Note on क्रियापद

  • Note
  • Things to remember

क्रियापद

वाक्यलाई पूरा गर्ने अथवा वाक्यको कार्य, घटना र अवस्थालाई बुझाउने पदलाई क्रियापद भनिन्छ। यो धातुबाटै निर्माण हुन्छ र यसले विधेयको काम गर्दछ। यो शब्दवर्गमा सबैभन्दा बढि रूपायन हुने पद हो। यसका लिङ्ग, वचन, पूरुष, काल, पक्ष, अर्थ, वाच्य, ध्रुवीयता, प्रेरणा, आदर आदिका आधारमा रूपपरिवर्तन हुन्छन्। धातुमा प्रत्यय जोडिएपछि क्रियापद बन्दछ। जस्तै:

धातु

प्रत्यय

क्रियापद

पढ्

+

=

पढ्छ

गर्

+

यो

=

गर्यो

भन्

+

नेछ

=

भन्नेछ

गर्

+

नेछ

=

गर्नेछ

धातुमा प्रत्ययजोडिनासाथ ती सबै क्रियापद बन्न सक्दैनन्। जसले वाक्यलाई टुङ्ग्याउँछ, त्यो मत्र क्रियापद हो। सबैकृदन्त शब्द र असमापक क्रियाहरूलाई शब्दवर्गमा क्रियापद लेख्नु हुँदैन। जस्तै:

शब्द

बनोट

शब्दवर्ग

पढ्छ

पढ्+ छ

क्रियापद

पढ्यो

पढ् + यो

क्रियापद

पढाइ

पढ् + आइ

नाम

पढ्नु

पढ् + न्

नाम

पढेको

पढ् + एको

विशेषण

पढ्ने

पढ् + ने

विशेषण

पढेर

पढ् + एर

क्रियाविशेषण (अव्यय)

पढी

पढ् + ई

क्रियाविशेषण (अव्यय)

पढ्दा

पढ् + दा

क्रियाविशेषण (अव्यय)

पढ्न

पढ् + न

क्रियाविशेषण (अव्यय)

क्रियापदको वर्गीकरण

समापकता, कर्मकर्ता, पूरकर्ता, संरचना, अर्थप्राधान्य आदिका आधारमा क्रियापदलाई विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ।

समापक र असमापक क्रियापद

समापकताका आधारमा समापक र असमापक

समापक क्रिया

वाक्यलाई पूरा गर्ने क्रियापदलाई समापक भनिन्छ। यस्ता क्रियापदहरू लिङ्ग, पुरुष, वचन, काल, पक्ष, अर्थ, वाच्य आदिका आधारमा परिवर्तन हुन्छन्। जस्तै:

राम घर गयो।

उनीहरू आएछन्।

भाइ खेल्दै छ।

सीता पोखरा जाली।

नेपालीहरू सम्पन्न होऊन्।

तँ राम्ररी पढ्।

भक्ते वीर छ।

म भाइलाई पढाउँछु।

रेखाङ्कित सबै पदहरूले वाक्यहरूलाई पूरा गरेका हुनाले यी सबै समापक क्रियापद हुन्।

असमापक क्रिया

वाक्यलाई पूरा गर्न नसक्ने क्रियापदलाई असमापक क्रियापद भनिन्छ। यी धातुमाकृत् प्रत्ययहरू जोडिएर बन्दछन् र यिनको शब्दवर्ग नाम, विशेषण वा अव्यय हुन्छ। जस्तै:

तिमी स्कूल पढ्नजाँदा बाटामा मातेको मान्छेलाई भेटेर नडराई अघि बढ्नाले निडर ठहरियौ।
माथिका सबै रेखाङ्कितपदहरू धातुबाट बनेका हुन् तर तिनले वाक्यलाई टुङ्ग्याउन सकेका छैनन्। त्यसैले यी असमापक क्रियापद हुन्। शब्दवर्ग छुट्ट्याउँदायिनलाई क्रियापद लेख्नु हुँदैन।

अकर्मक, सकर्मक, द्विकर्मक र पूरकापेक्षी क्रियापद

वाक्यमा कर्मको स्थितिको आधारमा क्रियापदहरू चार प्रकारका हुन्छन्।

अकर्मक क्रिया

वाक्यमा कर्म नलिने क्रियालाई अकर्मक भनिन्छ। यस्ता क्रियापदमा के र कसलाई भनी प्रश्न गर्दा उत्तरआउँदैन। यस्ता क्रियापद भएका वाक्यमा कतै पनि कर्तामा ले लाग्दैन। जस्तै:

भाइ सुत्यो।

बुबा जानुभयो।

म डराउँछु।

रमा नाच्नेछिन्।

माथिका कुनै पनि क्रियापदले कर्म नलिने हुनाले ती सबै अकर्मक हुन्। यसरी नै हाँस्, बाँच्, हु, रु, आउ, मर्, चल्, बड्, सर्, भुक्, गल्, बस्, झर्, दौड् आदिधातुबाट बनेका सबै क्रियापद अकर्मक हुन्।

सकर्मक क्रिया

वाक्यमा कर्म लिने क्रियापदलाई सकर्मक भनिन्छ। क्रियापदमा के र कसलाई भनी प्रश्न गर्दा आउने उत्तरहरू कर्म हुन्। यस्ता क्रियापदका सामन्य भूत, अज्ञातभूत र सबै कालकापूर्ण पक्षका वाक्यका कर्तामा ले लाग्छ। जस्तै:

भाइले भात खायो।
मैले तिमीलाई चिनेको छु।
तिमी सिनेमा हेर्छौ।
माथिका वाक्यमा आएका भात, तिमी र सिनेमा कर्म हुन्। त्यसैले नै पढ्, लेख्, खा, राख्, भन्, जित्, हाल्, पिउ, पुर्, बाट्, बुन्, भेट्, भर्, धु, पिट्, तान्, थाप्, बोक् आदिधातुबाट बनेका सबै क्रियापदहरू सकर्मक हुन्।

द्विकर्मक क्रिया

दुईओटा कर्म लिने क्रियापदलाईद्विकर्मक भनिन्छ। यस्ता क्रियापदमा के र कसलाई भनी प्रश्न गर्दा यी दुवैको उत्तरआउँछ। कतिपय क्रियापदहरू आफैँमा द्विकर्मक हुन्छन् भने कतिपयचाहिँ सकर्मक क्रियालाई प्रेरणार्थक बनाउँदाद्विकर्मक हुन्छन्। जस्तै:

धनेले हर्केलाई पैसा दियो।

ज्ञानुले मलाई चिठी पठायो।

गुरुले सबैलाई मुनामदन पढाउनुभयो।

माथिका सबै वाक्यमा दुई-दुईओटा कर्म छन्। त्यसैले यी सबै क्रियापदहरूद्विकर्मक हुन्। यसरी नै सोध्, बाँड्, लेख्, ठग्, बेच्, पस्क, तिर् आदिधातुबाट सीधै र सबै सकर्मक धातुबाट प्रेरणार्थक बनाउँदा द्विकर्मक क्रियापदहरू बन्दछन।

पूरकापेक्षी क्रिया

अकर्मक क्रियापदमा कर्ता र क्रिया आएपछि पनि वाक्य पूरा भएन भने त्यसलाई पूरा गर्नका लागि आउने पदलाई पूरक भनिन्छ। पूरक पनि कर्मजस्तै क्रियापदमा के भनी प्रश्न गर्दा उत्तरमाआउँछतर कर्मचाहिँ कर्ताभन्दा भिन्न रहन्छ भनेपूरकचाहिँ कर्ता वा कर्मभित्रै रहन्छ। पूरकपदले सङ्केत गरेको कुरा कर्मजस्तो छुट्टै देख्न सकिँदैन। जस्तै:

अकर्मक क्रियापद

भाइ रुन्छ। (पूर्ण वाक्य)

भाइ डाक्टर भयो।(डाक्टर पूरक आएपछि मात्र पूर्ण वाक्य)

सकर्मक क्रियापद

मैले रामलाईदेखेँ।(पूर्ण वाक्य)

मैले रामलाई नेताबनाएँ।(नेतापूरक आएपछि मात्र पूर्ण वाक्य)

यसरी अकर्मक र सकर्मक दुवैमा (क) मा प्रयोग भएका रुन्छ रदेखेँ क्रियापदले कुनै पदको अपेक्षा गरेका छैनन्। त्यसैले यी पूरकानपेक्षी क्रियापद हुन् भने (ख) मा प्रयोग भएका भयो रबनाएँ क्रियापदलेडाक्टर र नेता पूरकपदकोअपेक्षा गरेका छन्। त्यसैले यी दुईपूरकापेक्षी क्रियापद हुन्। यसरी नै हु, भु, बन्, ठान्, मान् जस्ताधातुबाट बनेका क्रियापदहरूपूरकापेक्षी हुन्छन्।

सरल र संयुक्त क्रियापद

संरचनाका आधारमा क्रियापदलाई सरल र संयुक्त गरी दुई प्रकारमा वर्गीकरण गरिन्छ।

सरल क्रिया

एउटा मात्र धातुबाट बनेको क्रियापदलाई सरल क्रिया भनिन्छ। जस्तै:

भाइ विध्यालय जान्छ।

बहिनी डाक्टर बनिन्।

तिमी कविता लेख्छौ।

यसरी एउटा मात्र धातुबाट बनेका जुनसुकै क्रियापद पनि सरल हुन्छन्।

संयुक्त क्रिया

दुई वा दुईभन्दा बढी धातुबाट बनेका क्रियापदहरूलाई संयुक्त क्रिया भनिन्छ। यसमा सुरुको क्रियाको क्रियापद मुख्य हुन्छ भने त्यसभन्दा पछिका सबै सहायक हुन्छन्। जस्तै:

भाइले त खाना खाइसकिहालेछ।

यहाँको क्रियापद खा, सक् र हाल् तीनओटा धातुबाट बनेको छ। त्यसैले यो संयुक्त क्रिया हो। यसरी नै संयुक्त क्रियापदको बनोटलाई निम्नलिखित तरिकाले हेर्न सकिन्छ।

धातुको संयोजन

संयुक्त क्रियापद

आउ+दि

आइदेउ

छाड्+दि

छाडिदेउ

गर्+दि+सक्

गरिदिइसकेँं

जा+सक्+हाल्

गैसकिहालेछ

हाँस्+पर्+रह

हास्नुपर्दोरहेछ

मुख्य र सहायक क्रियापद

अर्थको प्रधानताका आधारमा क्रियापदलाई मुख्य र सकायक गरी दुई भागमा वर्गीकरण गरिन्छ।

मुख्य क्रिया

अर्थको दृष्टिले प्रमुख रहेको क्रियापदलाई मुख्य क्रिया भनिन्छ। प्राय: क्रियापदका सुरुमा आउने धातु वा त्यसबाट बनेका नै मुख्य हुन्। जस्तै:

भाइ पढ्दै छ। (पढ्दै, मुख्य)

उसलाई जान देऊ। (जान, मुख्य)

मैले केही गर्नु छ। (गर्नु, मुख्य)

सहायक क्रिया

अर्थका दृष्टिले गौण मानिएको क्रियापदलाई सहायक क्रिया भनिन्छ। मूल धातु वा क्रियापदभन्दा पछाडी आउने प्रत्यय वा क्रियापदहरू सहायक हुन्छन्।माथिको उदाहरणमा आएका पढ्दै छ, जान देऊ र गर्नु छ क्रियापदका छ, देऊ र छ सहायक क्रिया हुन्। जस्तै:

भाई पढ्न थाल्यो। (थाल्यो सहायक)

ऊ पोखरा जाने गर्छ। (जाने सहायक)

श्यामले भुल्यो होला। (होला सहायक)

शब्दवर्गमा चाहिं मुख्य क्रियाले मात्र हुँदैन, सहायक क्रियासहितको पूर्ण क्रियापद बनेपछि मात्र 'क्रियापद' लेख्नुपर्छ।

.

Very Short Questions

0%

DISCUSSIONS ABOUT THIS NOTE

You must login to reply

Forum Time Replies Report
Dinesh

no


You must login to reply