सुखी मान्छेको कुर्ता

एकादेशमा एक देशका राजा धेरै धनी र सम्पन्न थिए। उनलाई कुनै कुराको कमी थिएन तर पनि उनको स्वस्थ्य राम्रो थिएन। बीमारीले गर्दा उनी जहिले पनि परेशान भएका थिए। धेरै वैद्यहरुले उनको उपचार गरे तर केहि सुधार ल्याउन सकेनन् जसले गर्दा राजाको बीमारी ठीक हुन सकोस्। राजाको बीमारी बढ्दै गयो र पुरै देशभरी राजा अस्वस्थ्य भएको  खबर फैलियो।

एक दिन एक बूढाले राजालाई आएर भने, “महाराज, हजुर मलाई आफ्नो बीमारीको उपचार गर्ने अनुमति दिनुहोस्, म यो निको गर्न सक्छु।“ राजाको आज्ञा पाएर ती बुढा व्यक्तिले राजालाई भने, “महाराज, हजुरले कुनै सुखी मान्छेको कुर्ता लगाउनु भए निश्चित छ कि हजुर ठीक हुनु हुनेछ।“ बूढाको कुरा सुनेर सबै दरबारीहरु हाँस्न लागे तर राजाले मनमनै सोचे कि सबै तरिकाको उपचार गरेर हेरिसकियो, यो पनि गरेर हेरौं।

राजाको आदेशमा सबै  मन्त्री र सैनिकहरुले  सुखी मान्छेको की खोजी शुरू गरे तर उनीहरुलाई कोहि पनि पूर्ण रूपले सुखी व्यक्ति भेट्टीएनन्। सबै मानिसहरुलाई कुनै न कुनै कुराको दुःख थियो। अब राजा आफै नै कुनै सुखी मान्छेको खोजमा हिंडे। धेरै खोजपछी उनी एक खेतमा पुगे। जेठको गर्मीमा एक किसान आफ्नो काम गरिरहेको थियो। राजाले उसलाई सोधे, “के तिमी सुखी छौ त?” किसानको आँखा चम्कियो र उसले मुस्कुराउँदै भन्यो, “ईश्वरको कृपाले केहि पनि दुःख छैन, सबै कुशल मंगल नै छ र म एकदमै सुखी छु।“

राजा यो सुनेर खुशी भए र किसानको कुर्ता माग्नै आँटेका थिए, त्यसैबेला उनको ध्यानमा आयो कि त्यो किसानले त मात्र  धोती पहरिएको थियो। उसको पुरै शरीर पसीनाले भिजेको थियो। अब राजाले उक्त बूढाको कुरा बुझे। त्यस दिनदेखि राजाले भोग र विलासको दिनचर्यालाई छोडीदिए र परिश्रम गर्ने संकल्प लिए। यसको केहि दिनपछि राजा पूर्ण रूपले स्वस्थ भए।

शिक्षा: अधिक भोग र विलास वा सुविधापूर्ण जिन्दगीले मान्छेलाइ कहिले पनि धेरै फाइदा हुँदैन।

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog