Note on शब्दको परिचय र वर्गीकरण

  • Note
  • Things to remember

शब्दको परिचय

स्वतन्त्र रूपमा प्रयोग हुने भाषाको सबैभन्दा सानो अर्थपूर्ण एकाइलाई शब्द भनिन्छ। शब्द अक्षरभन्दा ठूलो र पदावलीभन्दा सानो हुन्छ। देश, देशी, आदेश आदिशब्द हुन्, यिनकास्वतन्त्रअर्थ छन् तर 'देशी' को 'ई' र 'आदेश' को 'आ' निरर्थक हुनालेशब्द होइनन्। मूलशब्द (घर) र व्युत्पन्नशब्द (घरेलु, घरायसी) दुवैको स्वतन्त्र प्रयोग हुन सक्ने हुनाले तीशब्द हुन् तर उपसर्ग (प्र, प्रति, परा) र प्रत्यय (ई, एलु, ईय) को स्वतन्त्र प्रयोग पनि र अर्थ पनि नहुने हुनाले तीशब्द होइनन्।

शब्द र पदलाई पर्यायवाचीका रूपमा प्रयोग गरिन्छ तर यी दुवैमा पनि सुक्ष्म भिन्नता छ। वाक्यमा प्रयोग हुनुभन्दा पुर्व स्वतन्त्र रूपमा रहेकाशब्दहरू नै वाक्यमा प्रयोग गर्न योग्य भएपछि पद बन्छन्। 'घर' शब्द हो तर 'भाइ घर गयो' वाक्यभित्र रहेको 'घर' पद हो।

शब्दको वर्गीकरण रशब्दवर्ग

स्रोत, बनोट र कार्य गरीशब्दलाई मूलत: तीन आधारमावर्गीकरण गर्न सकिन्छ।

स्रोतका आधारमा नेपालीशब्दहरूको वर्गीकरण

भाषाकाशब्दहरू आउने ठाउँ वा क्षेत्रलाईस्रोत भनिन्छ। नेपाली भाषाको जन्मथलो संस्कृतलाई मानिने हुनाले नेपाली भाषामासंस्कृतशब्दहरूको बाहुल्य रहनु स्वभाविक हो।यति हुँदाहुँदै पनि नेपालीमा स्वदेशी तथा विदेशी विभिन्न भाषाहरूबाट आएका शब्दको कमी छैन।स्रोतका आधारमा नेपालीशब्दहरूलाई मौलिक र आगन्तुक गरी दुई भागमा बाँड्न सकिन्छ।

मौलिक

नेपाली भाषाको मूलसंस्कृत हो।संस्कृत भाषाबाट नेपालीमा केहीशब्दहरू जस्ताको तस्तै आएका छन्। यसका आधारमा मौलिकशब्दलाई पनि तत्सम र तद्-भव गरी दुई भागमा बाँडिएको छ।

तत्सम

'तत् + सम' को अर्थ 'त्यो बराबर' अथवा 'त्यो जस्तै' भन्ने हुन्छ र 'त्यो' शब्दलेसंस्कृतलाईसंकेत गरेको छ।त्यसैले संस्कृत भाषाबाट आफ्नो रूप नफेरिई जस्ताको तेस्तै नेपालीमा आएका शब्दहरुलाई तत्सम भनिन्छ। तत्सम शब्दको वर्णविन्यास, अर्थ र प्रयोग संस्कृतअनुसार नै हुन्छ। त्यस्ता शब्दहरुका केही उदाहरणहरु निम्नलिखित छन्: - आश्रय, अज्ञान, ईश्वर, इतिहास, उक्ति, कृति, निबन्ध, साहित्य, उन्नति, कुमार, शिर, शिखर, शिशिर, भवन, भुवन, विवेक, सागर, अग्नि, रवि, कवि, छवि, स्थान, मानव, स्वर, भाषा इत्यादि।

तद्-भव

'तत् + भव' बाट 'तद्-भव' शब्दलाइ बनेको हो। यसको अर्थ 'त्यसबाट भएको' अथवा 'संस्कृतबाट बनेको' भन्ने हुन्छ। त्यसैले संस्कृतबाट आफ्नो रूप केही परिवर्तन गरी नेपालीमा आएका शब्दहरुलाई तद्-भव भनिन्छ। तद्-भव शब्दहरू प्राय: संस्कृतबाट प्राकृत भाषा हुँदै नेपालीमा आएका छन्। जस्तै: -

संस्कृत

नेपाली

संस्कृत

नेपाली

हस्त

हात

अद्य

आज

अग्नि

आगो

दुग्ध

दूध

पत्र

पात

मित्र

मीत

सत्य

साँचो

खाद्य

खाजा

अश्रु

आँसु

स्कन्ध

काँध

यसरी निर्माण भएका धेरै शब्दहरू नेपाली भाषामा पाइन्छन्।यसका अतिरिक्त तत्सम र आगन्तुकलाई छाडेर स्वनिर्मित नेपाली शब्दहरू वा अनुकरणात्मक शब्दहरूलाई पनि 'तद्-भव' नै भन्ने गरिन्छ।

आगन्तुक

संस्कृतबाहेक अन्य विदेशी तथा स्वदेशी भाषाबाट नेपालीमा आएका शब्दहरूलाई आगन्तुक भनिन्छ। नेपाली भारोपेली परिवारको भाषा हो, यो परिवार संसारको सबैभन्दा ठूलो भाषिक परिवार हो। नेपालीमा भारोपेली र अभारोपेली सबैखाले भाषिक परिवारबाट आएका शब्दहरू छन्। त्यस्ता शब्दहरूको वर्णविन्यास नेपाली उच्चारण र प्रयोगअनुसार हुनुपर्दछ। संस्कृतबाहेक अन्य विदेशी तथा स्वदेशी भाषाबाट नेपालीमा आएका केही शब्दहरू निम्नलिखित छन्-

विदेशी आगन्तुक

अङ्ग्रेजी - मोटर, रेडियो, कोट, स्कुल, क्यान्सर, ब्याग, टिकट, डाक्टर, सिनेमा, टेलिफोन, फोटो आदि।

फारसी - गिरफ्तार, बदाम, जिन्दगी, जागिर, पैसा, जादु, सहर, चस्मा, ताजा, हप्ता, हजार आदि।

अरबी - इज्जत, अखबार, गरिब, किताब, जुलुस, हाकिम, कुर्सी आदि।

हिन्दी - कमसेकम, कच्चा, अचम्म, झापट, आपस, ठक्कर, झण्डा, कन्जुसा, जवारकोट आदि।

चिनियाँ - मोमो, चाउमिन, लिची, चाउचाउ, तुफान आदि।

पोर्तुगाली - कमेज, गमला, कफी, पेडा, साबुन, अचार, गोदाम, कर्फ्यु आदि।

फ्रान्सेली - कार्टुन, कलेज, पुलिस, बिगुल, इन्जिनियर, मार्सल, टुरिस्ट आदि।

तुर्केली - गलैंचा, कुल्ली, कैँची, सौदा, चम्चा, बहादुर, लास, तोप, तक्मा, चक्कु, मुचुल्का आदि।

जापानी - कराँते, जुडो, रिक्सा, होन्डा आदि।

तेलगु - डोली, पङ्खा, गुन्डा आदि।

ल्याटिन - क्यालेन्डर, कोटा, क्याम्पस, स्टुडियो आदि।

बङ्गाली - गम्छा, मुङ्ग्री, चौतारो, कविराज आदि।

पन्जावी - छोला।

मराठी - लागू, चालू।

गुजराती - हड्ताल।

रसियाली - भोट्का, जार।

ग्रीक - थर्मस, प्रोग्राम, थिसिस।

स्वदेशी आगन्तुक

नेवारी - क्वाँटी, छिँडी, चाकु, पसल, कौसी आदि।

तामाङी- डम्फु, च्याङ्वा, सेलो, घ्याङ आदि।

गुरुङी - रोदी, राडी, थुन्से, घुम, खुर्पा आदि।

मैथिली - पैनी, ढाट, पटुवा, जन आदि।

मगराती - सुँगुर, रिडी, पटुका, बाउसे आदि।

किराती - याक्सा, लिम्बू, मन्धुम, याक्थुम्बा आदि।

भोटे - च्याङ्ग्रा, डाँफे, खोल्मा, लमी आदि।

बनोटका आधारमा नेपाली शब्दको वर्गीकरण

शब्द बन्ने प्रक्रियालाई बनोट भनिन्छ। नेपाली भाषाका केही शब्दहरू स्वत: निर्मित छन् भने केही उपसर्ग, प्रत्यय आदि लागेर निर्माण भएका छन्। बनोटका आधारमा शब्दलाई मूलत: दुई भागमा वर्गीकरण गर्न सकिन्छ।

मूल शब्द

मूलरूप र गाँसिएको रूप छुट्ट्याउन नसकिने सिङ्गा र सग्ला शब्दहरूलाई मूल शब्द भनिन्छ।मूल शब्दको बनोट देखाउन सकिदैन, यी स्वनिर्मित हुन्छन्। मूल शब्दलाई रूढ वा अयौगिक शब्द पनि भनिन्छ। जस्तै: घर, पानी, आमा, दाजु, कमल, झ्याल, कालो, ऊ, हिजो आदि।

व्युत्पन्न शब्द

मूलरूप र गासिएको रूप छुट्ट्याउन सकिने शब्दहरूलाई व्युत्पन्न शब्द भनिन्छ। अर्थात् मूल शब्दमा उपसर्ग र प्रत्यय लागेर आथवा समास र द्वित्वभएर बनेका शब्दहरूलाई व्युत्पन्न शब्द भनिन्छ।यसको आधार-तत्त्व र आधेय- तत्त्व वा प्रकृति- प्रत्ययछुट्ट्याउन सकिन्छ। व्युत्पन्न शब्दलाई यौगिक शब्द पनि भनिन्छ। यस्तो शब्दहरूउपसर्ग, प्रत्यय, समास र द्वित्व गरी चार प्रक्रियाबाट बनेका हुन्छन्। जस्तै:

कार्यका आधारमा नेपाली शब्दहरूको वर्गीकरण

शब्दहरूलाई वाक्यमा आएर विभिन्न काम गर्दछन्। कार्यका आधारमा शब्दहरू नाम, सर्वनाम,विशेषण, क्रियापद, नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक र निपात गरी नौ प्रकारका हुन्छन्। यिनलाई नै शब्दवर्ग वा पदवर्ग भन्ने गरिन्छ। यी मध्येमा केहीको रूप परिवर्तन हुन्छ भने केही एउटै रूपमा रहिरहन्छन्। रूपपरिवर्तन हुने वा मूल रूपमा विकार आउनेलाई विकारी र रूपपरिवर्तन नहुने वा मूलरूपमा विकार नआउनेलाई अविकारी भनिन्छ। समग्रमा शब्दवर्गलाई यसरी हेर्न सकिन्छ:

विभिन्न आधारमा रूप परिवर्तन हुने र मूल रूपमा विकार उत्पन्न हुने हुनाले नाम, सर्वनाम,विशेषण र क्रियापदलाई विकारी पद भनिन्छ। जस्तै:

नाम:केटो, केटी, केटाहरू, केटाको, केटाले आदि।

सर्वनाम:ऊ, तँ, म, मैले, तैंले, तपाईंको आदि।

विशेषण: ठूलो, ठूली, ठूलाले, ठूलाको आदि।

क्रियापद: खान्छ, खायो, खानेछ, खाऊ, खाला आदि।

नामको काम गर्न सक्ने हुनाले नाम,सर्वनाम रविशेषणलाई नामिक पद भनिन्छ। जस्तै:

नाम: राम घर गयो।

सर्वनाम: मैले तिमीलाई चिनेको छैन।

विशेषण: ठूलाले सानालाई माया गर्नुपर्छ।

लिङ्ग, पुरुष, वचन, आदर, काल पक्ष आदि जे भए पनि रूप नफेरिने हुनाले अव्ययलाई अविकारी पद भनिएको हो। अव्ययअन्तर्गत निम्नलिखित शब्दवर्ग पर्दछन्:

नामयोगी: तिर, ........ ।

क्रियायोगी: राम्ररी ......... ।

संयोजक: तर, ........ ।

विस्मयादिबोधक: हरे ......... ।

निपात:पो, ......... ।

.

Very Short Questions

0%

DISCUSSIONS ABOUT THIS NOTE

You must login to reply

Forum Time Replies Report
DJ

Aru byakaran hau pani thapnu paryo...


You must login to reply

how to write long answer

how to write long answer


You must login to reply