वनमा योग्य राजाको छनोठ

एकादेशमा एउटा वनका राजा सिंह एकदम बुढो भइसकेको थियो। त्यहि भएर ऊ शिकार गर्न आफ्नो ओढार बाहिर निस्कन बन्द गरिसकेको थियो। ऊ अब वनमा शासन गर्न सक्दैन थियो र त्यहि भएर वनमा धेरै अशान्ति हुँदै गएको थियो।

सिंहले एक दिन सबै जनावरहरुलाई बोलाएर आफु अब धेरै राज गर्न नसक्ने कुरा भन्यो। उस्ले भन्यो कि सब जनावरहरु मिलेर एउटा राजा छान जस्ले जंगलको व्यवस्था हेर्न सकोस र सबै पहिले जस्तै शान्ति होस्।

यो कुरा सुनेपछि सबै जनावरहरु जम्मा भएर यस कुरामा सहमति गर्ने विचार गरे र बाहिर आएर एक अर्कासंग विचार गर्न थाले। तर त्यहाँ समस्या देखा पर्यो, के भने सबै जनावरहरु आफुलाई मात्र राजा बन्न योग्य मानिराखेका थिए। यो कुरापछी सबमा आ-आफ्नो मतभेद भइराखेको थियो र निकै बेरसम्म पनि सहमति हुन सकेन। त्यसैबेला खरायोले एक सुझाव दियो कि सबै जनावरलाई उनीहरूको क्षमता अनुसार काम दिउँ र दस दिनपछी फेरी एक सभा गरेर जनावरहरुले गरेको कामको समीक्षा गरौँ। जस्ले सबैभन्दा धेरै काम गरेको हुन्छ, ऊ नै राजा बन्न योग्य हुन्छ। सबै जनावरहरुलाई उनीहरुको जिम्मेदारी दिइयो र हात्तीलाई ठुलो ठुलो ढुंगा खाल्डोमा हाल्ने जिम्मेवारी दिइयो।

दस दिन सजिलै बित्यो र सबै जनावरहरु जम्मा भए। सबले गरेको काम हर्दा पत्ता लाग्यो कि हात्ती बाहेक सबैले आ-आफ्नो काम गरेका थिए। यस्तैमा चिलले मतदान गर्ने सल्लाह दियो र सबले हुन्छ भने। मतदान भयो र नतिजा हेर्दा त सबैभन्दा धेरै मत हात्तीले पो पाएछ। सबलाई यो कसरी भयो भनेर ठुलो हैरानी भयो। एक चरा आएर सबै कुरा भनेपछि सब प्रस्ट भयो।

चरीले भनी कि हात्तीले खाल्डोमा ढुंगा हालेन किनभने उस्ले त्यो खाल्डोमा उम्रिएको एक सानो रुखमा गूँड बनाएर अन्डा परेको थिएँ। र हात्तीले आफ्नो राजा बन्ने वास्ता नगरी मेरो बच्चाहरुको जीवनको बारेमा धेरै सोच्यो। सबले आफ्नो लागि मात्र मत हाले। तर जसले आफ्नो बारे नसोचेर अरुको बारे धेरै सोच्न सक्यो, ऊ नै राजा बन्न योग्य छ भनेर मैले मेरो मत पनि उसलाई नै दिएँ।

त्यहाँ भएका सबै जनावरहरुले त्यस कुरालाई राम्रो माने र हात्तीलाई जंगलको राजा घोषित गरिदिए। यसपछि त्यस वनमा फेरी कहिल्यै अशान्ति भएन र सब खुशीसाथ बसे।

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog