तलवारको निगरानी

एकादेशमा एक तपस्वी थिए। उनको तपस्याको यस्तो प्रभाव थियो कि सबै हिंसक जीवजन्तुले आफ्नो हिंसालाई बिर्सदै गएका थिए। सिंह र बाख्रा, सर्प र मुसा, चितुवा र हरिण, आदि सबले आफ्नो जन्मजात दुश्मनीलाई बिर्सेका थिए। उनको तपको प्रभावले यस्तो भयो कि स्वर्गमा इन्द्रको सिंहासन डगमगाउन थाल्यो। यो देखेर इन्द्रलाई चिन्ता हुन थाल्यो र एक दिन इन्द्र एक योद्धाको रूपमा ती तपस्वीको आश्रममा गए। इन्द्रले त्यहाँको वातावरण देखेर आफ्नो ज्ञानले हेर्दा बुझे कि यदि ती तपस्वी यसरि नै तपस्या गर्न लागिरहे भने उनको सिंहासन धेरै दिनसम्म कायम रहनेछैन। यसलाई रोक्न इन्द्रले एक चाल चले र आश्रममा गएर तपस्वीलाई भने, “गुरुदेव, म केहि दिनको लागि आफ्नो शहर जाँदै छु, त्यसैले आफ्नो तलवार हजुरसंग छोड्न चाहन्छु। हजुर केहि दिनका लागि यसलाई जतनसाथ रखिदिनुभए ठूलो कृपा हुने थियो।

तपस्वीले निकै नै सहज भावनासाथ यो स्वीकार गरे र सोचे कि केहि दिनको त कुरा हो, फरक पर्दैन। उनले धेरै दिन ती योद्धालाई पर्खिए तर कोही पनि आएनन्। यसपछि ती तपस्वीको ध्यान उक्त तलवारमा धेरै रहन थाल्यो र जहाँ पनि उनी जान्थे, त्यो तलवारलाई पनि संगै लिएर जना थाले। यसै गरि उनको तपस्या का क्रम टुट्यो। सबै हिसंक जीवजन्तुहरुको हिंसक प्रवृति फेरी फर्केर आयो। इन्द्रले देखे कि अब उनको सिंहासन डगमगाउन पनि बन्द भयो र लाग्यो कि उनको चाल सफल भयो।

शिक्षा: यसै गरि महत्वाकांक्षाको तलवार पनि हुन्छ, जसले मानिसलाई आफ्नो महत्वको चीज प्राप्त गर्नको लागि सबै प्रकारको उचित अनुचित काम गर्न प्रेरित गर्छ। त्यसैले हामी जीवनमा यसबाट बचेर बाँच्न सिक्न पर्छ।

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog