कर्मको फल

एक दिन एक राजाले आफ्ना ३ मन्त्रीहरुलाई दरबारमा बोलाए र एक-एक झोला लिएर बगैंचामा जान र त्यहाँबाट राम्रो राम्रो फल जम्मा गरेर ल्याउन आदेश दिए। ती तीन मन्त्री बेग्ला-बेग्लै बगैंचामा गए। एक मन्त्रीले सोचे की राजाको लागि राम्रो राम्रो फल जम्मा गर्छु जुन राजालाई मन परोस् र उनले छानेर आफ्नो झोला भरे। दोश्रो मन्त्रीले सोचे की राजाले आखिर त्यो फल खाने होइन, धेरै मेहेनत किन गर्नु। अनि उनले राम्रो नराम्रो जुन पनि फलले फटाफट आफ्नो झोला भरिहाले। तेश्रो मन्त्रीले समय किन बर्बाद गर्नु, राजाले मेरा भरेको थैलो मात्र त हेर्ने हो नि भनेर घाँस-फूसले आफ्नो झोला भरे। त्यसपछि ती मन्त्रीहरु राजालाई भेट्न गए अरु केहि नहेरेर आफ्नो सैनिकहरुलाई ती तीन मन्त्रीहरुलाई तीन महिनाको लागि जेलमा बन्द गर्न आदेश दिए।

त्यहाँ उनीहरुसंग आ-आफ्नो झोलामा भएको बाहेक अरू केहि खानेकुरा थिएन। राजाले उनीहरुलाई खानापानी नदिने व्यवस्था गरेका थिए। जुन मन्त्रीले राम्रो राम्रो फल छानेर राखेका थिए, उनले त्यो समय आरामसंग बिताए। जुन मन्त्रीले लापरवाही गरेर फल छानेका थिए, उनी केहि दिन त आरामले बसे, तर पछि सड़े-गलेको फल खाएको भएर बीमारी भए र धेरै गार्हो भयो। जुन मन्त्रीले घाँस-फूसले अपना झोला भरेका थिए, उनी भने भोकले जेलमा नै मरे।

शिक्षा: अब हाम्रो सोच्ने काम हो की हामी हाम्रो जीवनमा कस्तो-कस्तो फल जम्मा गर्छौं या खाली देखावटी मात्र गर्छौं।

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog