विद्या ठुलो वा बुद्धि

कुनै जमानामा एक ब्राह्मण थिए र उनका चार छोरा थिए र ती चारमा निकै लगाव थियो। तीन भाई शास्त्रहरुको ठुलो ज्ञाता थिए र जादुजस्तो कामहरु गर्न सक्षम थिए। तर उनीहरुको चौथो भाईले भने कुनै पनि शास्त्र पढेको थिएन, र पनि ऊ धेरै बुद्धिमान थियो। तीन भाई जसले शास्त्रहरुको को अध्ययन गरेका थिए, उनीहरुमा बुद्धिको अभाव थियो। एक दिन ती चार भाईहरु ले विदेश गएर आफ्नो ज्ञान प्रयोग गरेर धन कमाउने विचार गरे। बाटोमा एक भाई भन्न लाग्यो कि हामी तीनले त अध्ययन गरेका छौं, तर हाम्रो चौथो भाई जो अनपढ़ र बेवकूफ छ, हामी आफ्नो अर्जेको धनबाट त्यसलाई कुनै भाग दिन हुँदैन है। हामीले धन त्यसलाई नदिए राम्रो नै हुन्छ, अनि त्यो फर्केर गए हामीलाई पनि सजिलो हुन्छ। राजा महाराजाहरु पनि उनीहरुलाई सम्मान गर्छन जोसंग विद्या हुन्छ। दोश्रो भाईले पनि पहिलो भाईको समर्थन गर्यो तर तेश्रो भाईले यसको विरोध गर्यो र भन्यो कि हामी बाल्यकालदेखि संगै छौं, त्यसैले यसलाई यहाँ छोडेर जान हुँदैन। त्यसैले हामी आ-आफ्नो कमाईको अलि-अलि भाग हाम्रो कान्छो भाईलाई दिनुपर्छ।

कान्छो भाई पनि उनीहरु संग नै रह्यो र यसैगरी बाटोमा अगाडी बढ्दै गए। यस्तैमा अगाडी एक जंगल आयो र एक ठाउँमा हड्डीहरुको थुप्रो देखेर उनीहरुले आफ्नो विद्याको परीक्षा लिने निश्चय गरे। एक भाईले आफ्नो विद्याको प्रयोग गरेर हड्डिहरुको ढांचालाई सही बनाइदियो र दोश्रोले आफ्नो विद्याको उपयोग गरेर त्यसमा छाला र मासु हालिदिएर रक्तसंचार की व्यवस्था गरिदियो। तेश्रो भाईले आफ्नो विद्याको प्रयोग गरेर त्यसमा ज्यान हाल्नै आँटेको थियो कि चौथो भाईले रोक्न भन्यो। उसले भन्यो कि यो एक मरेको सिंहको हड्डि हो र यदि तिमीहरुले यसलाई जिउँदो बनाउँने भुए यसले हामीलाई मारिदिन्छ। यो सुनेर तेश्रो भाईले गालि गर्दै भन्यो कि म आफ्नो विद्याको सफल प्रयोग अवश्य गरेर हेर्छु। तर चौथो भाईले पर्खन भन्यो र आफु एउटा रुखमा चढ्यो। रुखबाट उसले भन्यो अब पनि तिमीलाई यस्तो गर्न मन छ भने गर। यसपछि तेश्रो भाईले आफ्नो विद्याको प्रयोग गरेर सिंहलाई पुन: जीवित गराइदियो। सिंह जिउँदो भएर र भोकाएको भएर ती तीन भाईहरुलाई मारेर खायो र गर्जिंदै जंगलमा गयो। चौथो भाई रुखबाट ओर्लिएर आफ्नो बाटो लाग्यो।

शिक्षा: बुद्धि जहिले पनि विद्या भन्दा श्रेष्ठ हुने गर्छ।

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog