कौवा र फ्याउरी

एकदेशमा एउटा कौवाले एउटा रोटी फेला पार्यो र चुच्चोमा च्यापेर लिएर आफ्नो गूँडमा आयो। फ्याउरीले यो देखेर सोची कि म यो कौवालाई मूर्ख बनाएर त्यो रोटी लिन्छु।

फ्याउरीले कौवालाई भनि, “कौवा भाई, तिमी कस्तो राम्रो गीत गाउँछौ, मलाई पनि एउटा गीत सुनाउ न।“

कौवा दङ्ग परेर गीत सुनाउन मुख खोल्यो। त्यसैबेला त्यो रोटि उस्को मुखबाट तल खस्यो।

फ्याउरीले त्यो रोटी लिएर भागि। कौवा अक्क-बक्क भएर हेरेको हेरेकै भयो।

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog