एक थोपा अत्तर

एकादेशमा एक बादशाह थिए र उनलाई अत्तरको निकै रुची थियो। एक दिन जब उनी आफ्नो दाह्रीमा अत्तर लगाइरहेक थिए, त्यतिबेला गलतीले अत्तरको शीशीबाट एक थोपा भुइँमा खस्यो। बादशाहले सबको आँखाबाट बचाएर त्यसलाई उठाए तर एक मन्त्रीको तिखो नजरबाट यो लुक्न सकेन र उसले राजाले यस्तो गरेको देखिहाले। बादशाहले पनि यो बुझे की ती मन्त्रीले उनले यस्तो गरेको देखिहाले।

अर्को दिन बादशाह एक भाँडो अत्तर लिएर आफ्नो कुर्सीमा बसे। ती मन्त्रीसमेत सबैको ध्यान बादशाहमा थियो। एकछिन पछी जब बादशाहलाई लग्यो की सबै दरबारीहरु आ-आफ्नो चर्चामा व्यस्त भए, उनले त्यस अत्तरको भाँडोलाई यसरी खसाए कि लागोस् त्यो आफै खसेको हो। अत्तर बग्न लाग्यो र बादशाहले यस्तो मुद्रा बनाए की उनलाई यसको बगेको कुनै वास्ता नै थिएन। उनले किन यस्तो गरेको थिए भन्दा उनलाई हिजोको कुराले निकै लज्जित बनाएको थियो। र उनलाई लाग्यो कि यस्तो गरेर आफ्नो मन्त्रीको मनबाट उक्त धारणालाई मेटाउन सकिन्छ जुन हिजो उसको मनमा बनेको थियो।

यो सब देखिराखेका मन्त्रीले अचानक भने, “महाराज, माफ़ पाउँ, तर तपाईंले यो ठीक गर्नु भएन। जब कुनै मानिसको मनमा चोर हुन्छ, त्यतिबेला उसले यस्तै गर्छ। हिजो तपाईंले भुइँबाट अत्तर उठाउनु भयो त तपाईंलाई लाग्यो की तपाईंबाट कुनै गल्ति भएको छ। तपाईंले सोच्नुभयो की तपाईं त बादशाह हुनुहुन्छ, तपाईं त्यसरी जमीनबाट अत्तर कसरी उठाउन सक्नुहुन्छ। तर त्यो कुनै गल्ति थिएन, एक मानिस भएको भएर यो स्वाभाविक कुरा थियो। तर तपाईंलाई आफु बादशाह भएको घमन्ड छ र आफुबाट यस्तो कसरी भयो भनेर तनाव भयो। त्यसैले हिजोको सानो कुराको भरपाई गर्न तपाईंले यति धेरै अत्तर बर्बाद गर्नुभयो। सोच्नु त तपाईंको घमन्डले तपाईंलाई के के गराउन सक्छ।“

आफ्नो मन्त्रीको कुरा सुनेर बादशाह लज्जित भए तर एकै समयमा यस्तो उदार, असल र बुद्धिमान मन्त्री आफुसंग भएको कुरामा गर्व पनि भयो।

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog