आफ्नो मेहेनतको घर

एक वृद्ध सिकर्मी आफ्नो काममा धेरै माहिर थियो। उसले बनाएको सामानहरुको टाढा टाढासम्म माग रहन्ह्यो र यसैले गर्दा ऊ धेरै ख्यातिप्राप्त पनि थियो।

एक दिन उसले सोच्यो कि उसले जीवनभर काम गरेको थियो, त्यसैले बाँकि जिन्दगी आरामसंग किन न बिताउनु त। यही सोचेर ऊ आफ्नो ठेकदारलाई भेट्न गयो र नम्र भएर भन्यो, “महोदय, मैले धेरै काम गरिसकें। म अब आफ्नो बाँकि भएको जिन्दगी बिना भागदौड़ र आरामसंग पूजा-पाठ गर्दै बिताउन चाहन्छु। त्यसैले तपाईंले मलाई काम छोड़ने अनुमति दिनुभए तपाईंको ठूलो कृपा हुने थियो।“

ठेकदार त्यो सिकर्मीलाई निकै मान्थ्यो र उसको कामबाट ऊ धेरै खुशी पनि थियो त्यसैले उसलाई यो सुनेर निकै दुःख भयो। तर जब उसले देख्यो कि सिकर्मीले जाने मन बनाइसकेको थियो, उसले भन्यो कि ठिकै छ, म तपाईंलाई जान दिन्छु र मलाई खेद छ कि मेरो सबैभन्दा अनुभवी कामदार अब मसंग हुने छैन।

त्यसैले मेरो एक विन्ती छ कि तपाईंले जाँदाजाँदै मेरो लागि एक अन्तिम घर बनाइदिनु भए मलाई धेरै खुशी हुने थियो। यसमा सिकर्मीलाई अलि अप्ठ्यारो त भयो, तर उसले ठेकदारलाई नाइँ पनि भन्न सकेन र काम छोड्ने मन बनाइसकेको भएर पनि ठेकदारलाई हुन्छ भन्यो।

उसको मनमा यो कुरा थियो कि अन्तिम काम हो, यो पनि ठिकै छ। यसपछि त उसलाई कुनै काम नै हुनेछैन। यस्तो सोच लिएको भएर ऊ काममा अलिकति अल्छी र गैरजिम्मेवार भयो। पहिले सावधानीका साथ काठहरु छान्ने र काट्ने गरेको ठाउँमा अब ऊ अल्छी र जसरी मन लाग्यो त्यस्तै गरि त्यो काम गर्न थाल्यो।

अब उसले कामचलाऊ ढंगबाट यो घर बनाइदियो र काम सकेर ऊ ठेकदारलाई भेट्न गयो र उसंग विदा माग्यो। यो कुरामा उसको ठेकदारले भन्यो कि तपाईं जान सक्नुहुन्छ तर अब तपाईंको पुरानो घरमा जान जरुरी छैन। तपाईंले अहिले जुन घर बनाउनुभयो, म त्यो घर नै तपाईंलाई उपहारको रुपमा दिन्छु। यो सुनेर सिकर्मी स्तब्ध भयो।

मनमनै ऊ अब सोच्न लग्यो कि पुरै जिन्दगी मान्छेहरुको लागि एक पछी अर्को सुन्दर घर बनाएँ र जुन घर मलाई पाउनु थियो, मैले यस्तो घटिया बनाइदिएँ। यदि यसलाई पनि मैले पुरै मेहेनत गरेर बनाएको भए आज मसंग पनि बाँच्नको लागि एक उत्कृस्ट घर हुने थियो।

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog