर्को पक्षमा परिवर्तन गर्न सकिन्छ| त्यसो गर्दा सामान्य पक्षमा रहेको वाक्यलाई अपूर्ण, पूर्ण, अज्ञात र अभ्यस्त पक्षहरुमा लैजान सकिन्छ भने अरु पक्षका वाक्यलाई पनि एकअर्कोमा परिवर्तन गर्न सकिन्छ|
उदाहरण: भाइ विद्यालय जान्छ| \(\rightarrow\) भाइ विद्यालय जाँदै छ|

भावमा वाक्यान्तरण

सरल वाक्यलाई एउटा भावबाट अर्को भावमा परिवर्तन गर्न सकिन्छ| यसो गर्दा सामान्यार्थबाट इच्छार्थ, आज्ञार्थ र सम्भावानार्थ बदल्न सकिन्छ भने यसै गरि अन्य भावलाई एकअर्कामा परिवर्तन गर्न सकिन्छ|
उदाहरण: तँ मामाघर जा| \(\rightarrow\)तँ मामाघर जालास्|

प्रेरणार्थमा वाक्यान्तरण

कसैलाई केही गर्न वा नगर्न प्रेरणा दिने वाक्य प्रेरणार्थ वाक्य हो| यस्तो वाक्य प्रेरणार्थ क्रियाबाट पूरा भएको हुन्छ|
उदाहरण:बहिनी घरमै बस्छिन्| \(\rightarrow\) म बहिनीलाई घरमै बसाउँछु|

 

संरचनाका आधारमा वाक्यान्तरणको तात्पर्य

वाक्यको संरचना भन्नाले बनोट भन्ने बुझिन्छ| संश्लिष्ट सरल वा अन्य वाक्यहरुलाई एक संरचनाबाट अर्को संरचनामा परिवर्तन गर्नु संरचनाका आधारमा वाक्यान्तरण गर्नु हो| यस आधारमा तिन प्रकारले वाक्यान्तरण गर्न सकिन्छ:

  • संश्लिष्ट सरल वाक्यहरुलाई मिश्र र संयुक्त वाक्यमा परिवर्तन
  • संयुक्त वाक्यलाई सरल वाक्य र मिश्र वाक्यमा परिवर्तन
  • मिश्र वाक्यलाई सरल वाक्य र संयुक्त वाक्यमा परिवर्तन

 

संश्लिष्ट सरल वाक्यलाई असंश्लिष्ट सरल, मिश्र र वाक्यमा वाक्यान्तरण

संश्लिष्ट सरल वाक्यलाई असंश्लिष्ट सरल, संयुक्त र मिश्र वाक्यमा वाक्यान्तरण गर्न सकिन्छ|
उदाहरण: तिमीले काम राम्ररी सम्पन्न गरेकाले हाकिमले उचित पुरस्कारको व्यवस्था गरे| \(\rightarrow\) तिमीले काम राम्ररी सम्पन्न गर्यौ| हाकिमले उचित पुरस्कारको व्यवस्था गरे|

संयुक्त वाक्यको सरल र मिश्र वाक्यमा वाक्यान्तरण

संयुक्त वाक्यलाई सरल र मिश्र वाक्यमा रुपायन गर्न सकिन्छ|
उदाहरण: रामले राम्रो पुस्तक लेख्यो अनि नाम र दाम दुवै कमायो| \(\rightarrow\) रामले राम्रो पुस्तक लेखेर नामदाम दुवै कमायो|

मिश्र वाक्यको सरल र संयुक्त वाक्यमा वाक्यान्तरण

मिश्र वाक्यलाई सरल र संयुक्त वाक्यमा निम्नानुसार वाक्यान्तरण गर्न सकिन्छ|
उदाहरण: तिमीले जे काम गर्न नाम लाग्दैन त्यो नगरेकै उचित हुन्छ| \(\rightarrow\) तिमीले त्यो काम नगरेकै उचित छ किनभने तिमीलाई त्यो गर्न मन लाग्दैन|

 

वाच्यगत वाक्यान्तरणको तात्पर्य

वाक्यलाई वाच्यका आधारमा गरिने वाक्यान्तरण वाच्यगत वाक्यान्तरण हो| वाच्य व्याकरणात्मक कोटिहरुमध्ये त्यो कोटि हो जसले वाक्यमा कर्ता, कर्म र क्रियामध्ये कुन पदको प्रधानता छ भन्ने कुरा बताउँछ| वाच्य कर्ता, कर्म र क्रियालाई प्रमुख बनाएर भनिने भनाइ हो|
उदाहरण: भाइद्वारा कलम किनिन्छ| (कर्मवाच्य)

  • वाक्यलाई एउटा ढाँचाबाट अर्को ढाँचामा परिवर्तन गर्नु वाक्यान्तरण हो|
  • सरल वाक्यलाई पुलिंगबाट स्त्रीलिङ्गमा र स्त्रीलिङ्गबाट पुलिङ्गमा परिवर्तन गर्न सकिन्छ|
  • वाक्यलाई लिङ्ग, वचन, पुरुष, आदर, भाव आदि व्याकरणात्मक कोटिका आधारमा परिवर्तन गर्नु रुपायनका आधारमा वाक्यान्तरण हो|
  • सरल वाक्यलाई एकवचनबाट बहुबचनमा र बहुबचनबाट एकवचनमा परिवर्तन गर्न सकिन्छ| बहुवचनमा लैजादा कर्ता शब्दमा ‘हरु’ जोड्नु पर्छ|
  • वाक्यको संरचना भन्नाले बनोट भन्ने बुझिन्छ| संश्लिष्ट सरल वा अन्य वाक्यहरुलाई एक संरचनाबाट अर्को संरचनामा परिवर्तन गर्नु संरचनाका आधारमा वाक्यान्तरण गर्नु हो|
  • कसैलाई केही गर्न वा नगर्न प्रेरणा दिने वाक्य प्रेरणार्थ वाक्य हो|
  • वाक्यलाई वाच्यका आधारमा गरिने वाक्यान्तरण वाच्यगत वाक्यान्तरण हो|
.

Very Short Questions

0%

DISCUSSIONS ABOUT THIS NOTE

No discussion on this note yet. Be first to comment on this note