Note on सर्वनाम

  • Note
  • Things to remember

सर्वनामको परिचय
नामका सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ ! तर, सर्वनाम नामका सट्टामा मात्र नभएर पदावली र वाक्यका सट्टामा पनि आउन सक्छ ! जस्तै:

१) राम गयो।  ऊ हिजो आएको थियो । 

 यहाँ ' राम' नामका सट्टामाा  ' ऊ' सर्वनाम को प्रयोग भएको छ । 

२) इमान्दारिता र नैतिकताले मान्छेलाई महान बनाउछन । यी जीवनका गहना  हुन् । 

यहाँ इमान्दारिता र नैतिकता पदावली का सट्टामा 'यी' सर्वनाम आएको छ । 

३ ) गाउँमा दिनदिनै गुन्डागर्दी बढेको छ । यो राम्रो लक्षण होइन ।यहाँ 'गाउँमा दिनदिनै गुन्डागर्दी बढेको छ', वाक्यका सट्टामा ' यो सर्वनाम आएको  छ यसरीनै सर्वनाम पुरै अनुच्छेद  वा सङ्कथन सट्टामा पनि आउन सक्छ । 

२ सर्वनामका प्रकार 

नेपालीमा सर्वनाम पाँच किसिमका छन् । पुरुश्वाचक्, दर्शकवाचक, सम्बन्दवाचक, प्रश्नवाचक र आत्मवाचक । 

  • पुरुश्वाचक् सर्वनाम-  स्त्री वा पुरुष नाामका सट्टामा प्रयोग भएर वक्ता, श्रोता र विषयलाई संकेत गर्ने सर्वनामलाई पुरुश्वचक भनिन्छ। पुरुश्वाचक सर्वनामका तिन प्रकार हुन्छन। 
  • प्रथम पुरुश्वाचक सर्वनाम - बोल्ने व्यक्ति बुझाउने सर्वनामलाई प्रथम पुरुश्वाचक भनिन्छ।  जस्तै : म, हामी 
  • दृतिय पुरुश्वाचक सर्वनाम - सुन्ने  व्यक्ति वा  जोसंग कुरा गरिन्छ त्यसलाई दृतिय  पुरुश्वाचक सर्वनाम भनिन्छ  अर्थात् वक्ताका नजिकमा रहेको श्रोता नै दृतिय पुरुष बन्दछ । जस्तै : त, तिमी , तपाइ, हाजुर ।
  • तृतीय पुरुश्वाचक सर्वनाम - बोल्ने मान्छे सुन्ने मान्छे संग जसका बारेमा कुरा गर्छ, त्येसलाई बुझाउने शब्दलाई तृतीय पुरुश्वाचक सर्वनाम भनिन्छ जस्तै ऊ,उनि , यी ,यिनी, ती, तिनी ,यो, त्यो , तिनीहरु, उहा ,उहरु ,सबै आदि । 

ख)   दर्शक्वाचक सर्वनाम -नजिक वा टाढाको बस्तु वा वक्तिलाई तोकेर देखाउने   दर्शकवाचक सर्वनाम भनिन्छ।  यी दुई प्रकारका छन् । 

१)   समीपर्वती  - नजिकको वक्ति, वस्तु वा पदार्थलाई तोकेर देखाउने दर्शक सर्वनाम समीपर्वती हो । जस्तै : यो, यी, यिनी, यिनीहरु आदि । 

२) दूरवर्ती  - टाडा व्यक्ति , वस्तु , वा पदार्थलाई तोकेर देखाउने दर्शक सर्वनाम दूरवर्ती भनिन्छ।   जस्तै त्यो, ती,तिनी,तिनीहरु आदि । 

 

सम्बन्धवाचक सर्वनाम - नामका सट्टामा आइ कुनै पनि वक्ति र वास्तुको वा उपवाक्यहरुबिच समन्ध देखाउने सर्वनाम सम्बन्धवाचक सर्वनाम भनिन्छ ।  यसमा पनि दुई प्रकारका छन् । 

  • निश्चयवाचक - नामपदको सम्बन्धको निश्चिततालाई बुझाउने सर्वनाम निश्चयवाचक हो । जस्तै जो, जे , जुन । 
  • अनिस्चायावाचक - नाम्पदको  सम्बन्धको अनिस्चिततालाई बुझाउने  सर्वनाम  अनिस्चायावाचक हो ।जस्तै जोसुकै , जुनसुकै, जेसुकै, आदि । 

 

  • प्रश्नवाचक सर्वनाम - कुनै वक्ति वा वस्तुका  बारेमा प्रश्न गर्दा नामकै काम गरेमा त्येस्ता सर्वनामलाई प्रस्नावाचक भनिन्छ  यसमा पनि दुई प्रकारका छन् –

१) निस्चायावाचक - कुनै प्रश्नले निश्चितरुप मा वक्ति वा वस्तुलाई बुझाएमा त्येसलाई निस्चायावाचक भनिन्छ । जस्तै : को,कोको, के , केके, कुन, कुनकुन, आदि। 

 २) अनिस्चायावाचक- कुनै प्रश्न वक्ति वा वस्तुलाई निश्चित गरि बुझाउन सकेन भने त्येसलाई अनिस्चायावाचक भनिन्छ । जस्तै : कोही, केहि, कुनै आदि। 

ङ) आत्मवाचक सर्वनाम - बोल्ने, सुन्ने, र विषयमा आउने वक्ति स्वयम्लाई बुझाउने सर्वनामलाई आत्मवाचक भनिन्छ।  यो तिनै पुरुषमा प्रयोग हुन सक्छ । 
जस्तै :
प्रथम पुरुष : आफु त आब आरुको कुरा सुनिदैन ।
दृतिय पुरुष : आफुआफुमा झगडा नगर ।
तृतीय पुरुष : आफूआफू मिले, हिडे हामीलाई त सोधेनन् पनि। 

उपयुक्त सर्वनामले वक्ति स्वयम्लाई संकेत गर्ने हुदा यसलाई निजवाचक पनि भनिन्छ ।  आफु ,स्वयम् , निज आदि यसका उदाहरणहरु हुन् । 

Very Short Questions

0%

DISCUSSIONS ABOUT THIS NOTE

You must login to reply

Forum Time Replies Report


You must login to reply

raiv

Ask any queries on this note.ram ghar gara aaram garxa


You must login to reply