झुठो मोह

एक चोटी एक गुरुको अगाडी एक युवक आयिपुग्यो जो धेरै धार्मिक थियो। गुरुले उसंग उसको हालचाल सोधे र उक्त युवकले आफु धेरै सुखी भएको बतायो। आफ्नो परिवारको सदस्यहरुमाथि पनि उसलाई निकै गर्भ भएको भन्यो किनभने उनीहरु सबको व्यवहारबाट ऊ एकदम सन्तुष्ट थियो। यो सुनेर गुरुले भने, “आफ्नो परिवारको लागि यस्तो धारणा राख्न हुँदैन किनभने संसारमा कोहि आफ्नो हुँदैन। जहाँसम्म आमाबुवाको सेवा र श्रीमती-बच्चाको भरण-पोषणको कुरा छ, त्यसलाई आफ्नो कर्तव्य सम्झेर पुरा गर्नु पर्छ।"

यसमा युवक सन्तुष्ट भएन र भन्यो, “तपाईंलाई मेरो कुरामा संका किन लाग्छ जबकि मेरो परिवारको सबै मलाई धेरै स्नेह गर्छन। यदि म एक दिनको लागि भोकै-प्यासै बसें भने उनीहरुलाई चिन्ता भएर निद्रा लाग्दैन। मेरी पत्नी त म बिना बाँच्नै सक्दिन।“ अब गुरुले भने, “तिमीलाई योग प्राणायाम त आउँछ नै। भोलि बिहान एक काम गर, आफ्नो प्राण आफ्नो मस्तिष्कमा साँचेर निश्चेष्त भएर बस। म अनि आएर बाँकि सबै मिलाउँछु।“

दोश्रो दिन युवकले त्यसतै गर्यो र उ मरेको सम्झेर घरपरिवार विलाप गर्न लागे। त्यहि बखत गुरु आइपुगे र सबैसंग भने कि तपाईंहरु शोक नगर्नुहोस्, म आफ्नो मंत्रको शक्तिले यस युवकलाई जिउँदो गराइदिन्छु। तर त्यसको लागि एक कचौरा पानि मलाई चाहिन्छ। तपाईंहरु मध्ये कसैले त्यो कचौराको पानि पिउनुपर्छ। र यो पानिको यस्तो चमत्कार छ कि पिउनेवाला मान्छे त मर्नेछ तर यो युवकमा चाहिं प्राण आउनेछ। यो सुनेर सब एक-अर्काको मुख हेर्न थाले तर कोहि पनि कचौराको पानि पिउन तैयार भएनन्। अनि गुरुले भने कि ठिकै छ, म नै यो पानि पिउँछु र यसको ज्यान बचाउँछु। यो सब सुनिराखेको युवक आफ्नो प्राणायामबाट उठ्यो र भन्यो, "महाराज! तपाईंले यस्तो केहि गर्न पर्दैन, मैले सबै बुझिसकें की सांसारिक नाताहरु सबै झुठा हुन् र म तपाईंको कुरामा पूर्णत सहमत छु।"

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog